अब बागमती नदीबाटै बिजुली !

२७ जेठ, काठमाडौं ।
पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा असम्भवजस्तै लाग्छ। तर, काठमाडौ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम सुरु भएको हो।

समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहका अनुसार बागमतीमा मिसिने ढल पनि शुद्ध पानीमा परिणत हुनेछ भने प्रशोधन यन्त्रको पंखाबाट बिजुली पनि निकालिनेछ।

योजना अनुसार गुह्यश्वरीबाट पहिलो चरणमा दुई सय ४० किलोवाट प्रतिघन्टा बिजुली उत्पादन हुनेछ।‘हामीले अत्यन्तै कडा मापदण्ड राखेर ढल प्रशोधनको काम अघि बढाउने सहमति गरेका छौं,’ सिंहले भने।

ढल प्रशोधनका लागि प्रयोग गरिने शक्तिशाली मेसिनमा चल्ने पंखाबाट प्रतिघन्टा दुर्ई सय ४० किलोवाट बिजुली निकाल्न सकिनेमा विदेशी ठेकेदारले सहमति जनाएर काम अघि बढाइएको छ।

एसियाली विकास बैँकले उपलब्ध गराउने ऋण सहयोगमा केयूकेएलको मेलम्ची २ आयोजना कार्यान्वयन निर्देशनालयले हालसालै ठेक्का लगाएपछि ठेकेदारले स्थलगत अध्ययन र सर्भेसमेत सम्पन्न गरिसकेको छ।

दिक्षीत उन्मुक्ती पछि खुल्यो कामु प्रधानन्यायाधीश र दीक्षितपत्नीबीचको हाडनाता

२७ जेठ, काठमाडौं ।
सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले मुलुकी ऐन र न्यायालयको आचारसंहिताविपरित मुद्दा हेरेर आदेश दिएको खुलासा भएको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

कार्की  र साझा यातायात समितिका अध्यक्ष कनकमणि दीक्षितपत्नी शान्ता बस्नेतबीच हाडनाता सम्बन्ध छ। कार्मी फुपू र शान्ता भदै हुन्। शान्ताले दायर गरेको बन्दी प्रत्यशीकरणको रिटमा कार्कीले सुनुवाइ गरेकी थिइन्।

सुशीला र दीक्षितपत्नी शान्ताको पुस्तौली थलो धनकुटाको लेगुवा हो। स्रोतका अनुसार सुशीला र शान्ता अर्जुनवीर बस्नेतका सन्तती हुन्। अर्जुनका तीन छोरा थिए– नरवीर, चन्द्रवीर र तिलविक्रम बस्नेत। सुशीला तिलविक्रमको पनातिनी हुन् भने शान्ता नरवीरकी खनातिनी हुन्। यो नाताले उनीहरु फूपु भदै पर्छन्। शान्ताको ललितपुर निवासी कनकमणि दीक्षितसँग प्रेम विवाह भएको थियो।

भ्रष्टाचार र अकुत सम्पत्ति कमाएको आरोपमा अख्तियार दुरुपयोग अनुसनधान आयोगले दीक्षितलार्ए पक्राउ गरेपछि उनकी पत्नी शान्ताले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। १५ वैशाख २०७३ मा दायर सो मुद्दाको कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गरेकी थिइन्।

मुलुकी एनेमा के छ व्यवस्था

मुलुकी ऐन अदालती बन्दोबस्तको ३० नम्बर महलमा नातासम्बन्धभित्रको मुद्दा कुनै पनि न्यायाधीशले हेर्न नमिल्ने उल्लेख छ।

अदालती बन्दोबस्तको ३० नम्बरमा भनिएको छ,‘आफ्ना हाडमा अपुताली परे खान पाउने नाता र मामा, माइजु, सानी ठूलीआमा, सानो ठूलोबाबु, सासू ससुरा, फुपू फुवाजु, जेठु, साला, मीत, आफ्ना दिदीबहिनी, छोरी र यिनै दिएका ज्वायँ, भानिज, भान्जी, भान्दी बुहारी, आमाका बाबुआमा, मन्त्र सुनाउने गुरु–गुरुमा, मन्त्र सुनाएका शिष्य शिष्यनी, आफूले लेनदेन कारोबार गरेका, नोकर चाकर र लेखिएका मानिसको एकाघरसँग बसेका जहानको र झगडिया मानिसको मुद्दा पर्न आएमा आफूले हेर्न हुँदैन।’

मुलुकी एेनको अपुताली महलको १ नम्बरले हकवाला भनेको सम्बन्धित व्यक्तिको सात पुस्तासम्मको सबैभन्दा नजिकको अंसियार हुन्छ भनेको छ।

किन दिए एसएसपी, चार डीएसपी र २० इन्स्पेक्टरले राजीनामा

२७ जेठ, काठमाडौं ।
नेपाल प्रहरीमा सेवा अबधि रहँदै राजीनामा दिने लहर चलेको छ। सिनियर अधिकृतले समेत राजीनामा दिन थालेका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

पछिल्लोपटक एसएसपी सुवोध घिमिरेले राजीनामा दिएका छन्। दुई वर्ष जागिर अबधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन्। ०४६ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका उनी आगामी बर्ष डीआइजीमा बढुवा हुने सम्भावना थियो। तर उनले बीचमै राजीनामा दिए। यद्यपि उनले असन्तुष्टिको कारण राजीनामा नदिएको बताएका छन्।

यस्तै गत महिना ०६४ को ब्याचका पहिलो नम्बरमा रहेका इन्स्पेक्टर दीपक भण्डारीले राजीनामा दिएका थिए भने डीएसपी आनन्दजंग थापाले पनि दुई महिनाअघि जागिर छोडे। राजीनामा दिने डीएसपी थापासँगै खेम केसी, विदुर गौतम र धनबहादुर कठायत छन्।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन पाँचजना प्रहरीले राजीनामा दिने गरेका छन् ११ महिनाको अवधिमा १४ सय ११ जनाले राजीनामा दिएका छन्। जसमध्ये चार डीएसपी र २० इन्स्पेक्टर छन्।

त्यस्तै १११ प्रहरी नायब निरीक्षक तथा ३४६ जना प्रहरी सहायक निरीक्षकले राजीनामा दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। राजीनामा दिनेमध्ये सबैभन्दा धेरै प्रहरी हवल्दार छन्। करिब ११ महिनामा ५२९ हवल्दार, तीन सय ९९ जवान र ४४ कार्यालय सहयोगीले पनि बिचमै जागिर छाडेका छन्।

पैसा खाएर भारतीयलाई नागरिकता बेच्ने सचिव छुटाउन आन्दोलन

२७ जेठ, विराटनगर ।
भारतीय नागरिकलाइ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटहरी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित बनेका हुन्।

मोरङको डायनिया गाविसमा रहँदा नागरिकता टोलीमार्फत २०७० सालमा भारतीय नागरिकलाई नागरिकता दिन सिफरिस गरेको विषयलाई लिएर अदालतले पक्राउका लागि आदेश दिए अनुरुप प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए।

पक्राउ गरेका गाविस सचिव देवलाई बिनासर्त हिरासत मुक्त गर्नुपर्ने माग राखेर गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले आन्दोलन थालेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र स्थानीय विकास अधिकारी नारायण मैनालीलाई बुधवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले पक्राउ परेकी देवलाई तुरुन्त रिहा थर्न माग गरेका छन्।

गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङका अध्यक्ष नवराज पराजुलीले जनप्रतिनिधिको समेत काम गर्नै पर्ने बाध्यताका सचिवलाई पक्राउ गरेर राज्यले अन्याय पूर्ण व्यवहार देखाएको वताए।

टेनिस सुन्दरी मारिया सारापोभालाई २ वर्षको प्रतिबन्ध

एजेन्सी,जेठ २६ । प्रतिबन्धित औषधि प्रयोग गरेको अभियोग टेनिस सुन्दरी मारिया सारापोभालाई २ वर्षको प्रतिबन्ध लागेको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघले सारापोभालाई प्रतिबन्ध लगाएको हो । उनले गएको जनवरीमा अष्ट्रेलियन ओपन टेनिसको क्रममा गरिएको परीक्षणमा उनले प्रतिबन्धित औषधि लिएको पाईएको थियो । उनले सन् २००६ देखि मुटुको रोगका लागि खाँदै आएको औषधि १० वर्षपछि प्रतिबन्धित पाइएको हो । २९ वर्षे सारापोभा विश्वको सबैभन्दा धेरै कमाउने महिला खेलाडी थिइन् ।

प्रतिबन्ध लाग्नु एक दिन अघि मात्र उनलाई आम्दानीको हिसाबमा अमेरिकी सेरेना विलियम्सले जितेकी थिइन् । विश्वभरका धनी मान्छेको बारेमा लेख्ने पत्रिका फोर्ब्सका अनुसार सारापोभा लगातार ११ वर्षसम्म धेरै कमाउने महिला खेलाडी बनेकी थिइन् । उनले सन् २०१५ मा मात्र २ करोड ८९ लाख अमेरिकी डलर आम्दानी गरेकी थिइन् । सारापोभाले २ पटक फ्रेञ्च ओपन तथा अष्ट्रेलियन ओपन, विम्बल्डन र युएस ओपनको उपाधि एक–एक पटक जितेकी छिन् ।

नेपाली अस्ट्रेलियन युथ यसोसिएसनद्वारा सन्तोष, प्रकृति र सञ्जीवको बिदाई

मुकुन्दराज भेटुवाल-२६ जेठ, अस्ट्रेलिया ।

नेपाली अस्ट्रेलियन युथ यसोसिएसन नयाले हङ्गेरिको बुढापेस्टमा हुने अन्तर्राष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगिताका नेपाली प्रतियोगिहरू सन्तोष कुमार श्रेष्ठ, प्रकृति श्रेष्ठ र संजिव चौधरीको बिदाई गरेको छ ।

यही बर्ष हुने अन्तर्राष्ट्रिय नेचुरल फिटनेस मोडेल प्रतियोगितामा अस्ट्रेलियाको तर्फबाट प्रतिनिधित्व गर्ने नेपाली समुदायका तिन युवाहरूलाई सफलताको शुभकामना सहित नयाँले बिदाई गरेको हो ।

बिदाई कार्यक्रम एभरेस्ट फङ्सन सेन्टर कोग्रामा भएको हो । बिदाई कार्यक्रममा अस्ट्रेलियाका बिभिन्न राज्यबाट नेपालीहरुको बाक्लो सहभागीता रहेको थियो ।

अमेरिकी नौसेनालाई जापानमा मापसे र क्याम्प बहिर जान रोक

२६ जेठ, जापान ।
जापानमा रहेका अमेरिकी सैनिकले मादक पदार्थ सेवन गरि आपराधिक तथा गैर कानुनीक ाम गर्ने क्रम बढेपछि त्यसमाथि अंकुश लाग्ने भएको छ ।

अमेरिकी सैनिकले मादक पदार्थ सेवन गरि सवारी साधन चलाएर दुई जापानी नागरिकलाई घाईते बनाएपछि अमेरिकी नौसेनाले जापानी भूमीमा तैनाथ १८ हजार ६ सय अमेरीकी सैनिकलाई मादक पदार्थ सेवन गर्न र क्याम्प बाहिर अनुमतिबिना निस्कन रोक लगाएको छ ।

जापान प्रहरीले सडक दुर्घटनाको बिषयमा एक अमेरिकी नौसैनिकलाई पक्राउ समेत गरेपछि अमेरिकी सेनाले यस्तो नियम जारी गरेको हो ।

अमेरिकी नौसेनाका जापान प्रमुखले अमेरिका र जापानको सम्बन्धलाई महत्व दिंदै गलत आचरणलाई रोकथाम गर्नका लागि मादक पदार्थ सेवन र नौसैनिक क्यामबाट बहिर जानको लागी प्रतिबन्ध लगाएको बताएका छन् ।

अमेरिकी नौसेनाले जापानी नगरिक प्रति दुर्व्यवहार बढदै गएको भन्दै अमेरिकी सेनाले जापान छोड्नु पर्ने आवाज बर्षौंदेखी उठिरहेको छ ।

स्मरणीय छ दुई साता अघि एक अमेरिकी नौसेनालाई एक जापानी महिलाको हत्या गरेको आरोपमा जापान प्रहरीले पक्राउ गरेको थियो ।

यस बाहेक हरेक महिना जसो अमेरिकी नौ सैनिक क्षेत्र नजिक जापानी महिलामाथि दुव्र्यवहार र बलात्कारका घटना सार्वजनिक हुँदै आएका छन् ।

पढाइमा जापानीको विश्व रेकर्ड, ९६ वर्षमा बिए पास

टोकियो ।
जापान विश्वमै बढी आयु भएका बृद्धबृद्धाहरुको देश हो । हावापानी, खाना स्वास्थ्य सबै कुराले साथ दिएर बढी आयु पाएका जापानीहरुले विश्वमा बढी उमेरमा काम गरेर रेकर्ड राख्ने क्रममा अर्को किर्तिमान थपिएको छ ९६ बर्षको उमेरमा बिए पास ।

जापानी समाचार संस्थाहरुका अनुसार जापानको क्योतो विश्वविद्यालयबाट सेरामिक कला विषयमा ९६ बर्षको उमेर स्नातक पास गर्दै जापानीले नयाँ विश्व किर्तिमान राखेका हुन् ।

स्नातक उतिर्णसँगै सिगेमी हिराता नामका बृद्धले सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिका रुपमा प्रमाणपत्र प्रदान गरेको छ ।

समाचार अनुसार सन् १९१९ मा हिरोसिमामा जन्मीएका हिराताले विश्व रेकर्ड राखेपछि रोचक प्रतिक्रिया दिंदै भनेका छन्-'मलाई बधाई ज्ञापन गर्न को साथी आए मैले चिनिन तर मलाई आज निकै नै खुसी लागेको छ ।' उनले त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको भन्दै सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको समेत बताए ।

जागिरबाट सेवानिवृत्त भएका उनले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना भएका थिए ,। उनले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यतिसमय सम्म बाँच्ने बताएका छन् ।

काठमाडौंमा फोहोरबाट ग्याँस उत्पादन अन्तिम चरणमा

२६ जेठ, काठमाडौं ।
फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुने कार्यकारी प्रमुख तामाङ्गले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुन चीन भ्रमणमा जाने

२६ जेठ, काठमाडौं ।
सरकारले उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी जेठ २८ गतेदेखि असार २ गतेसम्म हुने मित्रराष्ट्र चीनको औपचारिक भ्रमणलाई स्वीकृत गरेको हो ।

सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपतिमा निवार्चित भएयताको पहिलो विदेश भ्रमणलाई स्वीकृत गरेको हो ।

बैठकले विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई सिँचाइ र सिँचाइ मन्त्रालयका सचिव अनुप उपाध्यायलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरुवा गर्ने निर्णय गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले थाइल्यान्डमा उपचार गराउँदै आउनुभएका जनआन्दोलन २०६२/६३ का घाइते सिन्धु उप्रेतीको स्वास्थ्य उपचारका लागि रु १६ लाख ५६ हजार सहयोग उपलब्ध गराउने र सम्पत्ति सुद्धिकरणसम्बन्धी नियमावली–२०७३ छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको उद्योगमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

नेपाली क्रिकेट टोलीको नेदरल्याण्डबिरुद्ध तयारी योजना यस्तो छ

२६ जेठ, काठमाडौं ।
नेपालीक्रिकेट टोलीले शुक्रबारबाट नेदरल्याण्डविरुद्धको खेलको तयारी थाल्ने भएको छ ।

विश्वक्रिकेट लिगच्याम्पियनपसीपअन्तर्गत नेपालले साउनअन्तिममा नेदरल्याण्डसँग खेल्दैछ ।

नेपालक्रिकेट संघ क्याननिलम्बनमा परेपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलआफैंले नेपाली टोली हेरिरहेको छ ।

आईसीसीले हालै मात्रपत्र पठाएर नेदरल्याण्ड भ्रमणको तयारी थाल्ननिर्देशनदिँदै भावना घिमिरेलाई स्थानीय संयोजकतोकेको छ ।आईसीसीको पत्र आएपछि शुक्रबारबाट बन्द प्रशिक्षण सुरु गर्ने तयारी भइरहेको घिमिरेले बताइन्

बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाइएको छ । वैशाखपहिलो साता काठमाडौंमा नामिबियाविरुद्ध खेल्दा टोलीमा रहेका १४ र चार बैकल्पिक खेलाडी स्वतःबन्द प्रशिक्षणमा परेका छन् ।

तयारीकाक्रममा नेपाली टोलीजुलाई १२ मा बेलायतजानेछ । १९ तारिखमा एमसीसीविरुद्ध लर्डसमा एक खेल हुनेछ भने बाँकी केही खेल स्थानीय टीमसँग खेल्ने नेपालको तयारी छ ।

नेपाली टोलीजुलाई २१-२२ मा नेपाल र्फकनेछ र केहीदिन घरेलु मैदानमाअभ्यास गरेर नेदरल्याण्ड जानेछ ।

शिक्षा विधेयकले शिक्षामा परिवर्तन ल्याउँछ -शिक्षामन्त्री

२६ जेठ, काठमाडौं ।
शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले संसदबाट पारित शिक्षा विधेयकले नेपालको विद्यालय शिक्षामा आधारभुत परिवर्तन ल्याउने बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजीत कार्यक्रममा शिक्षा मन्त्री पोखरेलले अझै पनि शिक्षामा सवैको पहुँच पुग्न नसकेको, गाउँ र शरहर तथा सार्वजनिक र निजी शिक्षाका बिचमा खाडल रहेकाले ती समस्याको समाधानका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताउनु भयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web