यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि भोटे बस्ती सुनसान

२० जेठ, मुगु ।
मुगु जिल्लाका बिभिन्न बन क्षेत्रमा पाईने यार्सा संकलन गर्न करान भेगका भोटेहरु घरमा ताला लगाई उच्च हिमाली भेगका  पाटन तिर लागे पछि यहाँका भोटे बस्ती सुनसान भएका छन् ।

महत्वपूर्ण बुटीको रुपमा रहेको यार्सा संकलनलाई प्रमुख पेशाको रुपमा लिदै आएका भोटे जातीहरु  बाल बच्चा  सामान सहिद पाटन हिँडेपछि  करान भेगका बिभिन्न १४ ओटा भोटे बस्तीहरु हाल सुनसान भएका हुन् ।

बेच बिखन गर्न भारत लैजादै गरेका ९ जना बालकको उद्धार

२० जेठ, भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले रोजगारीको प्रलोभन देखाएर मानव बेच बिखनका लागि भारत लैजादै गरेका ९ जना बालकको भैरहवाबाट उद्धार गरेको छ ।

चितवनका ७ र गोर्खाका २ बालकलाई सीमानाका बेलहीया हुदै भारत तर्फलैजादै गरेको अवस्थामा भैरहवा बसपार्कबाट हिजो बालकहरुको उद्धार गरीएको प्रहरीले जनाएको छ ।

प्रहरीलेउनीहरुलाई भारत तर्फ लैजादै गरेका गोर्खा मनकामना ३ का दिल बहादुर बिकलाईपनि प्रकाउ गरेको छ ।

पक्राउ परेका बिक बिरुद्ध प्रहरीले मानव बेच बिखन तथा ओसार पसारको मुद्धा चलाउने तयारी गरेको छ ।

गगनले संसदमा भने-‘बजेटले सांसदलाई ३ करोड ५० लाखको हाकीम बनायो’

२० जेठ, काठमाडौं ।
व्यवस्थापिका–संसद्को बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले सत्तापक्षले प्रस्तुत गरेको बजेटमाथि प्रतिपक्षी दलले दिएको सुझावलाई आत्मसात् गरेर सच्याउने प्रचलन रहेकाले केही पक्ष सुधार गरेर जान सुझाव दिनुभयो ।

सोही दलका गगनकुमार थापाले बजेटले सांसदलाई रु तीन करोड ५० लाखको हाकिम बनाएको भन्दै खानेपानी र सडक बाँड्दै हिँड्ने प्रवृत्ति गलत रहेको र वितरण गर्ने प्रणालीले मुलुकलाई कहीँकतै नलैजाने बताउनुभयो ।

नेकपा 'एमाले'का राजेन्द्रप्रसाद पाण्डेले भने बजेटले कृषि क्षेत्रलाई विशेष जोड दिएकाले गलत र हावादारी भन्नु पूर्णत दृष्टिदोष हो भन्नुभयो ।

एमाले कै  गङ्गालाल तुलाधारले बजेटले एक गाउँ एक चिकित्सकको अवधारणा अगाडि सारेर जनताप्रतिको जिम्मेवारी प्रस्तुत गरेको र ठूला पूर्वाधारको काम अगाडि बढाएकाले त्यसले सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

सांसद कर्णबहादुर विकले शान्ति प्रक्रियालाई सम्पन्न गर्ने सन्दर्भमा आएका केही कार्यक्रम सकारात्मक भए पनि पुँजीगत खर्च नहुने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का राधिका तामाङले कागजपत्रमा सीमित हुने बजेटको कुनै अर्थ नरहेको उल्लेख गर्नुभयो ।

काँग्रेसका महेन्द्र यादवले बिपी कोइरालाको नाम बजेटमा नरािखएकामा आपत्ति प्रकट गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि नेता बिपी भएकाले उहाँको नाम बजेटमा छुटाइनु पूर्णत गलत रहेको बताउनुभयो ।

सांसद डिल्लीप्रसाद काफ्ले, मिलनकुमारी राजवंशी, मीना पुन, सीमाकुमारी विक, लक्ष्मण राजवंशी, रामकुमार राई, यशोदाकुमारी लामा, नगेन्द्र कुमाल, पद्मनारायण चौधरी, लीलादेवी श्रेष्ठ, वीरबहादुर बलायर, सुशीला नेपाल, योगेन्द्र चौधरी, दुलारी हरिजन, कमलप्रसाद पङ्गेनी, प्रेमबहादुर आले, निशाकुमारी साह, योगेन्द्र तामाङ घिसिङ, राजेन्द्रकुमार केसी, आदित्यनारायण कशौधन, राजीवविक्रम शाही, जनार्दन ढकाल, ममता गिरी, केदाप्रसाद सञ्जेल लगायत हुनुहुन्थ्यो । व्यवस्थापिका–संसद्को अर्को बैठक यही जेठ २१ गते बिहान ११ बजे बस्नेछ ।

आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले सङ्गठन पहिला

२० जेठ, काठमाडौं ।
निजामती कर्मचारीको हिजो सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा ९एमाले० निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४ प्रतिशत मत प्राप्त गरी पहिलो भएको जानकारी दिनुभयो ।

यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन 'सङ्घ' ले ३४ प्रतिशत मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १० प्रतिशत मत ल्याई तेस्रो र मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७ प्रतिशत मत प्राप्त गरी चौथा भएका छन् ।

हिजो सम्पन्न निर्वाचनमा कर्मचारी संगठनले खसेको कुल मतमध्ये २१ हजार १ सय २७, काँग्रेस निकट कर्मचारी युनियन 'संघ' ले  १६ हजार २ सय ५९, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले ५ हजार २९, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ हजार ५ सय ६१ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द«ले १५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

देशभरमा ५५ हजार ३ सय २९ मतदाता रहेकोमध्ये ४९ हजार ९५ मत खसेको थियो । त्यसमध्ये १५ सय १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गुणराज लोहनी सामाजिक सुरक्षा विकास समिति कार्यकारीमा नियुक्त

२० जेठ, काठमाडौं ।
सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतको समितिमा खुल्ला प्रतिस्पर्धाबाट छनोट नभएसम्मका लागि डा लोहनीलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा नेपाली सेनाका अधिकृतहरुको कायम मुकायम गर्ने र केही पदावधि थप गर्ने सामान्य छलफल भएको थियो ।

बैठकका थोरै मात्र एजेन्डा रहेको र नेकपा माओवादी केन्द्र सम्बद्ध मन्त्रीहरु पोलिटब्युरो बैठकका कारण अनुपस्थित रहेकाले अन्य महत्वपूर्ण निर्णय नभएको सञ्चारमन्त्री राईले बताउनुभयो ।

प्रचण्ड भन्छन्-‘यो दशक नयाँ क्रान्तिको दशक’, माओवादी केन्द्र जम्बो

२० जेठ, काठमाडौं ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘यो दशक फेरी नयाँ क्रान्तिको दशक बन्न संम्भव रहेको बताउनुभएको छ । उहाँले सहमति  र एकता  विना कुनै कुरा पनि हासिल गर्न नसकिने भन्दै सिंगो राष्ट्र एकिकृत गर्ने समय आएको बताउनुभयो ।

काठमाडौं ३ नं. प्रदेशको प्रशिक्षण कार्यक्रमा अध्यक्ष दाहालले  माओबादीबीच फुट आएको जनताले मन नपराएको बताउनुभयो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति जम्बो

नेकपा 'माओवादी केन्द्र' ले महाधिवेशन आयोजक समिति हालसम्मकै ठूलो बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पोलिटब्युरोको बैठकले एक हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको हो ।

बैठकले ९९९ जना मनोनयन गरेको छ भने बाँकी एक सय जना पछि थपिने माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता प्रक्रियामा नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी र नयाँ शक्ति अभियानको ठूलो हिस्सा समावेश हुने भन्दै महाधिवेशन आयोजक समितिमा थप एक सय सदस्य खाली राखिएको माओवादीले जनाएको छ ।

यस्तै बैठकले ८५ सदस्यीय स्थायी समिति २५५ सदस्यीय पोलिटब्युरो बनाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

समिति महाधिवेशनसम्मका लागि मात्र भएको र महाधिवेशनमा अध्यक्षदेखि सबै सदस्य निर्वाचित हुनुपर्ने भएकाले हाल ठूलो वा सानो हुनुले केही प्रभाव नपार्ने प्रवक्ता भुसालले बताउनुभयो ।

बैठकले देशव्यापी रुपमा प्रशिक्षण कार्यक्रम चलाउने र पार्टीको एकता प्रक्रियालाई जनस्तरसम्म पु¥याउने निर्णयसमेत गरेको छ ।

सरकार परिवर्तनको कुरा जनता सुन्न चाहँदैनन्– बिजुक्छे

२० जेठ, काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार परिवर्तनको कुरा अहिले जनताले सुन्न पनि नचाहेको बताउनुभएको छ ।

आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष बिजुक्छेले सरकार बदल्ने खेलमा अहिले लाग्ने बेला नभएको धारणा राख्नु भयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार ढले फेरि प्रधानमन्त्री पदका लागि खिचातानी सुरु हुने बताउँदै उहाँले यसले विदेशी चलखेल बढ्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भने-‘हप्काई र तर्साले म तर्सीन्न’

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको हप्काई र तर्साईले नतर्सने बताएका छन् । प्रधानमन्त्री ओलीले सहमतीय राजनीतीकले मात्र देश समृद्धिको बाटोमा अगाडी वढ्ने भएकाले दलहरु संविधान कार्यान्वयन एक भएर लाग्न आग्रह गर्नु भएको छ ।

मानव अधिकार एलाइन्स नेपालले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वलीले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ र समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह नभएको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अब देश आर्थिक समृद्धिको बाटोमा लम्किन लागेकाले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नु भयो ।

नयाँ संविधानप्रति असन्तुष्टि राखी तराई मधेस केन्द्रित दलले जारी राखेको आन्दोलनप्रति इङ्कित गर्दै प्रम ओलीले केही असन्तुष्टि भए वार्तामा आउन दललाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रम प्रधानमन्त्री ओलीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग सत्ता हस्तान्तरणसम्बन्धी कुनै सहमति नभएको जानकारी गराउनु भयो ।

कसैले तत्काल प्रधानमन्त्री पद छाड भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफु प्रधानमन्त्रीबाट नहट्ने उहाँले दृढता पनि ब्यक्त गर्नुभयो ।

Harke Haldar/हर्के हल्दार (01 Jun 2016)

आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड:विपनाको अर्को कीर्तिमान

काठमाडौं,जेठ २० ।  आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको दोश्रो दिन बिहीबार पश्चिमाञ्चलकी विपना परियारले अर्को विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बिहीबार कायम गरेकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विपनाले छात्रा लङजम्पमा ५.०९ मिटर जम्प लगाउदै पश्चिमाञ्चलकै कृष्णा चौधरीले २०६९ सालमा बनाएको ४.७७ मिटरको कीर्तिमान भंग गरिन् ।

बुधबार विपनाले ट्रिपलजम्पमा १०.५२ मिटर हामफाल्दै विद्यालयस्तरको कीर्तिमान बनाएकी थिइन् । मध्यपश्चिमाञ्चल प्रमिला चौधरी दोश्रो र पश्चिमाञ्चलकी शशी चौधरी तेश्रो भए । दोश्रो भएकी प्रमिलाले कृष्णाकै कीर्तिमानलाई उछिन्ने क्रममा ४.९२ मिटरको प्रदर्शन गरिन् । उक्त स्पर्धाको छात्रमा मध्यमाञ्चलका भुवन महतो पहिलो भए । उनले ६.१३ मिटर जम्प लगाए ।

छात्र १ सय मिटर दौडमा पश्चिमाञ्चलका विकासकुमार शाहले ११.२८ सेकेन्डमा दूरी पूरा गर्दै पहिलो भए । सो स्पर्धाको छात्रामा मध्यमाञ्चलकी लुजला अमात्य पहिलो भइन् । लुजलाको टाइमिङ १३.०८ सेकेन्ड रह्यो । छात्रा ४ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी रुपा थारु पहिलो भइन् । रुपाले निर्धारित दूरी तय गर्न १ मिनेट ०५.५६ सेकेन्ड समय लगाइन् । ५२.४ सेकेन्ड समय खर्चेका मध्यमाञ्चलका चन्देश्वर पटेल छात्र ४ सय मिटर दौडमा पहिलो बने ।

छात्रा ३ हजार मिटर दौडमा पूर्वाञ्चलकी दीपा बस्नेत पहिलो भइन् । दीपाले ११ मिनेट ४२ सेकेन्ड समय लगाइन् । त्यसै स्पर्धाको छात्रमा ९ मिनेट ४२.६ सेकेन्ड समयसाथ मध्यमाञ्चलका अजितकुमार यादव शीर्ष स्थानमा रहे । छात्रा ज्याभ्लिन थ्रोमा सुदूरपश्चिमाञ्चलकी धनशोभा रावत पहिलो भइन् । धनशोभाले २४.४० मिटर टाढा फ्याकिन् । त्यो स्पर्धाको छात्रमा ४६ मिटर थ्रो गर्दै मध्यमाञ्चलका वीरेन्द्र चौधरीले शीर्ष स्थान कब्जा गरे । छात्रा ४ गुणा १०० मिटर रिलेमा पश्चिमाञ्चल पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो र मध्यमाञ्चल तेश्रो भए । सो स्पर्धाको छात्रमा मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलले क्रमशः शीर्ष तीन स्थान ओगटे ।

कराते:छात्रा ४० केजीमा पूर्वाञ्चलकी नन्दु राई पहिलो भइन् । फाइनलमा नन्दुले सुदूरपश्चिमाञ्चलकी उर्मिला विकलाई पराजित गरिन् । ४५ केजीको फाइनलमा मध्यमाञ्चलकी करुणा श्रेष्ठले मध्यपश्चिमाञ्चलकी दिब्या चन्दलाई हराउदै पहिलो स्थान हात पारिन् । ५० केजीमा पूर्वाञ्चलकी विद्याकला राईले शीर्ष स्थान हात पारिन् । फाइनलमा विद्याले मध्यमाञ्चलकी रितु भट्टराईलाई पाखा लगाइन् । पुरुष ४७ केजीमा मध्यमाञ्चलका सुविन खत्री पहिलो भए । उनले उपाधि भिडन्तमा पूर्वाञ्चलका रोशन गुरुङलाई निराश पारे । मध्यमाञ्चलका अनिश लामाले आफ्नै क्षेत्रका प्रवीण लामालाई हराउदै ५२ केजीको उपाधि जिते ।

तेक्वान्दो:मध्यमाञ्चल टिम च्याम्पियन

तेक्वान्दोमा २ स्वर्ण, ३ रजत र १ कांस्य हात पार्दै मध्यमाञ्चल टिम च्याम्पियन बनेको छ । दोश्रोमा रहेको सुदूरपश्चिमाञ्चलले २ स्वर्ण र उत्तिनै कांस्य प्राप्त ग¥यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ पूर्वाञ्चलले तेश्रो स्थानमा चित्त बुझायो । ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण पश्चिमाञ्चलको पोल्टामा गयो ।

मध्यमाञ्चलका लागि छात्रा ४६ केजीमुनि आयशा लामा र छात्र ५१ केजीमुनि वर्षान्त मोक्तानले स्वर्ण जिते । छात्र ४५ केजीमुनि सुरज चौधरी र ४८ केजीमुनि भोजराज भट्टले सुदूरपश्चिमाञ्चलाई स्वर्ण दिलाए । पूर्वाञ्चलकी विनिता घिमिरेले छात्रा ४२ केजीमुनि तथा पश्चिमाञ्चलकी पूजा तुहाराले छात्रा ४४ केजीमुनि स्वर्ण हात पारे ।

फुटबल:सुदूरपश्चिमाञ्चल फाइनलमा

छात्रतर्फ सुदूरपश्चिमाञ्चल फाइनलमा प्रवेश ग¥यो । दशरथ रंगशालामा भएको दोश्रो सेमिफाइनलमा सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि निखिल अवस्थीले ह्याट्रिक गरे । मध्यपश्चिमाञ्चलको गोल आत्माघाती थियो । फाइनलमा सुदूरश्चिमाञ्चलको भेट पश्चिमाञ्चलसंग हुने छ । छात्रातर्फ मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल उपाधिका लागि भिड्ने छन् । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई १–० गोलले हरायो । निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । रजनी ठोकरको निर्णायक गोल मद्दतमा मध्यमाञ्चलले पूर्वाञ्चलाई १–० गोलले पाखा लगायो ।

उसु:रसुलाई स्वर्ण

उसुको छात्रा नान् छ्वानमा ७.७० अंकसाथ मध्यमाञ्चलकी रसु तामाङले स्वर्ण जितिन् । पूर्वाञ्चलकी एलिजा मारिक दोश्रो र मध्यमाञ्चलकी सरु लामा तेश्रो भए । छात्र ताइची छ्वानमा मध्यमाञ्चलका मनीष बुढाथोकी ६.९५ अंक जोड्दै पहिलो भए । मध्यमाञ्चलकै विवेक शाक्य दोश्रो र सुदूरपश्चिमाञ्चलका खगेन्द्र बुढा तेश्रो भए । सोही स्पर्धाको छात्रामा सम्झना चौधरीले पहिलो स्थान हात पारिन् । सुदूरपश्चिमाञ्चलकी सम्झनाले ७.३० अंक बटुलिन् । सुदूरपश्चिमाञ्चलकै श्वस्ती दहित दोश्रो र मध्यमाञ्चलकी दिपिका राई तेश्रो भए ।

कबड्डी:सुप र मध्यमाञ्चल फाइनलमा

कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल र मध्यमाञ्चलको छात्र÷छात्रा दुवै टोली फाइनलमा प्रवेश गरेका छन् । छात्रमा मध्यमाञ्चलले पश्चिमाञ्चललाई ३४–३३ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ६३–५६ ले पराजित गरे ।

छात्रामा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई ७२–५१ तथा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३४–१३ ले पाखा लगाए ।

मेरी बास्सै/Meri Bassai, 31 May 2016

Resham Filili-रेशम फिलिली

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web