ललित स्मृति फुटबल: संकटाद्धारा थ्री स्टार पराजित,पुलिसले सरस्वतीलाई हरायो

काठमाडौं, असार १ ।  ललित स्मृति यू-१८  फुटबल प्रतियोगितामा संकट क्लव र नेपाल पुलिस क्लव विजयी भएका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा संकटासँग थ्री स्टार क्लव ३-२ ले पराजित भयो भने एलन थापाको ह्याट्रिकको मद्दतमा नेपाल पुलिस क्लवले सरस्वती क्लवाई ५–३ को अन्तरले हरायो । खेलमा दुई पटक पछाडि परेर पनि बराबरी गरेको थ्री स्टार अन्तिम समयको पेनाल्टीले पराजित भयो । १८ औं मिनेटमा दिपेन्द्र केसीले गरेको गोलको मद्दतमा संकटले पहिलो अग्रता लियो । तर ९ मिनेटपछि अर्जुन सिंहले थ्री स्टारका तर्फबाट बराबरी गोल फर्काए ।

३७ औं मिनेटमा संकटाका कप्तान सञ्जोक राईले डी बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई थ्री स्टारका गोलकिपरले बचाउन सकेनन् र थ्री स्टार दोश्रो पटक पछि पर्यो । तर पनि ७८ औं मिनेटमा आदित्या शाक्यले गोल गर्दै खेल बराबरी गरेका थिए । तर ८८ औं मिनेटमा कमल थापाले डी बक्समा ह्याण्ड गरेपछि संकटाले पेनाल्टी पायो । त्यो पेनाल्टीलाई गोल गर्दै सुमन डंगेलले संकटालाई जिताए  ।

बुधबारकै अर्को खेलमा पुलिसका लागि थापाले ह्याट्रिक पुरा गरे भने अलन थापा र राजन गुरुङले एक एक गोल थपे । सरस्वतिका लागि ओमप्रकाश सिंहले २ तथा मिङमा शेर्पाले गोल गरे ।

एक वर्षअघि करेन्ट लागेर ज्यान गुमाएका आफ्ना तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा एन्फाले यो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विजेता टिमले नगद ३ लाख रुपैयाँ पुरस्कार पाउने छ ।

भारतसँग जिम्बाब्बे १० विकेटले पराजित,सिरीज ३-० ले कब्जा

एजेन्सी,असार १ । घरेलु टोली जिम्बाब्बे  भारतसँग लगातार पराजित भएको छ । बुधबार सम्पन्न तेस्रो एकदिवसिय क्रिकेटमा भारतले जिम्बाब्बेलाई १० विकेटले हराँउदै गर्दै सिरिज ३-० ले कब्जा गरेको छ । यस अघि शनिबार र सोमबार सम्पन्न खेलहरुमा पनि जिम्बाब्बे भारत सँग पराजित भएको थियो।

टस जितेर सुरुमा ब्याटिङ्ग गरेको जिम्बाब्बेले ५० ओभरको खेलमा ४२ दशमलव २ ओभरमा न‌ै आफ्नो सम्पुर्ण विकेट गुमाउद‌ै मात्र एक सय २३ रन बनाउन सक्यो, जिम्बाब्बेका भुसिमुझी सिबान्दाले ३८ रन बनाउनु बाहेक अरु ब्याट्मेन क्रिज टिक्न  नसक्दा जिम्बाब्बे सस्तैमा समेटीन पुगेको हो । भारतका जस्प्रित भुम्रहाले ४ विकेट युजभेन्द्र चाहालले २ विकेट, धवल कुल्क्रनी र अक्षर पट्टेलले  १-१ विकेट हात पारे।

एक सय २४ रनको सामान्य लक्ष्य सहित मैदानमा उत्रिएको भारतले २१ दशमलव ५ ओभरमा बिना विकेट लक्ष्य भेटायो भारतका लागी लोकेश राहुलले ६३ रनको अर्धसतकिय पारी खेले भने फौज फजलले नटआउट ५३ रन बनाए ।

प्रिमियर लिगको खेल तालिका सार्वजनिक (तालिका सहित)

एजेन्सी,असार १ ।  इंग्लिस प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । आउँदो सिजनका लागि हुने खेलको तालिका बुधबार सार्वजनिक भएको हो । तालिका अनुसार प्रिमियर लिगको खेल अगस्ट १३ तारिखमा सुरु भएर आउँदो वर्षको मे २१ तारिखमा सकिने छ ।

पहिलो दिनमा नै आर्सनलले आफ्नो घरेलु मैदानमा लिभरपुलसँग खेल्ने छ । प्रिमियर लिगको उपाधि विजेता लिसेस्टर सिटीले आफ्नो पहिलो खेल नवप्रवेशी हल सिटीसँग खेल्ने छ ।  प्रशिक्षकका रुपमा पेपे ग्वार्डिओला र जोसे मोरिन्होको भेट १० सेटेम्बरमा हुने छ । यो दिन मोरिन्होको म्यानचेष्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा ग्वार्डिओलाको म्यानचेष्टर सिटीसँग खेल्ने छ ।

पत्रपत्रिकाको वर्गिकरणको नाममा नाङ्गोनाच देखाइएको भन्दै प्रेस काउन्सिल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं,असार १ । प्रेस काउन्सिल नेपालमा पत्रपत्रिकाको वर्गिकरणको नाममा नाङ्गोनाच देखाइएको र वितरण तथा संपरीक्षण समितिले गर्ने काम प्रेस काउन्सिलले गर्ने गरेको भनी मंगलबार प्रतिस्पर्धा साप्ताहिकका सम्पादक विष्णुकुमार प्रसाईले तीन पृष्ठ लामो उजुरी दिएका छन् । दर्ता नं. २९२२३ रहेको सो उजुरीमा आ.व. ०७०-०७१ को वर्गिकरणमा पुनरावलोकनका नाममा ‘घ’ श्रेणीबाट समेत विभिन्न पत्रपत्रिकालाई ‘क’ श्रेणीमा लगि प्राकृतिक न्यायको सिद्धान्त विपरित मूलाहिजा र गलत दृष्टिकोणले मूल्यांकन गरिएको आरोप लगाइएको छ ।

काउन्सिलमा एउटै व्यक्ति दशकौंसम्म नियुक्त हुने गरेको र प्रतिस्पर्धी पत्रकार-सम्पादक आचारसंहिता मूल्यांकन समितिमा बसी अर्को पत्रिकालाई प्रकाशन गर्न समेत रोक लगाउने तबरले स्पष्टिकरण सोध्ने र गैरकानूनी तवरले मूल्यांकनमा रोक लगाउने धम्की सहित स्पष्टिकरण सोध्ने गरेको, काउन्सिलमा भएको वेथितिबारे समाचार नलेख्ने प्रत्यक्ष धम्की दिइएको र सूचना विभागमा विगतमा लक्ष्मी विलास कोइरालाको कार्यकालमा भएका भ्रष्टाचार बारे समाचार लेखे पछि प्रकृयागत रुपमा खण्डन नपठाइ प्रेस काउन्सिलमा उजुरी पठाएपछि ७ महिना पछि गैर कानूनी रुपमा सचेतपत्र पठाइ नीतिगत, कार्यगत सूधार गर्ने उद्देश्यले लेखिएका समाचारलाई आधार बनाई वर्गीकरणबाट अलग गराई प्रतिस्पर्धा साप्ताहिक बन्द गराउने प्रयास गरिएको अख्तियार दिइएको उजुरीमा उल्लेख छ । देशभरका पत्रकारहरुले प्रेस काउन्सिल भित्रको गैरकानूनी कृयाकलाप रोकी सुधार गर्न हस्ताक्षर अभियान चलाइएको भन्ने समाचारलाई समेत आधार वनाई तथ्यविहीन र भ्रामक समाचार भन्दै पत्रिकालाई बन्द गराउने धम्की दिएको लगायत थुप्रै वेथित उल्लेख गरी अख्तियारमा उजुरी दिइएको छ ।

नयाँ शक्तिका प्रवक्ता भन्छन् -‘प्रचण्ड र गृह मन्त्री बस्नेतलाई कारबाही गर्नु पर्छ’

भक्तपुर,असार १ । नयाँ शक्ति नेपाल पार्टीका प्रवक्ता खिमलाल देवकोटाले द्वन्द्वकालिन समयको घटनालाई लिएर कारवाही भए प्रचण्ड र हालका गृहमन्त्री शक्ति बस्नेतलाई समेत कारवाही गर्नुपर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तत्कालिन माओवादीका प्रमुख प्रचण्ड र जनमुक्ति सेनाका कमिसार बस्नेत भएकाले त्यसको जवाफदेहिताका साथ उनिहरुले नैतिक जिम्मेवारी लिनु पर्ने बताए।

द्वन्द्वको समयका घटनालाई अपराधिकरण गर्ने वा क्रान्तीकरण गर्ने भन्ने बिषयलाइ ध्यान दिन नसके प्रचण्ड र गृहमन्त्री बस्नेत कारबाहिमा पर्ने उनले बताए । नाकाबन्दी सकिएको लामो समय सम्म पनि सरकारले कालोबजारीको संरक्षणमा लागेका कारण नेपालीले सास्ती खेप्नु परेको भन्दै उनले वर्तमान सरकारको संरक्षणमा कालो अर्थतन्त्र मौलाएकोले जनताको समस्या समाधान गर्न नसक्ने यो सरकार पूर्णरुपमा असफल भएको बताए।

भुकम्पको पिडालाई सम्बोधन गर्ने भन्दा पनि आफ्ना कार्यकर्ता भरणपोषण गर्दै एनजियो र आइएनजीओको पैसा कुम्लाउने खेलमा सरकार लागेको भन्दै प्रवक्ता देवकोटाले पुननिर्माण प्राधिकरणलाई राजनीति भर्तिको केन्द्र बनाएर सरकारले विदेशी सहयोगको दुरुपयोग गरेको आरोप लगाए। नयाँ शक्तिले आर्थिक समृद्धिको नारा बुझेरै उठाएको भन्दै उनले उत्पादनमुखि बन्ने र देशको आर्थिक बजेट १० खरबका साथै बिदेशीको सहयोगलाई सहि सदुपयोग गरेमा मात्र बार्षिक १० लाखको हाराहारीमा रोजगारी श्रृजना गर्दै पाँच बर्षमा बेरोजगारीको अन्त्य गर्न सकिने नयाँ शक्तिसँग खाका रहेको दाबी गरे। नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनको ब्यवस्थामा नयाँ शक्ति नेपाल पार्टी रहेको भन्दै यदि यसो भएको राजनीति जटिलताहरुको अन्त्य तर्फ सहजता मिल्ने समेत देबकोटाले बताए । नेपालमा प्रत्यक्ष रुपमा बिदेशीहरुको हस्तक्षेप रहेको भन्दै उनले नेपाल र नेपाली सक्षम बन्दै राजनीतिक क्षेत्रलाई सक्षम पार्न सके हस्तक्षेप समेत अन्त्य गर्न सकिने बताए ।

नेपाल दुई ठूला आर्थिक समृद्धि हासिलतर्फ अग्रसर भएका देशका बीचमा भएकाले दुइ देश बीचको पुलको भूमिका निर्वाह गर्दै आर्थिक समृद्धि तर्फ अगाडी बढ्दै लाभ लिन सक्नु पर्नेमा उनको जोड थियो । नेपाली राजनीतिमा नयाँ शक्तिले आर्थिक पार्दशिताको पाठ सिकाएको बताउँदै उनले आरोप प्रत्यारोप गर्नु भन्दा पनि नयाँ शक्तिको आर्थिक पाटो बारे जानकारी लिन चाहने सबैलाई केन्द्रिय पार्टी आएर हिसाब किताब हेर्न सकिने बताए । नयाँ शक्तिमा ४० प्रतिशत पुरानै मुहार जो बिभिन्न राजनीतिक दलका र अन्य ६० प्रतिशत नयाँ मुहार रहेको भन्दै उनले नयाँ शक्तिमा युवाहरुको बाहुल्यता रहेको बताए ।

संघीयता खारेजीको माग गर्दै उपप्रधानमन्त्री केसी नेतृत्वको जनमोर्चा आन्दोलनमा

काठमाडौं,असार १ । सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै भोलिबाट आन्दोलनमा उत्रने भएको छ ।

पार्टील बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेरे गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागु गर्न संघीयता नै बाधक भएकाले यसको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै भने,‘संघीयताले नेपालको जातीय, क्षेत्रिय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पु¥याएको छ, त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं ।’

शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए ।

पार्टीले देश गम्भीर संकटमा घडिमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो । शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी,  भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिए । त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ । त्यसैगरि आगामी साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ ।

भूकम्प पीडितलाई प्रधानमन्त्रीले दिएका बाचा ठट्टा प्रमाणित :कांग्रेस सांसद केसी

काठमाडौं,असार १ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई प्रधानमन्त्रीले दिएका बाचा ठट्टा प्रमाणित भएको बताएका छन् । व्यवस्थापिका संसद वैठकमा विशेष समय लिएर बोल्दै केसीले  ‘प्रधानमन्त्रीले वर्षात अघि पीडितलाई छानामुनी राख्नेकुरा अहिलो ठट्टा प्रमाणित भएको बताए ।  भूकम्प पीडितको पुनस्थापना कार्यमा सरकारले खेलवाड गरेको भन्दै केसीले एक लाख भन्दा बढी नक्कली पीडित आस्थाको आधारमा खडा गर्दै वास्तविक पीडितहरु प्रमाणीकरणमा नपरेको, आफ्नो दल निकट हर्ड र सक्षम नामका गैरसरकारी संस्थालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले आरोप लगाए।

भिमाको उपचारमा जनसम्पर्क समिति जापानको सहयोग

१ असार, टोकियो ।
मुटुको भल्व फेर्नुपर्ने गम्भिर रोगले थलिएकी नेपाली विद्यार्थी भिमा कुमारी श्रेष्ठको उपचारमा नेपाली जनसम्पर्क समिति जापानले आर्थिक सहयोग गरेको छ ।

जनसम्पर्क समिति जापानका सभापति नारायण सुवेदीको नेतृत्वमा गएको टोलीले भिमकुमारीलाई नगद तीन लाख पचास हजार येन सहयोग गरेको छ ।

नगद हस्तान्तरण गर्दै सभापति सुवेदीले नेपालीले नेपालीलाई दुख पर्दा सहयोग गर्नुपर्ने मानविय भावनाले सहयोग गरेको बताए ।

भिमाको उपचार सफल र स्वास्थ्यलाभको कामना गर्दै समितिका उपसभापति डी पी कंडेल, महामन्त्री राजेन्द्र जमरकट्टेल ,कोषाध्यक्ष पेम्वा लामा, महाधिवेशन प्रतिनिधिहरु सुभाष लोहनी, पासान्ग शेर्पा, सदस्यहरु बिष्णु अर्याल, बाबुराम सापकोटा, जिवन खड़का तथा रामजन्ग कार्की, यदुराम सापकोटा,लक्ष्मण अर्याल,योगेश सापकोटा लगायत सो अवसरमा सहभागी रहेका थिए ।

जापानमा भिमाको उपचार खर्च उठ्न थाल्यो, नयाँ जीवनको लागि याचना – See more at: https://topnepalnews.comjapan#sthash.sSiChiL4.dpuf

जापानमा भिमाको उपचार खर्च उठ्न थाल्यो, नयाँ जीवनको लागि याचना

युवतीलाई अफर तिघ्रा देखाउनुस् कमाउनुस्

एजेन्सी ।
जापानमा नौलो विज्ञापनको सुरुवात भएको छ । जसको कारण युवतीहरुले सजिलै पैसा समेत कमाउन थालेका छन् ।

जापानका विज्ञापन कम्पनीहरुले आफ्ना विज्ञापन युवतीको तिघ्रामा छाप्दै विज्ञापन गर्न थालेका छन् ।

ुराम्रा युवतीहरुको तिघ्रा भाडामा लिएर कम्पनीले युवतीको तिग्रामा विज्ञापनको स्वरुप अस्थाई ट्याटु बनाई दिने गरका छन् ।

मिनिस्कट लगाएकी युवतीको तिघ्राले विज्ञापन राख्दै हिँडेमा पैसा पाइनेछ । तर यो अफर भने युवतीहरुका लागि मात्रै हो ।

१८ बर्ष नाघेको, सामाजिक सञ्जालमा भिजेको, कम्तिमा ८ घण्टा तिघ्रा देखाएर हिँड्नुपर्ने शर्त सहित कम्पनीले सामाजिक सञ्लालमा तिघ्रामा छापेको विज्ञापन सहित फोटो राख्न मञ्जुर हुने युवतीहरुलाई पैसा दिने छ ।

गत बर्ष १३ सय बढी युवतीहरुले आफ्नो तिघ्रामा विज्ञापन छपाउन तयार भएकोमा यस बर्ष यो संख्या धेरै बढ्ने ठानिएको छ ।

मानो रोपेर मुरी -पदम भट्टराई

असारे दिन
मानो रोपेर मुरी
फलाउने की ।

झरीको बेला
हलो जुवा काँधमा
रोपाई सुरु ।

तिल्के र तारे
ह ह मा ह गर्दै छ
किसान आज ।

खेतारीहरु
हिलोमा धान रोप्दै
छुपुमा छुपु ।

दब्दबे हिलो
हली र बाउसे ती
मितेरी गास्दै ।

कोपा अमेरिका: चिलीको मेक्सिको र अर्जेन्टिनाको प्रतिद्वन्द्वी भेनेजुएला

एजेन्सी,असार १ । बोलिभियालाई हराँउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेता बनेको छ । समूह डी अन्तर्गत बुधबार बिहान वासिङटनमा भएको आफ्नो अन्तिम खेलमा बोलिभियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले समूह विजेता बनेको हो । अर्जेन्टिनाले बोलिभियालाई हराएसँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ। खेलको १३ औ मिनेटमा लामेलाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि १५ औँ मिनेटमा लाभाजीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

यस्तै खेलको ३२ औँ मिनेटमा भिक्टोर लिएन्ड्रोले गोल गरेपछि अजेन्टिना पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा ३–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा दोस्रो हाफमा बोलिभियालाई दबाबमा राखे पछि अर्जेन्टिनाले थप गोल गर्न भने सकेन । समूह चरणमा सबै खेल जितेको अर्जेन्टिनाको ९ अंक भएको छ ।

सन् २००७ पछि ९ अंकसहित समूह विजेता बन्ने अर्जेन्टिना पहिलो टिम हो । पहिलो खेलमा चिलीलाई २–१ ले हराएको अर्जेन्टिनाले दोस्रो खेलमा पानामाथि ५–० को शानदार जित दर्ता गरेको थियो । समूह डी बाट चिली उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ । क्वाटरफाइनलमा अब अर्जेन्टिनाले समूह सीको उपविजेता भेनेजुएला तथा चिलीले समूह सीको विजेता मेक्सिकोसँग खेल्नेछ ।

पोर्चुगललाई रोक्न आइसल्याण्ड सफल,हंगेरीले अष्ट्रियालाई हरायो

काठमाडौं,असार १ ।

युरो कप फुटबलको उपाधि दावेदार पोर्चुगललाई आईसल्याण्डले बराबरीमा रोकेको छ । मंगलबार राति भएको आफ्नो पहिलो खेलमा पोर्चुगलले पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको आइसल्याण्डसँग एक एक गोलको बराबरी खेलेको हो ।

खेलको ३१ औं मिनेटमा पोर्चुगलका नानीले पहिलो गोल गरे । तर दोस्रो हाफको ५० औं मिनेटका आईसल्याण्डका बिर्की बार्नासनले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।

यो बराबरीपछि पहिलो पटक युरोकप फुटबल खेलिरहेको आईसल्याण्डले प्रतियोगिताको पहिलो खेलबाटै १ अंक जोडेको छ । यही समुहको अर्को खेलमा हंगेरीले अष्ट्रियालाई २–० ले हरायो । खेलमा हंगेरीका लागि एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे ।त्यस्तै अर्को खेलमा  हंगेरीले विजयी सुरुवात गरेको छ । हंगेरीले अष्ट्रियालाई २–० ले हराँउदै विजयी सुरुवात गरेको हो ।

खेलमा हंगेरीका लागि एडम जालाई र जोल्टन स्टिबरले एक–एक गोल गरे । सन् १९८६ पछि पहिलो पटक मुख्य अन्तर्राष्ट्रिय प्रतियोगितमा फर्किएको हंगेरीका लागि युरोकपको पहिलो खेल महत्वपूर्ण बन्यो ।

हंगेरी ३० वर्ष अघि विश्वकपमा सहभागी भएयता कुनै पनि ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएको यो पहिलो पटक हो । युरोकपमा हंगेरी ४४ वर्षपछि फर्किएको हो ।

यसअघि सन् १९७२ मा हंगेरीले युरोकप खेलेको थियो । छनौट चरणमा उत्कृष्ट प्रदर्शन गरेको तथा फिफा बरियतामा १० औं स्थानमा रहेको अस्ट्रियाले भने त्यो प्रदर्शनलाई कामय राख्न सकेन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web