रेडियो नेपाल र एनटिभी सार्वजनिक प्रशारण सेवा बनाउन बिधेयक पेश गर्ने तयारी

२६ जेठ, काठमाडौं ।

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवामा रुपान्तरण गर्नका लागि सञ्चार मन्त्रालयले यसै आर्थिक वर्षभित्र विधेयकको मस्यौदा मन्त्रीपरिषद्मा पेश गर्ने तयारी गरिरेको छ ।

सार्वजनिक सेवा प्रसारक नेपाल सम्बन्धमा व्यवस्थापन गर्न बनेकोे प्रस्तावित विधेयक २०७३ सम्बन्धमा रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरुबीच आज काठमाडौंमा भएको छलफलमा सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले असार मसान्तसम्ममा विधेयक मस्यौदा पेश गर्ने लक्ष्यसहित काम अघि बढाइएको बताउनु भयो ।

सचिव थपलियाले सरकारको लगानीमा सञ्चार माध्यम हुनु हुँदैन भन्ने र हुनु पर्छ भन्ने दुवै पक्षको मागलाई बिचको बाटोबाट सम्बोधन गर्ने गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवाका रुपमा रुपान्तरण गर्न लागिएको बताउनु भयो ।

कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले विधेयकको प्रस्तावित खाका प्रस्तुत गर्दै विभिन्न समयमा आएका प्रतिवेदनका आधारमा सार्वजनिक सेवा प्रशारक नेपाल सम्बन्धमा प्रस्तावित प्रस्ताव तयार पारिएको बताउनु भयो ।

नेपाल टेलीभिजनका निमित्त महाप्रवन्धक दीपकमणी धितालले सञ्चार माध्यम सवै जनतामा पु¥याउनका लागि रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण संस्थाका रुपमा रुपान्तरण गर्नु आवश्यक भएको बताउनु भयो ।

कार्यक्रममा प्रस्तावित मस्यौदामाथि विभिन्न सञ्चार मन्त्रालय, रेडियो नेपाल र नेपाल टेलीभिजनका अधिकारीहरु रहनुभएको विभिन्न चार ओटा समुहहरुले सुझाव प्रस्तुत गर्नु भएको थियो ।

समुहहरुबाटआएका सुझाब समेटेर रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारक संस्थाका रुपमा लैजाने विधेयकको पूर्ण प्रस्ताव तयार गर्न सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालकोे संयोजनमा ७ सदस्यीय समिति गठन गरिने सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताउनु भयो ।

समितिले विभिन्न क्षेत्र व्यक्तित्व संग छलफल गरेर मस्यौदा लाई अन्तिम रुप दिनेछ ।

समितिमा कानून मन्त्रालय, रेडियो नेपाल र नेपाल टेलिभिजनका दुई–दुई जना प्रतिनिधि रहनु हुने छ ।

रेडियो नेपालका संस्थापक स्वर्गिय तारिणीप्रसाद कोइरालको स्मृतिमा विराटनगर–५ स्थित खार्जी चौकमा  तारिणीप्रसाद कोइराला स्मृति संचार ग्राम निमार्ण हुने भएको छ ।

रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको साझेदारीमा स्थापना हुन लागेको संचारग्रामको जेठ–२९ गते शनिवार विहान  पं्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नु हुने कार्यक्रम रहेको छ ।

विराटनगर उप महानगरापालिकाले आज पत्रकार सम्मेलनगरी करिव आठ करोड रुपैयाको लागतमा संचारग्राम निमार्णगर्न लागेको जनाएको छ ।

उपमहानगरपालिकाको  सात कठा जग्गामा निमार्ण हुन लागेको संचारग्राममा मिट द प्रेश हल, गित रेर्कडिङ, क्षेत्रिय संग्रालय तथा गित संगित का कार्यक्रम हरु संचालन हुने विराटनगर उप महानगरपालिकाका कार्यकारी निर्देशक गोपाल रेग्मीले बताउनुभयो ।

शिलान्यास भएको एक महिना भित्र भवन निमार्णका लागी टेन्डर प्रक्रियामा जाने र ठेका सम्झौता भएको १८ महिना भित्र सवै काम सम्पन्न हुने जनाइएको छ ।

नेपालमा प्रजातन्त्रको स्थापना संगै कोइरालाले २००७ सालमा विराटनगर स्थित  जुटमिलवाट प्रजातान्त्रीक रेडियोको नामवाट रेडियो नेपालको प्रसारण प्रारम्भ गर्नु भएको थियो  । संस्थापकको सम्झनामा रेडियो नेपालले संचार ग्राम निमार्ण गर्न लागेको  । त्यसका लागी रेडियो नेपालले विराटनगर उपमहानगरपालिका संग संचारग्राम निमार्ण गर्नै सम्झौता गरेसंगै केही  हप्ता अघि ३ करोड रुपैयाको चेक नगरपालिकालाइ हस्तान्तरण गरि सकेको छ ।

भूकम्पले भत्काएका धादिङका छ वटा पुलको मर्मत

२६ जेठ, धादिङ ।

भूकम्पले क्षति पारेका उत्तरी धादिङको झर्लाङ, लापा, रि गाविस जोड्ने छवटा पुलको मर्मत गरिएको छ ।

दैनिक रुपमा मानिस आवतजावत गर्ने मुख्य मार्गमा रहेका पुल मर्मत गरिएपछि तायातको सुविधा नपुगेको गाउँवासी सदरमुकामसम्म आवतजावत गर्नसक्ने भएका छन् ।

दार्खा र झर्लाङ जोड्ने डुन्डुरेखोला, गजली खोला, सेर्तुङ र झर्लाङ जोड्ने लिस्ने खोला, झर्लाङ र लापा जोड्ने आँखुखोला र डुन्डुरेमूल खोलामाथिका पुलको मर्मत गरिएको हो ।

पुल मर्मतपछि विकटका पाँच गाविसमा सामान ढुवानी गर्न र स्थानीय बासिन्दा तथा पर्यटकलाई आवतजावत गर्न सुविधा पुगेको छ ।

शिरिसले पौडिको किर्तिमानमा सुधार गरे

२६ जेठ, काठमाडौं ।
त्रिभुवनआर्मी क्लवका स्टार पौडी खेलाडी शिरिस गुरुङले काठमाडौंमा जारी ग्यालेक्सीकप खुल्ला पौडी प्रतियोगितामा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका छन् ।

प्रतियोगीता अन्तर्गत बुधबार भएको २०० मिटर ब्याकस्ट्रोकमा शिरिसले २ मिनेट ३४.१७ सेकेण्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । यसअघि यस स्पर्धामा २ मिनेट ३९.०६ सेकेण्डको कीर्तिमानउनैले बनाएका थिए ।

ग्यालेक्सी कपको सात स्पर्धामा सहभागिता जनाएका शिरिसले पाँच स्वर्ण जितिसकेका छन् । उनले आजै बिहान सम्पन्न २०० मिटर इण्डिभिज्युअल मिड्लेमापनि स्वर्ण जितेका हुन् ।

यसअघि हिजो सम्पनन ३ स्पर्धामाउनले स्वर्ण जितेका थिए । उनले हिजो १०० र ५० मिटर बटरफ्लाईतथा २०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका थिए ।

प्रधानमन्त्रीले आश्वासन बाड्दा देउवालाई आपत, स्थानिय चुनाव गर्न खोज्दा पौडेलको बिरोध

२६ जेठ, काठमाडौं ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटा आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् ।

पार्टीको तर्फबाट सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बोल्दै सभाापति देउवाले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।

सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको बताए ।

सोही कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे ।

उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको बिचार राखे ।

Govt Approves VP Pun’s China Visit

The government has approved the upcoming China visit of Vice-President Nanda Bahadur Pun.

Today's meeting of the Council of Ministers approved the China visit of Vice-President Pun scheduled from June 10-16. This is the first foreign visit of Vice-President Pun after his election to the post.

Minister for Industry, Som Prasad Pandey told media persons that the meeting has also transferred two secretaries.

It has also decided to provide Rs 1.656 million for the treatment of Sindhu Upreti of Bhadrapur. Upreti, injured in course of people's movement in 2062/63 BS, is undergoing treatment in Thailand.

Minister Pandey said that the meeting decided to send the Money Laundering Regulations-2073 BS at the Legislation Committee of the Parliament for the discussion.

‘Anyone found indulging in irregularities will be recommended for action’

Chairperson of Parliamentary Development Committee Rabindra Adhikari has said that Member of Parliament representing any party would not be spared if they are found to have misused the constituency development programme budget.

Speaking at the meeting of the committee today Chairperson Adhikari warned of recommending for action if anyone was found to have worked with an intention to misuse the budget.

At the meeting, a report of the onsite inspection and study of projects run under the constituency infrastructure development programme was presented.

According to the study carried out by the Good Governance Federation Nepal in Sunsari, Kaski and Sindhupalchowk districts, very few projects were found to have been completed fulfilling all the set conditions.

Unity among political parties for implementing constitution

Leaders of various political parties have stressed the need of unity among the political parties for the effective implementation of the new constitution.

At an interaction organized at Reporters' Club in the capital city today, Nepali Congress leader Dr Minendra Rijal said Nepali Congress, would play leading role for the effective implementation of the constitution.

He also accused the government of slowing down the reconstruction activities.

On the occasion, UML leader Pradip Gyawali said it has been quite late for the political parties to delineate provincial units, hold local body election and formulate laws as per the changed constitutional set up.

He argued that NC, a responsible party, must not be the obstruction to holding the parliamentary hearing on appointment of judges at a time when the cases have piled up in the Supreme Court.

Leader Gyawali further claimed that until the atmosphere was created for the national consensus government, the present government would continue till Magh 2074BS.

Co-Chairman of Nepal Sadbhavana Party, Laxman Lal Karna, said they were ready to sit for a dialogue once the atmosphere was made conducive. He blamed the government of focusing on the appointments of judges while ignoring the implementation of the constitution.

Nepal highlights provision related to labour sector in Int’l Labour Conference

Minister for Labour and Employment Deepak Bohara has addressed the 105th International Labour Conference in Geneva, yesterday. He highlighted the provisions related to labour sector incorporated in the new constitution.

In the ongoing annual conference of the International Labor Organization (ILO) that kicked off on 30 May, Minister Bohara reaffirmed the government's priority in ensuring safety and security for the Nepali migrant workers abroad, according to the Permanent Mission of Nepal to the United Nations in Geneva, Switzerland.

During the address, Minister Bohara shared that Nepal will be taking part in the upcoming election of the ILO Governing Body for membership from the government category, for which he also called for support from the international community, reads the press statement released by the Permanent Mission of Nepal to the United Nations in Geneva.

Meanwhile, Minister Bohara delivered an address at the meeting of the Non-aligned movement Labour Ministers in the sideline of the conference yesteday.

Holding separate bilateral meetings with the Labour Ministers from Mauritius and Portugal on June 6 and 7, he urged his Mauritian and Portuguese counterparts for their initiation in exploring potential areas of employment for the Nepali work force in their respective countries.

Similarly, in another meeting with the Deputy Labour Minister of Saudi Arabia, Minister Bohara spoke of the need to expedite the singing of MoU between Nepal and Saudi Arabia on labour agreement.

PM Urgues Int’l community to investment in Nepal

Prime Minister KP Sharma Oli has today sent an appeal to the international community for bringing investment in Nepal as the country has set foot on an investment-friendly environment with the promulgation of the new constitution.

PM Oli made such an appeal during a meeting with the representatives of the foreign donor agencies at his office in Singha Durbar.

The UK Foreign Ministry's Secretary, Sir Simon Macdonald, and Department for International Development (DFID) Secretary, Mark Lowcock, and the United Nations High Commissioner for Refugees (UNHCR) office representatives met separately with the PM.

The PM and British secretaries held talks on further consolidating the mutual relations between the two countries coinciding with the occasion of the bicentenary of establishment of diplomatic ties.

The British secretaries also inquired about the implementation phase of Nepal's Constitution whereas OHCHR representative broached the subject of Bhutanese refugees and Nepal's economic stride forward.

The PM urged the British secretaries to have no qualms over investing in Nepal as an investment-friendly environment has been established, PM's Foreign Affairs Advisor, Gopal Khanal, told the journalists.

The British secretaries expressed their happiness at seeing Nepal embark on a path of economic progress after the promulgation of the new constitution, and held comprehensive talks on ways to draw British investment in bigger projects in particular and secure such investments.
DFID Secretary, Mark Lowcock, said that cordial talks were held with the PM on Nepal's modern development and bilateral support.

The UNHCR delegation focused on playing crucial role on resolving the problems faced by the Bhutanese refugees and Nepal's economic development.

In a briefing to journalists following the meeting, UNHCR representative, Craig Sanders, said that talks were held on Nepal's contemporary situation and Bhutanese refugees.

NC Prisident Deuba blames incumbenent Govt. of spreading false promise among Peopel

Nepali Congress President Sher Bahadur Deuba has blamed the Prime Minister of moving ahead after showing false dream among people rather than taking the country towards the path of development.

Speaking at a programme organised today to honour Mt Everest climbers in the capital today, he said, local, provincial and central bodies' election should be held after implementing the new constitution.

Also the former Prime Minister, Mr. Deuba blamed that the incumbent government tried to misuse tax collected from the people and foreign donation received in the name of quake survivors distributing it through NGOs.

Similarly, NC senior leader Ram Chandra Poudel expressed sadness over the incumbent government's preparation to hold representative assembly election rather than implementing the new constitution.

He said that such activity would push the country towards uncertainty and clarified that it was necessary to review the government's activities by holding NC central committee meeting.

कांग्रेस एमाले बीच बालुवाटारमा बार्ता जारी

२६ जेठ, काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा एमाले बीच अहिले प्रधानमन्त्री निबास बालुवाटारमा बार्ता भईरहेको छ ।

बार्तामा एमालेका तर्पmबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी शर्मा ओली सहित सुभाष चन्द्र नेम्बाङ्ग लगायतका नेताहरु सहभागी हुनुहुन्छ भने कांग्रेसका तर्पmबाट पार्टी सभापति शेर बहादुर देउबा बरिष्ठ नेता राम चन्द्र पौडेल नेता कृष्ण प्रसाद सिटौला लगायतको सहभागीता रहेको छ ।

साल्ट ट्रेडिङले बोनस र नगद लाभांश बाड्ने

२६ जेठ, काठमाडौं ।
साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षमा आर्जन गरेको खूद मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशन नगद लाभांश वितरण गर्ने भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न कर्पोरेशनको ४८ औं वार्षिक साधारण सभाले कर्पोरेशनले गत आर्थिक वर्षमा ६ अर्ब ९६ करोड रुपियाँको कारोबार गरी आर्जन गरेको ५६ करोड ९ लाख रुपियाँबाट शेयर धनीहरुलाई बोनस शेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यस अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशनका संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारको नीति अनुरुप कर्पोरेशनले मुलुकभर गृुणस्तरीय वस्तुहरु आपूर्ति गर्दै आएको र व्यापार विविधकिरण गर्दै जाने क्रममा काठमाडौं, विर्तामोड, सिमरा, नारायणगढ, भैरहवा र नेपालगञ्जमा पेट्रोल पम्प संचालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारले उपलब्ध गराएको कोटा अनुरुप कर्पोरेशनले चालू आर्थिक वर्षमा ८५ हजार मेट्रिक टन रासायनिक मल आयात गरेको र आगामी आर्थिक वर्षका लागि पनि २० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सरकारको निर्णय अनुरुप एक प्रतिशत भन्सार सुविधामा ३० हजार मेट्रिक टन चिनी आयात गर्न समेत कर्पोरेशनले प्रक्रिया अगाडि बढाइसकेएको स्पष्ट गर्नुभयो ।

कर्पोरेशनको साधारण सभापश्चात् आयोजित कार्यक्रममा साल्ट ट्रेडिङ कर्पोरेशनको संचालक समितिका तत्कालीन सदस्य समेत रहनुभएका नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय ईश्वरलाल श्रेष्ठको स्मृतिमा प्रकाशित पुस्तक ‘स्मृतिमा ईश्वरलाल’ सार्वजनिक गरिएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web