Three dead in tipper accident

Three people were killed when a tipper met with an accident at Peda of Saigha VDC of Dang last night.

Of the deceased, two have been identified while the identity of the third is yet to be ascertained.  Driver Tilak Bahadur Gharti, 27, of Malta-9, Salyan, his helper and Ajay Nepali, 18, of Saigha-2 are those killed in the accident.

Khim Bahadur Sarki, 19, of Saigha-2, seriously injured in the accident. He has been referred to Nepalgunj of Banke for further medical treatment

PM Oli calls for National Unity Govt.

Prime Minister KP Sharma Oli today said that a national consensus government is a must for the welfare of the country.

Talking to media persons at Nepalgunj Airport, he claimed that preparations were afoot to form a national consensus government instead of dissolving the incumbent government.

PM Oli was on his way to Surkhet to join the meeting of the Senate of the Mid Western University, Birendranagar.

He further said the discussions are underway with all opposition political parties for consensus.

PM said national consensus is a must for proper implementation of the constitution.

Effective implementation of NHRC recommendations sought

National Human Rights Commission (NHRC) Chairperson Anup Raj Sharma has said the government should fully implement the recommendations in relation to the violations of human rights.

Inaugurating the two-day seminar called "Multi Stakeholders National Dialogue to Foster Cooperation for an Effective Implementation of UPR Recommendations in Nepal" today, the NHRC Chair insisted on making collective efforts from the Commission, government and people's level to protect and promote human rights.

डडेल्धुरा जीप दुर्घटनामा दुई नावालक सहित १३ जना घाईते

२६ जेठ, डडेल्धुरा ।
डडेल्धुरा सदरमुकाम नजिकै बुधवार साँझ भएको जीप दुर्घटनामा दुई नावालक सहित १३ जना घाईते भएका छन् ।

सदरमुकाम बागबजारबाट भागेश्वरका लागि हिडेको म १ ज १२४ नम्बरको जीप दुर्घटना हुदा १३ जना घाईते भएका हुन् ।

एक नाबालक सहित २ जना घाईतेको अवस्था गम्भीर रहेको छ । गम्भीर घाईतेहरुलाई नेपालगञ्ज रेफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । अन्य घाईतेहरुको उपक्षेत्रीय अस्पतालमै उपचार भईरहेको छ ।

कच्ची र खराब सडकका कारण दुर्घटना भएको जनाईएको छ । जीपमा जम्मा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनगढी उपमहानगरपालिकाका इन्जिनियर भट्टलाई कालोमोसो

२६ जेठ, धनगढी ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  माओवादीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाका ईन्जिनियर दिजराज भट्टलाई कालोमोसो दलेको छ ।

भट्टले योजना बापत विभिन्न ठेकेदार र उपभोक्ता समितिका अध्यक्षसंग कमिशनवापत १५ प्रतिशतसम्म  रकम माग्ने गरेको पाइएपछि कालोमोसो दलिएको सो पार्टीले जनाएको छ ।

उनलाई मंगलबार बिहान कार्यालयमै गएर कालोमोसो दलिएको हो ।

पटक पटक सुध्रिन सचेत गराउदा समेत नसुध्रिएको र भ्रष्टाचार  झन् बढेकोले चेतावनी स्वरूप कालोमोसो दलिएको विप्लव माओवादीको विद्यार्थी भातृ संगठनका नेता बिरेन्द्र बिकेले जानकारी दिए ।

इन्जिनियर भट्टसहित उपमहानगरपालिकाका कतिपय कर्मचारीमाथि भ्रष्टारको आरोप लाग्दै आएको थियो । कतिपय कर्मचारी कार्यालयमा नबस्ने र कार्यालय समयमै होटेलहरुमा भेटिने गरेको सेवाग्राहीले गुनासो गर्दै आएका थिए ।

प्रहरीले कालोमोसो दल्नमा संलग्नको खोजी गरिरहेको जनाएको छ ।

जापानमा भिमाको उपचार खर्च उठ्न थाल्यो, नयाँ जीवनको लागि याचना

२६ जेठ, टोकियो ।

मंगलबार साँझसम्म टपनेपालन्युजडटकमले प्राप्त गरेको सहयोग रकम र सहयोगी दाताहरुको नाम र रकम यस प्रकार छ ।

प्राप्त सहयोग रकम अनुसार जापानमा सफल युवा व्यवसायी तथा समाजसेवीको रुपमा परिचित दिलु खत्रीले व्यक्तिगत तर्फ जापानी येन १ मान अर्थात् १० हजार सहयोग गर्नुभएको छ ।

यसैगरित वल्र्ड नेपाल अर्गनाइजेसन जापानले पनि ५० हजार सहयोग घोषणा सहित थप सहयोग जुटाउन पहल थालेको छ ।

भिमाको उपचारको लागि नेपाली साझा समाज जापानले ६६ हजार सहयोग सहित सहयोग जुटाउन अभियान थालेको छ ।

साथै ०७०–४६९१–९८४९ मा सम्पर्क गरी सक्दो सहयोग गर्न समेत उनले अनुरोध गरेकी छिन् ।
२३ बर्षीय श्रेष्ठको जीवन रक्षाका लागि सहयोग गर्न चाहने व्यक्तिले उनको जापानको हुलाक खाता नंम्वर १७४९०–६०९८९०११ मा रकम जम्मा गर्न सक्नेछन् ।

मटुको भल्भले नै काम गर्न छोडेको र त्यो फेर्नुपर्ने अन्तिम बिकल्पपछि उनका साथीहरुको सहयोगमो जापानमा अहिले उपचारखर्च जुटाउने काम भइरहेको छ ।

एकमहिना भित्र मुटुको भल्भ फेर्नुपर्ने र त्यसको लागि करिव नेपाली रुपैयाँ १५ लाख लाग्ने बताईको छ ।

आफ्नो जिवन जापानमा रहेका नेपालीहरुको हातमा रहेको बताउँदै सहयोगको याचना गरेपछि अपस्तालको शैयामा मृत्युसंग लडिरहेकी भिमाको लागि सहयोग जुट्ने क्रम बढेको छ ।

भिमा सन् सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी हुन् । जापान आएको केही समयपछि मुटुमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गर्दै आएकी भिमाको मुटुको भल्वमा समस्या देखापरेपछि उनले उपचारमा लाग्ने खर्च अभावमा सहयोगको अनुरोध गरेकी थिइन् ।

बिद्यार्थी भिषामा जापान पढ्न आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ हाल नेरिमास्थित हिकारीगाओका अस्पतालमा उपचाररत छिन् ।

मुटुमा समस्या आएपछि आर्थिक सहयोगको याचना गरेकी भिमाकुमारी श्रेष्ठको उपचारमा सहयोग रकम जुट्ने क्रम बढेको छ ।

२६ जेठ, टोकियो ।
दिलु खत्री-१००००¥
पेम्बा लामा-५५००¥
जिबन खड्का ५०००¥
उल्लास पाण्डे ५०००¥
डिपी कडेल-५०००¥
हरीचन्द्र बिस्ट-५०००¥
कपीलदेब थापा-५०००¥
रोशन केसी-५०००¥
टिकाराम खरेल-५०००¥
नबराज थापा-५०००¥
राजेन्द्र प्रसाद जमर्कट्टेल -५०००¥
नबिन थापा५०००¥
भिम क्षेत्री(गल्कोट खरुवा)-५०००¥
चिरन्जीबी थापा-५०००¥
बाबुराम सापकोटा-३५३५¥
सन्त खत्री-३०००¥
गमन बुढाथोकी(बाग्लुङ हिल)-३०००¥
यदुराम सापकोटा-३०००¥
रामजँग कार्की३०००¥
बद्री पौडेल-३०००¥
लक्ष्मण अर्याल-३०००¥
निकेश श्रेस्ठ-२५००¥
एकेन्द्र थापा-२१००¥
लक्ष्मण थापा-२०००¥
खगराज कडेल-२०००¥
चेतन अर्याल-२०००¥
शरदराज लामिछाने-२०००¥

सहयोगी मन हरु प्रती हार्दीक नमन

संगीतकार गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी

काठमाडौं, जेठ २५ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । मंगलबार बेलुका पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो ।  उहाँको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभयो । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए ।

राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गर्नुभयो । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।

यसअघि स्वर्गीय गुरुङको पार्थिव शरीरलाई बिहान ११ बजेदखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । उहाँको उपचारका क्रममा मंगलबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत सङ्गीत क्षेत्रका व्यक्ति र हजारौँ सर्वसाधरण सहभागी भएका थिए ।

अम्बर गुरुङको पार्थीव शरिर प्रज्ञा भवनमा,हिन्दू र बौद्ध दुवै विधिबाट अन्येष्टि आजै

काठमाडौं,जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङ हिन्दू र बौद्ध दुवै विधिद्वारा अजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । मंगलवार विहान २ बजेर ३७ मिनेटमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल निधन भएका गुरुङ आज साँझ अन्तेष्टि गरिन लागेको हो । उहाँको शवलाई अहिले श्रद्धाञ्जलीको लागि नेपाल प्रज्ञा–प्रतिष्ठान राखिएको छ । अपराह्न ३ बजेसम्म श्रद्धाञ्जलीको लागि राखिने भएको छ ।  महीनादिन अघिमात्र भारतमा उपचारपछि फर्कनुभएका गुरुङ रोगले च्यापेपछि हप्तादिन अघि अस्पताल भर्ना हुनुभएको थियो । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ राष्ट्रिय गानका सङ्गीतकार समेत हुनुहुन्छ । सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङले नेपाली संगित क्षेत्रको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको छ ।

राष्ट्रियगानका संगितकार समेत रहेका गुरुङले सयौंको संख्यामा लोकप्रिय र कालजयी नेपाली गीतहरुमा स्वर तथा संगीत भर्नुभएको छ । उनको पहिलो गीत ‘नौलाख तारा उदाए’ विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए । उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भएका थिए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए ।

त्यस्तै ‘फर्केर हेदार्’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा समेत उनले सङ्गीत भर्नुभएको नेपाली गीतसङ्गीतका अध्येता प्रकाश सायमीले बताए ।त्यसैगरी उनले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए, ‘म अम्बर हुँ, तिमी धर्ती’ लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए । उनी गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । जनजीवनमा उनलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो ।

नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने छ÷सात सय गीत उनकै शब्द र स्वरमा रहेका छन् । महाकबि लक्ष्मीप्रसाद देवकोटाको लोकप्रिय गीतिनाटक कुन्जिनी र मुनामदन, राष्ट्रकवि माधव घिमिरेको लोकप्रिय गीतिनाटक मालति मङ्गले लगायतका कृतिहरुमा पनि गुरुङले संगित दिएका छन् । गुरुङका पत्नी तीन छोरा र एक छोरी हुनुहुन्छ ।  सयौं थुंगा नेपालीको एउटै माला नेपालीलाई संगीतले जोडेर अमर बनाउने अम्बर गुरुङ आफ्ना सिर्जनामार्फत जुगजुग अमर रहनेछन् ।

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी,जेठ २५ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कोपा अमेरिका अन्तर्गतको मंगलबार बिहान भएको समूह डीको खेलमा अर्जेन्टिनाले गएको वर्षको विजेता चिलीलाई २–१ ले हरायो ।  अर्जेन्टिनाको जितमा एन्जल डी मारिया र एभर बेनेगाले एक एक गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा रहेपनि दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसको लगत्तै ५९ औं मिनेटमा अर्जेन्टिनाकै बानेगाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । चिलीका लागि इन्जुरी समयमा होसेफ पेड्रोले एक गोल फर्काए ।  अर्जेन्टिना कोपा अमेरिकाको सबै भन्दा सफल मध्ये एक टिम हो । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

यौन सम्बन्ध राख्न नमानेपछि १९ महिलाको जिउँदै जलाएर हत्या

एजेन्सी,जेठ २५ । इराक र सिरियामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले १९ जना महिलालाई जिउँदै जलाएर हत्या गरेको छ । इराकको मोसल सहरमा आईएस लडाकुहरुले सयौं सर्वसाधारणका अगाडि ती महिलालाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीहरुले जनाएका छन् । आइएस लडाकुसँग यौन सम्बन्ध राख्न नमानेको आरोपमा उनीहरुलाई फलामको पिंजडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको हत्या गरेको जनाएका छन् आजको राजधानी दैनिकमा खबर छ ।

‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ’ : पूर्वउपराष्ट्रपति झा

काठमाडौं, जेठ २५ ।  ‘कुन दिन दशा लागेर उपराष्ट्रपति भइएछ । न कुनै सुविधा छ, न कुनै सरकारी रेस्पोन्स, मानसिक तनाव मात्र बढायो यो पदले ।’ गौरीघाट बौद्धद्वार मार्ग, घर नम्बर ४४६/१४ को दोस्रो तलामा सोमबार बिहान पुग्दा पूर्वउपराष्ट्रपति परमानन्द झा निकै तनावमा देखिए । २०७२ कात्तिक १५ मा सेवानिवृत्त भएपछि उनी लाजिम्पाटको सरकारी निवासबाट गौरीघाटमा रहेको आफ्नै निवासमा सरे । सरकारी सुविधा भन्दै सरकारले चालकसहितको एउटा गाडी दियो । तर, चालकको पारिश्रमिक आएन । इन्धन छैन । पूर्वविशिष्ट पदाधिकारीको सुरक्षाको मापदण्डअनुसार ११ जना सेना खटिए । तिनको बसोबासको व्यवस्थासमेत उनैले आफ्नै घरमा मिलाउनुपर्‍यो ।

पूर्वराष्ट्रपतिलाई भने सरकारले घर, सुरक्षाकर्मी, चालक, सहयोगी सबै उपलब्ध गराएको छ । उनलाई भने कानुन बनेको छैन भन्दै टार्ने गरेको झाको आरोप छ । पूर्वउपराष्ट्रपतिको हैसियतमा कुनै आर्थिक सुविधा छैन । सरकारी चालकदेखि सुरक्षाकर्मीसम्मको भार उनकै जिम्मेवारीमा आयो । समस्या सुनाउन प्रधानमन्त्रीसँग डेढ महिनादेखि भेट्न खोज्दा कुनै प्रतिक्रिया आएन । कानुन मन्त्रीलाई नै भेटौं न त भन्दा समय पाएनन् उनले । उनी तनावमा रहनुको कारण यिनै थिए ।

‘मेरो सुरक्षा र पदीय सम्मान राख्नु राज्यको जिम्मेवारी हो भने सोहीअनुसारको प्रबन्ध हुनुपर्‍यो,’ उनले भने, ‘यी सबै मैले न्यायाधीशको पेन्सनबाट गर्नुपर्ने हो भने मलाई न चालक चाहियो न सेनाको सुरक्षा, सबै फिर्ता लगे हुन्छ ।’ सरकारी सम्मानसाथ भएको बिदाइ समारोहमा सरकारी सुविधा भन्दै दिएको चालक जयनारायण ठाकुरको मासिक पारिश्रमिक नदिनु अनि जानकारी नै नदिई अवकाश दिने घटनाले उनको चित्त बढी कुँडिएको रहेछ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

एमालेमा चर्कियो मतभेद : ओली र नेपालबीच बैठकमै भनाभन, बामदेव मौन

काठमाडौं, जेठ २५ ।  सरकार गिराउनका लागि भारतले नेताहरुबीच विभाजन ल्याउने गरी खेलिदिएपछि सरकार नेतृत्व गरिरहेको नेकपा एमालेको स्थायी समितिमा भनाभन भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भनाभन भएको हो । स्थायी समितिमा बामदेव गौतम भने मौन रहेका थिए । आफ्नो पार्टीले सरकारलाई लोकप्रिय हिसावले चलाउँदाचलाउँदै पनि सरकार परिवर्तन, भद्र सहमतिको नाममा नेपाल र खनालको अभिव्यक्ति आएपछि चिढिएका ओलीको बचाउमा उनी पक्षधर नेताहरुले जवाफ मागेका थिए । नेपाल पक्षका नेताहरुले जवाफको साटो पार्टी र सरकार आफुखुसी चलाउने भन्दै बुर्कुसी मारेका थिए ।

सरकारको नेतृत्व गरिरहेको एमाले र एमाओवादीलगायतका दलहरुको संस्थागत सहकार्य बलियो भएपछि सरकार गिराउन असफल भारत र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत आन्दोलनमा रहेका मधेसी मोर्चाका नेताहरुले एमालेभित्र नेपाल समुहलाई उचालेको थियो । माधव नेपाललाई प्रधानमन्त्री बनाउने खेलमा एमालेभित्र विवाद सृजना भएको थियो ।

भारतसँग चिसिएको सम्बन्ध सुधार्ने जिम्मा नेपालका लागि भारतीय राजदूत रणजित रायकै भएको भन्दै विदेश मन्त्रालयले उनलाई त्यो जिम्मेबारी दिएपछि आफ्ना सवैभन्दा नजिकका नेताका रुपमा उनले एमालेको फरक खेमाका नेता माधवकुमार नेपाललाई भेटेका थिए ।

नेपालले रअका पूर्व प्रमुख आलोक जोशीसँग भेटेपछिका दिनमा सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका थिए ।

‘सरकार हामीले चलाएका छौं, राम्रो जनमतको आधार बनेको छ तर किन विरोध ?’, वैठकमा एक स्थायी समिति सदस्यले प्रश्न गरे, ‘विरोधका लागि विरोध गरेर केही हुन्न हामी कसैको गोटी बन्न हुँदैन ।’ वैठकमा चर्को विवाद भएपछि नैतिक संकटमा परेका नेपाल र चर्को दबाबमा परेका प्रधानमन्त्री ओली अन्ततः एउटा सहमतिमा पुगेका थिए । एमालेले आधिकारीक रुपमा नै राष्ट्रिय सहमतिको सरकारका लागि पहल भए स्वीकार्ने तर त्यो एमालेको नेतृत्वमा हुनुपर्ने विज्ञप्ति जारी गरेको थियो ।

यस्तो मध्यमार्गी विज्ञप्ति जारी गराउनका लागि सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले भुमिका खेलेको स्रोतले जनाएको जनप्रहार साप्ताहिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web