एमाले शिर्ष नेताले काम पाएनन्, उपाध्यक्षहरु नै अलमलमा

१६ असार, काठमाडौं । एमालेका केन्द्रीय उपाध्यक्षहरूले नयाँ जिम्मेवारी माग गरेका छन् । स्थायी कमिटीले सातवटै प्रदेशमा प्रदेश संगठन कमिटी गठन गरेपछि ‘बेरोजगार’ बन्ने स्थिति आएको भन्दै चारै उपाध्यक्षले नयाँ जिम्मेवारी माग गरेका हुन् । तत्कालीन उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि एक उपाध्यक्षको पद भने रिक्त छ ।

नवौँ महाधिवेशनबाट पारित एमाले विधानमा पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन र संयोजन गर्ने जिम्मेवारी दिइएको छ । तर, प्रदेश कमिटी गठनसँगै पुरानो ढाँचाको अञ्चल र विकास क्षेत्र स्वतस् खारेज भएपछि उपाध्यक्षहरू भूमिकाविहीन भएका हुन् । एमालेले स्थायी समितिबाट करिब पाँच सय नेता–कार्यकर्ता रहने गरी अघिल्लो साता प्रदेश संगठन कमिटी गठन गरिसकेको छ । तर, संयोजकको टुंगो लगाएको छैन ।

प्रदेश संगठन कमिटी गठनसँगै एमालेमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच संयोजक र सचिवमा विवाद देखिएको छ । विवादकै कारण गत ४ असारयता तीनपटक डाकिएको स्थायी समिति बैठक स्थगित भएको आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रदेश संयोजक पदाधिकारीबाट कि स्थायी समितिबाट बनाउने भन्ने विषयमा विवाद छ । संस्थापन पक्ष स्थायी समितिबाट बनाउँदा नेपाल समूहको एकजना मात्रै पर्ने हिसाब–किताबमा छ भने नेपाल पक्ष भने उपाध्यक्षहरूलाई जिम्मेवारी दिएर बाँकी पदाधिकारी या सदस्यमध्येबाट गर्दा बहुमत संयोजक हात पार्ने हिसाबमा छ । उपाध्यक्षमध्ये महाधिवेशनबाट गौतमबाहेक ज्ञवाली, शाक्य र रावल नेपाल समूहबाट निर्वाचित भएका हुन् ।

सात संयोजकमध्ये तीन संयोजक दिन संस्थापन पक्ष तयार भए नेपाल पक्ष सहमतिमै टुंग्याएर जाने निष्कर्षमा पुगेको छ । ‘चार उपाध्यक्षमध्ये हामीले कम्तीमा तीनवटा क्षेत्रको संयोजकको जिम्मा पाउँछौँ, बाँकी उहाँहरूले ज–जसलाई बनाउँदा पनि हुन्छ,’ नेपालनिकट एक नेताले भने, ‘महाधिवेशनयता सहमतिमै सबै टुंगिएकाले हामी अड्काउने पक्षमा छैनौँ, त्यसरी जाँदा कुरा मिल्न सक्छ ।’

प्रदेश संगठन कमिटी गठनलगत्तै एमालेले १८ असारमा सातवटै प्रदेशमा प्रदेश भेलाको तयारी अघि बढाएको छ । बजेटका पक्षमा देशभर अभियान चलाउन एमालेले पदाधिकारीहरूको प्रमुख आतिथ्यतामा भेला आयोजना गर्न लागेको हो । तर, विवादका कारण प्रदेश संयोजक चयन नभइसकेकाले संयोजकविनै भेलाको सम्भावना रहेको एक नेताले बताए । संयोजक चयन नहुँदै वरिष्ठ नेता नेपाल भियतनाम प्रस्थान गरेका छन् । उनी २२ असारसम्म विदेशमै रहनेछन् ।

भूकम्प पीडितले अनुदान पाउने समय अनिश्चित

१६ असार, काठमाडौं ।  सरकार र कांग्रेसबीचको सहमतिले भूकम्पपीडितले अनुदान पाउन थप समय कुर्नुपर्ने भएको छ ।

नयाँ कार्यविधि बनेपछि मात्र पीडितले अनुदान पाउनेछन् । सरकार र कांग्रेसबीच पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार गरी दुई किस्तामा दुई लाख अनुदान दिने सहमति छ । तर, त्यसअघि दातृ निकायसाग अनुमति लिनुपर्ने, अहिले कार्यान्वयनमा रहेको कार्यविधि संशोधन गर्नुपर्ने र आर्थिक वर्ष ०७३र७४ को बजेट पारित हुनुपर्नेछ ।

अहिले प्राधिकरणसँग पुरानै कार्यविधिका आधारमा घर निर्माण अनुदान सम्झौता गरी ५० हजार लिन चाहनेको प्रक्रियासमेत रोकिनेछ । हालको अनुदान सम्झौता रोकिने प्रमुख प्रतिपक्षी दलसँग सरकारले नयाँ प्रक्रिया र मापदण्ड बनाउने प्रतिबद्धता गरेसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरानो कार्यविधिका आधारमा थप नयाँ अनुदान सम्झौता नगर्ने पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले बताए । उनले भने, ‘प्रतिपक्षी दलसँगको सहमतिका आधारमा सरकारले कार्यविधि संशोधन गर्ने प्रतिबद्धता जनाइसकेपछि पुरानो कार्यविधिका आधारमा हुने अनुदान सम्झौता रोकिन्छ ।’

नयाँ कार्यविधि बनेपछि मात्र थप अनुदान सम्झौता हुने उनले जानकारी दिए ।

दातृ निकायसाग सहमति लिने तथा कार्यविधि संशोधनलगायतका प्रक्रिया कति समयमा पूरा हुनेछ भन्नेमा अन्योल छ । तर, सबैले इच्छाशक्ति देखाएमा दातृ निकायसँग सहमति लिएर एक साताभित्र कार्यविधि परिमार्जन गर्न सकिने पर्यटनमन्त्री आनन्द पोखरेलले बताए । ‘मुख्य कुरा इच्छाशक्ति हो, यसमा सरकारले चाहेर मात्र हुादैन, प्रमुख प्रतिपक्षी दल पनि उत्तिकै तदरुकताका साथ आउनुपर्छ,’ उनले भने, ‘सबैको इच्छाशक्ति भएमा एक हप्ताभित्र कार्यविधि परिमार्जन हुन सक्छ ।’

यसअघि तत्कालीन कांग्रेस नेतृत्वको सरकारले २२ असोज ०७२ मा चार किस्तामा अनुदान रकम दिने कार्यविधि बनाएको थियो । तत्कालीन सरकारले २९ साउन ०७२ मा वल्र्ड बैँकसँग ५५ हजार घर बनाउन दुई भन्दा वढी किस्ताका आधारमा अनुदान रकम वितरण गर्ने सम्झौता पनि गरेको थियो ।

कांग्रेसका हजार पद खाली, कार्यकर्ता बेरोजगार

१६ असार, काठमाडौं । १३ औं महाधिवेशनपछि कांग्रेसमा हजारभन्दा बढी पद रिक्त रहेको पाइएको छ ।

ऋयलनचभकक(ँबिनठूलो संख्यामा पद रिक्त भए पनि सभापति शेरबहादुर देउवाले विधानअनुसार काम नगर्दा कांग्रेसका नेता कार्यकर्ता भने काम नपाएर बेरोजगार बन्न पुगेका छन् ।

महाधिवेशनबाट पारित पार्टी विधानअनुसार निर्वाचित सभापतिले कांग्रेसको महाधिवेशन सकिएको दुई महिनाभित्रै सबै निकाय र तहमा मनोनयान पूरा गरिसक्नुपर्ने व्यवस्था छ ।

तर, सभापति देउवाले केन्द्रीय समिति र विभाग प्रमुख पनि किस्ताबन्दीमा गरिरहेका कारण अझै लामो समय कार्यकर्ता बेरोजगार नै बन्नुपर्ने देखिएको आजको राजधानी दैनिकमा समाचार छ ।  किस्ताबन्दी मनोनयन पनि निकै कम पदमा मात्रै भएको छ ।

सभापति देउवाले ४२ वटा विभागमा मनोनयान गर्न बाँकी छ । एउटा विभागलाई पूर्णता दिँदा मात्रै पनि २१ जना नेताले काम पाउँछन् ।

विभागमा पूर्णता नहुँदा कांग्रेसका ८ सय ८२ कार्यकर्ता बेरोजगार भएका छन् ।

ज्येष्ठ राजनीतज्ञ सभा, संसदीय बोर्ड, अनुशासन समिति लगायतमा पनि मनोनयन गर्न बाँकी नै छ ।

दोधारा चाँदनीको बडुवाल टोलमा बिद्युत बल्दा गाँउ नै मख्ख

पप्पु गुरुङ्, १५ असार / दोधारा चाँदनी, कञ्चनपुर । ५१ वर्षमा कञ्चनपुरको दोधारा चाँदनीको बडुवाल टोलमा बिद्युत बल्दा गाँउनै मख्ख भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोलमा आज एक कार्यक्रमको बिच बिद्युत लाईन बिस्तार पछि बत्ती बाल्दा गाँउले हर्षित भएका हुन् । “आज बाट बल्ल हामी उज्यालोमा बस्न पाउने भयौं” बडुवाल टोलका एक स्थानिय प्रियंका सुनारले बताउनुभो । “आज हाम्रो लागी निकै खुशीको दिन हो” स्थानिय प्रियंकाले थपे । बिगतका दिनहरुमा हात्तीले आतंक मच्चाएको क्षेत्रमा परिचित दोधारा चाँदनीको बडुवाल टोलकाबासी आज गाँउमा बिद्युत बल्दा निकै खुशी मानेका छन् । नेपाल बिद्युत प्राधिकरणले सहयोग गरेपनि दोधारा चाँदनी नगरपालिकाका नेकपा (एमाले) का अध्यक्ष किशोर कुमार लिम्बुले बिद्युतलाई बिस्तार गर्न निकै कष्ट गरेको उनिहरु बताउछन् । “नेकपा (एमाले) का अध्यक्ष किशोर कुमार लिम्बुले आफ्नै लगानी लगाएर महेन्द्रनगरबाट बिद्युत पोल तथा तार ल्याईदिनु भयो” बडुवाल टोलका अर्का स्थानिय चन्द्र लुहारले बताउनु भयो । “सबै लिम्बु जी को मेहनत हो” स्थानिय लुहारले बताउनुभयो । आज एक कार्यक्रम बिच दोधारा चाँदनी वडा नं. ३, बडुवाल टोलमा बिद्युत बत्ती बालेर उद्धघाटन गरिएको छ् । बिद्युत बत्ती बल्दा स्थानियहरुको अनुहारमा हर्ष छाएको थियो । “अब हात्तीको आतंक पनि समाप्त हुने भयो” महाबिर क्षेत्रीले भन्नुभयो । गाँउमा उज्यालो नहुदा हात्तीको त्रास खेप्दै आएका बडुवाल टोलबासी हात्तीको समस्या हल हुनेमा बिश्वास गर्छन् ।

असार पन्ध्र धान दिवस । पहिलेका हमला मन्त्री अहिलेका गमला मन्त्री

१६ असार, काठमाडौं ।
उहिले अर्थात गत बर्ष धान दिवसको दिन सामान्य होसियारी नअपनाउँदा कृषि मन्त्री हरि पराजुलीको पद चट भयो । उनले असारे रोपाईमा महिलासँग जिस्कंदा हमला गरेको भन्दै हमला मन्त्रीको पगरी गुथाएर सामाजिक सञ्जालमा व्यापक बिरोध हुँदा उनले मन्त्री पदनै गुमाए ।

हरी पराजुलीको नियती देखेर हो वा सजगता अपनाएर हालका कृषि मन्त्री हरिबोल गजुरेलले कोठा भित्रै गमलामा धान रोपे यसपाला । तर उनको सजगता अलि बढी नै देखिंदा जग हँसाउनेगरि गमलामा धान रोप्दा फेरी देश दुनियाँभर उनको दोहोलो काढिएको छ । भनिएको छ उहिलेका हमला मन्त्री अहिलेका गमला मन्त्री । तर हुनलाई भने कृषि विकास मन्त्री हुन् ।

के भयो त राज्यले कोषणा गरेको धान दिवस अर्थात् असार १५ मा
राजधानीसंगै देशका विभिन्न स्थानमा रोपाइँ गरी १३औँ राष्ट्रिय धान दिवस मनाइएको छ ।

व्यावसायिक धानखेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ नाराका साथ खाद्य सङट उत्पन्न हुन नदिन भातबाहेक अन्य खाद्यान्नलाई पनि खानाका रुपमा प्रयोग गर्न भन्दै दिवस मनाइएको हो ।

कृषि विकास मन्त्रालयका अनुसार धानखेती हुने करिब १५ लाख हेक्टर क्षेत्रफलमध्ये आजसम्म १८ प्रतिशत रोपाइँ भइसकेको छ । तराईमा ७० प्रतिशत, पहाडमा २६ तथा हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । मन्त्रालयका अनुसार आव २०७२÷७३ मा करिब १४ लाख हेक्टरमा ४३ लाख मेट्रिक टन धान उत्पादन भएको छ ।

धान विज्ञ भोलामानसिंह बस्नेतले बिहान बेलुकी नै खानामा भात खाने बानीमा सुधार गर्दै गहुँ, फापरको रोटी, आलुलाई खानामा समावेश गर्न सके नेपालमा चामलको अभाव नहुने बताउनुभयो ।

कृषकले बीउ तथा मल छनोटमा ध्यान पु¥याए अहिले भन्दा २० प्रतिशत बढी धान उत्पादन गर्न सकिने उहाँको भनाइ छ ।

सरकारले प्राथमिकता नदिदा कृषि क्षेत्रको विकास नभएको कृषिमन्त्रीको भनाई
कृषि मन्त्री हरिबोल गजुरेलले राजनितिक पार्टी र सरकारले प्राथमिकता नदिएका कारण कृषि क्षेत्रको विकाश हुन नसकेको बताउनुभएको छ ।

पव्लिक मिडिया क्लबले आज धनगढीमा गरेको पत्रकार सम्मलेलनमा मन्त्री गजुरेलले कृषिको आधुनिकरण गर्नका लागि आगामी वर्षको बजेटमा सरकारले ५ करोड ७८ लाख रुपैया छुट्याएको र  देशका २ हजार १ सय स्थानमा कृषि पकेट केन्द्र निर्माण गरिने बताउनुभयो ।

उहाँले आगामी माघसम्ममा देशमा ४ वटा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने भएकाले राष्टिय सहमतिको सरकारको विकल्प नरहेकोे बताउनुभएको छ  ।

गमला मन्त्री र एकादेश नेपालको धान रोपाई (फोटो फिचर)

एक लाख ८० हजार भुकम्प पीडितसँग अनुदान सम्झौता

१५ असार, काठमाडौं ।
सरकारले पुनर्निर्माणका लागि १ लाख ८० हजार ४ सय १३ घरधनीसँग अनुदान सम्झौता गरेको छ ।

भुकम्पबाट क्षति पुगेका घर पुननिर्माणका लागि अनुदान सम्झौता गर्ने क्रममा हिजोसम्म गोरखामा ४० हजार ८ सय ५७, सिन्धुपाल्चोकमा २८ हजार ९ सय ६४ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका अनुसार रामेछापमा ४० हजार ५ सय ५३, दोलखामा २० हजार ५ सय ५७, ओखलढुंगामा १७ हजार २, धादिङमा १२ हजार ६ सय ३९, र काभ्रेमा ८ हजार ९ सय ९१ घरधनीसँग अनुदान सम्झौता भएको छ ।

त्यस्तै नुवाकोटमा ७ हजार ७ सय ५३, रसुवामा २ हजार ७७, सिन्धुलीमा ११ सय र मकवानपुरमा ५ सय २० घरधनीसँग अनुदान सम्झौता भएको बताईएको छ ।

भुकम्प पीडितलाई एकमुष्ठ डेढ लाख दिने कुरा छलफल पछि मात्रै भन्न सकिन्छ-प्रधानमन्त्री

१५ असार, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख पचास हजार रुपैयाँ दिने कुरा सबैसँग छलफलपछि मात्र लागु गर्न सकिने बताउनुभएको छ ।

आज संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले पैसा नेपाल सरकारले नभई दाताहरुले दिने भएकाले यस विषयमा थप छलफल आवश्यक रहेको बताउनुभयो । तर यस अघि प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले भुकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार दिने सहमति भएको भन्दै प्रधानमन्त्रीलाई संसदमा बोल्न दिएको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सहमति भइसकेको भनिएको विषयमा थप छलफल गर्न आवश्यक रहेको बताएपछि कांग्रेस सांसदहरुले आफ्नो सिटबाट उठेर त्यसको विरोध गरेका थिए । जसका कारण प्रधानमन्त्रीको सम्बोधन केहि बेर रोकिएको थियो ।

सभामुख ओनसरी घर्तीको पटक पटकको आग्रहपछि कांग्रेस सांसदहरु बसेका थिए । त्यसपछि बोल्दै प्रधानमन्त्री ओलीले आफूले प्रतिपक्षीको माग नबुझेको बताउनुभयो । अन्तराष्ट्रिय दाताहरुसँग भएको सम्झौता र कार्यविधीमा परिवर्तन गरेर जान सरकार तयार रहेको भन्दा के भएन रु प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।

कांग्रेसले भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा दुई लाख रुपैयाँ र दुई प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैयाँ दिनुपर्ने माग गर्दै सदन अवरुद्ध गर्दै आएको थियो । सत्तापक्षले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न एकमुष्ट रुपमा एक लाख ५० हजार रुपैयाँ दिने र ५० हजार रुपैयाँ किस्ताबन्दीमा दिने सहमति गरेसँगै अवरुद्ध संसदले निकास पाएको छ । एक अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले काबुल घटनामा मारिएका नेपालीलाई सरकारको आफ्नै खर्चमा स्वदेश ल्याइएको बताउनुभएको छ ।

कुनै इन्सुरेन्स वा वैदेशिक रोजगार व्यवसायीले सहयोग गरेको नभई सरकार आफैंले काबुक आक्रमणमा मारिएकाहरुको शब ल्याउन जहाज पठाएको ओलीको भनाई छ । सरकारले त्यहाँ मारिएकालाई क्षतिपूर्ति तथा घाइतेको निःशुल्क उपचार गराउने निर्णय समेत गरिसकेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

राष्ट्रपतिद्वारा शिक्षा ऐन प्रमाणिकरण

१५ असार, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा ऐन, आठौं संशोधन विधेयक २०७३ लाई प्रमाणिकरण गर्नुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणिकरण गर्नुभएको हो ।

व्यवस्थापिका संसदले गत जेठ २२ गते सो विधेयक पारित गरेर प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो ।

व्यवस्थापिका संसद बैठकबाट पारित शिक्षा ऐन (आठौं संशोधन) विधेयक, २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

ऐनका बिषयमा अस्थाई शिक्षकले भने असहमति जनाउदै आएका छन् । तर अब ऐन प्रमाणिकरण भएसँगै अस्थायी शिक्षकहरूले प्रतिस्पर्धा गर्ने वा स्वेच्छिक अबकाश लिने सहितका बिकल्प पाउनेछन् ।

अब विद्यालय क्षेत्रको संरचनामा परिवर्तन भई कक्षा १२ बाट प्रवेशिका परीक्षा लागू हुनेछ ।

गमला मन्त्री र एकादेश नेपालको धान रोपाई (फोटो फिचर)

एकादेशमा एउटा कोठा थियो ।त्यो सभाहल जत्रो कोठा बातानुकुलित एसी जडित थियो ।

कोठामा एक दिन बिशेष समारोह आयोजना गरियो । सोफा,कुर्चि र टेवुल सजाइयो । टेवुलमा फुल र फुलका बुकीहरु राखिए । एकैछिनमा गन्नेमान्ने मान्छेहरु आए । कोठा चिरिच्याट्ट पारि भुइमा रातो कार्पेट विच्छ्याइएको थियो । रातो कार्पेट माथि अर्को फुलबुट्टे गलैचा थियो ।

गलैचामाथि रातै रंगको गमला राखियो । गन्नेमान्नेहरु उठे, गमलाको छेउमा गए । वरिपरि जी हजुरीमा खटिनेहरु सर्याकसुरुक गर्न थाले ।

त्यसैबेला एकजनाले करुवाबाट गमलामा पानी खन्याए । एउटी भद्र महिलाजनले रातै रंगको प्लाष्टिकको स्ट्रेमा धानको वीउ ल्याइन र बरिष्ठ मध्येका एकजनाको हातमा दिइन ।

उनले बीउ हातमा समाए अनि छुपुछुपु गमलामा रोपे । वरिपरि रहेका गन्नेमान्ने र जीहजुरीमा खटिएकाहरुले उद्धेश्य पुरा भएको भन्दै ताली बजाए ।

पछि थाहा भयो त्यो दिन २०७३ असार पन्ध्र रहेछ, गन्नेमान्ने मध्ये बीउ रोप्ने चाँही देशको कृषिको उन्नती गर्न लागिपरेका मन्त्री रहेछन ।

धानको उत्पादन बढाउन गमलामा धान रोपेर उनले कृषिक्रान्ति गरेका रहेछन । क्रान्तिपछि उनी गाडीमा झण्डा हल्लाउँदै, साइरन बजाउँदै कतै हुइँकिए ।

तर धान रोप्न खेतमा पुगेका किसान भने आकाशबाट पानी नपरेर, खेतमा राख्ने मल नपाएर टाउँको समाउदै घरतिर फर्केछन । त्यो एकादेश नेपाल रहेछ ।

पत्रकार रामकृष्ण भण्डारीले फेसबुकमा लेख्नुभएको स्टाटस र तस्विर साभार गरिएको हो ।

Prez Bhandari Certifies Education Act

President Bidya Devi Bhandari has today certified the most awaited Education Act (Eighth Amendment), 2073 BS.

President Bhandari certified the Act, passed by the Legislature –Parliament on June 4, at the Presidential Palace, Sheetal Niwas.

After the certification of the Act, it has paved the way for the organisational change in school sector and addressing the problems of temporary basis teachers. The Act would be a milestone for the school management and quality education to prepare required human resources for the national development.

As per the new Act, education up to class eight has been considered as primary education and education from class 9-12 is known as secondary level education. It has also paved way to run special education, informal education and open education programmes, among others at any community school after putting in place the required infrastructure.

The Act has also provision that institutional schools could only be run as educational guthi and has banned to open new schools under company and cooperative.

SIMILARLY,
The Act will transform Higher Secondary Educational Board (HSEB) into National Examinations Board. With this, School Leaving Certificate examination conducted in class 10 has been scrapped and national examinations will be conducted in class 12.

National Rice Day Celebrated

The 13th National Paddy Day was marked throughout the country including the Kathmandu Valley today, organising various programmes. Rice planting programmes have also been organised in different places on the occasion.

The theme of the National Rice Day today is ' Expansion of Community Nurseries- the Basis for Commercial Rice Farming'.

The Day is marked on the 15th of the Nepali month Asar every year. The 15th of Asar is the day when traditionally Nepali farmers finished planting paddy in their fields and enjoined in its celebration.

According to the Ministry for Agricultural Development, rice has been planted in nearly 18 percent of the approximately 1.5 million hectares of land on which rice is cultivated.

Rice is planted in 70 percent of arable land in the Tarai, 26 percent in the Hilly region and four percent in the Mountainous region.

The Ministry stated that rice production last fiscal year was 4.3 million metric tonnes from 1.4 hectares under cultivation.

Three Earthquake recorded with in 30 minute in Bajhang

Three minor earthquakes of various magnitudes were recorded within an interval of thirty minutes in Bajhang district in far-western region today.

The first earthquake measuring 5.0 on the Richter scale jolted the district at 2:55 pm. Similarly, another of 4.2 magnitude struck at 3:11 pm and of 3.8 magnitude at 3:28 pm, according to the Regional Seismic Centre in Surkhet.

The epicenter for all three earthquake was at Mayana, 11 kilometres northeast from district headquarters Chainpur.

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web