एजेन्सी,असार १ । बोलिभियालाई हराँउदै अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेता बनेको छ । समूह डी अन्तर्गत बुधबार बिहान वासिङटनमा भएको आफ्नो अन्तिम खेलमा बोलिभियालाई ३–० ले हराउँदै अर्जेन्टिनाले समूह विजेता बनेको हो । अर्जेन्टिनाले बोलिभियालाई हराएसँगै क्वाटरफाइनलको समिकरण पूरा भएको छ। खेलको १३ औ मिनेटमा लामेलाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। त्यसको दुई मिनेटपछि १५ औँ मिनेटमा लाभाजीले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे।

यस्तै खेलको ३२ औँ मिनेटमा भिक्टोर लिएन्ड्रोले गोल गरेपछि अजेन्टिना पहिलो हाफमै ३–० को अग्रता लिन सफल भएको थियो। पहिलो हाफमा ३–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा दोस्रो हाफमा बोलिभियालाई दबाबमा राखे पछि अर्जेन्टिनाले थप गोल गर्न भने सकेन । समूह चरणमा सबै खेल जितेको अर्जेन्टिनाको ९ अंक भएको छ ।

सन् २००७ पछि ९ अंकसहित समूह विजेता बन्ने अर्जेन्टिना पहिलो टिम हो । पहिलो खेलमा चिलीलाई २–१ ले हराएको अर्जेन्टिनाले दोस्रो खेलमा पानामाथि ५–० को शानदार जित दर्ता गरेको थियो । समूह डी बाट चिली उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ । क्वाटरफाइनलमा अब अर्जेन्टिनाले समूह सीको उपविजेता भेनेजुएला तथा चिलीले समूह सीको विजेता मेक्सिकोसँग खेल्नेछ ।

25.12¡ÆC