मैत्रीपूर्ण फुटबल :पोर्चुगल इंग्ल्याण्डसँग पराजित

एजेन्सी,जेठ २१ । युरोकपको तयारीमा रहेको पोर्चुगल इंग्ल्याण्डसँग पराजित भएको छ । विहिवार राती भएको  मैत्रीपूर्ण खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र पेपे विना मैदान उत्रिएको पोर्चुगल इंग्ल्याण्डसँग १–० ले स्तब्ध भएको हो।  इंग्ल्याण्डका क्रिश स्मोलिङले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डलाई दबाबमा राखे पनि खेलको ३५ औँ मिनेटमा बु्रनो अल्भेसले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडी हुन पुगेको थियो । इंग्ल्याण्डका लागि खेलको ८६ औँ मिनेटमा क्रिस स्माइलिङले गरेको गोल नै निर्णायक बन्दै खेल आफ्नो पक्षमा परो ।

एसएलसीमा साढे सात हजार अयोग्य

काठमाडौं । गत वर्ष एसएलसी परीक्षाको आवेदन फाराम भरेकामध्ये झन्डै साढे सात हजार विद्यार्थी अयोग्य रहेको पाइएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरमा कुल सात हजार चार सय विद्यार्थी अयोग्य भएको पाइएको हो । परीक्षा नियन्त्रक कृष्ण काप्रीले एसएलसीको परीक्षा फारम भरेका, तर हाजिरी नपुगेर उनीहरू अयोग्य देखिएको जानकारी दिए । ०७२ को एसएलसीमा नियमित र एक्ज्याम्टेडतर्फ गरी ६ लाख एक सय २२ परीक्षार्थी सहभागी भएका थिए ।  फारम पहिले नै भर्ने गरेको, तर त्यसपछि विद्यार्थीले स्वेच्छाले पढाइ छाडेकाले हाजिरी नपुग्ने गरेको उनको भनाइ छ । उनका अनुसार अयोग्यको संख्या अझ केही थपिन सक्छ । यस वर्ष साधारणतर्फ चार लाख ४० हजार ६ सय ४९ र एक्ज्याम्टेडतर्फ ५९ हजार चार सय ७२ सहभागी भएका थिए । असार पहिलो साता नतिजा गत चैतमा सञ्चालित परीक्षाको नतिजा छिटै निकाल्ने तयारी भइरहेको छ ।

अघिल्ला वर्षहरूमा भन्दा झन्डै दुई साता ढिला गरी सुरु भएको एसएलसी परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक हुने बताइएको छ । परीक्षा नियन्त्रक काप्रीका अनुसार उत्तरपुस्तिका परीक्षणको काम सम्पन्न गरेर नम्बर मार्क स्लिपमा इन्ट्रीको तयारी भएको छ । इन्ट्रीपछि म्याच–अनम्याच हेर्ने र टेबुलेसनको काम हुनेछ । एसएलसीको नतिजा ग्रेडिङ प्रणालीबाट यस वर्षदेखि साधारण विषयमा पनि ग्रेडिङ प्रणालीमा मूल्यांकन हुँदै छ । सुरुमा उत्तरपुस्तिका परीक्षकले दिएको नम्बर अंकमै मार्कसिटमा इन्ट्री गर्ने र त्यसलाई पछि कम्प्युटरबाटै लेटर ग्रेडिङमा लैजाने तयारी भएको छ । प्राविधिक कठिनाइ नभएमा यही महिनाको अन्त्यसम्ममा सबै काम सक्ने गरी तयारी भएको पनिका स्रोतले जनाएको छ ।

६० हजार बढे परीक्षार्थी करिब तीन हजारले प्राविधिक एसएलसी परीक्षा दिएका छन् । यस वर्षको एसएलसीमा नियमित र एक्ज्याम्टेड दुवैतर्फ विद्यार्थीको संख्या बढेको छ । एसएलसीमा अघिल्लो वर्षको भन्दा झन्डै ६० हजार विद्यार्थी बढेका छन् । परीक्षा नियन्त्रक काप्रीका अनुसार यस वर्ष नियमित र एक्जाम्टेडतर्फ गरी कुल ६ लाख १५ हजार पाँच सय ५३ विद्यार्थीले एसएलसी परीक्षाका लागि आवेदन फारम भरेका थिए् ।

नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ र एक्ज्याम्टेडतर्फ एक लाख ५९ हजार चार सय १७ विद्यार्थीले आवेदन फारम भरेका छन् । अघिल्लो वर्षको एसएलसीमा नियमितमा चार लाख १० हजार चार सय ३७ र एक्ज्याम्टेड एक लाख ४५ हजार दुई सय ५१ गरी पाँच लाख ५५ हजार ६ सय ८८ परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्ष ५९ हजार आठ सय ६५ बढेर ६ लाख १५ हजार पाँच सय ५३ ले आवदेन भरेका थिए । नियमिततर्फ ४२ हजार चार सय ४४ र एक्ज्याम्टेडतर्फ १४ हजार एक सय ६६ बढेका थिए । ग्रेडिङ प्रणालीकै कारण परीक्षार्थीको संख्यामा वृद्धि एक्ज्याम्टेडमा परेका विद्यार्थी बढ्नुको एउटा मुख्य कारण ग्रेडिङ हुन सक्ने परीक्षा नियन्त्रक काप्रीको दाबी छ ।

एक्ज्याम्टेडमा प्रत्येक वर्ष एक–दुई हजारको फरक हुनेमा यो वर्ष १४ हजारभन्दा बढी थपिएका छन् । विगतमा जस्तो यस वर्ष पास वा फेल नभनी ग्रेडमा मात्र मूल्यांकन हुने भएकाले पहिले परीक्षा दिन छाडेकाले पनि फारम भरेको हुनसक्ने काप्रीको तर्क छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

आपूर्तिमन्त्री पुन भूमिगत, निगम र मन्त्रालय माफियाको कब्जामा

काठमाडौं,जेठ २१ । नेपाल सरकार एक जना बहालवालामन्त्री बेपत्ता भए भन्ने सुन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । मन्त्री नै कसरी बेपत्ता हुन सक्छ । सामान्य नागरिक भए हो भन्न सकिन्थ्यो । किनकी नेपालमा सामान्य नागरिकको कुनै पनि मूल्य छैन र उसको हैसियत भोट हाल्ने बेलामा मात्रै हो अरु बेलामा होइन भन्ने कुरा जवरजस्ती स्थापित गरिएको छ । तर मन्त्री नै बेपत्ता भए भन्ने कुरा भने सहज होइन ।

वाइसिएलका पूर्व–अध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री पुन विगत तीन महिना देखि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी भएका छैनन् । न त मन्त्रालयमा कुनै पत्रकार सम्मलन नै आयोजना गर्छन नत सञ्चार माध्यमसँग नै उपलब्ध हुन्छन् ।

उनी मन्त्री पदमा बहाल छन् कि छैनन् भन्ने समेत थाहा हुन छाडेको माओवादीका एक नेताले बताए । ती नेताकाअनुसार मन्त्री पुनले सक्ने जति पनि काम गरेनन् । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्कालाई मनपरि गर्न खुला छाडिदिए । अर्थ मन्त्रालय र आपूर्ति मन्त्रालयले बोनस नबाँड्न निर्देशन दिएपनि निगम बोनस बाँड्न तयार देखिएको छ । तर पछिल्लो दिनमा मन्त्री कुनै पनि विषयमा बोल्दैनन् ।

भूकम्पले ध्वस्त पारेको सिंहदबारको मूल भवनको तेस्रो तल्लामा राखिएको आपूर्ति मन्त्रालयको कार्यकक्षमा बसेर उनी क्यान्डीक्रस खेलेर बस्ने गरेका छन् । मन्त्री ज्यू कहिले क्यान्डी क्रस खेल्नुहुन्छ, त्यो खेल्दा–खेल्दै अल्छी लागे टिभी हेर्नुहुन्छ । त्यसपछि उहाँ घर जानुहुन्छ । आजकल आपूर्ति मन्त्री पुनलाई भेट्न कोही पनि माओवादीका नेता तथा कार्यकर्ता मन्त्रालय जान त परै जाओस फोन समेत गर्दैनन् । पार्टीको बैठकमा समेत सहभागी हुँदैनन् । उनका एक निकट सहयोगीकाअनुसार मन्त्री पुन नराम्ररी फ्रस्टेसनमा फसेका छन् । उनलाई उपचारको जरुरत छ । तर मन्त्रीको बारेमा सोचिदिने समेत कोही नभएको भन्दै आलोचना समेत सुरु भएको छ ।

मन्त्रीका निजी तथा स्वकिय सहयोगी समेत मन्त्रीको ताल देखेर हैरान भएका छन् । मन्त्री पदमा पुन छन् । उनी रुकुमबाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन तर सधै वेपत्ता नै हुने प्रवृत्तिका कारण नेता तथा कार्यकर्ता पनि हैरान भएका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ – स्वयम् मन्त्रीकै सुरक्षागार्ड समेत मन्त्रीको कार्यशैलीका कारण हैरान भएका छन् ।

उपराष्ट्रपतिको डरले राष्ट्रपतिको भारत भ्रमण स्थगित !

काठमाडौं,जेठ २१ । अन्तिम समयमा आएर राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण स्थगित भएको विषयमा नयाँ खुलासा भएको छ । सरकार निकट उच्च कुटनीतिक स्रोतले भ्रमण स्थगनमा भारत र नेपालको आन्तरिक राजनीतिलाई नै जिम्मेवार ठानेको छ । गत वैशाख २७ बाट राष्ट्रपति भण्डारीले भारत भ्रमण गर्ने तय भएको थियो । तर, अन्तिम समयमा आएर सरकारले बैखाख २४ मा उनको भ्रमणलाई अनुमोदन गरेन । त्यसपछि भ्रमण स्वत स्थगन भयो । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले चाल्न सक्ने कदमप्रति चासो राख्दै राष्ट्रपतिको भ्रमण स्थगित गरिएको स्रोतहरुको भनाई छ ।

पहिलो कारण

राष्ट्रपति भण्डारीको भारत भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट तालिका बनेको थियो । भारतीयपक्षबाट बनाइएको तालिकामा भेट मोदी कार्यकक्षमा हुने गरि तयार भएको स्रोतले बतायो । शिष्टचारमा राष्ट्रपति बसेकै ठाँउमा भारतीय प्रधानमन्त्री मोदीले भेट गर्नुपर्ने हुन्थ्यो । तर, भारतीय अधिकारीहरुले भेटका लागि मोदीको कार्यकक्ष तय गरे । यसलाई कुटनीतिक मामलाका जानकारहरुले भारतले नै राष्ट्रपतिको भ्रमण नचाहको रुपमा ब्याख्या गरेका थिए । यतिबेलासम्म पनि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भारत पठाएर सम्बन्ध सुधारको सम्भावना खोजी गरिरहेका थिए ।

तर, दोस्रो कारण जसले भ्रमण रोक्यो

जतिबेला राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणको तयारी हुँदै थियो, ठीक त्यहीबेला नेपालमा सत्ता परिवर्तनको कसरत भैरहेको थियो । माओवादीले एमालेसँगको सहकार्य तोडेर आफ्नै नेतत्वमा राष्ट्रिय सहमतिको सरकारका लागि गृहकार्य गरेको थियो । यस्तो बेला राष्ट्रपतिको भूमिका बढन सक्ने विषयमा एमाले निकट वकिलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विफ्रिङ गरेका थिए ।

राष्ट्रपति विदेश भ्रमणमा गएका बेला स्वत उपराष्ट्रपति कार्यबाहक हुने संवैधानिक व्यवस्था छ । स्रोतका अनुसार ती कानुन व्यवसायीले यस्तो अबस्थामा माओवादी सरकारबाट बाहिर आउने र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले राष्ट्रिय सरकारका लागि आव्हान गर्न सक्ने सम्भावना देखेका थिए । तर, पछि एमाले र माओवादीवीच ९ बुँदे सहमति बन्यो र सरकार बच्यो । अहिले सत्ता साझेदार दलवीच भद्र सहमति अनुसार सरकारको नेतृत्व फेर्ने विषयमा मतभेद शुरु भएको छ ।

राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँगको असन्तुष्टिका रुपमा यसलाई ब्याख्या गरियो । आफ्नो सरकार परिवर्तनमा भारतले भूमिका खेलेको निश्कर्षसहित प्रधानमन्त्री ओलीले राष्ट्रपतिको भ्रमण रोकेको रुपमा पनि ब्याख्या गरिएको थियो ।

सोही बेला सरकारले भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायलाई पनि फिर्ता बोलाउने निर्णय गरेको थियो । मन्त्रीपरिषद्बाटै राष्ट्रपतिको भ्रमण अनुमोदन भएन । प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले औपचारिक भ्रमणको तयारी नपुगेको भन्दै भ्रमण स्थगन भएको बताएका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ– राष्ट्रपतिको भ्रमणका लागि भारतीय राष्ट्रपति प्रवण मुखर्जीको निम्तो आएको थियो ।

भारतले नेपाली भूमि मिच्यो, नेपाली भूमिमा भारतीय जाँचचौकी

भारतले वीरगन्जस्थित सीमा क्षेत्रमा नेपाली भूमि मिचेर एकीकृत भन्सार जाँचचौकी 'आईसीपी' बनाएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

वीरगन्जको अलौं सिर्सियामा नेपाल र भारत दुवैतर्फको आईसीपीको भौतिक संरचना निर्माण कार्य भारत सरकारले नै गर्दै आएको छ। दसगजा क्षेत्रमा आईसीपीको निर्माण भइरहेको छ।

आईसीपीको भारततर्फको भौतिक संरचना भने बनिसकेको छ। नेपालतर्फ आईसीपीको निर्माण कार्य जारी छ। दुवै देशको आईसीपीको पर्खाल दसगजा क्षेत्रमा रहेको सीमा स्तम्भभन्दा ठिक १० गज पर निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

तर भारत सरकारले आफ्नोतर्फको आईसीपीको सिमेन्टेड पर्खाल सीमा स्तम्भभन्दा ठीक १० गजको दूरीमा बनाएको छ भने नेपालतर्फको पर्खाल दसगजामा रहेको सीमा स्तम्भभन्दा नेपाली भूमितर्फ १७ गजभित्र पर्ने गरी बनाएको छ।

प्रधानमन्त्री भन्छन्-‘सानका साथ मर्छु, टाङमुनि छिर्दिनँ’

प्रधानमन्त्री केपी ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड्’ भनेर हप्काउने वा तर्साउँदैमा आफू पदबाट नहट्ने बताएका छन्। मानवअधिकार एलाइन्सद्वारा बिहीबार आयोजित कार्यक्रममा आफ्नो तर्सिने बानी नभएको पनि बताएका हुन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

नाफाको जिन्दगी देशका लागि खर्चन्छु

देशलाई शिरमा राखेर भन्छु, मैले सधैँ भन्ने गरेको पनि छु–यो मेरो नाफाको बाँकी जिन्दगी देशका लागि खर्चिनेछु। केही गर्न सकिनँ भने पनि आँटका साथ बाँच्छु, सानका साथ मर्छु। कसैले मलाई मार्छ भने पनि टाङमुनि छिर्ने छैन, हाम्रो देशको विकास हामीले नै गर्ने हो।

जन्मिदैँ पद लिएर आएको होइन

दलहरूबीच धोकापूर्ण होइन, पारस्परिक विश्वासका आधारमा सम्बन्ध विकास गर्दै जानुपर्छ। दलहरू दलीय स्वार्थ होइन, राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर चल्नुपर्छ। म जन्मँदा प्रधानमन्त्री भएर जन्मेको होइन र मर्दा पनि प्रधानमन्त्री पद लिएर जाने होइन। देश र जनताको सेवा गर्दै यहाँ आएको हुँ, मलाई कमाउनु छैन, कसैका लागि कमाइदिनु पनि छैन, भ्रष्टाचार पनि गर्नुछैन। देश बनाउने समय पाएको छु, जति दिन प्रधानमन्त्री हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु।

समस्या हल हुन्छन् भने धर्ती छाड्न पनि तयार छु

मैले प्रधानमन्त्रीको पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या हल हुन्छन् भने कुर्सीमोह छैन, बरु धर्ती नै छाड्नुपरे पनि छाड्न तयार छु। काँध फेर्न मात्रै छोड्नु भनेको हो भने केपी ओलीको काँध गलिसकेको छैन, किन फेर्नुपर्‍यो ?

गृह मन्त्रीको मनपरी सरूवाले सत्तारुढ गठबन्धन दुरी बढ्यो

प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालयसँग सहमति नलिई गृह मन्त्रालयले १५ जिल्लाको प्रमुख जिल्ला अधिकारीसहित ५१ जना काज सरुवा गरेपछि सत्तारुढ गठबन्धनमा खटपट बढेको छ। कान्तिपुर दैनिकमा समाचार छ।

सरुवा निर्णय सार्वजनिक भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यसचिव सोमलाल सुवेदीले निर्णय रद्द गर्न गृहलाई निर्देशन दिए। तर रवाना पत्र बुझिसकेकाले सम्भव नभएको भन्दै गृह आफ्नो निर्णयमा अडिग बस्दा विवाद चुलिएको हो।

गृहले निजामति कर्मचारीको आधिकारिक युनियनको निर्वाचनको अघिल्लो दिन १८ मा १५ जिल्लाको प्रमुख जिल्ला अधिकारी सहित ५१ जनाको काज सरुवा गरेको थियो।

सरुवामा ९ जना सहायक प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका थिए भने त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत पर्सा, जगन्नाथदेवल, नक्खु कारागारका जेलरको समेत सरुवा भएको थियो।

सल्लाहनै नगरी सरुवाको निर्णय गरेको भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसंग असन्तुष्टी जनाउँदै निर्णय रद्ध गर्न मौखिक निर्देशन दिएका थिए ।

प्रहरी ऐन छलेर एपीसी किन्दै

नेपाल प्रहरीले सार्वजनिक खरिद ऐन छलेर शान्ति मिसनका लागि चार थान आर्म्ड पर्सनल क्यारियर (एपीसी) खरिद प्रक्रिया अघि बढाएको छ। कारोबार दैनिकमा समाचार छ।

चीनको नोरिन्को कम्पनीमार्फत सुडानस्थित एफपीयू मिसनमा एपीसी पुुर्याउन प्रहरी प्रधान कार्यालयले सार्वजनिक खरिद ऐन २०६४ बाहिर हुने गरी अनुमति माग्दै गृह मन्त्रालयमा पत्र पठाएको हो।

एपीसी खरिद गर्न नेपाल एजेन्ट उमेश श्रेष्ठमार्फत सिंगापुरको कम्पनीले १६ करोडको टेन्डर पाएको थियो। उक्त कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेपछि सम्झौतामै उल्लेख उत्पादक कम्पनी नोरिन्कोमार्फत एलसी खोल्न प्रस्ताव गरिएको प्रहरीले जनाएको छ।

सिंगापुरको कम्पनीलार्य सुडानी बैंकले प्रतीतपत्र खोल्न अस्वीकार गरेपछि एक वर्षयता एपीसी खरिद हुन सकेको छैन। उक्त सम्झौता बदर नगरी प्रहरीले चिनियाँ कम्पनीमार्फत एलसी खोल्ने प्रस्ताव गृहमा पठाएको हो ।

तारे होटलमा बसेर होमेस्टेको खर्च, मन्त्रालय सुनसान बनाएर मन्त्रीदेखि कर्मचारी सेिमनारमा

प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो। पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो। कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए। करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए। भेटिनासाथ उनीहरूमध्ये एकले ठट्यौली पारामा भने, ‘मन्त्रालयमा कोही छैन भन्ठान्नुभएको होला, अड्डा सम्हाल्न हामी बसेका छौँ।’

उनीहरू खाजा खाएर फर्किएका थिए। पर्यटन मन्त्रालय र सार्क सचिवालयको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशालामा भाग लिन उच्चपदस्थ कर्मचारी ललितपुरको गोदावरीस्थित एक तारे होटेलतिर लागेपछि मन्त्रालय रित्तिएको हो। मन्त्रालयका मात्र होइन, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका उच्चपदस्थ अधिकारीसमेत आवासीय कार्यशालाका लागि गोदावरी पुगेका छन्।

होमस्टेमा गर्ने कार्यक्रम होटेलमा सारियो

मन्त्रालय स्रोतका अनुसार ग्रामीण पर्यटनसँग सम्बन्धित भएकाले कार्यक्रम उपत्यकाबाहिरका होमस्टेमा गर्ने तयारी थियो । त्यसका लागि दुई सदस्यीय समिति बनाएर अध्ययन थालिएको थियो। समितिले लमजुङको घलेगाउँ, नवलपरासीको अमलटारी र बर्दियाको डल्ला होमस्टेमध्ये एक स्थानमा कार्यशाला गर्न उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो। पछि मन्त्रालयले वर्षालाई कारण बनाएर तारे होटेलमा कार्यशाला गर्ने निर्णय गरेको हो।

दुईदिने कार्यक्रम, ३७ लाख बजेट

सरकारी कर्मचारीसहितका पाहुनाका लागि बिहीबार होटेलमै बास बस्ने व्यवस्था मिलाइएको छ। शुक्रबार मात्र नगरकोटस्थित बास्तोला होमस्टे भ्रमण गराउने कार्यक्रम तय गरिएको छ। मन्त्रालय स्रोतका अनुसार कार्याशालाका लागि करिब ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ। त्यसमध्ये पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ व्यहोर्नेछ। बाँकी बजेट भने सार्क सचिवालयको हो।

जापानमा रिसको झोकमा जंगलमा बच्चा छाड्दा बेपत्ता, सयौं सैनिक खोजिमा (घटनाको नालीबेली)

२१ जेठ, टोकियो ।
सामान्य घटनाबाट सुरु जापानको एक घटना अहिले विश्वव्यापी समाचार बन्न पुगेको छ । घटना हो चकचके बच्चालाई सजाय दिन आमाबाबुले जंगलमा बच्चा छाडेको र छिनभरमै बेपत्ता भएको  ।

घटना यतीमै सिमित रहेन । यही घटनाका कारण ५ दिनदेखी जापानका सयौं सैनिक जंगलमा बच्चा खोजिरहेका छन् । त्यती मात्र हैन बच्चा खोज्नकै लागि आधा दर्जन हेलिकोप्टर प्रयोग गरिएको छ तै पनि ति बालक भेटिएका छैनन् ।

कसरी भयो यस्तो घटना ?

बेपत्ता बालक ७ बर्षका हुन् । उनको नाम यामातो तानुका हो । होकाइदो प्रान्तको जंगलबाट हराइरहेका बालक आमा बाबुसँगै जंगल क्षेत्रमा रहेको पार्क घुम्न गएका थिए । घटना गत शनिवारको हो ।

घुमेर फर्कने क्रममा यामातोले अन्य गाडी र झ्यालबाट ढुंगा र अन्य साना फोहोरका टुक्राले हाने ।
पटक पटक त्यसो नगर्न भन्दा पनि बालकले नमानेपछि उनका बाबु आमाले उसनलाई सजाय दिन भन्दै गाडीबाट निकालेर सडक किनार छाडे ।

बाबु आमाले जहाँ आफ्नो छोरोलाई छोका थिए । सो ठाउँ एकदमै घना जंगल क्षेत्र रहेको छ । बच्चालाई सजाय दिन भन्दै छाडेर केही पर करिव ५ सय मिटर पर पुगेर ५ मिनेट जति उनिहरु फर्कीए । तर दुर्भाग्यको कुरा । सजाय दिन छाडेको छोरा त्यहाँ भेटिएनन् ।
उनिहरुले झण्डै एक घण्टा धुईपत्तो खोजे । त्यहाँ चल्ने अन्य गाडीहरुलाई रोकेर समेत रोइ कराई गरेर सोधखोज गरे । तर कतै भेटिएनन् । र अन्तत उनिहरु प्रहरीकोमा पुगे र बच्चा यात्राका क्रममा हराएको झुटो रिपोर्ट लेखाए ।

प्रहरीले रिपोर्ट अनुसार खोज्न तत्काल प्रहरी टोलि पठायो । तर बच्चा भेटिएनन् । त्यसपछि प्रहरीले शंका लागेर उनका बाबुआमासँग सोधपुछ गर्दा खास कुरा खुल्यो बच्चालाई सजाय दिन भनेर जंगल बिच छाडिएको घटना ।

त्यसपछि प्रहरीले एक विशेष टोली नै खटाएर खोजविन थाल्यो । उक्त दिन राती अबेर सम्ममा झण्डै दुई सय विशेष उद्दारद्धलका सदस्य सहितको टोलि घना जंगलमा खोजिका लागि छिर्यो । शनिवार सहित आइतबार, सोमबार र मंगलबार दिन रात खोज्दा पनि नभेपछि बुधवार थप विशेष टोली सँगै प्रहरीले हेलिकोप्टर समेत परिचालन गरेर बच्चाको खोज तलास गर्यो तर केही पत्तो लाग्न नसकेपछि प्रहरीले सेना सहितको विशेष टोलिमा झण्डै ७ सय सुरक्षाकर्मी जंगल क्षेत्रमा खटाएको छ ।

जापानी इतिहाँसमै एक बालकको उद्दार र खोजिका लागि यति धेरै सुरक्षाबल लगाएर खोजबिन भइरहेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तर यतिधेरै सैनिक र प्रहरी एवं हेलिकोप्टर र खर्च गरेपनि बालकको अवस्था बिहिबार साँझ सम्मपनि केही पत्तो लाग्न सकेको छैन ।

आमाबाबु आम नजरमा अपराधी

होसेइ युनीभर्सिटीका प्रोफेसर भन्छन् बच्चालाई दिएको यो सजाय सजाय होइन अपराध हो । यस्तै आम भनाईसँगै जापानका चर्चीत सोसल साइटहरु ट्विटर, फेसबु, लाइन, गुगल प्लस लगायतका चार दिन यता बच्चाका आमाबाबु बिरुद्ध तिखा टिप्पणीहरु सुरु भएका छन् ।

एक बालकलाई उसले गरेको सामान्य बाल व्यवहार नबुझेर घना जंगलमा छाड्नु अपराध भएको भन्दै सार्वजनिक रुपमै बालकका आमाबाबुमाथि गम्भिर अपराधमा मुद्दा चलाउनुपर्ने मागहरु उठ्न थालेका छन् ।

पछिल्लो समय बालबालिकालाई सजायका नाममा दिइने गम्भिर अपराधका घटना बढिरहेका बेलामा भएको यो घटनाले जापानमा बालअधिकारको अवस्थाका बारेमा झल्काएको कतिपयले टिप्पणी समेत गरेका छन् ।
अघिल्लो महिना मात्र एक आमाले आफ्नो प्रेमीसँग लागेर आफ्नै बच्चालाई सजाय दिन तातो पानि खन्याइदिएको घटना जापानभर हप्तौंसम्म चर्चामा रहेको थियो ।

कहाँ गए त ७ बर्षका बालक ?

प्रहरीले स्पष्ट नभनेपनि बच्चालाई जंगलि जनावरले लगेको हुनसक्ने मुख्य शंकामा राखेर खोजविन थालेको छ ।
जंगलि जनावरहरु समेत पाइने सो जंगल क्षेत्रमा भालुहरु धेरै पाइने गर्छ । सो जंगल नजिका वस्तिमा समेत भालुको आक्रमणबाट बेलाबेलामा केही व्यक्तिको निधन भएको घटनालाई समेत आधार बनाएर जापानी सञ्चार माध्यमहरुले भालुको आक्रमणमा परेको आशंका गरेका छन् ।

भालुले बच्चालाई लगेको भन्ने आधार बनाएर खोजविन गरेपनि प्रहरीको अनुसन्धान टोलिले बच्चा हराएको समय आसपास सो क्षेत्रमा भालु आएको कुनै त्यस्तो डोब वा अन्य त्यस्तो संकेत फेला नपरेको बताएको छ ।

भालुले आक्रमण गरेको भए बच्चाको रगत वा अन्य निसान जंगलमा भेटिनसक्ने भएपनि अहिलेसम्म बच्चा वा अन्य ठुला जनावरको कुनै त्यस्तो प्रमाण त्यस क्षेत्रमा नपरेको प्रहरीले बताइरहेको छ ।

केहीले बच्चा छाडेको समयबिच केही गाडिहरु सो क्षेत्र भएर गुडेकोले कसैले बच्चालाई लगेको विश्वास समेत गरेका छन् । तर जापान सहित विश्वभर यो समाचार फैलिसक्दा समेत बच्चा लगेको भए कसैले कतै खवर नगर्नु आश्चर्यको विषय बनेको छ ।

बालकका बाबु आमाको भनाई समेतलाई हेर्दा बालक चलाख र बोल्न र बुझ्ने खालको भएकाले कसैले लगेको भएपनि उनले आफ्नो र परिवारका बारेमा राम्रोसँग बताउन सक्छन् । तर कसैले लगेको भए खवर आउनुपर्नेमा कतै यस बारेमा जानकारी नआएकाले यो संभावना न्यून रहेको प्रहरीले बताएको छ ।

मुख्य त जंगली जनावर भालु बढी पाइने सो जंगलमा बालकमाथि भालुकै आक्रमण भएको मुख्य आधार बनाएर ऐतिहाँसिक खोजि कार्य गरिरहेको जापानी सुरक्षा दल शुक्रबार पनि बिहानै देखी यही खोजमा लाग्दैछ । बुधवार र बिहिबार पानी समेत परेपछि खोजविनमा भेटिनसक्ने जंगलका त्यस्ता निशानहरु मेटिने ठान्दै उद्दार अझै लम्बिने ठानेको सुरक्षा निकायले थप सुरक्षाकर्मी र हेलिकोप्टर सहित शुक्रबार खोजि अघि बढाउँदैछ ।
आशा गरौं बालकलाई प्रहरीले सकुशल उद्दार गरेको समाचार आज सुन्न पाइनेछ ।

इलाम पशुपतिनगर भन्सारको राजश्व असुली बढ्यो

२० जेठ, इलाम ।
इलामको पशुपतिनगरमा रहेको भन्सार कार्यालयको राजस्व असुली लक्ष्यभन्दा १५ लाख बढि असुली गरेको छ ।

कार्यालयले चालु आव २०७२/०७३ मा ८६ लाख ५० हजार राजस्व असुली गर्ने लक्ष्य राखेकामा चालु आवको वैशाख महिनासम्ममा  ९५ लाख ५४ हजार नौ सय ४४ राजस्व सङ्कलन गर्न सफल भएको हो ।

कार्यालयले आव ०७१/७२ को यही अवधिमा  ७५ लाख १० हजार आठ सय ९६ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले भन्सार जाँचपासमा कडाइ गर्दै सरोकारवालासँग राजस्वका बारेमा अन्तक्र्रिया, छलफल कार्यक्रम तथा चोरी निकासी नियन्त्रण गरेका कारण भन्सार असुली बढेको भन्सार अधिकृत प्रकाश पोखरेलले बताउनुभयो ।

सार्क ग्रामीण पर्यटन कार्यशाला काठमाडौंमा सुरु

२१ जेठ, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० स्तरीय ग्रामीण पर्यटन कार्यशाला बिहीबार काठमाडौंमा सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सार्क सचिवालयद्वारा संयुक्त रुपमा आयोजित कार्यशालाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले उद्घाटन गर्नुभयो ।

मन्त्री पोखरेलले ग्रामीण पर्यटनको मुख्य आधार घरबास पर्यटन भएको र यसले नेपालको मात्र नभएर दक्षिण एसियाकै आर्थिक क्रियाकलाप बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उहाँले दिगो पर्यटन विकासका लागि नेपाल सरकारले सन् २०१६ घुमफिर वर्षका रुपमा घोषणा गरिसकेको र कार्बनविहीन पर्यटनमार्फत दक्षिण एसियाकै आर्थिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

कार्यशालाले सार्क राष्ट्रका ग्रामीण पर्यटनमा गरिएका प्रयास, आ–आफ्ना देशको अनुभव आदानप्रदान गरी सार्क राष्ट्रबीचको आपसी सम्बन्धलाई बलियो बनाएर आर्थिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

सार्क सचिवालयका निर्देशक रीता धितालले ग्रामीण पर्यटनसम्बन्धी सार्कस्तरीय कार्यशालाले ती देशको आर्थिक विकासमा महत्वपूर्ण सहयोगका पुग्ने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा धेरै महत्वपूर्ण सांस्कृतिक तथा ऐतिहासिक सम्पदा रहेको र विश्वकै आकर्षण गन्तव्यमा नेपाल रहेको  बताउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web