२६ जेठ, काठमाडौं ।
नेपाली पासपोर्ट लिएका तिब्बती शरणार्थी पक्राउ परेका छन् । चीन जाने क्रममा तिब्बती शरणार्थी सुल्त्रिम छेदुपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पक्राउ गरेको हो ।

कृष्ण गुरुङको नाममा नागरिकता र पासपोर्ट बनाएर उनी चीन जान लागेका थिए । १२ जेठमा शंका लागी अध्यागमन कार्यालयले पक्राउ गरी अध्यागमन विभागमा पठाएको थियो ।

अनुसन्धानको क्रममा उनको पासपोर्ट नक्कली भएको पुष्टि भएको विभागका प्रवक्ता तथा निर्देशक विश्वप्रकाश न्यौपानेले बताए ।

छेदुपको साथबाट तिब्बती शरणार्थीको परिचयपत्रसमेत बरामद भएको छ । ‘तिब्बतमा रहेकी आमालाई भेट्न जान आफूले नेपाली पासपोर्ट बनाएको उनले बताएका छन्,’ न्यौपानेले भने, ‘उनले बौद्धमा सो पासपोर्ट किनेको अनुसन्धानमा देखिएको छ ।’

सोधपुछका क्रममा राम्रोसँग नेपाली बोल्न नसकेपछि अध्यागमन अधिकारीले शंका लागी छेदुपलाई नियन्त्रणमा लिएका थिए । भोजपुर, दोभाने स्थायी ठेगाना राखेर उनले नागरिक बनाएका थिए ।

सोही नागरिकताका आधारमा उनले पासपोर्ट लिएका थिए । उनको नागरिकताको आधिकारिकताको विषयमा अनुसन्धान भइरहेको निर्देशक न्यौपानेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

19.12¡ÆC