काठमाडौं,असार २ । २०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो–काठमाडौंको भू–सतहभन्दा १० किलोमिटर तल ७.३ रिक्टर स्केलसम्मको भूकम्प जानसक्ने ऊर्जा संकलन भएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ। त्यो भूकम्प जुनसुकै बेला पनि जान सक्छ। तर, तिथि र समय नै तोक्न सक्ने अवस्था भने छैन। पराकम्प गएर पनि त्यो ऊर्जा क्षय नहुने वैज्ञानिकहरुको तर्क रहेको छ। सो अनुसन्धानको रिपोर्ट विज्ञानसम्बन्धी विश्वकै प्रतिष्ठित नेचर जिओसाइन्स म्यागेजिनमा बुधबार प्रकाशित भएको छ। अनुसन्धानमा संलग्न वैज्ञानिक तथा नेपाल भौगर्भिक समाजका अध्यक्ष डा. दण्डपाणि अधिकारीले भने, ‘उता प्रकाशित नभइकन हामीले बोल्न नमिल्ने भएकाले अहिलेसम्म चुप लागेर बसेका हौं।’

उनले १० किमिको जमिन धाँजा फाटेको कुरालाई आधा च्यातिएको लुगासँग तुलना गर्दै भने,‘गोरखाको बारपाकभन्दा तलको जमिनको धाँजा फाटेको छ। त्यो धाँजा ललितपुरको खुमलटारसम्म छ। त्यो च्यातिएको कपडाजस्तै धाँजा सिमरासम्म च्यातिएको भए ऊर्जा समाप्त हुन्थ्यो। तर, यथावत् रहेकाले त्यसको निश्कासन कसरी हुन्छ भन्न सक्ने अवस्था छैन।' वैज्ञानिकहरुले किन यसरी अातंक फैलाउने काम गरिरहेका छन् भन्ने प्रश्नमा अधिकारीले भने,'हामीले २५ वटा जिल्लामा जीपीएस प्रणालीद्वारा मेसिन नै राखेर त्यसको तथ्याकको अधारमा यो कुरा भनिरहेका छाैं। सुन्दा अप्रिय लाग्न सक्छ। तर,वास्तविकता यही हो। तथ्यको अधारमा यो कुरा भनिएको हो। सर्वसाधारण मानिक सतर्क भएर बस्नु जरुरी रहेको छ।' उनका अनुसार तथ्यहरु अध्ययन गर्दा यो अवधिमा ती जिल्लाहरुमा जमिनको हलचल एकदमै न्यून मात्रै पाइएको थियो।

काठमाडौं,असार २ । एसएलसी सकेका विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुन विषयअनुसार ग्रेडिङको आधार तोकिएको छ । शिक्षा मन्त्रालयले कक्षा ११ मा पढाइ हुने विषयका आधारमा १२ समूह बनाएर न्यूनतम ग्रेड प्वाइन्ट एभरेज (जिपिए) र विषयअनुसारको न्यूनतम ग्रेड तोकेको हो ।

एसएलसीमा कम्तीमा १.६ ग्रेड प्वाइन्ट एभरेज (जिपिए) हुने र अंग्रेजी विषयमा कम्तीमा डी प्लस ल्याउने विद्यार्थी अरु विषयमा डि वा इ ल्याए पनि कक्षा ११ मा भर्ना हुनबाट बञ्चित नहुने शिक्षा मन्त्रालयले जनाएको छ । तर, कमजोर ग्रेड भएका विद्यार्थीले रोजेको विषय पढ्न पाउने छैनन् । साइन्सका लागि न्युनतम जिपिए २.० हुनुपर्ने र बिभिन्न विषयको न्युनतम ग्रेड फरक निर्धारण गरिएको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उच्च माध्यमिक शिक्षा परिषद र सिटिइभिटिसंग छलफल गरी शिक्षा मन्त्रालयले कक्षा ११ मा भर्ना पाउने आधार बुधबार तय गरेको हो । परिषदका उपाध्यक्ष चैतन्य शर्माले ‘स्पेशिफिक’ भएर भर्नाको आधार तोकिएको बताए ।

नम्बरका आधारमा ग्रेड ९० र त्यसभन्दा माथि ए प्लस, ८० र त्यसमाथि ९० भन्दा कमलाई ए, ७० र त्यसमाथि ८० भन्दा कम बी प्लस, ६० र त्यसमाथि ७० भन्दा कम बी, ५० र त्यसमाथि ६० भन्दा कम सी प्लस, ४० र त्यसमाथि ५० भन्दा कम सी, ३० र त्यसमाथि ४० भन्दा कम डी प्लस, २० र त्यसमाथि ३० भन्दा कम डी, २० भन्दा कम ई ग्रेड निर्धारण गरिएको छ ।

काठमाडौं,असार २ । यस वर्षको एसएलसीको नतिजा आज सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पुरा भइसकेको जनाएको छ । यो बर्ष फेल, पास र डिभिजन नभएका कारण नतिजा हेर्न केही कठिनाई पर्ने देखिन्छ । तर यस वर्षपनि विद्यार्थीले मोवाइलबाट एसएमएस गरि र वेबसाइटमा आफ्नो सिम्बल नम्बर टाइप गरि ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । २०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

एसएलसीको नतिजा थााहा पाउन तलका विधिहरु प्रयोग गर्नुहोस् :

काठमाडौं,असार २ । सरकारले एचपी ब्रान्डको ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ । एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले यस उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यासलाई खरिद ढुवानी आदेश नदिलने निर्णय गरेको आजको कारोबार दैनिकमा समाचार छ ।

आपूर्ति व्यवस्थापनम तथा हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले झन्डै १ महिनाअघि एचपी ग्यास विस्फोटबाट ३ जनाको मृत्यु भएकोले उद्योगमाथि सो प्रतिवन्ध लगाइएको जानकारी दिए ।

पीडीओ रोक्का भएपति एचपी ग्यास उद्योग बन्द हुनेछ । एचपीले मासिक ६० बुलेट ग्यास आयत गर्दै आएको छ । यो ग्यास ७५ हजार उपभोक्ताको घरमा पुग्छ । जेठ ७ गते ललितपुरको इछताछेमा ग्यास सिलिन्डर विस्फेट हुँदा ३ जनाको ज्यान गएको थियो ।

खाना पकाउने ग्यासको सिलिन्डरमा फलामको पातको मोटाइ नेपाल गुणस्तरअनुसार २.९ मिलिमिटर हुनुपर्नेमा विस्फोट भएको ग्यासको पाताको मोटाइ १.८३ मिलिमिटर पाइएको थियो । एचपीका उपभोक्ताले अब के गर्ने भन्ने निर्णय भएको छैन । एचपी ग्यासका उपभोक्ताको सम्बन्धमा निगमले नै निर्णय गर्ने जनाइएको छ ।

एजेन्सी,असार २ । युरो कप फुटबल खेलमा फ्रान्सले लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर एन्टोनी ग्रिजम्यान र दिमित्री पयेटले गरेको गोलको मदतमा अल्बानियालाई २-० ले हराउँदै फ्रान्स युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहीबार विहान भएको खेलमा आयोजक फ्रान्सले अल्बानियालाई हराँउदै फ्रान्स अन्तिम १६ मा स्थान बनाउन पहिलो टोली बनेको छ । खेलको ९० औँ मिनेटमा फ्रान्सका ग्रिजम्यानले गोल गर्दै खेलमा अग्रता दिलाए । थपिएको अतिरिक्त सात मिनेटको अन्त्यतिर फ्रान्सका पयेटले गोल गरेपछि अल्बानिया २-० ले पछि पर्यो । अल्बानियाले गोल गर्ने केही अवसरलाई सदुपयोग गर्न सकेन ।

एजेन्सी,आसर २ । युरो कप फुटबलमा रोमानियाले स्विट्जरल्याण्डालाई बाराबरीमा रोकेको छ । बुधबार राति पेरिसमा भएको खेलमा एडमायार मेहमेदीको शानदार भलीको मदतमा स्विट्जरल्याण्डले रोमानियासँग १-१ को बराबरी खेलेको छ । रोमानियाका बोगडन स्टानकुले खेलको १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा हाबी भएपनि गोल गर्न भने स्विट्जरल्याण्डले ५७ औं मिनेटसम्म कुर्नु पर्यो । स्विट्जरल्याण्डका लागि अहमद मेहमेदीले ५७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएका हुन् । जित हात पारेको भए स्विट्जरल्याण्डले नकआउट चरणमा प्रवेश गर्ने थियो । तर, अन्तिम खेलसम्म कुर्नु पर्ने भएको छ ।

१ असार, कञ्चनपुर । मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नया नया ट्रिकहरु प्रयोग गर्दे नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य पछिल्ला दिनहरुमा खुल्दै आईरहेका छन । तस्करहरुले विभिन्न नयाँ नयाँ योजना हरु मार्फत मानव तस्करी गर्ने क्रममा घरपरिवारका सदस्य बुवा, दाजु–भाई लाईनै प्रयोग गर्दै युवतीहरुलाई तस्करी गर्न नयाा ‘ट्रिक’ अघी सारेका हुन् । आज मंगलबार मात्रै माईती नेपाल कञ्चनपुरले बाबु र सहोदर दाजु संगै भारत जान लागेका चार युवतीलाई पश्चिमी सिमानाका गड्डाचौकीबाट रोकथाम गरेको छ । माईती नेपाल कञ्चनपुरका अनुसार एक सिन्धुपाल्चोक र ३ काभ्रेका युवतीहरुलाई बेचबिखनको जोखिममा पर्नबाट जोगिएका हुन उनीहरुलाई भारतको वाटो हुदै रोजगारीका लागी ईराक जान लागेका पाईएका छ । २० बर्ष देखि २२ बर्ष उमेर समुहका चार वटै युवतीलाई बुवा र दाजु संगै बसमा भेटिए पछि गड्चौकीमा चेक जाँचका क्रममा माईती नेपालले उनीहरुलाई नियन्त्रणमा लिएको थियो काठमाण्डौ देखि दिल्लीको बसमा आएका चारै जनाले भारतको सिम्ला पहाड घुम्न जाने बताए पछि जोखिममा पर्न सक्ने भन्दै उनीहरुलाई पुर्याउन आएका बाबु सहित नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनीहरुले भारतको दिल्ली बाट ईराक जाने बताएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ चारै जनालाई गाँउकै दलालहरुले रोजगार दिने भन्दै प्रलोभनमा पारी जोखिम पारेको माईती नेपाल कञ्चनपुरले जनाएको छ । दलालले नै काठमाडौं देखी दिल्ली सम्मको टिकट कटिदिएको र दलालले सिमा क्षेत्रमा कसैले सोधपुछ गरेपछी बाबु संग घुम्न जाने भनि सिकाएको माईती नेपाल समक्ष ति युवतीहरुले बताएका छन । माईती नेपाल कञ्चनपुरले चारै युवतीहरुलाई नियन्त्रणमा लिए पछि उनीहरुका पुर्याउन आएका बाबु र दाजुलाई लाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ भने युवतीहरुलाई माईती नेपाल कञ्चनपुरका आवधिक गृहमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक केदार खनाले मानव तस्करले युवतीका घरपरिवारका सदस्य लाईनै प्रयोग गरेकाले उनीहरुलाई घर फर्काउने बताउनुभएको छ । यसरी मानव तस्करहरुले गरिब र भुकम्प प्रभावित जिल्लाका युवतीहरुलाई अवैधानिक तरिकाले खाडि मुलुक पठाउने र शारिरिक शोषण तथा यौन धन्दा गराउनका लागि रोजगारी दिने षडयन्त्र रचेर युवतीकै घरपरिवारका बुवा, दाजुभाइृ लाईनै प्रयोग गरिरहेका छन् । माईती नेपाल कञ्चनपुरले मात्रै भुकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ६० जना महिलाको रोकथाम गरी परिवारजन लाई बुझाएको र १८ जना को जोखिममा परिसके पछि उद्धार गरीसकेको छ । जसमध्ये भारत का विभिन्न सहरबाट १६ जना महिला तथा कञ्चनपुर बाट २ जना महिलाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।

पप्पु गुरुङ्, १ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीले पुगाउदै आएको क्षति रोक्न आरक्ष कार्यालयले सौर्य उर्जामा आधारित बिद्युतिय तारबारको ब्यबस्था गरेपछि स्थानीय कृषक हर्षित बनेका छन् । भारतीय सिमा जोडिएको दोधारा चाँदनीमा जंगली हात्तीले गरिरहेको क्षति रोक्न आरक्षले परिक्षणका रुपमा बिद्युतिय तारबारको योजना अघि सारेको छ । सौर्य उर्जामा आधारित बिद्युतिय तारबारले किसानहरुको अन्नबाली जोगाउन तथा मानविय क्षती हुन रोक्न सहयोगी हुने भएकाले शुक्ला फाँटा वन्य जन्तु आरक्ष कार्यालयले तारबारको नयाँ तरिका परिक्षणका लागी कञ्चनपुरको दोधारा चाँदनीको वडा नं. ३, बडुवाल टोलमा योजना अनुरुप बिद्युतिय तारबार लगाईएको आरक्ष कार्यालयले जनाएको छ् । जंगली हात्तीको आतंक रोक्न प्रयोग गरिदै आएका अन्य उपायका दाँजोमा सौर्य उर्जामा आधारित बिद्युतिय तारबार प्रभावकारी हुने आरक्ष अन्तर्गत गठित हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । ४ किलोमिटर लामो क्षेत्रमा बिद्युतिय तारबारले दोधारा चाँदनीको बडुवाल टोल क्षेत्र घेरवार गरिएको स्थानिय चन्द्र सिंह लोहारले जानकारी दिनुभएको छ् । “आज बाट बिद्युत छाड्ने तयारी गरेका छौं” स्थानिय लोहारले बताउनु भयो । बिद्युतिय तारबारमा आज देखि बिद्युत छाड्ने तयारीको लागी सबैमा सार्वजनिक सुचना समेत प्रकाशित गरिएको बताईएको छ् । भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरले र स्थानिय, सामुदायिक बनको सहयोग रहेको हो । ३ किलोमिटर लम्बाईको बिद्युतीय तारवार जडान पश्चात बडुवाल टोलमा हात्तीको आतंक निर्मुल हुने स्थानियहरु बताएका छन् । १ सय २५ घरधुरी रहेको बडुवाल टोलमा ६ सय ६९ परिवार बसोबास गर्दै आएका छन् ।

एजेन्सी,असार १ । युरो कप फुटबलमा स्लोभाकियाले रसियालाई पराजित गरेको छ । समूह बी अन्तरगत बुधबार भएको खेलमा स्लोभाकियाले रसियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

स्लोभाकियाका लागि खेलको ३२ औँ मिनेटमा भ्ल्यालिमिर विसले गोल गर्दै अग्रता दिलाए । यस्तै खेलको ४५ औँ मिनेटमा ह्यामसिकले गोल गर्दै अग्रता दोब्बर पारे । रसियाका लागि ग्लुसाकोभले ८० औँ मिनेटमा गोल गर्दै केही आशा जगाएका थिए । खेलको अन्तिम समयतिर रसियाले स्लोभाकियालाई केही दवावमा राखेपनि थप गोल गर्न सकेन ।

२ असार, टोकियो ।
नेपाली राजदूतावास जापान, गैर आवासिय नेपाली संघ जापानको आयोजना र नेपाल सरकार पररास्ट्र मन्त्रालयको विशेष सहयोगमा हुन लागेको नेपाल डे फेस्टिवलको स्टल बुकिङ जुन २५ सम्मका लागि तोकिएको छ ।

आउँदो अगस्त ६ र ७ तारिक योयोगी पार्क टोक्योमा हुन गैरहेको नेपाल डे फेस्टिवल २०१६ को स्टल धमाधाम बुकिङ भइरहेको एनआरएन जापान अध्यक्ष सुदन थापाले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

अध्यक्ष थापाका अनुसार स्टल बुकिङको अन्तिम म्याद यहि महिना को २५ तारिक अर्थात् जुन २५ सम्म भएकोले इच्छुक ब्यबसायी तथा व्यक्तिहरुलाई बुकिङ गर्न आग्रह गर्नुभयो ।

दुई दिवसीय नेपाल डे फेस्टिवलमा खाद्यजन्य स्टलका लागि प्रतिस्टल जापानी ३२ मान येन शुल्क र नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ वर्ष गाठ पुनित अबसरमा सम्पूर्ण स्टल हरुको ब्यानर एकै किसिमको बनाइने हुनाले ब्यानर बापत ं थप ३ मान लाग्ने बताइएको छ ।

कुल ३५ मान येन लाग्ने र सेवामुलक स्टलका लागि प्रति स्टल १० मान येन लाग्ने मुल आयोजक समितिले बताएको छ ।

बुकिङ्ग गर्ने तरिका
एन.आर.एन.ए. जापानको खाता नम्बरमा एकमुस्ट रकम जम्मा गरेर तलको फारम भरि एनआरएनए कार्यालयमा पठाउनु पर्ने छ । खाद्यजन्य स्टलको लागि रेस्टुरेन्टको एइग्योउ क्योउकास्योउ, मेनु तथा सेवामुलक स्टलका लागि कम्पनीको तोहॊन समाबेश गरी पठाउनु पर्ने छ । आबस्यक थप जानकारीको लागि एनआरएनए जापानको कार्यालय अथवा मूल आयोजक कमिटि संग सम्पर्क गर्न सक्ने छ ।

सम्पर्क गर्न एनआरएनका पदाधिकारीहरु
सुदन थापा ०८०-४१५३-१२१६
टासी लामा ०८०-३१७८-२७८२
प्रल्हादसिंह महत ७०१-३६८९-९२२
सरोज खत्री ०८०-५६७२-४६४७
जनक बिक्रम शाही ०९०- ५७८५-६३०२
बुद्धि घिमिरे ०९०-९३९५-१८४३
दिपक थापा ०८०-४६१०-४८२१
सन्दीप ढुंगाना ०९०-८३४६-५०७९
लेनिन भट्टचन ०८०-६५८६-५००३
साथै सम्पूर्ण कमिटिका सदस्यहरु संग सम्पर्क गर्न सक्ने आयोजक समितिले जनाएको छ ।

काठमाडौं,असार १ । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेड (नेवैली) वीच कोषको रकम बैकको केन्द्रिय खातामा एविविएस मार्फत सिधै जम्मा हुने सम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थावीच बुधबार सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले २०७३ साउन देखी कोषको रकम केन्द्रिय खातामा जम्मा हुने बताए । सो अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, कर्चचारी वचत वृद्धि अबकास कोष महाशाखा प्रमुख हेमन्त पोखरेल र अधिकृत जनक राज कडेल तथा बैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, नायव महाप्रवन्धक अरविन्द श्रेष्ठ , मुख्य प्रवन्धकद्वय सुरेश सेखर बज्राचार्य तथा श्याम सुन्दर कडेल सहभागी भएका थिए ।

सम्झौता अनुरुपको कार्य शुरु भएपछि नेपाल भरी बैंकका शाखाहरुमा कोषको नाममा रहेका सबै खाता बन्द गरी बांकि रहेको सम्पुर्ण रकम बैंकको बैंकिङ अफिस काठमाण्डौ स्थित कोषका सम्बन्धित खाताहरुमा बैंकले जम्मा गर्नेछ । यस्को लागि पाँचवटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नं. उल्लेख भएको अलग अलग भौचरको व्यवस्था बैंकले गर्ने जानकारी कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए । त्यस्ता खाताहरुमा ना.ल कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, नाल कोष निजामती बिमा कोष, ना.ल कोष शिक्षक बिमा कोष, नाल कोष सैनिक बिमा कोष र नाल कोष नेपाल प्रहरी बिमा कोष रहने छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ।

काठमाडौं, असार १ । पायनियर स्कुलले १२ औ अन्नपूर्ण मैत्रीपूर्ण खुल्ला अन्तरस्कुल बुद्धीचाल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि विजेता पायनीयरले तीन स्वर्ण र दुइ रजत सहित नौ पदक साथ ३५ अंक हात पारेको होे । आयोजक अन्नपूर्ण उच्च माबीको दुइ स्वर्ण सहित २९ अंक लीएर उपविजेता भयो । यसैगरी, बिन्धबासीनी स्कुल २६ अंक सहित तेश्रो भयो ।

बुधबार अन्तिम दिन छात्रा यु–१२ मा ग्रीनल्यान्डकी समृद्धी पाण्डे पहिलो, हिमालयनकी स्रिमन प्रधान दोश्रो तथा अन्नपूर्णकी अमृता पाण्डे तेश्रो भए । यसै उमेर समुहको छात्र स्पर्धामा अन्नपूर्णका दिपेन्द« गमाल पहिलो, पायनीयरका मन्दिप राइ दोश्रो तथा अन्नपूर्णका आदर्श जैयसवाल तेश्रो भए ।

छात्रा यु–१४ मा पायनीयरकी अनिषा न्यौपाने पहिलो, भानुभक्त स्कुलकी मेनुकला बस्नेत दोश्रो तथा एभीएमकी अलिना केसी तेश्रो भए । सोही उमेर समुहको छात्र तर्फ अन्नपूर्णका मोहम्मद अदनना अदील पहिलो,हिमालयन स्कुल भक्तपुरकी निकेन कुसाथा दोश्रो तथा अन्नपूर्णका समिर अन्सारी तेश्रो भए ।

१४ बर्ष भन्दा माथिको उमेर समुहमा छात्रा तर्फ पायनीयरकी आभा पुडासैनी पहिलो,पुष्पसदनकी दिपा रोका दोश्रो तथा सुप्रीमकी अस्मिना मगर तेश्रो भए । छात्र तर्फ दिपज्योतीका अपिल रिमाल पहिलो,पायनीयरका सुदिप तामाङ्ग दोश्रो तथा ग्रीनल्यान्डका युवराज पौडेल तेश्रो भए ।

प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी नेपाल बुद्धीचाल संघका अध्यक्ष एकालाल श्रेष्ठ, बिशिष्ट अतीथी बीद्यालय निरिक्षक सुर्यनाथ कोइराला र अन्नपूर्ण स्कुलका प्राचार्य चन्द« प्रकास राजभण्डारी लगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे ।