२६ जेठ, इलाम ।
इलामको मावु र माइमझुवा गाविसमा निर्माण सम्पन्न भएको अप्पर माई जलबिद्युत आयोजनाबाट उत्पादित ६ दशमलब ७ मेगावाट बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिएको छ ।

पञ्चकन्या माई हाइड्रो लिमिटेडले एक अर्व ९२ करोड रुपैंयाँ लगानिमा निर्माण गरेको आयोजनाको विद्युत उत्पादन क्षमता ९ दशमलब ९ मेगावट रहे पनि हाल ६ दशमलब ७ मेगावाट विद्युत उत्पादन हुँदै आएको आयोजनाले जनाएको छ ।

एकगाउँ एक उत्पादन अनुगमन गर्न निर्देशन

२६ जेठ, काठमाडौं ।
एक गाउँ एक उत्पादन कार्यक्रमको नियमितरुपमा अनुगमन गर्न व्यवस्थापिका संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले एक गाउँ एक उत्पादन कार्यक्रम पारदर्शी र प्रभावकारी नभएको भन्दै कार्यक्रमको नियमित अनुगमन गर्न निर्देशन दिएको हो ।

ढुक्क भएर नेपालमा लगानी गर्न बिदेशीलाई प्रधानमन्त्रीको आग्रह

२६ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलेसंविधान जारी भएसँगै उपयुक्त वातावरण बनेकाले लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

आफ्नो कार्यकक्ष सिंहदरबारमा आज दातृ निकायका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपालको आर्थिक विकासमा सहयोग गर्न आग्रह गर्नुभएको प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार गोपाल खनालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसँग बेलायती विदेश मन्त्रालयका सचिव सर साइमन म्याकडोनाल्ड र बेलायती अन्तर्रा्ष्ट्रिय विकास सहयोग नियोग 'डिएफआइडी' का सचिव मार्क लोकक र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चआयुक्तको कार्यालय 'युएनएचसिआर' का प्रतिनिधिले छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

दुबै भेटमा नेपालको संविधान, आर्थिक विकास र दुई पक्षीय सम्बन्धबारे सौहार्दपूर्ण कुराकानी हुनाका साथै नेपालको आर्थिक विकासमा कसरी दातृ निकायकोे लगानी भित्र्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

दलहरुबिच कुरा नमिल्दा संघियता देखी स्थानिय चुनावमा ढिलाई ज्ञवाली

२६ जेठ, काठमाडौं ।
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रमुख राजनीतिक दलहरुबीच एकता कायम हुन नसक्दा प्रादेशिक सीमा निर्धारण, स्थानीय निकाय निर्वाचन, कानुन निर्माण गर्ने काममा ढिलाइ हुँदै गएको बताउनुभएको छ ।

आज काठमाडौंमा गरेको साक्षात्कारमा उहाँले राष्ट्रिय सहमतिको सरकार नबने यही सरकार २०७४ माघसम्म रहने भएकाले संविधान कार्यान्वयनको मुद्धामा एकजुट हुनुको विकल्प नरहेको बताउनु भयो ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले संविधान कार्यान्वयनमा वर्तमान सरकार गम्भीर नबनेकाले संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताउनु भयो ।

उहाँले भूकम्पपछिको पुनःनिर्माण कार्यमा सरकारले ढिलाइ गरेको आरोपसमेत लगाउनुभयो ।

नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले परिणाममुखी वार्ताका लागि वातावरण सिर्जना गरिए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनु भयो ।

President Obama backs Indian entry to nuclear technology

US President Barack Obama has backed India's entry into the Missile Technology Control Regime (MTCG) and Nuclear Suppliers Group (NSG).

India's entry into these groups will give it easier access to technology for research and advancement. President Obama made the statement at a meeting with India Prime Minister Narendra Modi in Washington.

The two leaders also signed agreements to boost co-operation in trade, military ties and climate change. Mr Modi and Mr Obama also signed an agreement to enable US-based Westinghouse Electric Co to start building six reactors in India.

The US and India will "remain invested in each other's prosperity", they said.

Afghan Taliban seize dozens of hostages in Kunduz

The Afghan Taliban have kidnapped up to 40 people on the main road through the northern province of Kunduz, officials say.

A witness said Taliban gunmen stopped buses and took hostages just outside Kunduz city, the provincial capital.

Last week the Taliban killed at least 12 passengers on the same road and are still thought to be holding another 10.

The militants briefly overran Kunduz last autumn before security forces retook most of the city.

The offensive was the first time the Taliban had taken a city since being ousted from power in 2001.

Syria conflict: Hospital ‘hit in Aleppo air strike’

At least 15 people are reported to have been killed and dozens wounded in a series of air strikes on rebel-held areas in the Syrian city of Aleppo.

One of the strikes hit near the Bayan hospital in the eastern Shaar district, activists and a monitoring group said.

Video footage, purportedly of the aftermath, showed bodies being pulled from burning and destroyed buildings. It was not clear who was responsible, but government forces are seeking to regain control of the divided city.

In a defiant speech yesterday, Syrian President Bashar al-Assad promised to retake "every inch" of the country from his opponents.

US election 2016: Clinton hails ‘milestone for women’

Hillary Clinton has thanked her supporters for helping her reach a historic moment for women – the US Democratic nomination for president.

"Thanks to you, we've reached a milestone," she told cheering crowds at a rally in New York.

Mrs Clinton hailed "the first time in our nation's history that a woman will be a major party's nominee". Hours later, she won the California Democratic primary, further cementing her hold on the nomination.

In all, she won four of the six states voting in primaries on Tuesday, also taking New Jersey, South Dakota and New Mexico.

अनुसन्धान भन्छ-‘नियमीत यौन सम्पर्क गरे यस्ता रोग लाग्दैन’

नियमित यौन सम्पर्क 'सम्भोग' गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् ।

हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला 'किड्नी'मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो ।

इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना ९जसमा मृगौलामा पथ्थरीको समस्या थियो० लाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो ।

दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन 'एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ' प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखियो ।

दुई हप्तापछि पत्ता लाग्यो कि सेक्स 'सम्भोग' गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए ।

त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाए ।

एक पुरुषमाथि १० महिलाद्धारा सामुहिक बलात्कार

एजेन्सी ।
समाचारको शिर्षक हेरेर नझुक्किनुहोला । महिला हैन यो पुरुष बलात्कारको घटना हो त्यो पनि सामुहिक ।

तपाईले महिलाको बलात्कार भएको र धेरै पुरुषहरुले एकै महिलाको सामूहिक बलात्कार गरेको त धेरै सुन्नुभएको होला । तर, महिलाले पुरुषको बलात्कार गरेको सायदै सुन्नु भएको होला र सुन्दा तपाई अचम्म लाग्न सक्छ । तर, अष्ट्रेलियाका एक युवकलाई १० जना युवतीले मिलेर सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

यो घटना अहिले संसारभर भाइरल भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार युवक हरेक विहान घरनजिकै मर्निक वाकमा जान्थे । यसैक्रममा एक विहान उनी मर्निक वाकमा गइरहेका थिए । त्यहीबेला उनको घाटी चक्कु लगाउँदै युवतीहरुको समूहले उनलाई उठाएर लगे ।

एकान्त ठाउँमा पुर्याएर सबै युवतीहरुले उनसँग एक एक गरी बलात्कार गरे । यो क्रममा सबैले उनलाई मार्ने धम्की दिइरहेका थिए । युवतीको धम्कीले डराएका युवक बलात्कार भइसकेको केही समयपछि त्यहाँबाट भाग्न सफल भए । र स्थानीय प्रहरी कार्यालयमा बलात्कारको उजुरी दर्ता गराए ।

युवकले पुलिसलाई बताएका छन् कि त्यो दिन घरबाट निस्किएका उनलाई अचानक बाटोमै युवतीहरुले घेरा हालेर जबरजस्ती गर्दै उठाएर लगे ।यता प्रहरीले युवतीहरुविरुद्ध मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । जसअनुसार विभिन्न ठाउँहरुमा छापा हान्दै उनीहरुलाई खोजिरहेको छ । स्थानीय प्रहरीले चाँडै नै युवतीहरुलाई कानुनको कठघरामा उभ्याइने जनाएको छ ।

रारा तालको पानीको सतह डेढ मिटर घट्यो

२६ जेठ, मुगु ।
नेपालकै ठूलो ताल रारामा पानीको सतह घट्दै जान थालेको छ ।

पानी नपरी लगातारको सुख्खा खडेरीका कारण तालमा मिसिने ससाना खोला तथा खोल्साहरु सुक्दै गएपछि करिव डेढ मिटर पानीको सतह घटेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सुचना अधिकारी लक्ष्मी नारायण शाहले जानकारी गराउनु भयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भए कसैलाई छोड्दैनौं-रवीन्द्र अधिकारी

२६ जेठ, काठमाडौं ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट दुरुपयोग भएको पाइए जुनसुकै राजनीतिक दलका नेता र सांसद भए पनि नछोड्ने बताएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको उक्त समितिको आजको बैठकमा निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमको प्रभावकारिताका विषयमा भएको छलफलपछि सभापति अधिकारीले कसैले पनि बजेटको दुरुपयोग गर्ने नियतले काम गरेको भेटिएमा कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिए ।

एक दुई जनाबाट भएको कमीकमजोरी र दोषको भागिदार सबै सांसद हुनुपर्ने अवस्थाको अन्त्य गर्न सुझाव दिँदै आफूले काम बिगार्ने, दिएको जिम्मेवारी पूरा गर्न नसक्ने अनि अरुलाई दोष दिएर उम्कन खोज्ने प्रवृत्ति हटाउनुपर्ने अधिकारीको भनाई छ ।

यसअघि बैठकमा सांसद तथा समिति सदस्यहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट अरु आयोजनाको लागत मूल्यको तुलनामा तीनगुना सस्तोमा गुणस्तरीय काम भएको जिकिर गर्दै एकाध घटनाबाहेक उक्त कार्यक्रमको बजेट अत्यन्तै प्रभावकारी रुपमा सदुपयोग भइरहेको धारणा राखेका थिए ।

19.12¡ÆC