२० जेठ, काठमाडौं ।
निजामती कर्मचारीको हिजो सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा ९एमाले० निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ ।

प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४ प्रतिशत मत प्राप्त गरी पहिलो भएको जानकारी दिनुभयो ।

यस्तै, नेपाली काँग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन 'सङ्घ' ले ३४ प्रतिशत मत ल्याई दोस्रो, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले १० प्रतिशत मत ल्याई तेस्रो र मधेसी दल निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्च ७ प्रतिशत मत प्राप्त गरी चौथा भएका छन् ।

हिजो सम्पन्न निर्वाचनमा कर्मचारी संगठनले खसेको कुल मतमध्ये २१ हजार १ सय २७, काँग्रेस निकट कर्मचारी युनियन 'संघ' ले १६ हजार २ सय ५९, माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिले ५ हजार २९, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ हजार ५ सय ६१ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द«ले १५ सय २९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

देशभरमा ५५ हजार ३ सय २९ मतदाता रहेकोमध्ये ४९ हजार ९५ मत खसेको थियो । त्यसमध्ये १५ सय १ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

24.12¡ÆC