१६ चैत,एजेन्सी ।
अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्। अपहरणमा संलग्नले राजनीतिक शरण मागे माग्दै ४ यात्रु र ७ चालक दल सदस्यलाई भने रिहा गर्न मानेनन् ।
अपहरित जहाज र यात्रु छुटाउन भएको वार्ताका क्रममा अपहरणमा संलग्हरुलै आफूहरुलाई राजनीतिक शरण दिइनुपर्ने माग गरेका हुन् । जहाज अपहरणमा इब्राहिम समाहा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी २७ वर्षीय रहेका छन् ।
उनले भाषामा समस्या भएपछि अनुवादकको पनि माग गरेको बताइएको छ । जहाजबाट ती युवाले दिएको चिठीमा उनी कुनै युवतीसम्म पुग्न चाहेको उल्लेख गरेका छन् । इजिप्ट एयरका अनुसार विमानमा ५६ यात्रु र ७ जना चालक दलका सदस्य छन्। विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो। अपहरण कसले र कुन प्रयोजनका निम्ति गरेको हो भन्ने बारे बाहिर थाहा हुन सकेको छैन।
17.45¡ÆC