कोपा अमेरिका : लगातार दोस्रो जित निकाल्दै कोलम्बिया क्वाटरफाइनलमा

जेष्ठ २६, २०७३ मा प्रकाशित | 854 views

एजेन्सी,जेठ २६ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले लगातार दोस्रो जित निकालेको छ । बुधवार विहान अमेरिकाको क्यालिफोर्नियामा  दोस्रो खेलमा  पाराग्वेलाई २१ ले हराउँदै दोस्रो जित निकालेको हो । जितसँगै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको हो। जितको खोजिमा रहेको पाराग्वे यसअघि पनि कोस्टारिकासँग बराबरीमा रोकिएको थियो ।

कोलम्बियाको लागि  खेलको १३ औं मिनेटमा कार्लोस बासाले गोल गर्दै सुरुवाती अग्रता दिलाए । कप्तान जेम्स रोड्रिग्वेज ३० औ मिनेटमा दोस्रो गोल गदै अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० को अग्रता लिएको कोलम्बियाले दोस्रो हाफमा भने गोल गर्न सकेन। पाराग्वेका लागि खेलको ७१ औं मिनेटमा भिक्टर ह्युगोले सान्तोना गोल फर्काए। खेलको ८१ औं मिनेटमा रोमेरियो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अन्तिम ९ मिनेट पाराग्वे १० खेलाडीमा सीमित भएको थियो।

समूह एमा रहेको कोलम्बियाको २ खेलबाट ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ भने समान २ खेलबाट ३ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ। दुई खेल नै खेलेका पाराग्वे र कोष्टारिकाको समान १–१ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web