तालमा परिणत हुदै सुन्दरनगर बस्ती : सुन्दरनगरको ६० बिघाह जग्गा डुवानमा

पप्पु गुरुङ्, दोधारा चाँदनी, २२ असार । दोधारा चाँदनीको ६० बिघा भन्दा बढी जग्गाा डुवानमा परेको छ् । उक्त स्थानमा लगाईएको धान, परवल, रातलु तथा मकै वाली डुबेको छ् । सिमावर्ती भारतिय क्षेत्रमा पर्ने बाईसपुलबाट आएको पानीले दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा रहेको ६० बिघाह भन्दा बढी जग्गालाई तालमा परिणत गर्न थालेको स्थानिय सुरज खड्काले बताउनु भएको छ् । शिला खड्का, पदम बहादुर खड्का, धन बहादुर रोकाया, राम बहादुर रोकाया, सुरज खड्का लगाएत ६५ भन्दा बढी कृषकको लगाईएको धान, परवल, रातलु तथा मकै वाली डुबान गरेर तालमा परिणत गर्न थालेको उनिहरुको भनाई रहेको छ् । सरकारले पानीको निकास तत्काल गर्न नसके हाम्रो खेतवारी तालमा परिणत  हुने प्रवल सम्भावना बढेको स्थानियहरुको भनाई रहेको छ् । “बन्दै गरेको ताललाई जगबुडा नदीमा निकासा गर्नु आवश्यक छ” स्थानिय शिला खड्काले बताउनु भयो । यदि समयमा सरकारले आएको पानीलाई निकासाको ब्यवस्था नगरे सुन्दरनगर बस्ती तालमा परिणत हुने खतरा बढेको स्थानिय जानकारहरु बताउछन् ।

‘ब्रेन डेड’ भएका शशांक अझै अचेत, प्रधानमन्त्रीदेखी नेताहरु हेरेर फर्कीए

२३ असार, काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि ओम अस्पतालमा गएराति ८ बजे भर्ना हुनुभएका नेता कोइरालाको अवस्था बिहान ५ बजे गम्भीर भएको थियो ।

बिहान बान्ता भएपछि सर्किएको र फोक्सोको निमोनियाका कारण एक्कासी स्वास्थ्य अवस्था गम्भीर भएको अस्पतालका प्रबन्ध निर्देशक हरिकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँलाई फोक्सोको निमोनिया भएको र फोक्सोभन्दा बाहिर हावा जम्मा भएकाले चेस्टट्युब राखिएको उपचारमा संलल्न चिकित्सक डा हरिश जोशीले जानकारी दिनुभयो ।

महामन्त्री कोईरालाको उपचारमा पत्नी सुपात्रा कोइरालासहित डा अर्जुन कार्की, डा भगवान कोइराला, डा. युएन पाठक, डा लव जोशी, डा श्याम महर्जन, डा सुवास आचार्य, डा महेश भट्टराई, डा रवीन्द्र श्रेष्ठ, डा रावल पाठक, डा पिके क्षेत्री, डा हरिकिशोर श्रेष्ठलगायतका १५ जनाभन्दा संलग्न छन् ।

श्रेष्ठका अनुसार अहिले उहाँको मुटुको धड्कन प्रति मिनेट ८० छ र रक्तचाप १००/५० छ । फोक्सोको चाल ९० प्रतिशत रहेको छ भने अक्सिजनको परनिर्भरता १०० बाट ८० मा घटाईएको चिकित्सकहरुले बताएका छन् ।

डा.कोईरालाको स्वास्थ्य अवस्था बुझ्न प्रधान मन्त्री केपी शर्मा ओली बिहानै ओम अस्पताल पुग्नु भएको थियो । प्रधानमन्त्री ओलीले कोईरालाको उपचारमा कुनै कसर बाँकी नराख्न चिकत्सकहरुलाई निर्देशन दिनु भएको थियो ।

डा.कोईरालाको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल पनि अस्पताल पुग्नु भएको थियो ।

उहाँको स्वास्थ्य गम्भीर भएको खबर पाएपछि स्वास्थ्य अवस्थाबारे जानकारी लिन ओम अस्पतालमा विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको बिहानदेखि भीड लागेको छ ।

सिन्धुपाल्चोकमा नदी कटानले दुईसय घर उच्च जोखिममा

२३ असार, चौतारा ।

बाढीले जुरे पहिरोको सडक कटानका साथै लेदो माटोले सडक अवरुद्ध पारेपछि बाह्रबिसेदेखि तातोपानीसम्मको यातायात ठप्प भएको छ ।

तातोपानीस्थित मानसरोवर बोर्डिङ स्कुल बगाएको छ भने माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाको १० किलोस्थित बाँध (ड्याम) ५० प्रतिशत बगाइसकेको सीमा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नदी कटानले बाह्रबिसे–तातोपानी सडकखण्डमा पर्ने अरनिको राजमार्गको कोदारीमा ५० मिटर पक्कीसडक कटान गरिसकेको र कटान गर्ने क्रम क्रमशः बढ्दै गएको छ ।

तातोपानी गाविसको १० किलोको लार्चादेखि लिपिङसम्म करिब २०० घर नदी कटानले गर्दा उच्च जोखिममा रहेको सीमा प्रहरी कार्यालय लार्चाका प्रहरी निरीक्षक खुमलाल भुसालले बताउनुभयो ।

चीनको सीमा नदी भएर बहने सिन्धुपाल्चोकको भोटेकोसी नदीमा गएराति आएको बाढीले तातोपानी गाविसको २० वटा पक्की घर बगाउनुको साथै २ सय घर उच्च जोखिममा रहेका
छन् ।

बाढीले घर र झोलुङ्गे पुल बगायो

लगातारको वर्षासँगै आएको बाढीले बाग्लुङको देवीस्थानस्थित लेवाङ खोलामा हिजो आएको बाढीले तीन घर र दुई झोलुङ्गे पुल बगाएको छ ।

देवीस्थान –४ मा रहेको लेवाङ–हर्पे जोड्ने र देवीस्थान–७ मा रहेको जुगाखोला–पल्लो बिङ्लीखोला जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीले भौतिक सम्पत्ति र पशु चौपायाको क्षति भए पनि मानवीय क्षति नभएको बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रमुख शिव क्षेत्रीले बताउनुभयो । घटनास्थल आसपासका थप १० घर पहिरोको जोखिममा रहेको प्रमुख क्षेत्रीले बताउनुभयो ।

बाढीपीडितलाई गासवासको व्यवस्था गर्न काँग्रेसको माग

नेपाली काँग्रेसले बाढीबाट विस्थापित र उच्च जोखिममा रहेका बस्तीवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण एवम् गासवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

मङ्गलबार राति आएको बाढीले बाह्रबिसे–तातोपानी सडक अवरुद्ध हुनुका साथै १५ घर बगाएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीले उनीहरुलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको
हो ।

सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको बाढीले तातोपानी गाविसका नदी किनारका अधिकांश घर जोखिममा रहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

पूर्व सभासद् सदरुल मिया हत्या आफ्नै श्रीमती र छोरीबाट, अदालतद्धारा जन्मकैद सजाय

२३ असार, काठमाडौं ।
विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनलाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो ।

साथै, मुख्य आरोपित सिरहा जिल्ला चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित जन्मकैद गरेको अदालतले जनाएको छ ।

बिहिबार इदुल्ल फित्रको सार्वजनिक बिदा

असार २३ गते बिहीबारका दिन इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल्ल फित्र) परेकाले सरकारले सार्वजनिक बिदा परेको छ ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर बिहिबार सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यसअघि बुधवार सार्वजनिक विदा भनि प्रचार गरिएपनि सरकारले आधिकारीक रुपमा बिहिबार विदा भएको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले मौंद्रिक नीति आगामी हप्ता सार्वजनिक गर्ने

२३ असार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आगामी हप्ता आगामी आर्थीक बर्षका लागि मौंद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।

मौंद्रिक नीतिको तयारी अन्तीम चरणमा पुगेको नेपाल राष्ट्र बैकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिनु भएको छ ।

आगामी आर्थिक  बर्षको  बजेटले लिएको ६.५ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्यहरु हासिल गर्ने गरी मौंद्रिक नीति ल्याउने तयारी भैरहेको र हालको मुल्य वृद्धि दर १० प्रतिशतलाई कम गर्ने गरी लक्ष्य निर्धारण गरिएको प्रवक्ता पंगेनीले बताउनु भयो ।

नीतिले बैक ,वित्तिय संस्थाका बीचमा स्वस्थ प्रतिस्पर्धा र मध्यस्थीकरण लागत घटाउने लगायतका विषयहरुलाई पनि समेटेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

नेपालले ईङ्गल्याण्डको क्लबसँग क्रिकेट खेल्ने, दुवै तर्फको टोली घोषणा

२३ असार, काठमाडौं ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी ले आगामी महिना ईङ्गल्याण्डको मार्लेबोन क्रिकेट क्लब संग हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नामावली सार्वजनिक गरे पछि मार्लेबोन क्रिकेट क्लबले पनि बुधबार नेपाल संग खेल्ने टिमको नामावली सार्वजनिक गरेको छ ।

मार्लेबोन क्रिकेट क्लबको कप्तानी किथ डचले गर्ने छन् ।

मार्लेबोन क्रिकेट क्लबमा फोक ११ बिरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै दोहोरो सतक बनाउने खेलाडी ग्लेन फिलिप पनि समावेश गरिएको छ ।

आई सी सी ले सोमबार सार्वजनिक गरेको नेपाली क्रिकेट टिममा१५ जना खेलाडी समावेश गरिएको
छ ।

नेपालले जुलाई महिनाको १९ तारिखमा ईङ्गल्याण्डको मार्लेबोर्न क्रिकेट क्लब संग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टिमको कप्तानी पारस खड्काले गर्ने छन् ।

Thursday EID Public Holiday

The government has announced a public holiday on Thursday (July 7) on the occasion of the Muslim's festival of Eid al-Fitr.

The Home Ministry issued a statement with the decision to declare a public holiday across the country on the day.

Govt. Minister Respond to MPS’ Question in House

Some ministers, while responding to the questions by lawmakers during discussions on the various headings under the Appropriation Bill, 2073 in the Legislature-Parliament meeting today, commented that the lawmakers had asked questions by exaggerating the reality.

Responding to the queries from MPs related to the topics concerning the Ministry of Commerce, Commerce Minister Jayant Chand said the government is effortful towards trade diversification taking advantage of the proposal on trade facilitation ratified by the World Trade Organisation as the country is its member.

Similarly, Minister for Science and Technology Shivalal Thapa said preparations are on for revising the Science and Technology Policy, 2063. He further said preparations have been made for carrying out transaction through electronic signature in the government bodies.

Likewise, Minister for Population and Environment Bishwendra Paswan hoped that the MPs will lend cooperation to the Ministry in the efforts it has initiated for implementing environment-friendly policies.

Similarly, Minister for Culture, Tourism and Civil Aviation Ananda Prasad Pokharel said a master plan has been formulated to make historical places of the country as tourism destinations, preparation is underway for the reconstruction of heritages, safety for adventurous tourism and 10-year tourism strategic plan has been prepared.

Likewise, Irrigation Minister Umesh Kumar Yadav said the government is effortful to create environment for the expansion of irrigation facility at a time when the country cannot adopt modern agriculture system although there is 3,641,000 hectares of land appropriate for cultivation.

Supplies Minister Ganeshman Pun said that necessary arrangement has been made for increasing capacity of fuel storage in the government's Policies and Programmes and budget.

Bhotekoshi River Flood Sweeps away 20 Houses, 200 More at High-Risk

The swollen Bhotekoshi River of Sindhupalchowk last night has swept away 20 concrete houses and has put 200 houses at high risk.

Police Inspector at the Border Police Office, Larcha, Khumlal Bhusal, said that some 200 houses from Daskilo of Tatopani VDC to Liphing of Larcha are at high risk due to river eroding.

The river has eroded some 50 metres road at Kodari along the Araniko highway. The flood has swept away Tatopani-based Mansarobar Boarding School and embankment of Upper Bhotekoshi Hydropower Project at Daskilo, according to the Police Office.

Barhabise-Tatopani road section has remained disrupted due to floods and mud slip.

NC DEMANDS COMPENSATION FOR HOUSES SWEPT AWAY BY BHOTEKOSHI RIVER

Nepali Congress (NC) has demanded that people displaced by or at high risk of flood in settlements along the banks of the Bhotekoshi River in Sindhupalchok district should be relocated to safer areas.

In a statement undersigned by chief secretary of NC's Kathmandu party office Krishna Prasad Poudel, the NC has also demanded appropriate compensation to those whose houses were swept away by a flooding last night. The NC also expressed sorrow over the incident.

Speaker Gharti Directs Concerned Ministers for Response

Speaker Onsari Gharti has directed the concerned ministers to respond the House regarding the questions raised by lawmakers on the issues of loss of lives and property due to floods and landslides as well as cases of violence against women.

During the 'zero hour' in today's meeting of the Legislature-Parliament, lawmakers demanded the government to provide relief and compensation to the landslide and flood affected people of different parts of the country.

Stating that people of the surrounding areas of Bhotekoshi in Sindhupalchowk were affected due to flood in Bhotekoshi and people of different places of Pyuthan have been hit by landslides, the lawmakers demanded to provide compensation to the victim families.

They also asked the government to carry out investigation into the collapse of the canal of the Banke-based Sikta Irrigation Project in course of a test-run.

MINISTERS ATTEND QUESTION AND ANSWER SESSION

The government ministers are currently responding to the questions over various subjects pertaining to the Appropriation Bill, 2073 in the Legislature-Parliament meeting today.

The deliberation over the Bill based on the national budget will be followed by the passage of the budget on July 8, according to the Parliament Secretariat.

The question and answer session will last for two days during which lawmakers who are not content with the ministers' response will advance counter-questions.

UPDATE-NC General Secretary Koirala’s Helth Critical (Detail with Video)

The health condition of Nepali Congress General Secretary Sashank Koirala is critical but stable, said the doctors attending on him at Om Hospital in the capital city.

General Secretary Koirala was admitted to the Hospital at 8:00 pm Tuesday after he felt difficulty in respiration. But his condition worsened much after 5:00 am today.

Managing Director at the Hospital, Hari Kishor Shrestha informed the National News Agency (RSS) that his condition deteriorated sharply after the vomit chocked his respiration.

He has been suffering from severe pneumonia, Shrestha added. Similarly, another doctor attending on Koirala, Dr Harish Joshi, said a chest tube was installed owing to the pneumonia and the formation of gas outside his lungs.

As many as 15 doctors including his spouse Dr Supatra Koirala, and Dr Arjun Karki, Dr UN Pathak, Dr Laba Joshi, Dr Shyam Maharjan, Dr Subash Acharya, Dr Mahesh Bhattarai, Dr Rabindra Shrestha, Dr Rawal Pathak, Dr PK Chhetri, and Dr Hari Kishor Shrestha have been attending General Secretary Koirala.

Dr Shrestha further said his heart beat is 80 per minute and blood pressure 100/50, while liver movement is 90 percent. The doctors have suggested that until his critical condition improves, he should be kept there. However, the family sources said discussion is on whether to take him abroad for treatment.

NC General Secretary Koirala's Helth Critical : Report

The health condition of Nepali Congress general secretary Dr Shashanka Koirala is critical, according to doctors involved in his treatment.

Dr Koirala is being treated at the ICU at the Chabahil-based Om Hospital in the capital;. He was hospitalised following sudden problems in his health. Although it was suspected that Dr Koirala suffered a heart attack, that was not the case upon medical examination but he has pneumonia, according to Dr Lav Joshi, who is involved in the treatment.

As per the latest medical report released by the hospital, Dr Koirala's medical condition at present is 'critically ill with stable vital signs under advanced life support. Dr Joshi said efforts have been made to keep his health stable and his condition is critical.

Prime Minister KP Sharma Oli, Nepali Congress president Sher Bahadur Deuba, senior leader Ram Chandra Poudel and other top leaders of the party went to the hospital to inquire about Dr Koirala's health.

युवराज दिपेन्द्रलाई मृत्युको तीनदिन सम्म जिवित राखे जस्तै त होइन शशांकको अवस्था ! (Video)

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web