कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात

जेष्ठ २५, २०७३ मा प्रकाशित | 1086 views

एजेन्सी,जेठ २५ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । कोपा अमेरिका अन्तर्गतको मंगलबार बिहान भएको समूह डीको खेलमा अर्जेन्टिनाले गएको वर्षको विजेता चिलीलाई २–१ ले हरायो ।  अर्जेन्टिनाको जितमा एन्जल डी मारिया र एभर बेनेगाले एक एक गोल गरे ।  पहिलो हाफ गोलरहित बराबरीमा रहेपनि दोस्रो हाफको ५१ औं मिनेटमा अर्जेन्टिनाका फरवार्ड डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

त्यसको लगत्तै ५९ औं मिनेटमा अर्जेन्टिनाकै बानेगाले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । चिलीका लागि इन्जुरी समयमा होसेफ पेड्रोले एक गोल फर्काए ।  अर्जेन्टिना कोपा अमेरिकाको सबै भन्दा सफल मध्ये एक टिम हो । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web