चिनियाँ जहाज खरिदमा मन्त्रिपरिषद र पर्यटन मन्त्रालयबीच लफडा

२२ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको त्रासले चिनियाँ जहाज खरिदसम्बन्धी फाइल मन्त्रिपरिषदमा पठाइएको खुलासा भएको छ ।

पर्यटन सचिवले नै निर्णय गर्न सक्ने अवस्था भए पनि किन पठाइएको भनेर प्रश्नगर्दै मन्त्रिपरिषदले पत्र पठाएपछि यसको खुलासा भएको हो ।

मन्त्रिपरिषदले गर्ने नीतिगत निर्णय अख्तियारले छानविन गर्न नपाउने प्रावधानका कारण पछिलो समय अचिवस्तरमा गर्न सक्ने निर्णय पनि मन्त्रिपरिषदबाटै हुँदै आएका आजको कारोबार दैनिकमा समाचार छ ।

पर्यटनमन्त्री आनन्द पोखरेलले सचिवको आग्रहमा चिनियाँ जहाज खरिदको प्रस्ताव निर्णयका लागि गत फागुनमा मन्त्रिपरिषद लगेका थिए ।

मन्त्रिपरिषद अन्तर्गतको समितिले सचिवस्तरबाट हुने निर्णय यहाँ किन पठाएको भन्दै प्रश्न गरेको छ ।

तर सचिवले यो विवादित विषयमा आफूले निर्णय गर्न नसक्ने बरु सरुवा हुनेसम्मको जवाफ मन्त्रिपरिषदलाई जवाफ दिएका थिए ।

आठ जिल्लाका गाविसका वडा नै अर्कै गाविसमा परेपछि

२२ असार, काठमाडौं ।
मुलुकको आन्तरिक सीमांकन भद्रगोल हुँदा ८ जिल्लाका ३५ गाविसका भू भागहरु अन्य गाविसको बीचमा रहेको पाइएको छ ।

स्थानीय निकाय पुनः संरचना  आयोगका अनुसार तराईका ८ जिल्लाका यी गाविसहरुको वडा र भूभागहरु अन्य गाविसको बीचमा टापुजसरी रहिरहेको पाइएको छ ।

आयोगले स्थानीय निकाय पुनः संरचनाका लागि देशभरका नक्सा अध्ययन गर्दा गाविसको मुख्य क्षेत्रको सीमासँग कतै नछोएका वडारु अरु गाविसहरुमा छरिएर रहेको पाइएको आजको कारोबार दैनिकमा समाचार छ ।

आयोगले बाराको बच्चन पूर्वहवा गाविसमा ५ टुक्रामा भेट्टाएको छ । बच्चन पूर्वहवाको ६ वटा वडा सिहसनी, अमाव र रामपूर्वा गाविसको बीचमा रहेको आयोगका भौगोलिक सूचना प्रणाली विज्ञ शंकरराज पाठकले बताए । उनका अनुसार बाराको विसुनपुर, कौरया र हर्दिया गाविस ३ र३ टुक्रामा विभाजित रहेको पाइएको छ ।

सिसहनी, अमावा र रामपूर्वा गाविसको बीच बीचमा बच्चनपूर्वहवा गाविसको वडाहरु छन्, उनले भने, जवकी ती वडाहरु बचचन पूर्वहवा गाविसको कूनै पनि सीमासँग जोडिएको छैन ।

अहिले भएका ३१५७ मध्ये ३५ गाविसका वडाहरु छिन्नभिन्न अवस्थामा भेटिएका छन् । पाठकका अनुसार बाराकै अमाव, बन्जरिया, कवाही जव्दी, महेन्द्र आदर्श लगायको गाविसको २ वटा वडा अरु गाविसभित्र पर्छ ।

मन्त्रालय रित्तै पारेर अर्थका कर्मचारी युरोप अमेरिका भ्रमणमा

२२ असार, काठमाडौं ।

तपाई अहिले अर्थ मन्त्रालयमा जानु भयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन ।

कारण के होला ? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन्रु तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो ।

अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला भन्दै अध्ययन भ्रमणका नाममा युरोप र लोभलाग्दा मुलुकको भ्रमणमा निस्किएको पाइएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयअन्तर्गत विभिन्न विभागका प्रमुखदेखि शाखा अधिकृतसम्म झन्डै ४५ जनाको टोली चीनदेखि युरोपको यात्रामा निस्किएको छ ।

सरकारको आर्थिक वर्ष २०७२र७३ को बजेटबाट झन्डै ५ करोड खर्च गर्ने गरी टोली विभिन्न मितिमा अध्ययन भ्रमणमा निस्किएको बुझिएको छ ।

त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेल, कञ्चनपुरका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायत ६ जनाको टोली भन्सार व्यवस्थापन अध्यन अवलोकन गर्न बेल्जियममा पुगेको छ ।

त्यस्तै आन्तरिक राजश्व विभागका सूचना प्रविधि निर्देशक चुडामणि ढुंगानासहतिको एउटा टोली दक्षिण कोरियामा करको बारेमा अध्ययन गर्न गएको छ ।

आफ्नी छोरीलाई केटासँग भाग्न सघाएको भन्दै कुटपिट

२२ असार, काठमाडौं । जनकपुर उपमहानगरपालिका १८ भोइल गाउँमा गैरदलितकी छोरी दलितका छोरासँग भागेपछि भगाउन सहयोग गरेको भन्दै एक किशोरीलाई निर्घात कुटपिट गरिएको छ ।

पगतउष्तगैरदलित धानुक बहुसंख्यक र दलित खत्बे अल्पसंख्यक रुपमा बसोबास गर्दै आएको गाउँका रामअवतार मण्डलकी नातिनी कक्षा ७ मा पढ्ने छोटी मण्डल सोही गाउँका खत्बे जातिका केटोसँग विद्यालयबाटै सोमबार भागेपछि साथीमाथि निर्घात कुटपिट भएको हो ।

प्रेम सम्बन्धमा रहेको र परिवारले विवाहका लागि मञ्जुरी नदिने डरले उनीहरु भागेको स्थानीयले बताए । तर, साथी भगाउन सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत भनु मण्डल खत्बेकी छोरी १४ बर्षीया काजलले सहयोग गरेको भन्दै कुटपिट गरिएको आजको अन्नपूर्णमा समाचार छ ।

काजललाई साथी भगाएको भन्दै घरबाट निकालेर सार्वजनिक दलानमा लगेर निर्घाट कुटपित गरिएको छ । गाउँकै धानुक समुदायका जितेन मण्डल, नितेश मण्डल र रामहृदय पण्डित र सन्तोष मण्डलले घरबाट तानेर अरविन्द मण्डलको दलानमा लगि लात्ति र मुक्काले निर्घात कुटपिट गरेको काजलकी आमा भगवती मण्डलले बताइन् ।

भगवतीले श्रीमान घर नभएकाले गाउँका युवाले आफ्नी छोरीमाथि कुटपिट गरेको गुनासो गरिन् । भगवतीका श्रीमान् वैदेशिक रोजगारका लागि कतार पुगेका छन् । गाउँका युवाले मध्यरातमा समेत आमा छोरीलाई मार्ने धम्की दिएपछि छिमेकीको घरमा लुकेर ज्यान बचाएको भगवतीले बताइन् ।

सोमबार राती छिमेकमा लुकेर बसेर मंगलबार विहान घर पुग्दा पुन युवाले कुटपिट गरेका छन् । युवाले काजलका दुवै हात उल्टो पारेर रस्सीले बाँधेर भागेकी साथीको जानकारी नदिए मार्ने धम्की दिएको भगवतीले बताइन् ।

बाँधेर भागेका केटाकेटीको विषयमा जानकारी नदिए बाँच्न नदिने धम्की दिएको  पीडित किशोरीका कान्छो भाइ सन्तोष मण्डलले बताए ।

त्रिवि चिकित्सक खुट्टा कमाउँदै । अभियन्ता केसीलाई अनशन बस्नबाट रोक्दै

२२ असार, काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का पदाधिकारी र विभागीय प्रमुखले प्रा।डा। गोविन्द केसीलाई अनशन नबस्न आग्रह गरेका छन् ।

अनशन नै बस्ने भए आइओएम परिसरबाहिर बसिदिन उनीहरूको आग्रह छ । केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका छन् ।

पटकपटकको अनशनले शिक्षण अस्पतालको स्वास्थ्य सेवामा अवरोध भएको र आइओएमको पठनपाठनमा पनि नकारात्मक असर परेकाले अनशनमा पुनर्विचार गर्न आग्रह गरिएको अस्पतालका निर्देशक डा.दीपक महराले बताए ‘हामीले सकेसम्म अनशन नै नगर्न आग्रह गरेका छौ“ । गर्ने नै हो भने पनि यसपटक पठनपाठनमा नकारात्मक असर नपर्ने गरी आइओएम परिसरबाहिर बस्न अनुरोध गरेका छौं’, उनले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

डिन कार्यालयमा डा। केसीसहित सोमबार र मंगलबार बसेको पदाधिकारी र विभागीय प्रमुखहरूको बैठकले अनसन नबस्न आग्रह गरेको हो । बैठकले अनशन नबस्न र बस्ने भए परिसरबाहिर जान लिखित आग्रह नै गरेको छ । बैठकको उपस्थिति पुस्तिकामा डा। केसीले पनि हस्ताक्षर गरेका छन् ।

आइओएमका ग्यास्ट्रोलोजी डिपार्टमेन्ट प्रमुख प्रेमकृष्ण खड्काले केसीका मागभन्दा अस्पतालमा अनशन बस्ने विषयमा बढी छलफल भएको बताए । ‘हामीले उहाँलाई सकेसम्म अनशन नबस्न भन्यौँ । यदि बस्ने नै हो भने आइओएम हाताभित्र नबस्न आग्रह गरेका छौँ,’ डा. खड्काले भने ।

बैठकमा सहभागी प्याथोलोजी डिपार्टमेन्ट प्रमुख डा। विनयशमशेर जबराले अनशनका मागसँग कसैले सरोकार नराखेको, तर सबैको भनाइ तत्काल अनशन बस्न नहुने र बसे पनि आइओएम परिसरबाहिर बस्न सुझाब दिएको बताए ।

शशांक कोइरालाको भेन्टिलेटरमा उपचार हुँदै

२२ असार, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अकस्मात अस्पताल भर्ना भएका छन् ।

कोइरालालाई मंगलबार साँझ एक्कासी वान्ता हुन थालेपछि चाबहिलस्थित ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

अस्पताल भर्ना भएपछि बुधवार बिहान ४ बजेतिर फेरि वान्ता भएपछि उनलाई आइसीयूमा राखेर डा. लब जोशी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको ओम अस्पतालले जानकारी दिएको छ ।

कोइरालालाई ‘ निमोनिया’ भएको चिकित्सकको टोलीले पुष्टि गरेको छ । आइसियुमा राखेर कोइरालाको उपचारमा बरिष्ठ कार्डियोलोजिष्ट डा। जोशी र डा। भगवान कोइराला,  डा. सुवोध ढकाल, डा. श्याम महर्जन  र राहुल पाठक सहिका चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

आइसीयूमा भर्ना भएका कोइरालाको रक्तचाप निकै न्यून रहेको र स्वास्थ्यमा सुधार आउन केही दिन लाग्ने चिकित्सकहरुले बताएका छन् ।

दोधारा चाँदनीको जगबुडा नदी तर्न बिजोग

पप्पु गुरुङ् / निर्मल गिरी, २१ असार /कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको सुन्दरनगरका बासिन्दाहरुले जगबुडा नदी वारी पारी गर्न बिजोग भएको छ् । हिलाम्मे बाटो त्यसैमा जोखिम पुर्ण किस्ती । “सरकारले किस्ती संचालन गर्न ठेक्का दिन्छ् तर पुल निमार्ण चाडै पुरा गरिदिएको भए” स्थानियहरु भन्दै थिए । झण्डै ५ दशक देखि आफु र वालवालिकाहरु नदीको वारी–पारी गर्दै आएको बुढा पाखाहरु बताउछन् । हालै नेपाल सरकारले उक्त स्थानमा झोलुङ्गे पुल बनाउने कार्य सुरु गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८, सुन्दरनगर लगाएत सिमावर्ती भारतिय शहरलाई जोड्न उक्त पुल निर्माणधिन अवस्थामा रहेको छ् ।

फोटो फिचर :

प्रहरी निरिक्षक माथी हातपात : दलित उत्पीडित जातीय मुक्ती मोर्चाद्धारा घट्नाको बारे सोधपुछ

पप्पु गुरुङ्, २१ असार, दोधारा चाँदनी, कञ्चनपुर । प्रहरीको त्रासको कारण कञ्चनपुरको दोधारा चाँदनीका ६ दलित घरधुरी बिस्तापित भएका घट्नाको नेपाल दलित मुक्ती मोर्चाद्धारा घट्नाको आज बिबरण संकलन सहित सोधपुछ गरेको छ् । आज दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा पुगी घट्नाको यर्थात बिबरण संकलन गरेको हो । जेठ १८ गते मंगलवार करिब ३ बजे प्रहरीले मानव तस्करीमा संलग्न अरोपितलाई पक्राउ गर्दा गाँउनै त्रसित गराउदै ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको कारण ६ घरधुरी त्रासको कारण बिस्तापित भएका हुन् । उनिहरु घरमा ताला लगाएर तथा बालवालिका छिमेकीको घर छाडेर भारतको बम्बई लगाएत स्थानमा पलाएन भएको स्थानियहरुले बताएका छन् । प्रहरीको त्रास तथा धम्कीले केहि दिन आफन्तको घरमा लुकेर बसे, त्रास अझै बढेपछि भारत छिर्न बाध्य भएको स्थानिय पार्वती चदारोले बताए । प्रहरीले गाँउमा भान्साको चुल्हालाई लात्तीले हानेर समेत भत्काईदिने गरेको बताईएको छ् । उनिहरु यस वर्ष प्रहरीको त्रासको कारण खेतीपाती समेत गर्न समेत पाएका छैनन् । त्रासको कारण वालवालिकाहरु समेत बिद्यालय छाडेर भारत गएको बताईएको छ् भने, गाई बस्तु छिमेकीको जिम्मामा छाडेर ६ घर परिवार फरार भएका छन् । प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले अनुसन्धान पछि ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ् । जेठ १८ गते मंगलवार करिब ३ बजे ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गगन ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ गते देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । अभियुक्तका आफन्तजनले प्रहरी माथी हातपात गरि अभियुक्तलाई भगाउन सहयोग गरेको तथा प्रहरी माथी हातपात गरेको उनिहरुमा आरोप छ् । “सादा पोसाकमा आएको प्रहरीलाई हामीले चिनेनौ । हामीले चोरहरुले बिर बहादुर सुनारलाई गोली हान्यो भनेर बचाउन लागेका थियौ” माईला भनिने बिक्रम सुनारे भने । प्रहरीको अनुसन्धान पछि अभियुक्त सुनार आफन्त काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती (नाउ नखुलेको) को नाउमा सार्वजनिक मुद्धा दर्ता गरिएको हो ।  नेपाल दलित मुक्ती मोर्चाको एक टोली दोधारा चाँदनीको सुन्दरनगर पुगेर उनिहरुको अवस्था तथा घट्नाबारे सोधपुछ गरेको छ् । टोलीले घट्नाको प्रत्यक्षदर्शी समेत भेटेर घट्नाको अवस्थाबारे बिबरण संकलन गरेको नेपाल उत्पिडित दलित मुक्ती समाजका जिल्ला कोषाध्यक्ष नन्दलाल सुनार, नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटि अध्यक्ष किशोर कुमार लिम्बु, नेपाल उत्पिडित दलित मुक्ती समाजका जिल्ला सल्लाहकार तिल बहादुर सुनार, समाजसेवी निर्मल गिरी तथा शिक्षक करन रोकायाको एक टोलीले अवस्थाको जानकारी लिएका हुन् । “सादा पोसाकमा आएको प्रहरीले गाली चलाए पछि हामीले प्रहरी भनेर चिनेनौ, चोरहरु भनेर हामीले प्रतिकार गरेका हौ” स्थानिय पार्वती चदारोले भने । २०६६ साल माघ १७ गते मानव बेचविखन बिरुद्ध दोधारा चाँदनीका एक महिलाले बिर बहादुर सुनार लगाएत भारतिय नागरिक राजु रावल र गोपाल तिवारी बिरुद्ध अदातमा मुद्धा दायर गरे लगत्तै सुनार फरार रहेका थिए । उनलाई पक्राउ गर्न प्रहरी पटक पटक गएपनि सुनार भारत गएको कारण उनलाई पक्राउ गर्न सकेको थिएन् । स्थानिय पार्वती चदारो अनुसार गााउमा बेचबिखनको मुद्धा छिनोफानो गरिसकेको भएको बताएका छन् । उक्त छिनोफानोमा कुरा मिलाउन बिर बहादुर सुनारले रु. २१ हजार भारतिय रुपियाँ दिएका थिए, भने भारतिय नागरिक राजु रावल र गोपाल तिवारीले रु.४० हजार भारतिय रुपिया दिएर तत्काीन माओबादीले लिएर मुद्धा गाँउमा छिनोफानो गरेपनि पिडितलाई एक रुपियाँ समेत नपाएको बताईएको छ् ।

यस्तो छ नेपाल भारत असमान १९५० को सन्धि (पूर्ण पाठ)

नेपाल भारत शान्ति तथा मैत्री सन्धि

(जुलाई ३१/१९५०)

नेपाल र भारत सरकार शताब्दियौंदेखि दुई मुलुकका बीच रहिखाएको मित्रतापूर्ण सम्बन्धप्रति रहँदै उक्त सम्बन्धलाई अरु विकसित र सुदुढ पारी दुई मुलुकको शान्तिलाई निरन्तरता दिने उद्देश्यले-

परस्पर शान्ति तथा मैत्रीसन्धि गर्ने निश्चय गरी यो सन्धि गर्ने निम्नलिखित व्यक्तिहरुलाई सम्पूर्ण अधिकारसहित प्रतिनिधि नियुक्त गरिएको छ । जसमा नेपालका तर्फबाट महाराज, प्रधानमन्त्री तथा सर्वोच्च सेनापति मोहन शम्शेर जंगबहादुर राण र भारत सरकारका तर्फबाट नेपालमा भारतका महामहिम राजदूत चन्द्रेश्वरप्रसाद नारायणसिंहले एकअर्काको अधिकार पत्र जाँदा ठीक र रीतपूर्वकको ठहर्‍याइएकोले देहायकाप्रबन्धहरुलाई स्वीकारेका छन् ।

धारा-१

नेपाल भारत सरकारका बीच स्थायी शान्ति र मित्रता रहिरहनेछ । दुवै सरकार परस्परमा एक अर्काको पूर्ण प्रभुसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्रताप्रति सम्मान र समर्थन गर्न स्वीकार गर्दछन् ।

धारा-२

दुबै सरकार परस्परमा कायम रहेको मित्रतापूर्ण सम्बन्धमा खलल पर्न जाने सम्भावना रहने गरी कुनै छिमेकीसँग गम्भीर खटपट वा विवाद उत्पन्न भएका एक अर्कालाई जानकारी दिने प्रतिवद्ध छन् ।

धारा-३

धारा १ मा उल्लेख भएअनुसार सम्वन्ध स्थापना गर्न र त्यसलाई कायम गर्नका लागि दुबै सरकार आवश्यक कामकाजको सुसञ्चालनका लागि आवश्यक कर्मचारी र आफ्ना प्रतिनिधिहरुद्वारा एक अर्कासँग कूटनीतिक सम्बन्ध राख्न राजी छन् ।
ती प्रतिनिधिहरु र तोकिएका कर्मचारीहरुले पारस्परिक आधारमा प्रचलित व्यवस्थाअन्तर्गत अन्तर्राष्ट्रिय कानूनले प्रदान गरेका सबै कुटनीतिक विशेषधिकार र उन्मुक्तिहरुलाई उपभोग गर्नेछन् । यी अधिकारहरु दुबैमध्ये एक मुलुकको कूटनीतिक सम्बन्ध भएको कुनै अर्को मुलुकका समानस्तरका व्यक्तिहरुलाई दिइएका अधिकारभन्दा कुनै पनि हालतमा कम हुने छैनन् ।

धारा-४

दुबै सरकारहरु एक अर्को मुलुकका तोकिएका शहर, बन्दरगाह र अन्य स्थानहरुमा बस्ने महावाणिज्यदूत, वाणिज्यदूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरु नियुक्त गर्न मञ्जुर छन् ।

महावाणिज्य दूत, उपवाणिज्यदूत र वाणिज्य प्रतिनिधिहरुलाई उनीहरुको पदाधिकारमा नियुक्तिको वैधानिक प्रमाणपत्र प्रदान गरिनेछ ।

ती पदाधिकारी या नियुक्तिको वैधानिक प्रमाण पत्रलाई सो प्रदान गर्ने मुलुकले आवाश्यक ठानेमा फिर्ता लिन सक्नेछ । सम्भव भएका त्यसरी फर्ता लिइनुको कारणको जनाउ दिन सकिनेछ ।

माथि उल्लेखित व्यक्तिहरुले पारस्परिक आधारमा ती सबै हक विशेषाधिकार र उन्मुक्तिहरुको उपयोग गर्नेछन्, जुन ती मुलुकका समान श्रेणीका व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

धारा-५

नेपाल सरकारलाई आफ्नो सुरक्षाका लागि आवश्यक पर्ने हातहतियार, विष्फोटक सामाग्री या गोलीगठ्ठा, कलपूर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ । यी प्रवन्धलाई कार्यरुप दिन दुबै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन् ।

धारा-६

दुबै सरकार नेपाल र भारतबीच विद्यमान असल छिमेकीपन र मित्रताको प्रतीकस्वरुप एकले अर्को देशका नागरिकहरुलाई आफ्नो मुलुकका औद्योगिक र आर्थिक विकासका मामिलाहरुमा सहभागी हुन तथा आर्थिक विकाससँग सम्बन्धित मामिलाहरुमा दिइने सहुलियत र ठेक्का पट्टाहरुमा राष्ट्रिय व्यवहार प्रदान गर्नेछन् ।

धारा-७

नेपाल र भारत दुबै देशका सरहकारहरु समान आधारमा एक अर्को देशका नागरिकहरुलाई आ-आफ्नो भू-भागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोवारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरु प्रदान गर्न स्वीकृत प्रदान गर्दछन् ।

धारा-८

जहाँसम्म यहाँ उल्लेख भएका कुराहरुको सवाल छ तिनको हकमा यो सन्धिले नेपाल सरकार र भारत सरकारको तर्फबाट बि्रटिश सरकारको बीचमा भएका सबै सन्धिहरु, संझौताहरु र प्रतिज्ञापत्रहरुलाई खारेजगरेको छ ।

धारा-९

यो सन्धि दुबै सरकारले हस्ताक्षर गरेको मितिदेखि लागू हुनेछ ।

धारा-१०

कुनै एक मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको अस्तित्व रहिरहनेछ ।

काठमाडौंमा विसं २००७ साल साउन १६ गते तदनुसार ईश्वी संवत १९५० जुलाई महिनाको ३१ तारिखका दिन यो सन्धिको दुबै प्रतिमा हस्ताक्षर भयो ।

हस्ताक्षर
चन्द्रेश्वरप्रसाद नारायण सिंह                  मोहन सम्शेर जंगबहादुर राणा
भारत सरकारको निमित्त                          नेपाल सरकारको निमित्त

(स्रोत- यो सन्धीको अनुदित अंश मधुवन प्रकाशनबाट प्रकाशित पुस्तक ‘नेपाल-भारत र चीन सन्धि समीक्षात्मक विवरण’ बाट साभार गरिएको छ ।)

युरोकप सेमिफाईनल भिडन्त भोलिबाट

२१ असार, काठमाडौं ।
फ्रान्समा जारी युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

समीकरण अनुसार नेपाली समय अनुसार भोलि बिहानबाट सेमिफाइनलको खेल सुरु हुनेछ ।

पहिलो खेलमा पौने १ बजे पोर्चुगल र वेल्स भिड्नेछन् ।

यसैगरी, पर्सी बिहान पौने १ बजे आयोजक फ्रान्सले जर्मनीसँग खेल्नेछ ।

६२ हजार बढी नागरिक विद्रोही र सरकारी सेनाको घेराबन्दीमा

२१ असार, एजेन्सी ।
सिरीयाका विभिन्न स्थानमा ६२ हजार भन्दा बढी नागरिक विद्रोही र सरकारी सेनाको घेराबन्दीमा परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

इस्लामिक अतिवादी संगठन आइएसको कब्जामा रहेका कतिपय शहर मुक्त गर्ने क्रममा अहिले पनि सरकारी सेना र बिद्रोहीबीचको भिडन्त जारी रहेको छ ।

दोहोरो भिडन्तको चपेटामा परेका ती स्थानका हजारौ नागरिक खाद्यान्न, पानी, स्वास्थ्योपचार लगायतका आधारभुत आवश्यकताको अभावमा बाँचिरहेको राष्ट्रसंघले जनाएको छ ।

दमास्कसस्थित राष्ट्रसंघको कार्यलयले भोकमरीको मारमा परेका उनीहरुलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ ।

सरकारी र बिद्रोही पक्षको लगातारको आक्रमणका कारण हजारौ सिरीयाली नागरिकले ज्यान गुमाएका छन् भने लाखौ विस्थापित भएको वीवीसीले लेखेको छ ।

खुसीको खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने सुविधा

२१ असार, टोकियो ।
जापानमा अध्ययन गर्न आउने नेपाली सहित विश्वभरका विद्यार्थीहरुको लागि खुसीको खवर छ । त्यो हो जापान सरकारले विदेशी विद्यार्थीहरुको लागि अब ग्रिन कार्ड लागू गर्ने भएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवेको पहलमा  बिदेशी बिध्यार्थीहरुलाइ लक्षित गरी Green Card लागू गरिने भएको हो ।

हालको ५ बर्ष काम नगरी स्थाइ बसोबासको आवदेन दिन नपाइने नियमलाइ संसोधन गरी छोटो पारिने भएको छ ।

प्रधानमन्त्री आबेले हालै गर्नुभएको घोषणा अनुसार आउदो आर्थिक बर्ष भित्र जापानले जापानमा अध्यन गरेका बिदेशीहरुको रोजगारीलाइ ५० प्रतिशतमा बढाउन सरकारले बिशेष योजना ल्याउने भएको छ ।

यदि यो घोषणा भएमा जापानमा अध्ययनका लागि आउने नेपालीहरुले हालको जस्तै अवैध रुपमा २८ घण्टा भन्दा बढी समय लुकेर काम गर्नुपर्ने अवस्था रहनेछैन ।

जापानमा तोकिएको समयभित्र मात्र काम गर्ने विदेशीहरुको संख्या अत्यन्त न्युन भएको पाइएपछि जापान सरकारले त्यसलाई सजिलो पार्न पनि काम गर्न पाउने समय बढाउन लागेको ठानिएको छ ।

कोउगाकु सिन्बुनका अनुसार प्रधानमन्त्री आवेले बिदेशी बिधार्थीहरुले अध्यन गर्न जापान रोजेर आएपछी यहाँ जागीर पाए जापानको बिकाशमा पनि टेवा पुग्ने भएकाले उनिहरुले गर्न पाउने कामको समय बढाउन लागिएको हो ।

जिज्ञानकुमार थापाको फेसबुक स्टाटसको आधारमा तयार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web