१६ असार, सोलुखुम्बु ।

जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको कार्यसम्पादनमा समस्या भएको छ । दरबन्दि अनुसारको कर्मचारी नहुदा कार्यसम्पादनमा समस्या भएको हो ।

कार्यालयमा एक जना लेखा अधिकृत र लेखापालको दरबन्दी भए पनि गत भदौ देखी दुबै पद रिक्त रहेको जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले जानकारी दिनुभयो। वहाँका अनुसार लेखाको काम अनुभवका आधारमा प्रशासन फाटका खरिदारले गरिरहनुभएको छ ।

पहिलो चौमासिक निकासा पश्चात सरुवा गरिएको लेखा अधिकृतको सट्टा पटक पटक विभागमा माग गरिएको भएपनि बेवास्ता गरेको कार्यालयको आरोप छ ।

सुदूरपश्चिममा ६ महिनामा २ सय ८ मानव अधिकार उल्लङघन

१६ असार, कैलाली ।
सुदूरपश्चिममा ६ महिनाको अवधिमा २ सय ८ वटा मानव अधिकार उलंघनका घटना भएका छन ।

इन्सेक क्षेत्रीय कार्यालय धनगढीले आज आयोजना गरेको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा २०७२ पौष १५ गतेदेखि २०७३ असार १५सम्मको अवधिमा २ सय ८ वटा मानव अधिकार उलंघनको घटना भएकोमा सबैभन्दा बढी महिलासंग सम्बन्धित अधिकार उलंघनको घटना भएको जनाइएको छ ।

६ महिनाको अवधिमा एक सय ९६ जना महिला पीडित भएको इन्सेकका क्षेत्रीय संयोजक खडकराज जोशीले बताउनुभयो ।

लमजुङमा दिउँसै वाघको आक्रमणबाट ५ जना घाईते

१६ असार, लमजुङ ।
सुन्दरवजार नगरपालिका ४, पैह्रेमा दिउँसै वाघको आक्रमणवाट एक जना प्रहरी सहायक निरीक्षक सहित ५ जना घाईते भएका छन् ।

स्थानीयका अनुसार घाइते हुनेहरुमा सुन्दरबजार ४ का भरत तामाङ, फेदीकुनाका गोपाल डौलिया, फेदीकुनाकै रमेश परियार, पैह्रेमा मजदूरी गर्दै आएका सल्यानका छविलाल वुढाथोकी र ईप्रका भोटेओडारका प्रहरी सहायक निरीक्षक गोलकुमार श्रेष्ठ घाईते भएका हुन् ।

घाईते ४ जनाको जिल्ला सामुदायिक अस्पताल लमजुङमा उपचार भैरहेको छ । छविलाल पौडेलको टाउकोमा चोट लागेको छ । भरत तामाङको पाखुरामा चोट लागेको छ ।

उनीहरु दुवैको अवस्था अहिले सामान्य रहेको अस्पतालवाट स्थानीय दीपक भुजेलले टेलिफोनमा वताउनुभयो । गोपाल डौलिया र रमेश परियार सामान्य उपचार पश्चात् घर फर्किएको पनि उहाँको भनाई छ ।

संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि दलहरुबिच राष्ट्रिय सहमतिको आवश्यकता-प्रचण्ड

१६ असार, नेपालगञ्ज ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वमा आफ्नो नाममा सहमति भएको खण्डमा जिम्मेवारी लिन तयार रहेको बताउनुभएको छ ।

संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रमुख दलहरुबिच बृहत राष्ट्रिय सहमतिको आवश्यकता भएका कारण आफूले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको प्रचण्डको भनाई छ ।

आज नेपालगञ्जमा गत वर्षको भूकम्पमा परी निधन भएका संविधानसभाका पूर्व उपाध्यक्ष पुर्णकुमारी सुवेदीका छोरा अच्युत सुवेदीको प्रथम वार्षिकी तथा पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्नु पर्ने बताउनु भयो ।

बाबुराम भन्छन्-‘तीनवटा चुनाव एकैपटक गर्नुपर्छ, चुनाव लड्न तयार छौं’

१६ असार, काठमाडौं ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले तीन वटै चुनाव एकै पटक गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्दा खर्च पनि कम हुने भट्टराईले बताउनुभयो ।

स्थानीय निकाय पुनःसंरचनासम्वन्धी आयोगको काम सकेर सीमांकन पुनःसंरचना गरेपछि मात्रै चुनाव गर्नु पर्ने भट्टराईको भनाई छ ।

आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले मंसिर, चैत वा अर्को वर्ष जहिले चुनाव गरेपनि नयाँ शक्ति तयार रहेको समेत बताउनुभयो ।

विप्लव’ नेतृत्वको माओवादीले सरकारलाई ज्ञापनपत्र बुझायो

१६ असार, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एनसेलका टावरहरुमा आक्रमण गरेको आरोपमा गरिएका आफ्ना नेता–कार्यकर्ताहरुलाई रिहाई गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

सिंहदरवार वरपरका क्षेत्रमा धर्ना सहित विरोध प्रदर्शन समेत गरेको माओवादीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएको थियो ।

कालो ब्यानर र पार्टीको झण्डा बोकेका कार्यकर्ताहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो ।

नेकपा माओवादीले भ्रष्टाचार, महंगी र कालोबजारीको विरोध गर्ने क्रममा आफ्ना कार्यकर्ताहरु पक्राउ परेको दाबी गरेको छ ।

उनीहरुलाई सम्मान रिहा गर्नुपर्ने र भूकम्प पीडितलाई एकमुष्ठ १० लाख रूपैयाँ दिनुपर्ने नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीको माग छ ।

भत्ता खाँदै संसद अवरुद्ध गर्दै मधेशी मोर्चा

१६ असार, काठमाडौं ।
जनताको करबाट उठेको सरकारी ढुकुटीको मासिक लाख बराबरको भत्ता र तबल बुझिरहेका मधेशी मोर्चाका नेताहरु संसद अवरोधमा लागेका छन् ।

संविधान प्रति नै असहमति जनाउँदै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक पनि बहिष्कार गरेको हो ।

सभामुख ओनसरी घर्तीले बैठक शुरु भएको घोषणा गर्ने वित्तिकै मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बैठकमा मोर्चाका तर्फबाट सांसद दिलबहादुर नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य मान्यतालाई बेवास्ता गर्दै दु्रतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो ।

संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तर रुपमा आन्दोलन गर्दै आएको भन्दै बैठक बहिस्कार गरेको घोषणा गर्नुभयो ।

काँग्रेसको काम । मन्त्रीहरुको व्यवहारमा चित्त नबुझेको भन्दै संसदमा बिरोध

१६ असार, काठमाडौं ।
नाकाबन्दी देखी सरकारको बिरोध गर्न अनेक बहाना र निहुँ खोजिरहेको नेपाली काँग्रेसले अहिले आएर मन्त्रीहरुको व्यवहार चित्त नबुझेको भन्दै संसदमा रडाँको मच्चाउन थालेको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसले संविधानको सपथ खाएका मन्त्रीहरु नै संविधान विपरित हिडेको भन्दै यसबारे सरकारको जवाफ मागेको छ ।

आजको व्यवस्थापिका संसद बैठकमा कांग्रेसका सांसदहरुले मन्त्रीहरुले संविधान बिपरित मनपरि बोल्दै हिड्दा पनि सरकार मुकदर्शक भएर बस्नुको कारणबारे सरकारको ध्यानाकर्षण गराउदै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका हुन् ।

बैठकमा कांग्रेस संसदीय दलका सचेतक इश्वरी न्यौपानेले उपप्रधानमन्त्रीद्वय कमल थापा र चित्रबहादुर केसीले संविधान विपरित गणतन्त्र र संघीयताको विरोधमा गतिविधि गर्दा पनि सरकार मौन बसेको आरोप लगाउनुभयो ।

उपप्रधानमन्त्री द्वयका गतिविधिमा सरकार मुकदर्शक बनेको आरोप लगाउँदै उहाँले त्यसको कारण स्पष्ट पार्न ध्यानाकर्षण गराउनुभयो ।

यसअघि भूकम्प पीडितहरुको राहत तथा पुनर्निर्माणका काममा ढिलासुस्ती भएको भन्दै कांग्रेसले मागेको जवाफ प्रधानमन्त्री ओलीले हिजो दिनुभएपछि काँग्रेसले सरकारको बिरोध गर्न नयाँ बहाना झिकेको हो ।

‘जापानमा यौन दुर्व्यवहार भयो’-गौरी मल्ल ‘हग मात्र गरेको हुँ, जेल हाल्न सक्छु’-अनोज शाक्य

१६ असार, काठमाडौं ।
अभिनेत्री गौरी मल्लले जापानमा आफुमाथि यौन हिंसा भएको बताएकी छिन् । कलाकार मल्लले जापानमा बस्दै आएका अनोज शाक्यले आफुमाथि शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसा भएको बताएकी छिन् ।

नेपाली राजदूतावास र गैर आवासिय नेपाली संघ एनआरएन जापानमा समेत लिखित उजुरी दिएकी मल्लले शाक्यमाथि कारवाही गर्न सघाउन अनुरोध समेत गरेकी छिन् ।

एक महिना लामो जापान बसाईका क्रममा आफुमाथि मल्ले जेठ १८ गते उजुरी दर्ता गराएकी हुन् ।

ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्दै आएका अनोज शाक्यले आफुमाथि दुर्व्यवहार गरेको बताएकी छिन् ।

मल्लले आफुलाई शाक्यले ताकेता गरेर जापान बोलाएको भन्दै जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको र जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका समेत खुलाएकी छिन् ।

मल्लले अभिनय गरेको सिंहदरवार चलचित्र हेरेपछि आफू प्रभावित भएको भन्दै ती व्यक्तिले इमेल र टेलिफोन गरेर उनलाई तीन लाख रुपैयाँ समेत पठाएर जापान बोलाएका थिए ।

‘आफुलाई जापान बोलाउनुअघि शाक्यले तपाईंजस्तो कलाकार नेपालमा बसेर केही हुँदैन, म तपाईंलाई जापानको कला क्षेत्रमा काम गर्ने अवसर मिलाइदिन्छु र खाने(बस्ने राम्रो प्रवन्ध पनि गरिदिन्छु भनेको समेत खुलस्त पारेकी छिन् ।

क्षतिपुर्ती दिलाइदिन अनुरोध गर्दै उजुरी दिएकी मल्लको उजुरीमाथिको पहल बारे खुल्न सकेको छैन । यसबारेमा टपनेपालन्युजले दूतावाससँग सम्पर्क गरेर जानकारी माग्दैछ ।

यसैबिच आरोपी अनोज शाक्यले भने आफुले दुईपटक हग अर्थात् कसिलो अंगालो मात्र मारेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफुमाथि लागेको आरोपबारे प्रकाशित समाचारको लिंक राख्दै शाक्यले गौरीमल्लको आरोप निराधार भएको बताएका छन् ।

शाक्यले लेखेका छन्-'पैसा पनि लिने, क्यामरा पनि चोरेर लाने, जापानी नक्काली बिहे पनि गर्ने इज्जत नभएकी कलाकार हो गौरी मल्ल । मैले तिमी सँग २ पतक हग बाहेक केहि गरेछ ?
मैले माफी होईन नक्कली बिहेको अभियोगमा जेल हाल्न भन्छु ।'

दलालहरुले दुबई र कुबेतको रुट हुँदै यसरी पठाउँछन् अफगानिस्तान

१६ असार, काठमाडौं । नेपाली कामदारलाई गैरकानुनी रुपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ ।

आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता दलालको प्रमुख राजनीतक दलका उच्चनेता, प्रशासक लगायतसँग सीधा सम्बन्ध हुने गरेको छ ।

दलालीबाट आर्जित रकमको केही हिस्सा उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुग्ने गरेको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

केही दिनअघि अफगानिस्तानमा आतंककारीले आक्रमण गर्दा नेपाली कामदारहरुको ज्यान गुमाएपछि यो तथ्य खुलेको हो।

चारपाँच वर्षअघिसम्म भारतीय मार्ग हुँदै अफगानिस्तानमा अबैध तरिकाले कामदार लैजाने गरिन्थ्यो । पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुबेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगारसम्बद्ध सोतले बतायो ।

एक तहका दलाल नेपाल बस्छन् । गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन् । जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैसाको बार्गेनिङ हुन्छ।

पैसाको लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ । यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँ दिल्ली र अफगानिस्तानसम्म फैलिएको छ ।

अवैध तरिकाबाट दुबई पठाउन सबैभन्दा सजिलो तरिका भिजिट भिसा हो । घुम्न जाने भनेर भनेर दुबईको भिसा लागेसँग जान चाहनेले पहिलो किस्ता बुझाउँछन् । त्यहाँपुगेपछि फेरि अर्को दलालसँग सम्पर्क हुन्छ । त्यपछि त्यहाँका दलाले दुबईमा सेटिङ मिलाएर अफगानिस्तान पठाउने गर्दछ ।

गरिबी बढ्न सक्ने विश्व बैंकको चेतावनी

१६ असार, काठमाडौं । विश्व बैंकले गरिबीको रेखाबाट माथि उठेको ठूलो नेपाली समूदाय पुनः गरिबीको रेखामूनि जान सक्ने खतरा औंल्याइएको छ ।

द्यबनगिलन९न्बचष्दविश्व बैंकले नेपालको गरिबीबारे सार्वजनिक गरेको प्रतिवेदनले बाषिर्क २।२ प्रतिशतका दरले गरिबी घटेपनि गरिबीको रेखाबाट माथि उठेका ४५ प्रतिशत जनसंख्या जुनसुकै बेला पनि गरिबीमा र्फकन सक्ने चेतावनी दिएको छ ।

नेपालमा अझै पनि कुल जनसंख्याको २५।२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका वरिष्ठ अर्थशास्त्री शैलेश तिवारीले गरिबी निवारणका लागि रेमिट्यान्सले महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।

‘रेमिट्यान्सले गर्दा नेपालीको जीवनस्तर माथि उकासिएको छ तर गरिब र धनीबीचको खाडल भने हटेको छैन,’उनले भने । प्रतिवेदनअनुसार कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा अत्यधिक बढेको छ ।

सन् १९९५मा कुल जीडीपीमा रेमिट्यान्सको योगदान १.५ प्रतिशत रहेकोमा सन् २०१० मा आइपुग्दा यो २३ प्रतिशत पुगेको र अहिले ३० प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ ।

विश्व बैंकले पहिलो दैनिक १.२५ डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको सूचीमा राख्ने गरेकोमा अहिले बढाएर दैनिक १.९० डलर पुर्याएको छ ।

चीन काठमाडौं सिधा बस चल्दै

१६ असार, काठमाडौं । सरकारले काठमाडोंबाट चीनको ल्हासासम्म सीधा पर्यटक बस सञ्चालन गर्ने सहमति गरेको छ ।

नेपाल तिब्बत संयुक्त पर्यटन समन्वय समितिको बुधबार भएको बैठकले पर्यटक बस सञ्चालन गर्न यस अघि भएका सम्झौताको कार्यान्वयन गर्ने र पर्यटकीय सेवाका निम्ति उपयुक्त मोडलिटी तयार पारेर छिट्टै सीधा बससेवा सञ्चालन गर्ने सहमति गरेको पर्यटन भिागका महानिर्देशक सुदर्शन ढकालले जानकारी दिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

ढकालका अनुसार नेपाल र तिब्बतबीच पर्यटन प्रवर्धन र विकास गर्ने विषयमा दुवैको एकमत रहको छ ।

सीधा बससेवा सञ्चालन गर्ने एजेन्डामा १० वर्ष अगाडि नै समझौता भएको विषयम भए पनि यसलाई कार्यान्वयन गर्ने उपयुक्त मोडालिटी तय भएको थिएन ।

अहिलो उपयुक्त मोडालिटी तय गर्ने र दुवै पइाबाट आवश्यक तयारी गरेर बस सञ्चालन गर्ने भनिएको छ ।

तयारीका लागि जति छिटो गर्न सक्यो उति नै चाँडो बस सञ्चालन हुन सकने गरी सहमति भएको पनि ढकालले जानकारी दिए ।

27.29¡ÆC