२२ असार, काठमाडौं ।

तपाई अहिले अर्थ मन्त्रालयमा जानु भयो भने त्यहाँ तपाईले खोजेका सरकारी अधिकारीहरुसँग आफ्ना गुनासा वा जिज्ञासा राख्न पाउनुहुनेछैन ।

कारण के होला ? अर्थ मन्त्रालयमा आफूले खोजेका व्यक्ति किन फेला पर्दैनन्रु तपाईहरुको मनमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै हो ।

अहिले अर्थ मन्त्रालय र अर्थ मन्त्रालयअन्तर्गतका हाकिमदेखि तल्लो तहका कर्मचारी संघीयता, कर प्रणाली, राजस्व संकलन गर्न के कस्ता उपाय अवलम्बन गर्नु पर्ला भन्दै अध्ययन भ्रमणका नाममा युरोप र लोभलाग्दा मुलुकको भ्रमणमा निस्किएको पाइएको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अर्थ मन्त्रालयअन्तर्गत विभिन्न विभागका प्रमुखदेखि शाखा अधिकृतसम्म झन्डै ४५ जनाको टोली चीनदेखि युरोपको यात्रामा निस्किएको छ ।

सरकारको आर्थिक वर्ष २०७२र७३ को बजेटबाट झन्डै ५ करोड खर्च गर्ने गरी टोली विभिन्न मितिमा अध्ययन भ्रमणमा निस्किएको बुझिएको छ ।

त्रिभुवन विमानस्थलका प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेल, कञ्चनपुरका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी लगायत ६ जनाको टोली भन्सार व्यवस्थापन अध्यन अवलोकन गर्न बेल्जियममा पुगेको छ ।

त्यस्तै आन्तरिक राजश्व विभागका सूचना प्रविधि निर्देशक चुडामणि ढुंगानासहतिको एउटा टोली दक्षिण कोरियामा करको बारेमा अध्ययन गर्न गएको छ ।