यौन सम्बन्ध राख्न नमानेपछि १९ महिलाको जिउँदै जलाएर हत्या
जेष्ठ २५, २०७३ 2016-06-07 मा प्रकाशित Published at 2016-06-07
1797 views
<p><span style="line-height: 1.42857143;">एजेन्सी,जेठ २५ । इराक र सिरियामा हिंसात्मक गतिविधि सञ्चालन गरिरहेको अतिवादी संगठन इस्लामिक स्टेट (आइएस) ले १९ जना महिलालाई जिउँदै जलाएर हत्या गरेको छ । इराकको मोसल सहरमा आईएस लडाकुहरुले सयौं सर्वसाधारणका अगाडि ती महिलालाई जिउँदै जलाएको स्थानीय अधिकारकर्मीहरुले जनाएका छन् । आइएस लडाकुसँग यौन सम्बन्ध राख्न नमानेको आरोपमा उनीहरुलाई फलामको पिंजडामा थुनी जलाएर हत्या गरेको हो । स्थानीय सञ्चारकर्मी अब्दुल्ला अल मल्लले लडाकुहरुसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनीहरुको हत्या गरेको जनाएका छन् आजको राजधानी दैनिकमा खबर छ ।</span><br></p>