पैसा खाएर भारतीयलाई नागरिकता बेच्ने सचिव छुटाउन आन्दोलन

२७ जेठ, विराटनगर ।
भारतीय नागरिकलाइ नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेकी मोरङ कटहरी गाविसकी सचिव किरणदेवी देवलाई विनासर्त रिहाइ गर्न माग गर्दै मोरङका गाविस सचिवहरु बुधबारबाट आन्दोलित भएका छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।

सचिव देवलाई सोमबार पक्राउ गरेर इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखिएपछि सचिवहरु आन्दोलित बनेका हुन्।

मोरङको डायनिया गाविसमा रहँदा नागरिकता टोलीमार्फत २०७० सालमा भारतीय नागरिकलाई नागरिकता दिन सिफरिस गरेको विषयलाई लिएर अदालतले पक्राउका लागि आदेश दिए अनुरुप प्रहरीले उनलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए।

पक्राउ गरेका गाविस सचिव देवलाई बिनासर्त हिरासत मुक्त गर्नुपर्ने माग राखेर गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङले आन्दोलन थालेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी तोयम राया र स्थानीय विकास अधिकारी नारायण मैनालीलाई बुधवार ज्ञापनपत्र बुझाउँदै उनीहरुले पक्राउ परेकी देवलाई तुरुन्त रिहा थर्न माग गरेका छन्।

गाविस सचिव हकहित संरक्षण केन्द्र मोरङका अध्यक्ष नवराज पराजुलीले जनप्रतिनिधिको समेत काम गर्नै पर्ने बाध्यताका सचिवलाई पक्राउ गरेर राज्यले अन्याय पूर्ण व्यवहार देखाएको वताए।

प्रतिक्रिया

TOP