२६ जेठ, काठमाडौं ।
अर्चना पनेरु अभिनित चलचित्र छेस्को युट्युवमा हेर्न सकिने भएको छ ।

चलचित्र घरमा प्रदर्शन भएको तीन दिनमै पाइरेसी भएर अनलाईनबाट सार्वजनिक भएपछि चलचित्रको अनलाईन अधिकार किनेको हाइलाइट्स नेपालले युट्युवमा चलचित्र राखेको हो ।

छेस्को नायिकाको रुपमा अर्चना पनेरुको पहिलो डेब्यु चलचित्र हो । चलचित्रमा अर्चनासँगै करण क्रेजी र राजन कार्कीको मुख्य अभिनय रहेको छ ।

चलचित्रलाई सुरेश थापाले निर्देशन गरेका हुन् ।

चलचित्र छेस्को हेर्नुहोस्

Amidst the hustles and bustles of New Year’s Eve in my neighborhood, I choose to plunge my room in absolute darkness-I turn off the lights and close all the curtains.

I am 18 year old Neha Karki and you might deem my activities to be bizarre and abnormal, however, I am not abnormal; I have been turned into an abnormal girl from a bubbly and enthusiastic girl- a girl who was high with her enthusiasm and dreams has been murdered by this society; yes, my body still exists physically in this world, but this bulk of flesh and bones has no spirit in it, you see.

Why and how I was murdered, you might ask. How the society can be a murderer, you might be wondering. After all, the society is supposed to nurture and develop people. But in my case, the society murdered my spirit and left a lifeless body on this earth to suffer.

My only mistake was that I descended on this earth as a girl- whose honor and chastity was locked in the most vulnerable part of her body- HER VAGINA!!!!

I was raped physically by a guy who tried to quench his male ego and lust by raping my body. However, the story doesn’t end here. Had I shut up and not seek for justice, the rape would have ended. But Alas, I didn’t; I spoke up, thinking I would be bestowed upon justice by the society; all of my expectations were brutally shattered- the society further raped me spiritually as well.

The scars were limited merely within my body until I didn’t speak for justice; the society made my spirit bleed and left my soul aloof with deep scars until it turned out to be lifeless and worthless. And today, here I am spiritless and lifeless jotting down my story in my diary amidst plunged darkness whilst the rest of the country jotting down New Year resolutions for brighter years ahead.

Why I am writing all this, you might ask, after all I am a “nobody” and nobody cares what happened with me. Folks, this is not a mere complain letter; my intention of writing this is to ask this HONORABLE SOCIETY the meaning of HONOR.

Was being raped my mistake? Was I responsible for being raped? Why am I forced to live a disgraceful and unloved life while the rapist left free with a mere punishment of a living in jail for a few days? Why am I looked upon as a person who brought shame and dishonor to my family and society?

Why did the society place my honor and chastity in my vagina, making me vulnerable to lose my honor easily???? Why didn’t it place my honor in my soul instead??? Had my honor been measured by my traits and my soul, I wouldn’t have been so vulnerable of losing my honor.

Why didn’t that rapist lose his honor when he ripped off my clothes, left scars on my body and raped me? Where does the honor of that rapist lie? Why isn’t he vulnerable to losing his honor? Just of the fact that he has an enlarged clitoris, is he privileged to feed his egos and lust by ripping off a woman’s clothes?

Dear society, these are my questions to you, before I ingest this poison and let this body free as well- free form this society which has no answers to my questions- free from this patriarchal living hell where being a girl is a crime. This New Year, I have decided to let this mere body free as well, with the hope that in my next birth (if it happens), I descend as a male so that this HONORABLE SOCIETY can no longer place my HONOR in “MY VAGINA”.

Source :youthactivistsleadershipcouncil.wordpress.com

“के महिलाको इज्जत योनी मै मात्र सिमित छ?” : स्वेता महतो

नेपालमा अक्सर महिलाको स्वाभिमान, उसको इज्जत वा प्रतिष्ठालाई उसको कुमारीत्व वा योनीसँग जोडेर हेर्ने रुडीवादी चलन छ । हाम्रो समाजमा कुमारी हुनु वा नहनुमा महिलाको प्रतिष्ठा खोज्नेहरुको भीड ठुलै छ । पुरुषहरुका लागि जति खुला छ, त्यति कुण्ठित छ समाज महिलाहरुका लागि । यहि सन्दर्भलाई लिएर स्वेता महतोले ब्लग लेखेकी छिन् ।

उनले ब्लग यस्तो छः

म १८ वर्षकी नेँहा कार्की हु । मेरो गतिविधीहरु जो कोहीलार्इ अनौठो लाग्नु स्वाभाबिकै होला तर म त्यस्तो अनौठो प्रकारको व्यक्ति नभइ म सामान्य व्यक्ति हुँ । तर मलाइ यस्तो अनौठो व्यक्ति वनाउन हाम्रो समाजकै दोस छ । मेरा थुप्रै सपनाहरु थिए जुन सपनाहरु तपाई हामि बस्ने समाजले नै मारीदिएको छ । मेरो शरीर अझै पनि जीवित छ तर मेरो अस्मिता लुटिएको छ । कसरी समाज हत्यारा वन्न सक्छ भन्ने प्रश्न तपाइमा आउन सक्छ । तथापी समाज भन्नाले हामीलार्इ हुर्किन वढ्न र हिडडुल गर्न उपयुत्त वातावरण भएको ठाउँ भन्ने वुझिन्छ । तर मेरो सवालमा समाजले मेरो चरीत्र हत्या गरीदिएको छ र मेरो शरीर लाश जस्तै आत्मा विनाको वनेको छ ।

मेरो के नै गल्ती थियो र के महिला भएर जन्मनुनै एउटा अभिशाप हो त ? जसको ईज्जत शरीरको एउटा सामान्य अगं (योनी)मा हुँदोरहेछ । मेरो शरीर त्यस्ता पुरुषवाट बलात्कृत भएको छु जो आफ्नो मर्दपन म जस्ता अवोध नारीहरुको अस्मिता लुटेर देखाउन चाहन्छ । तर समाज हाम्रा यस्ता कुराहरुमा मौन देखीन्छन । तर के अव म न्याय नखोजी मौन बँसौ अह म न्याय खोज्छु भनी लागी परे तर न्याय खोज्ने क्रममा म झन् समाजवाटै उल्टो तिरस्कृत हुन पुगे ।
मैले यो पत्र नयाँ वर्षमा सवैले आफ्नो नयाँ कार्यको थालानी गर्ने दिन लेख्दैछु हामा्रे समाजलाई जसलाइ म न्याय र आत्मसम्मान के हो भन्ने कुरा सोध्नका लागी ।

के वलात्कृत हुनुमा मेरो दोषी छु त ? त्यसो भए मलाइ किन समाजमा घृणीत जीवन जीउन वाध्य छु ? जब बलात्कार गर्नेहरु केही दिनको जेल सजायपछि इज्जतदार र निर्भिकतासाथ समाजमा हिडडुल गर्दछन् ।

किन हामि जस्ता महिलाहरुको इज्जत एउटा शरीरको सामान्य अगंमा राखीन्छ ? किन हामीले कानर्यदक्षताका आधारमा गरीँदैन ? के हाम्रो कामको मुल्यांकन हुन्न ? वलात्कारीहरुको इज्जत कसरी जोगीयो र हामी बलात्कृत हुने पीडितको इज्जत कसरी गुम्यो त ? के पुरुषप्रधान समाजमा महिलाहरुको अस्मिता लुटिदा र महिललाइ नंग्याउदा त्यहाँ मर्दपन हुन्छ ? यो प्रश्न मेरो समाजलार्इ जुन प्रश्न म मेरो शरीरलार्इ विष पिलाउनु अघि राख्दैछु र म यो पुरुषप्रधान समाजको मुल्य मान्यता र वन्धनवाट टाढिदै छु । मेरो कामाना छ अर्को जन्ममा म महीला नभइ पुरुष भइ जन्मन पाउ जसले गर्दा मेरो इज्जत योनीमा सिमीत नहोस ।

स्वेता महतोले लेख्नुभएको अंग्रेजीको ब्लग जस्ताको तस्तै पढ्नुहोस्

Does a woman’s honor lie in her vagina???? – Sweta Mahato

एजेन्सी,जेठ २६ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ । बुधवार विहान अमेरिकाको क्यालिफोर्नियामा दोस्रो खेलमा पाराग्वेलाई २१ ले हराउँदै दोस्रो जित निकालेको हो । जितसँगै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो। जितको खोजिमा रहेको पाराग्वे यसअघि पनि कोस्टारिकासँग बराबरीमा रोकिएको थियो ।

कोलम्बियाको लागि खेलको १३ औं मिनेटमा कार्लोस बासाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । कप्तान जेम्स रोड्रिग्वेज ३० औ मिनेटमा दोस्रो गोल गदै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन। पाराग्वेका लागि खेलको ७१ औं मिनेटमा भिक्टर ह्युगोले सान्तोना गोल फर्काए। खेलको ८१ औं मिनेटमा रोमेरियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ९ मिनेट पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।

समूह एमा रहेको कोलम्बियाको २ खेलबाट ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने समान २ खेलबाट ३ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। दुई खेल नै खेलेका पाराग्वे र कोष्टारिकाको समान १–१ अंक छ।

२६ जेठ, काठमाडौं ।
नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो ।

अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पुष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए ।

छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ । ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने, ‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ ।’

सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए । भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए ।

सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए । उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

संसदको कारबाहीमा नियमित भाग लिइरहनु भएको छ ?
– हैन, हामी निरन्तर बहिष्कारको नीतिमा छौं ।

सदन बहिष्कार गर्ने, तर तलब–भत्ताचाहिँ बुभिलरहने रु यो दोहोरो भूमिका भएन र ?
– खर्बौ बजेट भएको देशमा २०–४० जना मधेसी सांसदले तलब भक्ता बुझ्दैनमा देश रित्तो हँुदैन । संसारले बुझने कुरा के हो भने ६०१ जनाको संसद छ । तर, एकथरि सांसद निरन्तर बहिष्कारमा छन् । यसको अर्थ, देशमा असन्तुष्टि भन्ने कुराको सन्देश जान्छ । यो पनि संसदीय अभ्यासको एउटा पाटो हो । होइन, संसद नजाने ससुराली गएर बस्ने, हनिमुन मनाउने, व्यभिचार गर्नेजस्ता काम गर्न मिलेन । त्यस्तो काम गरेर तलब भत्ता खाएको भए भन्नुस । नत्र आन्दोलन गर्नु भनेको पनि जनताकै काम त हो । हामी मधेसी जनताकै हितका लागि संसद बहिष्कार गरिरहेका छौं ।

–जनआस्था साप्ताहिकमा प्रकाशित सद्भावना पार्टीका अध्यक्ष अनिल झाको अन्तर्वार्ताबाट

२६ जेठ, काठमाडौं ।
राष्ट्रपतिको भ्रमण स्थगित भएको बारेमा स्पष्ट पार्दै उनी भन्दै थिए– एकातिर मलाई हटाउन खोज्ने अनि राष्ट्रपतिलाई दिल्ली बोलाउने रु यो भ्रमण मैले रोकेको हो ।

राजदूत रञ्जित रेलाई पनि अवाञ्छित व्यक्ति 'पर्सना ननग्राटा' घोषणा गरेर देश निकाला गरौं जस्तो लागेको थियो तर भैगो भनेर छाडिदिएँ । यसो गरेको भए अरु देशमा पोष्टिङ हुन पनि उनलाई गाह्रो पथ्र्यो । दिपकुमार चाहिँ सरकार फेरौं भनि राप्रपा नेपाललाई फकाउँदै हिँडिरहेका थिए ।

उनले आफ्नो शैलिमा कथा हाल्न भ्याए – ‘पहिले पहिले गाँउमा मान्छेहरु मित लगाउँदै हिड्थे । कहिले बाउसेसँग त कहिले खेतालासँग । अनि आन छानो छाउनुपर्नेथ्यो मितज्यू भन्यो टाउको कन्यायो । मीतको घर छाएको पैसा लिनु भएन । आज फुर्सद छैन भनेर टार्न पनि मिलेन । भनेकै बेला गयो, छानो छायो, खाजा खायो हिँड्यो । यस्तै त हो नि भारतले हामीलाई गर्न खोजेको ।

तर अब सित्तैमा कुनै कुरा दिइन्न त्यस्तो मित चाहिँदा पनि चाहिन्न ।’ भारतसँग संवादहिनता नै सिर्जना भएको होइन भन्दै उनले प्रष्ट्याए– मैले विभिन्न चरणका उनिहरुसँग कुरा गर्न ब्याक र फ्रन्ट डोर सबैतिरबाट मान्छे पठाएको छु । बरु कसलाई पठाएको भनेर चाँहि नसोध्नुहोला सत्ता परिवर्तनको सहमतिबारे बताए– मैले छाड्छु भनेको हैन र भद्र सहमति पनि गरेको छैन । मैले छाड्दा चलाउने सक्ने अर्को कोहि छँदा पनि छैन । प्रचण्डले सक्दिन भनेको प्रसंग पेश गर्दै उनले थपे– प्रचण्ड त उल्टै मेरोभन्दा राम्रो तपाईले नै गरिराख्नु भा छ पो भने ।

उनको विश्लेषण थियो– कमल थापा र विजय गच्छेदारलाई अलग्याएर गैरकम्युनिष्ट सरकार बनाउने कसरत भइरहेको छ तर त्यसलाई सफल हुन दिइने छैन । नातिको पालामा धर्म मिल्छ भनेर मैले यो खालको नीति, कार्यक्रम र बजेट ल्याएको पनि हैन ।’ उनले बजेटबारे प्रचार अभियान चलाउने प्रस्ताव पनि राखे । उपमहासचिव घनश्याम भूषालले महाधिवेशनका नीति, कार्यक्रकमबारे अभियान चलाउनु छैन ।

२ वर्ष भैसक्यो अधिवेशन भएको भन्दै प्रतिवाद गरे । उनले भने ‘संविधान संसोधन गरी एक मधेस एक प्रदेश हाल्न खोज्दा त्यसलाई स्विकार्दिन भनेर अडान राख्नुभएको थियो झलनाथ खनालले, तपाई अहिले त्यसैको जगमा हिड्दै हुनुहुन्छ । आत्माप्रशंसा मात्र गर्ने ? जे एन कमरेडलाई क्रडिट नदिने ?

केपीले माधव नेपाललाई पनि व्यङ्ग्य गर्न भ्याए– मलाई बलात्कारी भन्ने ? शहिद पत्नी ताकेको भन्ने रु’ माधवले प्रतिवाद गरे, ‘लौ एजेण्डा राखेर बोलौं । एक्लै कराईराख्ने हो ? उपाध्यक्ष भीम रावलले पनि केहि फरक मतका साथ केपी ओलीले प्रचण्डका लागी प्रधानमन्त्री छाड्ने सहमति भएको दाबी गरे । केपीले सभामुख निवासमा वर्षमानसँग बसेर वामदेवले राजीनामाको प्रसंग सहमतिको बँुदामा हाल्न लगाएको आरोप लागाए । ‘जनार्दन शर्माले त्यसो नगरौं भन्दा भन्दै राजीनामाको कुरा लेख्न लगाउने हाम्रै साथीहरु हुन् ।’ उनको दाबी थियो । बीचैमा आइपुगेका वाकदेवले ‘मौखिक एसो उसौ हैन, के भएको हो, अब के गर्ने लिखित लिएर आउनु’ भने ।

म पार्टीको उपाध्यक्ष, किसान महासंघको अध्यक्ष तर मलाई बाइपास गरेर किन ठाकुर गैरेलाई किसान बिभाग दिने ? आइलाग्दा गुटको प्रचारमा लाग्दिन । किसान आन्दोलनमै भिडिरहन्छु भन्दै उठेर हिँडे । प्रधानमन्त्रीले आफुलाई असहयोग गर्ने गृहमन्त्रीलाई हटाई छाड्ने दोहा¥याए भने आपूर्तिमन्त्री गणेशमान पुन कालाबजारीयासँग साँठगाँठमा रहेको ठोकुवासमेत गर्न भ्याए ।
जनआस्था साप्ताहिकबाट

एजेन्सी,जेठ २६ । कोस्टारिकालाई हराँउदै आयोजक राष्ट्र अमेरिकाले कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता हात पारेको छ । पहिलो खेलमा अमेरिका कोलम्बियासँग परिजित हुदै आलोचित भएको अमेरिकाले बुधबार बिहान सिकाआयोजक अमेरिकाले कोस्टारिकालाई ४–० ले हराएको हो ।अमेरिकाको जितमा क्लेन्ट डेम्प्सी, जर्मेन जोन्स, बबी उड र ग्राहम जुसीले एक एक गोल गरे ।

नवौं मिनेटमा नै डेम्प्सीले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाए । ३७ औं मिनेटमा जोन्स र ४२ औं मिनेटमा उडले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो । ८७ औं मिनेटमा जुसीले गोल गर्दै ४–० को शानदार जित दिलाए । यो जितसँगै समूह एमा रहेको अमेरिका दुई खेलबाट ३ अंकका साथ तालिकाको पहिलो स्थानमा छ भने एक खेलमात्रै खेलेको कोलम्बिया ३ अंकका साथ दोस्रो स्थानमा छ। पाराग्वे १ अंकका साथ तेस्रो र कोष्टारियका अंकविहीन छ।

बुडी र चोर औंलो घुमाएर शेरबहादुर देउवाले टोपबहादुर रायमाझीलाई भने, ‘चिरिप्प, अलिकति लागउनुपर्यो नि !’टोपबहादुर पनि किन पछि पर्थे र ! ‘सभापतिज्यूले नै भनिसकेपछि सकिग्गो नि !’ भन्दै हँस्याङफस्याङ गर्न थालिहाले ।

जेठ पहिलो साता बुद्वभूमि लुम्बिनीमा देशका ठूला तीन पार्टी प्रमुखसहित देश–विदेशका गन्यमान्य, भद्रभलाद्मी भेला भए, विश्व बौद्व सम्मेलनको निम्ति ।

त्यहाँ ग्रेटवाल बनाउनेदेखि गुरुत्तर लुम्बिनी योजना सम्पन्न गर्नेसम्मका मामिला एकातिर थिए, तर कांग्रेस सभापति देउवा र एमाओवादी नेता रायमाझीको ध्यान्न चाहिँ अन्तै गयो ।शेबहादुरले मुखै खोलेर प्रस्ताव राखेपछि त्यही क्षेत्रका टोपबहादुर नहौसिउनु पनि किन ?

देउवालाई लिएर नजिकेको ठीकैखाले होटलमा पुगे । ‘हामी त आइयो के रे ! खान पाइने के–के छ र ?’ टोपबहादुरले होटलवालालाई सोधेपछि भने, ‘रक्सीबाहेक सबथोक छ मन्त्रीज्यू !’ खोजेको चिज नभएपछि टोपबहादुले देउवातिर हेर्दै होटलवालालाई अनुरोध गरे, ‘सभापतिज्यू नै आएपछि केही न केही व्यवस्था त गर्ने पर्च केरे ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

ओलीले प्रचण्डलाई भनेछन्, ‘भारतले तपाईलाई प्रधानमन्त्री बन्न दिँदैन, किन सरकार ढाल्ने खेलमा लाग्नुहुन्छ ?’

काठमाण्डु, २६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सम्झाउन सम्म सम्झाए छन् ।

यो सरकार गिराउन कुनै शक्ति परिचालित छ, सरकार गिरिहाल्यो भने भने त्यसपछिको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने ओलीले प्रचण्डलाई सविस्तार बुझाएका थिए ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले दाहाललाई बोलाएर तपाईलाई भारतले कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिँदैन, तपाई किन सरकार परिवर्तनको खेलमा लागेको ? भन्दै निकैबेर सम्झाएका थिए । कुराकानी सकिएपछि दाहालले मैले कुरा बुझे भन्दै उठेर हिँडेका थिए । त्यसयता दाहालको बोलीमा यूटर्न भएको छ । सोमबार पोखरा पुगेर उनले आफू बहुमतीय सरकारको प्रधानमन्त्री नबन्ने बताए ।
बुधबार साप्ताहिकबाट

काठमाडौं,जेठ २६ । राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा प्रधानमन्त्री केपी ओलीले भने, ‘एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ– उनले भने, ‘यसो गरेको भए अरु देशमा पाष्टिङ हुन पनि उनलाई गाह्रो पथ्र्यो । दिपकुमार चाहिँ सरकार फेरौं भनी राप्रपा नेपालाई फकाउँदै हिँडिरहका थिए ।’

काठमाडौं,जेठ २६ । महाभूकम्पले भौगोलिक र संरचनागत रुपमा क्षति पुर्याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘सीएफएस’ प्रणालीबाट संचालन गर्ने तयारी अघि बढेको छ । चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन । तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका संचालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो ।समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दुतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक रुपमा लिएपछि खुल्ने संकेत देखिएको हो । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो ।

पूर्ववत अवस्थामा संचालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेशन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ । सामान बोक्ने कन्टेर एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ । –कान्तिपुर दैनिकबाट

काठमाडौं,जेठ २६ । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानबिन थालेको हो ।समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।

समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरो –एनसिबी)मार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् ।

‘आवश्यक सूचना संकलन र प्रमाणीकरण भइरहेको छ, सरोकारवाला निकायको सहयोगमा अनुसन्धान अघि बढेको छ,’ कार्कीले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फबाट आयुक्त नवीनकुमार घिमिरेले सहयोग गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।