परस्पुरमा एकता महिला संचार समुह गठन

अचारी पोखरेल-११ जेठ, नेपालगञ्ज ।
आर्थिक र राजनीतिक रुपमा महिलाहरुलाइ सशक्तिकरण गर्ने उदेश्यले महिला संचार समुह बाँकेद्धारा मंगलवार परस्पुर गाविसका महिलाहरुलाइ समेटेर एकता महिला संचार समुह गठन गरीएको छ ।

महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलको प्रमुख अतिथ्यमा गठन गरीएको  एकता महिला संचार समुहको अध्यक्षमा साकारा वेगम दर्जी,सचिव तबस्सुम दर्जी,कोषाध्यक्ष सवीना दार्जी रहेका छन् ।
यसैगरी सदस्यहरुमा सैजहा दर्जी, बसीरुन नाउ, हिरा नाउ, जैवन दर्जी, निशा वेहना, नगमा दर्जी  रहेका छन् ।

भेलामा बोल्दै महिला संचार समुहका अध्यक्ष अछरी पोखरेलले महिलालाइ राजनीतिमा ल्याउनको निम्ति उनीहरुको आर्थिकमा पहँुच हुन जरुरी रहेको बताउनु भयो । २०७२को संविधानले प्रत्येक वडामा २ जना महिला उम्मेदवार उठाउने व्यवस्था गरेका कारण महिलाहरु अहिले देखि नै नेतृत्व विकास गरी आर्थिक आय आर्जनमा जुट्दै अगाडि बढ्न जरुरी रहेको बताउनु भयो ।

अध्यक्ष पोखरेलले महिलालाइ राजनीति गर्न पनि पैसा चाहिने भएका कारण महिला आयआर्जनमा पनि जोडिन जरुरी रहेको बताइन ।

सम्पन्न भेलामा एकता महिला संचार समुह नेपालगन्ज उपमहानगरपालीका वडा नं.२ का संयोजक निलम ज्ञवालीले महिला संगठीत भइ बचत गरेमा आफुलाइ आर्थिक समस्या पर्दा टार्न सजिलो हुने बताइन ।

यसैगरी नेपालगन्ज उपमहानगरपालीका वडा नं.३ का एकता महिला संचार समुहका संयोजक सरस्वती रस्तोगीले महिला हिंसाका सवालमा महिला संगठीत भइ आवाज उठाउन सकेमा न्याय पाउन सजिलो हुने बताइन । भेलामा परस्पुर गाविसकी स्वयंसेवीका  महिलाले पैसा बचत गरेर राख्ने हो भने गर्भवतीको समयमा अस्पताल पुग्न र औषधि उपचार गर्नमा पनि पद्दत मिल्ने बताइन ।

भेला पछि बसेको एकता महिला संचार समुहको पहिलो बैठकले प्रत्येक महिनाको १ गते बैठक बस्ने र मासिक रु.५० जम्मा गर्ने निर्णय गरेको छ ।

महिलाको पहँुच राजनीतिमा पुर्याउनको निम्ति महिला संचार समुह बाँकेले वैशाकको १५,१६,१७ गते ३ दिनको नेतृत्व विकास तालिम दिएको थियो । तालिमपछि सहभागीहरुलाइ आ –आफ्ना वडामा समुह गठन गर्ने र उनीह्रुको नेतृत्व विकास गराउने उदेश्य रहेका कारण विभिन्न वडामा समुह गठन गरीएको समुहका सदस्य आसा केसीले जानकारी दिइन  ।

सुरक्षाको बहानामा राज्यको ढुकुटी रित्तिदै, कसलाई कति सुविधा ?

११ जेठ, काठमाडौं ।

सुरक्षाको बहानामा राज्यको ढुकुटी नै रित्याउने गरी बाँचुन्जेल सुविधा प्राप्त गर्ने प्रवृत्तिलाई संसदीय समितिले निरुत्साहन गर्ने अठोट व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्, सुशासन समितिको मंगलबारको बैठकमा पूर्वपदाधिकारीले प्राप्त गरिरहेको सेवा सुविधाको फेहरिस्त सुनेपछि सदस्यहरुले भने – “राजनीतिक सङ्क्रमणको फाइदा उठाउँदै सत्तामा पुगेर सुरक्षाभन्दा पनि सुविधामा ध्यान बढी केन्द्रित गरी राज्यको ढुकुटीको दुरुपयोग गर्ने खेलमा लाग्नु भनेको स्वार्थभन्दा बाहेक अरु केही होइन ।” पूर्वराजा, पूर्वराष्ट्रपति पूर्वप्रधानमन्त्रीका लागि राज्यले उपलब्ध गराएको सुरक्षा र सुविधाको वार्षिक खर्च विवरण विश्लेषण गर्दा प्रतिव्यक्ति रु ४० लाख राज्यको ढुकुटीबाट व्यहोर्नुपर्ने देखिएको छ ।

रवाफ देखाउन सुरक्षाकर्मी

पूर्वपदाधिकारीको सेवासुविधाका बारेमा अध्ययन गर्न गठित उपसमितिका संयोजक जनकराज जोशीले बैठकमा प्रारम्भिक प्रतिवेदन पेस गर्दै सेवासुविधा लिने व्यक्ति सुरक्षाभन्दा पनि समाजमा सधैँ रवाफ देखाउन पाइयोस् भन्ने उद्देश्यबाट बढी प्रेरित भएको देखिएको बताए । मुलुकका विशिष्ट व्यक्तिले गृह मन्त्रालयले निर्माण गरेको सुरक्षासम्बन्धी कार्य्विधिका आधारमा सुरक्षाकर्मी खटाए पनि उनीहरुले अरु जे जतिसुविधा लिएका छन्, त्यससम्बन्धी कुनै कार्यविविधि नै छैन – उपसमितिको प्रतिवेदनमा भनिएको छ । तीन राजपरिवारका लागि

गाडीसहित १५५ सुरक्षाकर्मी

पूर्वराजपरिवारका सदस्यलाई सशस्त्र प्रहरी बलले तीन गाडीसहित १५५ सुरक्षाकर्मी खटाएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । तदर्थवादको ढङ्गबाट पूर्वपदाधिकारीले सुविधा लिइरहेको तथा सुरक्षाको कुनै धम्की नै नआएका पूर्वपदाधिकारी, सांसद र उद्योगी व्यापारी समेतले समाजमा रवाफ देखाउन अनावश्यक रुपमा सुरक्षाकर्मी लिने गरेको सांसद जोशीको भनाइ थियो ।

मासिक तीन लाखभन्दा बढी खर्च

एउटा पूर्वपदाधिकारीका लागि रु ६० लाख पर्ने गाडी उपलब्ध गराउने हो भने त्यसको मासिक भाडा रु ५० हजार, चालकको तलब रु २० हजार, इन्धन रु २० हजार, मोबिल रु पाँच हजार, मर्मत खर्च रु पाँच हजार, औसत खटिने पाँच सुरक्षाकर्मीको तलब रु एक लाख, घरभाडा रु एक लाख ३० हजार, विद्युत् र पानी महसुल रु पाँच–पाँच हजारसमेत जोड्दा अनुमानित रु तीन लाख ४० हजार राज्यकोषबाट खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई दुई, दुई, सात पूर्वप्रधानमन्त्रीलाई दुईदेखि २३, संविधानसभाका तत्कालीन अध्यक्षलाई दुई , नौ पूर्वउपप्रधानमन्त्री र सात पूर्वगृहमन्त्रीलाई एकदेखि तीन , ३० पूर्वमन्त्रीलाई एकदेखि तीन, ११ पूर्वप्रधानन्यायाधीशलाई एकदेखि तीन तथा अरु सात जनालाई समेत नेपाल प्रहरीले एकदेखि तीन जनासम्म निजी सुरक्षाकर्मी खटाएको छ । सशस्त्र प्रहरी बलले पनि नौ पूर्वप्रधानमन्त्रीका लागि सात गाडीसहित व्यक्तिविशेषलाई हेरेर पाँचदेखि ४१ जनासम्म सुरक्षाकर्मी खटाएको जनाइएको छ । संविधानसभाका अध्यक्षलाई दुई, चार पूर्वउपप्रधानमन्त्री र पाँच पूर्वगृहमन्त्रीको सुरक्षामा सात सात जनाको दरले सशस्त्र बलले सुरक्षाकर्मी परिचालन गरेको बताइएको छ । तीस पूर्वमन्त्रीले पनि एकदेखि दुई जनासम्म सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी प्राप्त गरेका छन् ।

पूर्वप्रधानसेनापति र महानिरीक्षकलाई सुरक्षा फौज

नेपाल प्रहरीका १३ पूर्वमहानिरीक्षक तथा सशस्त्र प्रहरी बलका सात पूर्वप्रमुखले पनि तीनदेखि पाँच जनासम्म सुरक्षाकर्मी लिइरहेको बताइएको छ । नेपाली सेनाका सात पूर्वप्रधानसेनापतिले छ जनाको दरले सुरक्षा कर्मचाररी प्राप्त गरेको रक्षा मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । नेपाल प्रहरीको हालको संख्याको १० प्रतिशत अर्थात् झन्डै सात हजार जनशक्ति राज्यको तलबभत्ता खाएर व्यक्तिका घरको कामकाजमा खटिरहेको पाइएको छ । बैठकमा सदस्यहरुले भने– “राष्ट्रिय सुरक्षा संयन्त्र र राष्ट्रिय ढुकुटीको गम्भीर रुपमा दुरुपयोग, अतिक्रमण र दोहन अब तत्काल रोक्नुको विकल्प छैैन, संसदीय समिति र सरकारका बीच यस विषयमा गम्भीर छलफल आवश्यक देखियो ।

“धेरै सुरक्षाकर्मी खटाएकाले घर छाड्न बाध्य भएँ”

राज्यले पूर्वपदाधिकारीका लागि गरेको खर्चको विवरण कहालीलाग्दो रहेको टिप्पणी गर्दै सांसद कृपाशुर शेर्पाले भने – “मन्त्रीका लागि पनि १३ जना सेना खटाइन्छ, त्यो आवश्यक होइन, धेरै सुरक्षाकर्मी खटाएकाले आफू घर छोडेर मन्त्री निवासमा बस्न बाध्य भएको थिएँ ।” सांसद नरसिंह चौधरी र हर्कबोल राईले मुलुकको बजेट पूर्वपदाधिकारीलाई दिँदै सकिने भन्दै यसलाई रोक्ने काम गरी जनतालाई पनि यो विषयमा सुसूचित गराउन आवश्यक रहेको बताए । राज्यको साधन, स्रोत र जनशक्तिको दुरुपयोग रोक्न नागरिक समाज, सञ्चारकर्मी र स्वयंसेवकबाट समाजमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने समितिको निष्कर्ष छ ।

प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठक निष्कर्ष विहीन

११ जेठ, काठमाडौं ।
आन्दोलनरत पक्षको माग सम्बोधन गरेर मुलुकलाई निकास दिन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार डाकेको सर्वदलीय बैठक  निष्कर्ष विहीन सकिएको छ ।

बुधबार बोलाईएको वैठकमा मोर्चा सहभागि नभएपछि वैठक बिनानिष्कर्ष सकिएको हो ।

आफूहरुको माग प्रति सरकार सकारात्मक नभएको भन्दै गठबन्धनले बहिस्कार गरेपछि बैठक साधारण छलफलमै टुंगिएको हो ।

सर्बदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।

त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरुसहभागि भएका थिए ।

अर्चनाको हट सिनले पनि रोकेन ‘छेस्को’लाई सजिलै सेन्सर पास

काठमाडौं । चलचित्र ‘छेस्को’ को सेन्सर पास गरेको छ । फस्टलुक पोस्टर रिलिजसँगै चर्चामा पाइरहेको ‘छेस्कोको टिजरमा अर्चनाले झनै हट सिन दिएपछि सेन्सर पास गर्लात भन्ने उत्सुक्तामा रहेको छेस्को’लाई चलचित्र सेन्सर बोर्डले ‘ए’ अर्थात एडल्ट सटिफिकेट दिएको छ । जेठ २१ गतेबाट रिलिजको तयारीमा रहेको यो फिल्म सेन्सर लफडामा पर्ने धेरैले अनुमान गरेका थिए ।

तर, १६ वर्ष माथिका दर्शकले हेर्न पाउने गरी फिल्मले सजिलै सेन्सर पास गरेको छ ।  दुर्गा बिष्टको प्रस्तुती रहेको यस चलचित्रमा अर्चना र राजनका अलावा करण श्रेष्ठ ‘क्रेजी’को पनि मुख्य अभिनय छ । सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ।डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

जिस्म टिजरबाट बाहिरियो अर्चनाको नांगो रुप (भिडियो सहित)

एजेन्सी ।  अर्चनालाई लिड रोलमा लिएर बनाएको फिल्म ‘जिस्म’को पहिलो टिजर रिलिज भएको छ । टिजरमा अर्चनालाई फरक फरक रुपमा देखाइएको छ । राजु गिरीको निर्माण तथा निर्देशन बनेको चलचित्र जिम्स असार ३१ गतेदेखि रिलिज हुँदै छ । चलचित्रमा अर्चनासँगै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापालगायतका कलाकारले अभिनय गरेका छन् ।

https://youtu.be/EqJ3fYGpQqs

प्रचण्डलाई तीन दिन भित्र अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं,जेठ ११ । सर्वोच्च अदालतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई  तीन दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले एक सार्वजनिक कार्यक्रममा अदालतको अवहेलना गरेको भन्दै जवाफ सहित उपस्थित हुन आदेश दिएको हो । दाहाल विरुद्ध जेठ ४ गते अदालत अवहेलना मुद्दा दायर भएको थियो। द्वन्द्वकालीन मुद्दामा अदालतले गरेको फैसलाबारे गलत टिप्पणी गरी मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले जेठ ४ मा रिट दायर गरेका थिए।

उक्त रिटको मुद्दामा मंगलवार सुनुवाई हुँदा सर्बोच्चले यस्तो आदेश दिएको हो । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा आफ्ना कुनै पनि नेता तथा कार्यकर्तालाई मुद्दा चलाइए विद्रोह गर्ने धम्की दिँदै दाहालले गत भदौ ५ गते 'अदालतको जात के हो ?' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिब्यक्ति पछि निवेदकले दाहाललाई सर्वोच्च अदालत ऐन २०४८ को दफा ७ बमोजिम अदालतमा उपस्थित गराई हदैसम्म कारबाही गर्न माग गदैृ रिट हालेका थिए ।

चिनीको मूल्य बढ्न नदिन साल्ट ट्रेडिङलाई आयात अधिकार

११ जेठ, काठमाडौं ।
बजारमा चिनीको मूल्य अनियन्त्रितरुपमा बढ्न नदिनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत ३० हजार मेट्रिक टन चिनी आयात गर्न लागिएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

कर्पोरेशनबाट एक प्रतिशत भन्सार महशूलमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने सम्बन्धी प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषद्मा पठाइसकेको र आगामी मन्त्रिपरिषद्को बैठकले यस सम्बन्धमा निर्णय गर्ने आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीले जानकारी दिनुभयो ।

बजारमा चिनीको मूल्य अनियन्त्रित रुपमा बढ्दै जाने स्थितिलाई ध्यानमा राखी सरकारी संयन्त्र साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा बजार हस्तक्षेप गरेर चिनीको मूल्यमा सन्तुलन कायम गरी आम जनतालाई राहत दिनका लागि कर्पोरेशनबाट चिनी आयातको व्यवस्था गर्न लागिएको सहसचिव रेग्मीले स्पष्ट गर्नुभयो ।

बजारमा केही समयअघि खुद्रा मूल्य प्रतिकिलो ६८ रुपियाँ रहेको चिनीको मूल्य साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौजदात कम हुँदै गएपछि हाल बढेर प्रतिकिलो ८० रुपियाँसम्म पुगेको छ ।

यसअघि २०६६ सालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट सहुलियत भन्सार दरमा चिनी आयातको व्यवस्था नहुँदा र कर्पोरेशनसँग पनि चिनी मौज्दात नहुँदा बजारमा चिनीको मूल्य आकाशिएर प्रतिकिलो १२० रुपियाँसम्म पुगेको थियो ।

लोप भइसकेको भनिएको चरा भेटियो

११ जेठ, चितवन ।
नेपालबाट लोप भइसकेका मानिएका विभिन्न नौ प्रजातिका चरामध्ये सिम्रिक काने लिओसिच्ला प्रजातिको चरा फेला परेको छ ।

चितवनको उपर दाङगढी जंगलमा यही जेठ आठ र नौ गते गरिएको चरा अवलोकनका क्रममा सिम्रिक काने लिओसिच्ला प्रजातिका आठवटा चरा देखिएको चरा विशेषज्ञ डा। हेमसागर बरालले जानकारी दिनुभयो ।

नेपालमा फेला पारिएको सिम्रिक काने लिओसिच्ला प्रजातिको चरा भ्याकुर परिवारमा पर्ने र हाल यो चरा भारत, चीन, भूटान र बंगलादेशमा समेत पाइने उहाँले बताउनुभयो ।

हाल नेपालमा विभिन्न ८७८ प्रजातिका चरा पाइन्छन् ।

शिक्षक सरुवा गरिदिने भन्दै ४० हजार घुष

११ जेठ, सप्तरी ।
सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा खटिएको टोलीले राजविराज–८ स्थित एक घरमा यादवलाई रु ४० हजार घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ ।

१०० औ कोपा अमेरिका: ड्र सार्वजनिक,कुन समूहमा कुन देश ?

एजेन्सी,जेठ ११ । विश्वको चर्चित फुटबलको पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिका फुटबलको ड्र सार्वजनिक भएको छ । कोपा अमेरिका एक सय वर्ष पूरा भएको अवसरमा हुन लागेको प्रतियोगिताकाको सार्वजनिक ड्र  अनुसार १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

खेल आउँदो महिना अमेरिकामा सुरु हुँदैछ । यो प्रतियोगितामा  पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिनाका लियोनल मेस्सी, चिलीका एलेक्स सान्चेज र ब्राजिलका डानी अल्वेस,अमेरिकाका माइकल ब्राडली, मेक्सिकोका जाभिएर हर्नान्डेज तथा कोलम्बियाका जेम्स रोड्रिग्वेज यसपटक चर्चामा रहेका छन् । अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा जुन ६ मा गएको वर्षको विजेता चिलीसँग क्यालिफोर्नियामा खेल्ने छ । जुन ३ मा सुरु हुने प्रतियोगिता दक्षिण अमेरिका बाहिर हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताको फाइनल खेल जुन २६ मा हुनेछ ।

समूह ए : अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे

समूह बी : ब्राजिल, इक्वेडर, हाइटी र पेरु

समूह सी : मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला

समूह डी : अर्जेन्टिना, चिली, पानामा र बोलिभिया तालिका

भारतको देहरादुनमा भिषण हावाहुरी– १० नेपालीको पहिरोमा परि मृत्यु

११ जेठ, देहरादुन ।
भारतको देहरादुनमा भिषण हावाहुरीबा बच्न ओढारमा ओत लागेका १० नेपालीको पहिरोमा परि मृत्यु भएको छ ।

हावाहुरीबाट बच्न १६ जना पहिरोमा फसेका अधिकारीहरुले बताएका छन् ।

हिन्दुस्तान टाइम्सका अनुसार पुरिएर १० जनाको मृत्यु भएको र छ जना घाईते भएका छन् ।

लामो समयपछि बादल र मात्रिका सिंहदरबार छिरे

काठमाडौं,जेठ ११ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा माओवादस् केन्द्रका   नेता रामबहादुर थापा ‘बादल’ र मात्रिका यादव सहभागी भएका छन् । संसदीय व्यवस्थाकै विरोधमा लामो समयदेखि शीर्ष बैठकबाहिर रहेका  मात्रिका र बादलहरु मंगलबार सिंहदरबार छिरेका हुन् । विभिन्न माओवादी घटकहरुबीचको एकतामा भएर बनेको नेकपा माओवादी केन्द्रको हैसियतमा उनिहरु सिंहदरबारभित्र छिरेका हुन् ।

यस अघिको  शीर्ष बैठकहरुमा तत्कालिन एकीकृत माओवादीको तर्फबाट प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायतका नेताहरु सहभागि हुन्थे ।  त्यस्तै कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र महेश आचार्य छन् भने एमालेको तर्फबाट प्रधानमन्त्रीसँगै वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु छन् । बैठकमा सत्तारुढ साना दलका नेताहरु पनि रहेका छन् । सर्बदलीय बैठकमा आन्दोलनरत मधेसी–जनजाति दलहरुलाई पनि बोलाइएको थियो । आन्दोलनरत दलहरुले बहिष्कार गरेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web