९ असार, टोकियो ।
गैर आवासिय नेपाली संघ जापानले भूकम्प राहत कोषबाट जापानवासीको सुझावका आधारमा नेपालमा सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउने भएको छ ।

गैर आवासिय नेपाली संघ एनआरएनए आइसिसीका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा बसेको भूकम्प राहत कोष खर्च छलफल अनुसार भूकम्पबाट अति प्रभावित क्षेत्रमा प्राप्त सुझावका आधारमा कुनै एक स्थानमा सुविधा सम्पन्न विद्यालय वा नमुना जापान भिलेज बनाउने निर्णय भएको सचिव बुद्धिराज घिमिरेले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

सचिव घिमिरेका अनुसार बैठकमा उपस्थित एनआरएन पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो ।
यस बाहेक जापानबासी नेपालीहरुले दिने सुझावका आधारमा छिट्टै बस्ने अर्को बैठकबाट जिल्ला र स्थान छनौट गरि विद्यालय वा नमुना जापान भिलेज बनाउने बारेमा ठोस निर्णय गरिने छ ।

एनआरएनको कार्यालयमा बसेको बैठकमा प्लस टु सम्मको विद्यालय सोलार, कम्प्युटर सहितको निर्माणको लागि खर्च पुग्ने अनुमान गरिएको थियो । नमुना जापान भिलेज निर्माणको लागि रकम र घरको बनौट आदिलाई हेरेर खातामा रहेको रकम र अपुग भएमा केही रकम जुटाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।

यसरी निर्माण गरिने विद्यालय भवन वा जापान भिलेजमा सामुदायीक भवन रहने र त्यसमा भूकम्प राहत कोषमा सहयोग गर्ने दाता तथा संघसंस्थाहरुको नाम राख्ने विषयमा समेत बैठकले अर्को बैठकमा हुने निर्णय अनुसार काम गर्ने भएको छ ।

छलफलमा एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्ट, एनआरएनए जापानका संरक्षक तथा संस्थापक अध्यक्ष राजन प्रधानान्ग,आइसिसि सदस्य ओम गुरुगं, एनआरएन जापान अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, कोषाध्यक्ष दिपक थापा आइसिसी यवा प्रतिनिधि लेलिन भट्टचन, कार्य समिति सदस्यहरु राम थापा, प्रल्हाद सिंह महत लगायतको सहभागीता रहेको थियो ।

यस्तै छलफलमा नेपाल आदिवासी जनजाति महासंघ, जापानका अध्यक्ष पासाङ शेर्पा, जनसम्पर्क समिति जापानका प्रतिनिधि महामन्त्री राजेन्द्र जमरकट्टेल,लमजुन्ग समाजका उपाध्यक्ष लिल गुरुन्ग,ज्यों सुज़ुकी,केशव थापा,ललित क्षेत्रि,नारायण अर्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

छलफल अनुसार एनआरएन जापानले दिएको भूकम्प राहत कोषमा जम्मा भएको रकम र खर्चको विवरण सहित बैठकपछि जारी िबज्ञप्तिमा जनाएको छ ।

मिति २०१६.६.२१ तारिख मंगलवार एनआरएनए कार्यालय मा भूकम्प राहत कोष संवन्धि समितिको चौथों बैठक समिति का संयोजक भवन भट्टको संयोजकत्वमा तपसिल बिषयमा छलफल गरि निर्णय भयो ।

छलफल/ निर्णय:-१.) भुकम्प राहत कोषमा हालसम्म ५३०१७,०३४ येन संकलन भएको ।

२.) हाल खातामा २३०१७,०३४ येन मौजात रहेको ।

३.)सरकारी मापदण्ड र निर्माण अनुमति स्वीकृत लिएपछि भुकम्प प्रभावित क्षेत्रमा भवन निर्माणको लागि निःशुल्क आवश्यक जग्गा उपलब्ध हुने स्थानमा -स्कुल(+२ सम्म,सोलार सहित) अथवा -घर(जापान भ्यालेज ) साथै -सामूयिक भवन मध्ये १ उपयुक्त निर्माणको लागि पुन एक पल्ट समितिको राय लिने निर्णय भयो ।

४.)निर्माण हुने स्कुल,घर र सामूयिक भवनमा खातामा राहत रक़म दाख़िला गर्ने संस्था वा ब्यक्ति को नामावली सहित देखिने गरि टिपोट लेख्ने संवन्धि पनि समितिको राय लिने निर्णय भयो ।

भुकम्प राहत समिति
संयोजक

एजेन्सी,असार ९ । अष्ट्रियामाथि नाटकीय जित निकाल्दै पहिलो सहभागितामै समूह उविजेता बन्दै आइसल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूहको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले अस्ट्रियालाई २–१ ले हराएको छ । जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।

आइसल्याण्डलाई महत्वपूर्ण जित दिलाउन इन्जुरी समयमा आरनोर इनग्भी ट्रउस्तासनले गरेको गोल निर्णाक बन्यो । आइसल्याण्डले १८ मिनेटमा जोन डाडी बोड्भार्सनले गोल गरेपछि सुरुवाति अग्रता लिएको थियो । तर ६० औं मिनेटमा एलेसान्ड्रो सोफले अस्ट्रियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरीमा पुगेको अवस्थामा आइसल्याण्डका आरनोरले इन्जुरी समयमा गोल गर्दै जित दिलाए ।

अस्ट्रियाले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । बलमा ७० प्रतिशत भन्दा बढी नियन्त्रण रहेर पनि खेल अस्ट्रियाको पक्षमा आउन सकेन र अस्ट्रिया समूह चरणबाटै बाहिरिन बाध्य भयो । दुई खेलमा बराबरी र एकमा जित निकालेका आइसल्याण्ड पाँच अंकसहित उपविजेता बन्यो । अघिल्ला खेलमा आइसल्याण्डले पोर्चुगल र हंगेरीलाई समान १–१ को बराबरीमा रोकेको थियो ।

पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको अस्ट्रिया हंगेरीसँग २–० ले हारेको थियो । आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो । त्यहाँको जनसंख्या ३ लाख ३० हजार मात्र छ । तर, उसले पहिलो सहभागितामा नै युरो कपको नकआउट चरणमा पुगेको छ ।

एजेन्सी,असार ९ । हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा हंगेरी र पोर्गुगलले ३(३ को बराबरी खेलेका हुन् । बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । पोर्चुगलको लागि दुईगोल क्रिष्टियानो रोनाल्डोले गरे भने एक गोल रोनाल्डोको पासमा गोल गर्दै नानीले गरे । अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।

खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले फेरि अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट वान टच गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरी गोल गर्न सफल भयो । तर, ६२ औं मिनेटमा रोनान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरी पुर्याए योसँगै उनी लगातार ४ वटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा गोल गरेका छन् ।

८ असार, काठमाडौं ।

महिला विश्व कप क्रिकेटको छनोट हङकङमा हुने तय भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी द्वारा बुधबार जारी विज्ञप्तिमा एशियाली क्षेत्रको छनोट कार्य हङकङमा हुने जनाईएको छ ।

अक्टोबर महिनाको ९ देखि १५ तारीख सम्म हुने छनोटमा आयोजक हङकङ, नेपाल, चिन र थाईल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

शीर्ष स्थान प्राप्त गर्ने राष्ट्रले मात्र त्यस पछिको ग्लोबल छनोट चरणमा प्रवेश पाउने छ ।

८ असार, सिन्धुलीगढी ।
सिन्धुलीमा जुनारमा रोगकिराको संक्रमण बढेपछी जिल्लाकृषि विकास कार्यालयले बेलैमा बगैचा व्यवस्थापन गर्न किसानहरुलाई आग्रहगरेको छ ।

बेलैमा रोकथामको उपाय गरे फलमा संक्रमण नहुने भएकाले बगैचाको रेखदेख र व्यवस्थापनका लागि किसानलाई आवश्यक सामाग्री समेत जिल्ला कृषि विकास कार्यालयले निशुल्क वितरण गरीरहेको छ ।

८ असार, लमजुङ ।
लमजुङमा एक डाक्टर अस्पतालबाटै पक्राउ परेका छन् ।

प्रहरीले पूर्वी लमजुङको राइनास नगरपालिकास्थित एक अस्पतालबाट नक्कली प्रमाणपत्र भएकाले शिवराम श्रीमललाई पक्राउ गरेको
हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक कमलबहादुर रजौरेका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयार पारेको नक्कली डाक्टरको सूचीमा रहेका उनलाई पक्राउ गरेको हो ।

८ असार, विराटनगर ।
मोरङ्गमा आज खोलाले बगाउंदा एक महिलासहित २ जनाको मृत्यु भएको छ ।

लगातारको बर्षाले बढेको तेलिया खोलाले बगाउंदा ४ बर्षिया निर्मला राई र ब्रक्राहा खोलाले बगाउंदा मधुमल्ला ४ का ४६ बर्षिय रामप्रसाद गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामहरी न्यौपाने-८ असार, त्रिशुली ।
भुकम्पका कारण रोकिएको ६० मेगावाट क्षमताको त्रिशूली थ्रि ए आयोजनाको काम हालसम्म शुरु हुन नसकेपछि आजउपप्रधान तथा उर्जा मन्त्री टोपवहादुर रायमाझि नेतृत्वको उच्च स्तरीय टोलीले आयोजनास्थलको अवलोकन गरेको छ ।

अवलोकनपछि संचारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै उपप्रधान तथा उर्जा मन्त्री रायमाझिले सरकार उर्जा संकट प्रति संवेदनशिल रहेकोले निर्माण अवरोधमा रहेका थ्रि ए लगायतका आयोजनाको निर्माण सम्पन्न गराउन आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो ।

आयोजना डेढ वर्ष पहिले नै सकिनुपर्नेमा ६० बाट ९० मेगावाट बनाउने विवादले ढिलो भएको थियो ।

चीनको एक्जिम बैैकले १ दशमलव ७५ प्रतिशत सहुलियत व्याज दरमा साढे १० अर्बको ऋण सहयोगमा आयोजना निर्माण भईरहेको छ ।

८ असार, काठमाडौं ।
राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष महालेखा परीक्षक भानुप्रसाद आचार्यले राजीनामा दिनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई आचार्यले आज राष्ट्रपति कार्यालय शितल निबासमा भेटी आजै देखि लागुहुने गरी पदबाट राजीनामा दिनु भएको हो ।

राष्ट्रपति भण्डारीले महालेखा परिक्षक पदमा रही कार्य सम्पादन गर्नु भएको प्रति आचार्यलाई धन्यबाद व्यक्त गर्नुभएको राष्टपति कार्यालयले जनाएको छ ।

८ असार, काठमाडौं ।

व्यवस्थापिका–संसदको आजको बैठकले तीनवटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गर्यो ।

ती विधेयकहरुमा केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७१, सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ र न्याय सेवा आयोग विधेयक, २०७३ रहेका छन् ।

न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदनसमक्ष तीनवटा विधेयक प्रस्तुत गर्नुभएको थियो ।

काठमाडौं,असार ८ । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी गम्भीर घाइते भएका च्याङ्बा तामाङको पनि ज्यान गएको छ । नुवाकोटका च्याङ्वा तामाङ्को स्थानीय वेष्ट-एक्स मेडिकलमा उपचाररत अवस्थामै बुधबार अपरान्ह मृत्यु भएको छ । अर्का सख्त घाइते चितवनका मानबहादुर थापालाई बुधबार राति एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ । यस्तै आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ ।

८ असार, काठमाडौं ।
व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद कुलबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

सभापति पदका लागि अर्को कुनै उम्मेदवारी नपरेपछि गुरुङ निर्विरोध निर्वाचित हुनु भएको हो ।

निर्विरोध निवाचित भए लगत्तै सभामुख ओनसरी घर्तीबाट नेता गुरुङले संसदीय सुनुवाई विशेष समितिको सभापति पदको सपथ ग्रहण गर्नुभयो ।

सपथ ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुनुवाई समितिका नवनिर्वाचित सभापति गुरुङले विभिन्न निकायमा नियुक्तिका लागि सुनुवाई गर्नु पर्ने व्यक्तिको नाम समितिमा आए लगत्तै सुनुवाईको प्रक्रिया शुरु हुने बताउनु भयो ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षीबीचको फरक फरक अडानका कारण विगत सात महिना बढी समय सुनुवाई समिति गठन हुन नसक्दा प्रधानन्यायाधीशदेखि सर्वोच्च अदालतका अन्य प्रस्तावित न्ययाधीशहरु र सरकारले विभिन्न देशका लागि नियुक्तीको प्रस्ताव गरेका राजदूतहरुको सुनुवाई हुन सकेको छैन ।