दलालहरुले दुबई र कुबेतको रुट हुँदै यसरी पठाउँछन् अफगानिस्तान

असार १६, २०७३ मा प्रकाशित
Published at 2016-06-30

810 views

१६ असार, काठमाडौं । नेपाली कामदारलाई गैरकानुनी रुपमा अफगानिस्तान पठाउन पाँच तहसम्मका गिरोह सक्रिय हुने गरेको रहस्य खुलेको छ ।

आकर्षक कमाई हुने प्रलोभन देखाएर विभिन्न तहमा रहेका दलालले अफगानिस्तान जान चाहनेबाट प्रतिकामदार सात लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । यस्ता दलालको प्रमुख राजनीतक दलका उच्चनेता, प्रशासक लगायतसँग सीधा सम्बन्ध हुने गरेको छ ।

दलालीबाट आर्जित रकमको केही हिस्सा उच्च प्रशासनिक र राजनीतिक तहसम्म पुग्ने गरेको स्रोतले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

केही दिनअघि अफगानिस्तानमा आतंककारीले आक्रमण गर्दा नेपाली कामदारहरुको ज्यान गुमाएपछि यो तथ्य खुलेको हो।

चारपाँच वर्षअघिसम्म भारतीय मार्ग हुँदै अफगानिस्तानमा अबैध तरिकाले कामदार लैजाने गरिन्थ्यो । पछिल्लो समयमा भारतीय रुटबाट कडाइ हुन थालेपछि दलालले दुबई र कुबेतलाई प्रमुख ट्रान्जिट बनाएको वैदेशिक रोजगारसम्बद्ध सोतले बतायो ।

एक तहका दलाल नेपाल बस्छन् । गाउँदेखि सहरसम्म धेरै कमाउने प्रलोभनमा विदेश जान चाहने युवा खोज्छन् । जानेको पहिचान भइसकेपछि तीनचार चरणमा पैसाको बार्गेनिङ हुन्छ।

पैसाको लेनदेनको खाका तयार भएपछि अफगानिस्तान पठाउन सेटिङ तयार हुन्छ । यहाँ रहेका गिरोहको जालो दुबई, कुबेत, नयाँ दिल्ली र अफगानिस्तानसम्म फैलिएको छ ।

अवैध तरिकाबाट दुबई पठाउन सबैभन्दा सजिलो तरिका भिजिट भिसा हो । घुम्न जाने भनेर भनेर दुबईको भिसा लागेसँग जान चाहनेले पहिलो किस्ता बुझाउँछन् । त्यहाँपुगेपछि फेरि अर्को दलालसँग सम्पर्क हुन्छ । त्यपछि त्यहाँका दलाले दुबईमा सेटिङ मिलाएर अफगानिस्तान पठाउने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.