बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी,बैशाख २ । च्याम्पियन्स लिग फुटबलको  उपाधि भित्राउने बार्सिलोना सपनामा क्वाटरफाइनलबाटै टुंगिएको छ । बुधबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको ला लिगा लिडर बार्सिलोना समग्रमा ३–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।

पहिलो लेगमा लिएको २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोना अप्रत्यासित रुपमा क्वाटरफाइनलबाटै बाहिरिएको हो । एथ्लेटिको मड्रिडले खेलको ३६ औँ मिनेटमा एन्टोनीयो ग्रिजम्यानको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको एथ्लेटिकोले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ८८ औँ मिनेटमा एथ्लेटिकोले पेनान्टी पायो र त्यसमा ग्रिजम्यान चुकेनन्। 

तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मेलिसा सम्मानित

काठमाडौं,चैत २४ । हङ्गकङ्गमा सम्पन्न हङ्गकङ्ग टप माउन्टेन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त खेलाडी मेलिसा खड्गीलाई बुधबार नेवा दिवसको उपलक्षमा सम्मान गरिएको छ ।
उनलाई खड्गी समाज समितिका अध्यक्ष मनोज नेवाः खड्गीले प्रशंसा पत्र र ट्रफी प्रदान गरि सम्मान गरे । फ्रेब्रुअरी २८ र २९ तारिखमा आयोजित च्याम्पियनसिपमा ११ बर्षिय मेलिसाले पुम्से तर्फ स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।

‘ओली सरकारको गतिविधि पञ्चायती व्यवस्था जस्तै’- डा भट्टराई

<p>जनकपुरधाम,चैत ३० ।  पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले ओली नेतृत्वको सरकार सबै क्षेत्रमा असफल भएको बताउनु भएको छ ।  जनकपुरघाममा आज आयोजित पत्रकार सम्मेलनमा  अहिलेको सरकारको गतिविधी गतिविधि र भाषा पञ्चायती व्यवस्था झैं भएको आरोप लगाउँदै सरकारले अराजकता, कालाबजारी, तस्करी, भ्रष्टाचारलाई प्रश्रय दिएको बताउनु भएको हो । यो सरकार सबै क्षेत्रमा असफल भएकाले सत्तामा रहिरहने नैतिक आधार नभएको धारणा राख्नु भएको छ । </p>

<p>उहाँले मधेस आन्दोलनलाई मधेसमा नै केन्द्रित नराखी राष्ट्रिय स्वरूप दिनु जरुरी छ भन्दै यसका लागि मधेसी, थारु, आदिवासी, जनजाति, खस र आर्यबीच एकताको आवश्यतामा जोड दिनुभयो । नेपालको सभ्यता, संस्कृतिमा मधेस महत्वपूर्ण रहेको चर्चा गर्दै उहाँले मधेसलाई टुक्र्याउने सोच कसैले राख्न हुने धारणा राख्नु भयो । उहाँले पुरानो राजनीति र यथास्थितिवादको जगमा मुलुकको विकास हुन सक्दैन भन्दै नयाँ चिन्तन र शक्तिले राष्ट्रलाई समृद्धि बनाउन अग्रसर हुनुपर्ने उल्लेख गर्नु भयो । </p>

होसियार ! आज ‘अप्रिल फुल’, कसैले झुक्याउला नी

काठमाडौं,चैत १९ । आज अप्रिलफूल अर्थात अंग्रेजी क्यालेण्डरको अप्रिल महिनाको १ तारिख । आजको दिनमा मानिसहरुले आफूहरुले चिने–जानेका छरछिमेक, इस्टमित्र, नातागोता, साथीभाइ लगायतलाई झूट बोलेर हाँसिमजाक गर्दै आएका छन् ।

यस दिनमा पश्चिमा मुलुकमा वर्षौ अगाडि यस दिनलाई मानिसलाई मूर्ख बनाउने दिन भनेर घोषणा गरिएको थियो । त्यसले अहिले विश्वभरीमा व्यापकता पाएको छ । विशेषगरी बालबालिका र युवा पुस्तालाई यो दिवसले विशेष लोभ्याउने गरेको छ । नेपालमा पनि पछिल्ला वर्षहरुमा अप्रिल फूल मनाउँदै आइएको छ ।

 

केहीदिनभित्रै ग्याँस सहज हुने गोपाल बहादुर खड्काको दाबी

काठमाडौं, चैत्र २४ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले केहीदिनभित्रै एल.पी. ग्याँसको अभाव सहज हुने दाबी गरेका छन्  । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमले ग्याँसको अभावलाई ध्यानमा राख्दै आपूर्ति चुस्तदुरुस्त बनाउन ईण्डियन आयल कर्पोरेशनसँग ग्याँस आयातको मात्रा वृद्धि गर्नेवारेमा समेत छलफल भैरहेको भन्दै छिट्टै समस्याको समाधान हुने स्पष्ट पारे । आयोजित साक्षात्कारमा खड्काले भने,‘भारतसँग कुराकानी हुँदा उसले जति चाहिए पनि ग्याँस उपलब्ध गराउँछु भन्ने प्रतिबद्धता व्यक्त गरेको छ, त्यसैले अब केही दिनभित्र सहज हुन्छ भन्नेमा म विश्वस्त छु ।”

खड्काले निगमको आधिकारिक तथ्यांकमा ६२ लाख सिलिण्डर भएपनि हाल बजारमा ४ लाख बढि सिलिण्डर देखिएको कुरा सत्य भएको स्विकार्दै त्यसवारेमा पनि निगमले सत्यतथ्य पत्ता लगाई तीनलाई समेत कानुनी दायरामा ल्याउने जानकारी दिए । उनले भने,‘दैनिक माग बढेको कारण बढि सिलिण्डर देखिनु स्वभाविक हो ।’
खड्काले ईन्धनको लागि भारतसँग मात्रै भर पर्न नहुने भन्दै चीनसँग पनि ईन्धन आयातका लागि तयारी भैरहेको तर यातायात, मूल्य र भण्डारणका कारण तत्काल आपूर्ति गर्न नसकिने भएपनि छिट्टै त्यताबाट पनि आपूर्ति गर्नेगरि तयारी भैरहेको जानकारी दिए । 
खड्काले हाल डिजेल, पेट्रोल र हवाई ईन्धनको अभाव नभएको समेत स्पष्ट पारे । सरकारले ९० दिनलाई पुग्नेगरि पाँचखाल, नुवाकोट र खैरेनीमा ईन्धनको भण्डारण केन्द्र आगामी २ वर्षभित्रै निर्माण गर्ने तयारी समेत गरिरहेको जानकारी दिए । 
काठमाडौं प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने जो कोहीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
प्रमुख जिल्ला अधिकारी सुवेदीले हाल बजारमा ४ लाख अवैध ग्याँस सिलिण्डर भित्रिएको बताए । गत मार्चको तुलनामा यस मार्चमा झण्डै ३० हजार मेट्रिक टन ग्याँस भित्रिँदा पनि उपभोक्ताहरु ग्याँसको अभाव झेल्न बाध्य भएको भन्दै कालोबजारी नियन्त्रण गर्न राजधानीमा प्रभावकारी रुपमा अनुगमनका काम भएको जानकारी दिए । 
सुवेदीले अनुगमनमा बढि मुल्य लिने गरेको, कम तौल भएका सिलिण्डर भेटिएका, ग्याँसको कृत्रिम अभाव सिर्जना गरेको र कालोबजारीमा संलग्न भएको लगायतका समस्याहरु देखिएको जानकारी दिए । उनले गत फागुण २७ देखि आजसम्म ग्याँसको अवैध कारोवारसम्वन्धी करिव १३ वटा मुद्दा दायर भएको र ५ सय ६७ वटा भरि सिलिण्डर जफत गरेको जानकारी दिए । आफूले कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न दैनिक तीन वटा अनुगमन टोली परिचालन गरेको समेत बताए । 
उनले अनुगमनबाट उद्योगी व्यवसायीहरुलाई नतर्सिन समेत आग्रह गरेका छन् । उनले भने,‘अनुगमन निकायले अनुगमन गर्छ र गर्न दिनुपर्छ, कसैले तर्सिनुपर्दैन्, हतोत्साहित हुनुपर्ने कुनै कारण छैन ।’ उनले अनुगमन कार्यलाई चुस्तदुरुस्त बनाउन आम नागरिकलाई सचेत हुन आह्वान गर्दै कहीँ कतै बद्मासी गरेको पाईए सूचना दिएर सहयोग पु¥याउन अपिल समेत गरे । 
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालले पछिल्लो ५ महिनामा खाली भएको ६२ लाख सिलिण्डर नभरिएसम्म पूर्ण रुपमा ग्याँसको अभाव सहज नहुने बताए । 
धितालले ग्याँस आपूर्तिमा देखिएको असहज स्थितिलाई सामान्यीकरण गर्न उपभोक्ता, उद्योगी लगायत सवै तहतप्काबाट जिम्मेवारपूर्ण भूमिका प्रवाह गर्नुपर्ने बताए । 
उनले अनुगमनमा जाँदा कतिपय ठाउँमा ग्याँस पाईएको तर बढि मूल्य असुली लिईएको, कृत्रिम अभाव सिर्जना गर्नेजस्ता समस्याहरु देखिएपनि आफूहरुले प्रभावकारी रुपमा अनुगमन गरिरहेको जानकारी दिए । 
उनले भने,‘‘बजारमा अभाव सिर्जना भैरहेको छ, मौका मिल्नासाथ बढि मूल्य असुल्ने गरेको भेटिएको छ, तत्काल वितरण प्रणालीलाई सहज बनाउन हामी प्रभावकारी भूमिका खेल्छौं ।’’
नेपाल एल.पी. ग्याँस उद्योग संघका अध्यक्ष शिव प्रसाद घिमिरेले ग्याँसको अभाववारे राज्यले नै अफावह फैलाएको भन्दै आपत्ति जनाएका छन् । घिमिरेले आफूहरुमाथि अनुगमनको नाममा राज्यको चाहिनेभन्दा बढि नै हस्तक्षेप भएको आरोप लगाए । 
उनले भने,‘सरकारले आयात र माँगवारे कुनै स्पष्ट जानकारी नै नराखी हल्ला फिजाउँदा समस्या उत्पन्न भएको हो, अब हामी छिट्टै वितरण प्रणालीवारे जानकारी गराँछौं ।’ घिमिरेले विगत ७ महिनाको अवधिमा १ लाख २७ हजार ७ सय ४४ मेट्रिक टन ग्याँस आयात भएपनि माँग २ लाख ५ हजार ९ सय १२ भएकाले समस्या उत्पन्न भएको जिकिर गरे । 
उनले भने,‘माग बमोजिम ग्यासको अभाव समाधान गर्न झण्डै ७९÷८० हजार मेट्रिक टन अतिरिक्त ग्याँसको व्यवस्था गर्नुपर्छ ।’ उनले खाली रहेको करिब ५५ लाख सिलिण्डर तत्काल भर्न सरकारले चासो नदेखाए आगामी एक वर्षमा समेत ग्याँस अभावको समस्या हल नहुने ठोकुवा गरे ।  

गाउँ पुरै ल्याप्चे !

२८ चैत, काठमाडौं ।  बिही ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाँड्यो ।

४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भर्पाई गराउँदा चालिसै घरका सदस्यले ल्याप्चे सही गरेको आजको अन्नपूर्णमा समाचार छ ।

‘हाम्रो गाउँका सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो,’ अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहाकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन, त्यसैले कसैले पनि पढ्न पाएनन् ।’

बिही गाविसका नौवटै वडामा विद्यालय नभएको उनले बताए । गाउँका कोही युवा पढ्न काठमाडौं र सदरमुकाम गोरखा गएका छन् । उनीहरु गाउँ र्फकन मान्दैनन् । ‘गाउँमा  शतप्रतिशत ल्याप्चे छन् ‘ उनले भने ‘अरुले देख्दा पनि लाजमर्दो ।’

बिही २ मा गुम्बा हिमाली प्रावि थियो । शिक्षक कहिल्यै पनि विद्यालयमा नजाने गरेपछि विद्यार्थी शून्य भएका कारण चार वर्षदेखि विद्यालय बन्द भयो ।

राजनीतिक शरण माग्दै अपहरणकारीले ४ यात्रु र ७ चालक दल सदस्य छोड्न मानेनन्

१६ चैत,एजेन्सी ।  
अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्। अपहरणमा संलग्नले राजनीतिक शरण मागे माग्दै ४ यात्रु र ७ चालक दल सदस्यलाई भने रिहा गर्न मानेनन् । 
 
अपहरित जहाज र यात्रु छुटाउन भएको वार्ताका क्रममा अपहरणमा संलग्हरुलै आफूहरुलाई राजनीतिक शरण दिइनुपर्ने माग गरेका हुन् । जहाज अपहरणमा  इब्राहिम समाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी २७ वर्षीय रहेका छन् । 
 
उनले भाषामा समस्या भएपछि अनुवादकको पनि माग गरेको बताइएको छ । जहाजबाट ती युवाले दिएको चिठीमा उनी कुनै युवतीसम्म पुग्न चाहेको उल्लेख गरेका छन् ।  इजिप्ट एयरका अनुसार विमानमा ५६ यात्रु र ७ जना चालक दलका सदस्य छन्। विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो। अपहरण कसले र कुन प्रयोजनका निम्ति गरेको हो भन्ने बारे बाहिर थाहा हुन सकेको छैन।

एमाले स्थायी समिति बैठकमा दुई पक्षका नेताबीच चर्काचर्की

१७ चैत,काठमाडौं  । 
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको साटो गुट चलाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आरोप लगाएपछि नेताहरुबीच चर्काचर्की भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको एमाले स्थायी समिति बैठकमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट स्थायी समिति सदस्य सुरेन्ऽ पाण्डेलगायतले अध्यक्ष ओलीले गुटबन्दी गरेको भन्दै आक्रोश पोखेका थिए।  पार्टी चलाउने जिम्मा पाएपनि अध्यक्षले गुटमात्र चलाएको भन्दै सचिव भट्टराईले आलोचना गरेका आजको अन्नपूर्णमा समाचार छ ।
उपमहासचिव भुसालले सत्ता र शक्तिको दुरुपयोग गरेर गुट भेला गरेको भन्दै आपत्ति जनाएको स्रोतले जानकारी दियो । मदन भण्डारी प्रतिष्ठानका नाउँमा हालै राजधानीमा भएको भेलाप्रति पनि उनले असन्तुष्टि जनाए।
सबैको आलोचना सुनेपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली निकै कडि्कएका थिए ।  उनले आफूलाई असफल पार्न प्रयास गर्नेहरुले नै गुटबन्दी गरेको आरोप लगाएका थिए ।
‘मैले त पार्टीका विभाग पनि उहिल्यै बनाऔं भनेको थिएँ तर तपाइहरु अनेक बखेडा झिकेर बनाउन दिनुहुन्न । ओलीले एक वर्र्षमा पनि गठन गर्न सकेन भनेर असफल बनाउन प्रयास गर्ने तपाईहरु नै हो , ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने 

भक्तपुर, चैत १९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तत्काल आन्दोलनको कार्यक्रम सार्वजनिक नगर्ने भएको छ । आज भक्तपुरको सानोथिमीस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले विगतका आन्दोलनको समीक्षा गर्दै तत्काल आन्दोलनको कार्यक्रम घोषणा नगर्ने भएको हो । मोर्चाको बैठक सकिएपछि जानकारी दिँदै सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भने ˗ “आन्दोलनको कार्यक्रम तत्काल नल्याउने भएका छौँ, आन्दोलनको कार्यक्रम ल्याउन ढिला पनि भएको छैन ।”

अध्यक्ष ठाकुरको नेतृत्वमा बसेको बैठकमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरद्सिंह भण्डारी र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायतका नेताको सहभागिता थियो ।

बाग्मती नदिले रुप फेर्न थाल्यो

२८ चैत, काठमडाौं ।
कलकल बगिरहेको नदी। सफा अनि कञ्चन पानीमा चलमलाइरहेका माछा। दुवै किनारमा सुन्दर र मनमोहक बगैंचा। आकर्षक साइकल लेन, चिटिक्क मिलेका विश्रामस्थल। दुवैतर्फ सुन्दर सडक।
 
यो वर्णनले तपाईलाई कुनै युरोपेली देशको झल्को आयो होला। तर यो दृश्य काठमाडौंमै सम्भव हुनसक्छ, पाँच वर्षपछि। सरकारले बागमती नदी क्षेत्रलाई यस्तै रोचक र मनमोहक बनाउने योजना अघि सारेको छ। नागरिक दैनिकमा समाचार छ।
 
बर्खाका चार महिनाबाहेक निकै थोरै मात्रा पानी बग्ने बागमतीमा यो कसरी सम्भव छ तरु बागमती सुधार आयोजना प्रमुख आशिषभद्र खनाल भन्छन्–पानी सुकेर मृत अवस्थामा पुगिसकेको बागमतीमा बहाब बढाउन सुन्दरीजलको माथिल्लो क्षेत्रमा दुईटा बाँध बनाउने काम अघि बढिरहेको छ।’
 
बाँधमा संकलित पानी बर्खाबाहेकका ८ महिना घुँडासम्म आउने गरी बागमतीमा छाडिने उनले जानकारी दिए। आयोजना प्रमुख खनालका अनुसार पाँच वर्षभित्रमा बागमतीको मुहार फेर्न ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लागतमा सरकारका तीन निकायले धमाधम काम गरिरहेका छन्।
 
एसियाली विकास बैँकको ऋण तथा सहयोग र सरकारको लगानीमा पाँच वर्षे ुबागमती रिफर बेसिन इम्प्रुभमेन्छट प्रोजेक्टु अन्तर्गत सुधारकार्य थालिएको उनले वताए। सन् २०२१ भित्र सम्पन्न हुने उक्त परियोजनामा एडिबीको २ अर्ब ५० करोड रुपैयाँ ऋण, ४० करोड ५० लाख सहयोग र सरकारको ६० करोड रुवैयाँ लगानी छ।

सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन, यस्ताछन् मन्त्रीपरिषदका निर्णयहरु

२६ चैत, काठमाडौं ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा पुनःसंरचना निर्देशक समिति गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठन गरेको समितिमा उपप्रधान तथा रक्षामन्त्री भीम रावल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेल, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा

युवराज खतिवडा हुनुहुन्छ भने सदस्य सचिवमा मुख्य सचिव डा सोमलाल सुवेदी रहनुभएको छ ।
त्यस्तै, मुख्य सचिव संयोजक रहेको नौ सदस्यीय सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनःसंरचना समन्वय समिति पनि मन्त्रिपरिषादले गठन गरेको छ ।
समितिमा अर्थ, गृह, रक्षा, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, सामान्य प्रशासन, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिवहरु र प्रधानमन्त्री कार्यालयका सचिव हुनुहुन्छ भने सदस्य सचिवमा प्रधानमन्त्री कार्यालयका सहसचिव रहनुहुनेछ ।

मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि युरोपेली सङ्घले नेपाल सरकारलाई उपलब्ध गराउने करिब रु १२ अर्ब ५५ करोड वित्तीय सहायतामध्येबाट रु ६५ करोड प्राविधिक सहयोग स्वीकार गर्ने निर्णय गरेको मन्त्रीपरिषाद् बैठकपछी सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिनुभयो ।

प्रत्येक गाविसमा एक कृषि र एक पशु प्रविधिज्ञ राख्ने निर्णय गरेको छ । जस अनुसार पशु प्रविधिज्ञ ५ सय र कृषि विज्ञ ५ सय  प्रतिस्पर्धाबाट करारमा नियुक्त गर्ने निर्णय मन्त्री परिषाद्ले गरेको छ ।
बैठकले ‘अनलाइन समाचार सञ्चालन निर्देशिका – २०७२’ लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै २०७१ साउन २९ गतेदेखि लागू हुनेगरी विशेष दरबन्दीमार्फत प्रहरी नायब महानीरक्षकहरुलाई बढुवा र पदस्थापन गर्ने निर्णय गरेको छ । जस अनुसार यादव अधिकारी, पशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापालाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा र पदस्थापन गर्ने निर्णय गरिएको सरकारका प्रबक्ता मन्त्री राईले बताउनुभयो ।

पदस्थापना भएका अतिरिक्त महानिरीक्षकहरु अवकाश भएमा वा अन्य कारणले रिक्त भएमा स्वतः पद खारेज हुने व्यवस्था गरिएको छ ।

काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का

काठमाडौं,चैत २७ । शनिबार साँझ काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का महसुस भएको छ ।  साँझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको पराकम्प गएको हो । मापन केन्द्रका अनुसार परकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यकाभित्रै परेकाले यति कडा धक्का महसुस भएको हो । तर, केन्द्रले भने यो नयाँ भूकम्प नभए वैशाख १२ को भूकम्पको पराकम्प भएको जनाएको छ ।

 

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web