द्धन्दकालमा माओवादीले लुटेको ७ लाख फिर्ता गर्न माग

२२ असार, पर्वत ।
पर्वतका एक द्वन्द्वपिडितले द्वन्द्वकालमा लुटिएको रकमको क्षतिपुर्तिको माग गरेका छन् । दक्षिण पर्वतको बेउलीवास गाविसका सचिब पुण्यप्रसाद काफ्लेले २०६१ साल साउन ३ गते तत्कालीन नेकपा माओवादीद्धारा लुटिएको रकमको क्षतिपुर्ति माग गर्नुभएको हो ।

बेउलीवास र उरामपोखरा गाविसमा कार्यरत रहँदा दुईवटा गाविसको विकास निर्माणको रकम भुक्तानीका लागि सदरमुकाम कुश्माबजार लिएर गएको ९ लाख ७५ हजार रुपैया र महत्वपुर्ण कागजात माओवादी कार्यकर्ताहरुले बाटोमा लुटेका थिए । झण्डै २० जनाको समुहमा आएका माओवादी कार्यकर्ताहरुले रकम लुटेर लगेको उहाँले बताउनुभयो ।

रकम लुटिएपछि २०६१ साल असोज ४ गते जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको भएपनि अहिलेसम्म कुनै क्षतिपुर्ति र रकम फिर्ता नपाएको गुनासो गरेका छन् । १२ वर्षसम्म उक्त रकमको क्षतिपुर्ति नपाउँदा आफु घरवारबिहीन हुने अवस्थामा पुगेको काफ्लेले गुनासो गर्नुभएको छ ।

गाउँ विकास समितिको रकम भएपनि विभिन्न उपभोक्ता समिति, आमा समुह, लक्षित वर्गको रकम भएकाले आफुले ऋण खोजेर भुक्तान गरेको उहाँले बताउनुभयो । उहाँले लुटिएको रकम असुल गर्नकै लागि ८ मुरी धान फल्ने जग्गा विक्रि गरे, अझै धेरै ऋण बाँकी रहेको बताउनुभयो ।

क्षतिपुर्तिका लागि गृह मन्त्रालय, शान्ति तथा पुर्न्निर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पुगेर पटक पटक माग गर्दापनि द्वन्द्वकालमा लुटिएको वा सम्पत्ती क्षति भएकालाई क्षतिपुर्ति स्वरुप रु १० हजार रुपैया मात्रै दिने आश्वासन पाएपछि उक्त रकम आफुले नलिईकन फर्किएको काफ्लेले गुनासो गर्नुभयो ।

Beni-Jomsom Road Obstructed

The Beni-Jomsom road that connects the mountainous district Mustang via Myagdi is obstructed since this morning.

Vehicular movement on the 76-kilometre road has been halted due to the blockade caused by a landslide at Ghangema of Ghansa-1 on the border between Muagdi and Mustang.

Even people cannot traverse the road due to the huge mudslide that also washed away a section of the road, said Indra Singh Sherchan, an hotelier at Dana.

Two killed in Road Mishap

Two persons died on the spot in a road accident at Arjuni area of Kanchanpur district along the East-West highway this morning.

The deceased have been identified as Madan Panta, 30, of Krishnapur Municipality-1 and Padam Rosyara, 55, of Attariya of Kailali district.

The accident took place when a bus heading towards Jogbudha of Dadeldhura from Bhimduttanagar of Kanchanpur hit another bus parked at highway along the Shuklaphanta Wildlife Reserve area.

सिकेका सिपलाई व्यवहारमा उतारेमा नयाँ नेपाल र्निमाणमा सहयोग पुग्छ ः सभासद फुंयाल

रबिन थपलिया-२२ असार, काठमाडौं ।
नेकपा एमालेका सभासद रामेश्वर फुंयालले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्न सकेमा नयाँ नेपाल र्निमाणमा सहयोग पुग्ने बताउनु भएको छ ।

गोकर्णेश्वर नगरपालीकाको सहयोगमा माया शैक्षिक अभियान (maya education initiatives) द्धारा आज जोरपाटीमा आयोजना गरिएको ३ महिने निशुल्क व्युटीपार्लर तालीमको समापन गदै सभासद फुंयालले महिलाहरुलाई सिपमुलक तालीम दिएर आत्मर्निभर बनाउनको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छिरीङ लामाले तालीमबाट सिकेका सिप र ज्ञानलाई व्यवहारमा परिणत गर्न सुझाब दिनुभयो । उहाँले व्युटीपार्लर तालीम लिएर महिलाहरु आत्मर्निभर बन्ने अपेक्षा गर्नुभयो। साथै उहाँले माया शैक्षिक अभियानले जोरपाटीमा गरिएको यो सवैभन्दा पहिलो र नौलो कार्यक्रम भएको समेत बताए ।

कार्यक्रममा नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालीकाका प्रतिनिधि श्रीकृष्ण ज्योतीले व्युटीपार्लर तालीममा महिलाहरुले सिकेको सिपलाई व्यवहारमा उतारेमा  आत्मर्निभर बन्नको निम्ती सहयोग पुग्ने बताए ।

माया शैक्षिक अभियानका अध्यक्ष हिरा लामाको अध्यक्षतामा भएको कार्यक्रममा तोक्वान्दोका अन्तराष्ट्रिय खेलाडी महेश केसी, नेपाल विद्यार्थीसंघका नेता हरिशरण खतिवडा लगायतले आफनो मन्तव्य व्यक्त गरेका थिए ।

माया शैक्षिक अभियानद्धारा आयोजीत तिनमहिने निशुल्क व्युटीपार्लर तालीममा २५ जना महिलाहरुको सहभागीता रहेको थियो । कार्यक्रममा उपस्थीत संचारकर्मीहरुलाई संस्थाले प्रसंसापत्र प्रदान गरेको थियो ।

युवराज दिपेन्द्रलाई मृत्युको तीनदिन सम्म जिवित राखे जस्तै त होइन शशांकको अवस्था ! (Video)

शशांकको दिमाग निष्कृय, आँखाको नानी स्थिर अर्थात् बेन डेड

शशाङ्कको 'दिमाग निष्कृय, आँखाका नानी स्थिर' भनेको के हो ? यसको अर्थ 'बेन डेड' हो भने यस्तो वक्तव्य आएको एकाध घन्टामा बिरामीले कसरि आँखा खोल्छ रु आँखा खोलेको देख्नेहरू पनि छन् कि दीपेन्द्रको लाश ३ दिनसम्म 'जिवित' राखिएको जस्तै डाक्टरि रिपोर्ट हो यो ?

जे रोप्यो, त्यहि फल्छ, कालले सबैलाइ खान्छ

विपी पुत्र शशाङ्कको 'बिरामि' त्यस्तै प्रकृतिको देखिन थाल्यो, जस्तो सुशिलको थियो । ३ दिनसम्म पार्टी पंक्तिबाटै गुमनाम राखिएर मर्ने पक्का भएपछि बिरामीका रूपमा सार्वजनिक गरिएका सुशिलको मृत्यूप्रति वेवास्ता गरिएको परिणाम शशांकको दुर्दशा हुनसक्छ ।

उनको 'पिज्जाको ग्रहणको जानकार कोहि नदेखिनु, अस्पताल भर्ना जस्तो सामान्य कुरामा फरक फरक समयको दाबि देखिनु, सामान्य लक्षणहरू पार नगरि 'बिरामी' अकस्मात नाजुक अवस्थामा पुग्नु जस्ता कुराहरू स्वाभाविक देखिंदैनन् ।

पिज्जा कहाँ खाएका हुन् भन्ने कुरा पनि २ थरि आएका छन् । एकथरिले घरमैं खाएको र अर्काथरिले दरबार मार्गमा खाएको दाबि गरिरहेका छन् ।

मैले यो घटना हत्या नै हो भन्न खोजेको हैन तर बास्तबिक बिरामिको कारण उनको अवस्था यस्तो भएको देखिंदैन।

यस घटनाबारे अहिल्यै ठोस कुरा एकिन गर्न त सकिन्न तर यसलाइ नेपालको खतरनाक राजनीतिसंग जोडेर हेर्ने हो र कुनै जहरको आशंका गर्ने हो भने शशाङ्कको नशाको कमजार आदतलाइ समातेको देखिन्छ ।

हरेक कुरामा षडयन्त्र देख्नु हुँदैन भनि उपदेश दिनेहरू पनि यहाँ धेरै छन् तर यो राजा मारिंदा शोक प्रस्तावका लागि संसद पनि नबोलाउने र शोक प्रस्ताव पनि पारित नगर्ने महा अपराधिहरूको सत्ता हो ।

घरमा काल पसेको थाहा पाउँदा पाउँदै मौन रहनेहरू एकदिन आफै पनि खाइन्छन् । दरबार हत्याकाण्डलाइ आफ्नो साम्राज्य आएको घटनाका रूपमा लिएर मौन बस्नेहरू कोहि पनि बाँकि रहने छैनन् भन्ने मलाइ लाग्छ ।

हाकाहाकि राजा मारिंदा नबोल्नेहरू तिनै षडयन्त्रकारिहरूबाट मारिंदा को जनता बोल्ने ? जे रोप्यो, त्यहि फल्छ ।

राजनीतिक विश्लेषक भरत दाहालको फेसबुकबाट साभार

यो विचार उनको निजि बिचार हो । यसमा टपनेपालन्युजको कुनै आधिकारीक विचार वा धारणा नरहेको स्पष्ट पार्न चाहन्छौं ।
सम्पादक

कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर

कोइरालाको स्वास्थ्य अझै गम्भीर,चिकित्सक भन्छन् -'यसै भन्न सकिन्न्'

कोइरालाको होस खुल्यो,स्थिति भने अझै गम्भीर

काठमाडौं,असार २२ ।  ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको  स्वास्थ्यमा केही सुधारको संकेत देखिएको छ । विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको  बुधबार साँझ अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ। पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता डा लव जोशीले कोइराला बिस्तारै होसमा आउन थालेको जानकारी दिए ।

उनले भने ‘अचेत हुनु भएको उहाँले केहीबेर अघि मात्र आँखा खोल्नुभयो र हामीले बोलाउँदा सुनेको संकेत गर्नु भएको छ । यो सकारात्मक संकेत हो ।’उनले दिगामी हालतमा सुधार आएको भन्दै पिसाव पनि पर्याप्त रुपमा भइरहेको जानकारी दिए ।  उनले २४ घण्टासम्म यसै केहि भन्न नसकिने तर, यही अवस्था कायमै राख्न सकेको खण्डमा भोलिदेखि थप सुखद खबर आउने निश्चित रहेको बताए ।

रोनाल्डो भर्सेस बेलः युरोकपमा पहिलो पटक आमनेसामने हुँदै

एजेन्सी,असार २२ ।  युरोकप २०१६ मा आजको खेलमा सबैको नजर ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोमा परेको छ । एकै क्लबबाट खेल्ने बेल र रोनाल्डो युरोकपमा पहिलो पटक देशको नेतृत्व गर्दै आमनेसामने हुँदैछन्। पोर्चुगल रोनाल्डोमा निर्भर रहेको छ भने वेल्स बेलभन्दा पनि टीम गेम खेल्ने टोलीको रुपमा अगाडि आएको छ। बेल्स र पोर्चुगलको खेललाई बेल भर्सेस रोनाल्डोको रुपमा पनि हेरिएको छ ।  दुबै टिम फाइनलमा स्थान बनाउन लियोनमा भिड्दैछन् ।उनीहरु फुटबल मैदानमा एकअर्काविरुद्ध यसअघि पनि उत्रिसकेका छन् । पहिलो पटक प्रिमियर लिगमा २००८/०९ मा पहिलो पटक भिडेका थिए । रोनाल्डोको म्यानचेष्टर युनाइटेडले बेलको टोटनहृयामलाई ५-२ ले हराएको थियो   दोस्रो पटक सिजन २०१०/११ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिडेका थिए ।

५८ वर्षपछि ठूलो प्रतियोगिता खेलेको वेल्स पहिलो पटक युरोपियन च्याम्पियनपसिपको सेमिफाइनलमा पुगिसकेको छ । नयाँ स्टारका रुपमा देखिएका रेनाटो सान्चेज,नानी, रोनाल्डोसँगै पोर्चुगलको आफुलाई बलियो साबित गर्दै आएका हुनाले आजको नतिजा कस्को पक्षमा हो भन्ने अड्कल बा जि गर्नै नसक्ने अवस्थामा रहेको छ ।

कोइरालाको स्वास्थ्य अझै गम्भीर,चिकित्सक भन्छन् -‘यसै भन्न सकिन्न्’

काठमाडौं,असार २२। निमोनियाबाट ग्रसित भएर अस्पताल भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्थिति गम्भीर बन्दै गएको अस्पतालले जनाएको छ ।  कोइरालाको अवस्थामा अपेक्षाकृत सुधार नआएको तथा अझ गम्भीर रहेको डाक्टरहरुले दिउसो ३ बजे गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । डा लव जोशीले जानकारी दिए अनुसार एसै भन्दा नसकिने र बिहानको भन्दा लिभर र किट्नीको अवस्था झन बिग्रिएको बताएका छन् । लाइफ सपोर्टमा राखिएको डा जोशीले बताए । फोक्सोमा हावाबाहेक केही नजानुपर्ने भए पनि सर्केको खानाको तत्व कोइरालाको फोक्सोमा पुगेको छ । “फोक्सोमा हावाबाहेक केही नजानुपर्ने हो,” डा। जोशीले भने,“तर खाना सर्केपछि केही तत्व फोक्सोमा पुगेको छ । त्यसको इन्फेक्सन फोक्सोमा देखिएको छ । फोक्सोको निमोनिया पनि छ ।”

उनले कोइरालाको स्वास्थ्य उपचारमा १५ जना चिकित्सकको टोली सक्रिय रहेको जानकारी गराउँदै परिवारले चाहेमा बाहिर लैजान सक्ने बताए । तर विदेश लैजाने अवस्था नरहेको पनि उनले बताए । “विदेश लैजान सक्ने अवस्था छैन,” उनले भने,“यहाँबाट विमानस्थलसम्म र उताको विमानस्थलबाट अस्पतालसम्म लैजान सकिने अवस्था छैन । यसको जिम्मेबारी हामीले लिन सक्ने अवस्था छैन ।”

थप उपचारका लागि भारतबाट विशेषज्ञ चिकित्सकको टोली बोलाउने तयारी भएको छ ।  अस्पतालको आइसियु कक्षमा राखेर उपचार गराइरहेका कोइरालालाई तत्कालै आस्पतालबाट बाहिर लैजान चिकित्सकहरुले नमानेपछि भारतबाट विज्ञहरुको टोली बोलाउन लागिएको हो ।   बिगत १५ वर्षदेखि रक्तचाप नियन्त्रण गर्ने औषधिको प्रयोग गरीरहेको पारिवारीक स्रोतले जनाएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं,असार २२ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको अस्पतालले जनाएको छ । ओम अस्पताल चाबहिलमा उपचारत कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ । मंगलबार राति पिज्जा खाएपछि वान्ता गरेका उनलाई बिहान अस्पताल लगिएको थियो । रातीदेखि बिहानसम्म लगातार बमिट गरिरहेका उनको बिहान साढे पाँच बजे बमिट सर्किएर मुटुमा असर गर्न पुगेको बताइएको छ । ओम अस्पतालका अनुसार कोइरालालाई अहिले भेन्टिलेटरमा राखेर एन्टिवायोटिक चलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता, कार्यकर्ता बिहानै अस्पताल पुगेर कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

अस्पतालले उनको उपचारमा १५ जना डाक्टरको टीम सक्रियतापूर्वक लागिरहेको जनाएको छ । कोइरालाको उपचारमा सक्रिय चिकित्सकहरुमा राहुल पाठक, लब जोशी, भगवान कोइराला, अर्जुन कार्कीलगायत रहेका छन् । चिकित्सकहरुले उनको अवस्था अत्यन्त नाजुक भएकाले अहिलेनै उपचारको लागि विदेश लैजान सकिने अवस्था छैन । बिहान अस्पताल पुगेका कांग्रेस नेताहरुले विदेश लैजाने बारे चिकित्सकहरुसँग परामर्श गर्न क्रममा यस्तो जानकारी गराइएको हो ।

‘नेपाल डे फेस्टिवल’ तयारी बारे बृहत छलफल हुँदै (अपडेट)

२२ असार, टोकियो ।

नवौं नेपाल डे फेस्टिवलको प्रचार प्रसार तथा प्रवद्र्धनमा लागिरहेको गैर अवासिय नेपाली संघ जापानले फेस्टिवलको तयारीका बारेमा छलफल कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल डे फेस्टिवल २०१६ को तयारी सम्वन्धमा छलफल गर्न लागि भनेर एनआरएन जापानले आफ्नै कार्यालयमा यही जुलाई १० तारिखका दिन छलफल कार्यक्रम आयोजना गर्न लागेको सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

आगामी अगष्ट ६ र ७ तारिकमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवल गैर आवासिय नेपाली संघ जापानको आयोजनामा हुन लागेको हो ।

यही जुलाई १० तारिख आइतबारका दिन नेपाल डे फेस्टिवलको लागि आयोजना गर्न लागिएको पत्रकार सम्मेलनबारे एनआरएन जापानका अध्यक्ष तथा नेपाल डे फेस्टिवलका संयोजक रहनुभएका सुदन थापाको नाममा जारी सुचना यस्तो छ

श्री

बिषय:- पत्रकार सम्मेलन सहितको कार्यक्रम मा उपस्थिति संवन्धमा।

उपरोक्त संवन्धमा  नेपाल डे फ़ेस्टिवल २०१६ को तयारी सम्वन्धमा तपसिल वमोजिम जानकारीको लागि पत्रकार सम्मेलन सहित बिबिध बिषयमा छलफल गरिने हुदा यहॉको गरिमामय उपस्थितिको लागि बिनम्र अनुरोध गरिन्छ।

बिषय बस्तु:-
१. हाल सम्म  भएका कार्य प्रगति बिवरण / रिपोटिन्ड
२. बिभागिय प्रमुखको प्रतिवेदन ।
३. पत्रकार सम्मेलन[नेपाली मिडिया ]
४. बुप्पान स्टलको गोला बाट स्टल छनौट।
५. जापान स्थित संघ संस्था संग समन्व र छलफल।
६.बिबिध।

मिति:-२०१६।७।१० आईतवार
समय:-दिवा १४:००~१६:००
स्थान:- सोलमारी ,सिनओकुवो

सुदन थापा
संयोजक
नेपाल डे फ़ेस्टिवल २०१६

नेपाल फेस्टिवल जापानको खाना स्टल बुकिंग आज अन्तिम दिन

प्रचण्ड माओवादीका सांसद मानव तस्करीमा मुछिए

२२ असार, काठमाडौं ।
मानव तस्करी र सरकारी कागजपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन्। स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको हो। अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन्। कान्तिपुर दैनिकमा समाचार छ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध ब्यक्तिको नाम थपेको विषयमा केन्द्रिय अनुसन्धान ब्युरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, श्रृजना तमारु खत्री, सन्तकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको हो।

संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाको भिषा सिफारिस पत्रको आधारमा कन्सुलर सेवा विभागले उनीहरूको नाममा सिफारिस पत्र दिएको थियो। संसद सचिवालय र विभागको पत्रमा सांसदको मात्रै नाम सिफारिस थियो। तर, स्पेनका लागी भिषा आवेदन गर्दा सबैको पत्रमा ब्यक्तिगत सहयोगीको रुपमा एक(एक जनाको नाम थपिएको थियो।

कन्सुलरको पहिलो पत्रमा कुटनीतिक राहदानीको नम्बरसहित स्पेन जाने सभासदको नाम, कार्यक्रम र कार्यक्रमको अवधि उल्लेख छ। दूतावासमा भिषाका लागि पुगेको कन्सुलरको पत्रमा भने सांसदको नाम, कार्यक्रम र कार्यक्रमको अवधिसँगै सांसदसँगै अन्य एक जनाको नाम समेत थपिएको छ।

सांसद कुँवरको भिषा सिफारिस पत्रमा भरत दनुवारको नाम थपिएको छ। उपाध्यायको पत्रमा सहदेव थापा, खत्रीको पत्रमा अदिना गुरुङ र थारुको नाममा जारी भएको पत्रमा देवेन्द्रप्रसाद साहको नाम थपिएको छ। श्रेष्ठको पत्रमा लोकमान गुरुङ, बोगटीको पत्रमा तेन्डोमा शेर्पा, धामीको पत्रमा पंकज गुरुङ र पहारीको पत्रमा खड्गबहादुर राईको नाम थपिएको छ। पत्रमा थप गरिएको सबैको पद सांसदको नीजि सहयोगी उल्लेख छ।

स्रोतअनुसार विभिन्न कार्यक्रममा सहभागी हुन सांसदको कुटनीतिक राहदानी र सहयोगीको नाममा सामान्य राहदानीमा भिषा आवेदन भएपछि भारतस्थित स्पेनी दूतावासले शंका लागेर त्यसबारे कन्सुलर विभागलाई सोधेको थियो। विभागले भिषा आवेदनमा पेश भएको पत्र र आफूले सिफारिस गरेको पत्र भिडाउँदा नाम थपिएको पत्ता लागेको हो। त्यसपछि कीर्तेको जानकारी परराष्ट्र मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालयसम्म पुगेको हो।

महरा सहितका माओवादी नेता भाग नपाएपछि नयाँ सरकारको कसरतमा

२२ असार, काठमाडौं । सरकार परिवर्तनका लागि पहल गर्ने जिम्मा माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दिएको छ ।

‘नेतापिच्छे नै फरक अभिव्यक्ति दिँदा वातावरण बिग्रन सक्ने ठानी पहलकदमी गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको हो ।

अन्य नेताहरूबाट भने भित्री वातावरण निर्माणको काम भइरहेको छ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘एमालेसँगको सत्ता सहकार्य पार्टी एकता वा संयुक्त मोर्चा निर्माणको अवधारणाका रूपमा जानुपथ्र्यो तर, त्यसो नहुने, संसदीय व्यवस्थाभित्रै रहने र अलग पार्टी अवधारणामा रहने हो भने यो गठबन्धनले माओवादीलाई घाटा पुर्‍याउने देखेपछि हामी गठबन्धन लम्ब्याउन नहुने निष्र्कषमा पुगेका हौ ।’

भित्री रूपमा नयाँ सत्ता गठबन्धन निर्माणको वातावरण बनाउन कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मालगायत नेताहरू सक्रिय छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दोस्रो पुस्ताका ती नेताले अहिले विश्वास दिलाउन कांग्रेसका दोस्रो पुस्ताका नेता तथा मधेसी नेतासँग भेटघाट बाक्लो बनाएका छन् । सत्तारूढ दलभित्रै असन्तुष्ट नेताहरूसँग पनि उनीहरूले भेटघाट गरेका छन् ।

त्यस्ता भेटघाटमा सहभागी एक नेताले भने, ‘आइतबार पनि सत्तामा रहेका र बाहिरका मधेसी दलका नेताहरूसँग दुई–तीन राउन्ड हामीले छलफल गरेका छौँ ।’ केन्द्रका नेताहरूले फोरम लोकतान्त्रिकका नेता जितेन्द्रदेवसँग पनि छलफल गरेका छन्।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web