Japanese ambassador calls on NC leader Poudel

Japanese ambassador to Nepal Masashi Ogawa has called on Nepali Congress senior leader Ram Chandra Poudel in the capital today.

They held discussions on issues related to implementation of the constitution, post earthquake reconstruction projects and others in the meeting, said Poudel's aide Chiranjibi Adhikari.

On the occasion, Japanese ambassador Ogawa has assured that his country is ready to provide any support required for implementing the constitution in Nepal.

He further informed that they were planning to impart the quake resistance house construction training to 900 people in Dhading district.

यसरी मनाए पूर्वराजाले ७०औं जन्मदिन (फोटोफिचर)

काठमाडौं,असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७० औं जन्मदिन मनाएका छन्। पूर्वराजा ज्ञानेन्द्रले काठमाडौंको महाराजगञ्जस्थित निर्मल निवासमा बिहिबार शुभेच्छुकहरुकाबीच ७० औं जन्मदिन मनाएका हुन्।

पूर्व राजालाई शुभकामना दिन सरकारका उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा बिहानै निर्मल निवास पुगेका थिए। जन्मदिनको अवसरमा निर्मल निवास महाराजगञ्जमा आफ्ना शुभेच्छुकहरुको भिड लागेको थियो ।  राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई निवास पुगेर बधाई तथा शुभकामना दिए ।  शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक, युवायुवती  लगायतको सहभागिता थियो ।

‘सुल्तान’को व्यापार पहिलो दिनमा नै ‘कीर्तिमानी,रेकर्ड ब्रेक गर्न असफल

काठमाडौं । बलिउडस्टार सलमान खानको द्वारा अभिनित चलचित्र सुल्तानले पहिलो दिनमा नै कीर्तिमानी व्यपार गरेको छ । ९० करोडको लगानीमा निर्माण भएको सुल्तानले पहिलो दिनमा क्स अफिसमा ४२ करोड भारु कमाइ गरेको छ । सुल्तानले पहिलो हप्तामा १८० करोड कमाउने अनुमान गरिएको छ । विश्व भर ५५००० स्क्रिनमा एकै साथ प्रदर्शनमा आएको सुल्तानले यस अघि प्रदर्शन भएका सलमानकै अरु फिल्म भन्दा बढी कमाई गरेको बताइएको छ ।

बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र सुल्तानले अड्कल काटिए अनुसार पहिलो दिनको कलेक्शन रेकर्ड ब्रेक गर्न असफल भएको छ । चलचित्रले पहिलो दिन ३६.५६ करोड कलेक्शन गरेको थियो । बलिउडमा सुल्तानले सलमानकै चलचित्र प्रेम रतन धन पायोले बनाएको ४० करोडको रेकर्ड ब्रेक गर्न सक्ने अड्कल काटिएको थियो । चलचित्रको प्रोमोले पाएको सफलतालाई हेर्दा त चलचित्रले अहिलेसम्म पहिलो दिनमा सर्वाधिक कलेक्शन गरेको शाहरुख खानको चलचित्र ह्याप्पी न्यू इयरको रेकर्ड पनि ब्रेक गर्ने अनुमान गरिएको थियो ।

ह्याप्पी न्यू इयरले पहिलोदिनमै ४४.६५ कलेक्शन गरेर रेकर्ड कायम गरेको थियो । चलचित्र इदको एक दिन अगाडि रिलिज गरेकोले पहिलो दिनको कलेक्शनमा रेकर्ड ब्रेक गर्न नसकेको अनुमान गरिएको छ । आज सार्वजनिक बिदा परेकोले चलचित्रले आक्रमक व्यापार गरेको छ । चलचित्रले वीकेड रेकर्ड भने सजिलै ब्रेक गर्न सक्न देखिएको छ ।

युरोकप: इतिहासमा फ्रान्स अगाडि, मुख्य प्रतियोगितामा जर्मनीको वर्चश्व (Live Video!)

एजेन्सी, असार २३ । युरोकप फुटबलको दोश्रो सेमिफाइनलमा आज रोचक भिडन्त हुदैछ । राती पौने १ बजे हुने खेलमा यी दुईबीच हुने खेलले खेल प्रेमीहरुको नजर तानेको छ । आयोजक फ्रान्सलाई भने आज जर्मनीसँग  बदला लिने मौका रहेको छ । इतिहास केलाएर हेर्ने हो भने फ्रान्स अगाडि रहेको छ ।  मुख्य प्रतियोगितामा जर्मनी हाबी रहदै आएको छ । फिफ वरियतामा जर्मनी ४ औ स्थानमा रहेको छ भने फ्रान्स १७ औं स्थानमा रहेको छ । युरोकपमा जर्मनीले १२ पटकसहभागिता जनाएका छ ।

फ्रान्सले ९ पटकमात्र युरोकप खेलेको छ । अहिलेसम्म भएको २७ खेलमा फ्रान्सले १२ खेल जितेको छ भने जर्मनीले ९ खेलमा जित हात पारेको छ। पछिल्लो पटक गत नोभेम्बरमा फ्रान्समै भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले जर्मनीलाई २–० ले हराएको थियो। तर मुख्य प्रतियोगितामा भने जर्मनी फ्रान्समाथि हाबी भएको छ।

सने १९५८ को विश्वकपमा फ्रान्सले जर्मनीलाई ६–३ ले पराजित गरेको थियो। तर त्यसपछिका विश्वकपको ३ भेटमा जर्मनीले जित हात पारेको छ। १९८२ को विश्वकपमा जर्मनीले फ्रान्सलाई हराएको थियो। त्यसको ४ वर्षपछिको भेटमा जर्मनीले पुन: फ्रान्सलाई हरायो। २०१४ मा ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा जर्मनीले फ्रान्सलाई १–० ले हराएको थियो।

खेल हुने समय : मध्यरात १२:४५

खेल हुने स्थान : स्टेड भेलोड्रोम, मार्से

हेर्नलायक खेलाडी : मानुएल नोए-जर्मनी, एन्टोनी ग्रिज्मन-फ्रान्स

हेड टु हेड : जर्मनी ९, फ्रान्स १२, बराबरी ८

युरो सहभागिता : जर्मनी १२, फ्रान्स  ९

फिफा वरियता : जर्मनी ४, फ्रान्स १७

मुख्य उपलब्धि : जर्मनी विजेता सन् १९७२, १९८०, १९९६

फ्रान्स विजेता सन् १९८४, २०००

युरोकप:जर्मनीसामू फ्रान्सको शक्ति परिक्षण

एजेन्सी,असार २३ । युरोकप फुटबलको दोश्रो सेमिफाइनलमा आज आयोजक फ्रान्स र विश्वविजेता जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाली समय अनुसार राती पौने १ बजे स्टेड भेलोड्रोम स्टेडियममा हुने खेलमा समस्याबाट गुज्रिरहेको जर्मनीसँग फ्रान्सलाई बदला लिने मौका रहेको छ । मुख्य खेलाडी घाइते भएपछि जर्मनीले तनाब सामना गर्न परिरहेको छ। सेन्टर ब्याक म्याटहुमेल्स पहेँलो कार्ड पाएका कारण मार्सेमा हुने खेललाई निलम्बित छन्।

स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी खेडिरा चोटका कारण सेमिफाइनलबाट बाहिरिनुपरेको छ।
आयोजक फ्रान्सले घरेलु मैदानमा भएको ठूला प्रतियोगिताहरुमा हार ब्यहोरेको छैन। जर्मनीसँग पनि ठूला प्रतियोगितामा फ्रान्ससँग हारेको रेकर्ड छैन। फ्रान्स सन् १९६६ को विश्वकपदेखि यता ठूला प्रतियोगितामा जर्मनीसँग भएको सबै ९ खेलमा पराजित भएको छ।

जर्मनी पछिल्ला विश्वकपमा भएका ३ वटा नकआउट चरणका खेलहरूमा फ्रान्ससँग अपराजित रहँदै आएको छ भने मुख्य प्रतियोगिताको सेमिफाइनलमा पनि जर्मनीको राम्रो रेकर्ड छ। सन् २०१४ को विश्वकपमा पनि क्वार्टरफाइनलमा जर्मनीसँग १-० पराजित हुँदै फ्रान्स घर फर्केको थियो।

कोइरालाको अवस्था खतरामुक्त,भेन्टिलेटरवाट निकालियो

२३ असार, काठमाडौं ।
ओम अस्पतालमा उपचाररत नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको अवस्था खतरामुक्त रहेको छ ।

कोइरालालाई  भेन्टिलेटरबाट केहीबेर अघि झिकिएको छ ।

स्वास्थ्यमा क्रमशः सुधार हुँदै आएपछि विहीबार दिउँसो भेन्टलेटरबाट निकालिएको हो ।

विहान मात्रै चिकित्सकहरुले स्वास्थ्यमा सुधार हुने क्रम रहे पनि खतरामुक्त भने नरहेको बताएका थिए ।

मंगलबार राती एक्कासी गम्भीर विरामी भएपछि चावहिलस्थित अस्पताल भर्ना गरिएका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

नक्कली चिकित्सक प्रकरणः प्रमाण एकै, आदेश भिन्न

काठमाडौं,असार २३ । आईएस्सीको नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेको अभियोगमा पक्राउपछि ५ लाख ५८ हजार बिगो कायम भएका महेश्वर राय यादवका नाममा जिल्ला अदालत कास्कीले ७ लाख धरौटी माग्दा राख्न नसकी जेल गए। एकै प्रकृतिको अभियोगमा ४६ लाख २१ हजार र १३ लाख ६३ हजार रुपैयाँ बिगो कायम भएका निलिमा खड्का महत र राहिल फराज अन्सारी काठमाडौं जिल्ला अदालतको आदेशमा तारेखमा मुक्त भए। कान्तिपुर दैनिकमा समाचार छ।

महतमाथि बीडीएस गरेर दन्त चिकित्सकका रुपमा वीर अस्पलात, हेल्दी डेन्टल क्लिनिक र आम्दा नेपाल अस्पतालमा काम गरेर ४६ लाख ठगी गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको थियो। चीनवाट एमबीबीएस गरेर कान्तिपुर अस्पताल सीतापाइलमा कार्यरत अन्सारी नक्कली चिकित्सक बनेर १३ लाख ६३ हजार ठगी गरेको अनुसन्धानको निष्कर्ष थियो।

नक्कली प्रमाणपत्र खुलेका १ सय ९ चिकित्सकमध्ये पक्राउ परेका ३७ चिकित्सकविरुद्ध ब्युरोले अनुसन्धान सकाएपछि प्रहरी अनुसन्धानलाई आधार बनाएर मुद्दा दायर गरेको थियो। प्रहरीले जुटाएको प्रमाण र बिगो कायम गर्दा अपनाएको पद्धतिसमेत समान भएपनि  थुनछेक बहसपछिको आदेश भने समान भएन।

अस्पताल पुग्दा सामान्य थिए शशांक

काठमाडौं,असार २३ । मंगलबार बेलुका ८ बजे ओम अस्पताल पुग्दा कांग्रेस महामन्त्री डा. सशांक कोइराला सामान्य अवस्थामै थिए। सँगै रहेका सहयोगी भरत तिवारीका अनुसार पेटमा खराबी भएका कारण अस्पताल लगिएको थियो। उनी बस्ने टोखाबाट अस्पताल आउन करिब ४० मिनेट लाग्छ। सवा ७ बजेतिरै शशांक निवासबाट निस्किएका थिए। चिकित्सकले सामान्य चेकअप गरी भर्ना गरे। कान्तिपुर दैनिकमा समाचार छ।

‘अस्पताल आउँदा केही भएजस्तो थिएन, सामान्य अवस्थामै हुनुहुन्थ्यो। पेटको सामान्य खराबी भएर ल्याइएको थियो। बुधबार विस्तृत जाँच गरेर टोखा फर्कने योजना बनाएका थियौं,’ तिवारीले भने, ‘सामान्य अवस्थामा भएकैले चिकित्सकले बेलुका विस्तृत जाँच नगरी भोलिपल्ट बिहान गर्ने योजना बनाएका थिए।’

भर्ना भएका कोइराला आईसीयूकै प्राइभेट कोठामा बसेका थिए। ‘बेलुका भोक लागेर पिजा खाने भन्नुभयो। पिजा ल्याएर दियौं, त्यसपछि एक गिलास जुस पनि खानुभयो,’ तिवारीले भने। कोइरालासँग केही चिकित्सक र सहयोगी राति १ बजेसम्म कुराकानी गरेर बसेका थिए। त्यतिबेलासम्म उनलाई केही भएको थिएन। अस्पतालमा निदाउन गाह्रो होला भनेर सुत्ने बेलामा ‘सिलिपिङ टयाबलेट’ दिइएको थियो। त्यसपछि उनी निदाए। ‘म आफैं पनि राति एक–दुई पटक उठेर हेरें, घुर्दै सुतेको देखें। घुर्ने उहाँको बानी नै थियो, मस्तसँग निदाउनु भएको छ भन्ठानें,’ सँगै रहेका तिवारीले भने।

उनका अनुसार सबै निद्रामा रहेका बेला बिहान साढे ५ बजे मात्रै नर्स कोइरालाको अवस्था बुझ्न आएकी थिइन्। त्यतिबेला कोइराला अचेत भइसकेका थिए। नर्सले चिकित्सकहरूलाई खबर गरिन्। कोइरालाले बान्तासमेत गरेका थिए। तर, कति बजेतिर बान्ता गरे कसैलाई थाहा भएन। तिवारीको अनुमानमा बिहान ३ बजेतिर बान्ता भएको हुन सक्छ। कोइरालाको स्वास्थ्यस्थिति बुझ्न बिहान साढे ५ बजेमात्रै नर्स पुगेको पुष्टि स्वयं अस्पतालको पहिलो विज्ञप्तिले गरेको छ। बुधबार बिहान जारी विज्ञप्तिमा कोइराला खोकी र श्वासप्रश्वासमा असहज भई अस्पताल भर्ना भएको उल्लेख छ।

जबर्जस्ती करणीबाट १३ वर्षमै आमा

काठमाडौं,असार २३ । काठमाडौंमा बस्दै आएकी जुन (परिवर्तित नाम) १० महिना अघिसम्म कक्षा ८ की नियमित विद्यार्थी थिइन् । बाबुआमाले तरकारी बेचेरै उनलाई पढाउँदै थिए । १० महिनाअघि उनको जीवनमा यस्तो कहालीलाग्दो दुर्घटनाभो, जसले उनको भविष्य मात्र अन्योलमा पारेन १३ वर्षको कलिलो उमेरमै आमा बन्न बाध्य पार्‍यो । कीर्तिपुर बल्खु क्षेत्रमा तरकारी बेच्ने एक भारतीय व्यपारीको आपराधिक मानसिकताको सिकार बनेकी उनी बुधबार काठमाडौं जिल्ला अदालतबाट एक महिनाको बच्चा च्यापेर मलीन अनुहारमा बाहिर निस्कँदै थिइन् । राजधानी दैनिकमा समाचार छ ।

भारत घर भएका लड्डु भन्ने इनोसकुमार दासले एकान्तको मौका छोपेर काठमाडौंमा उनलाई पटक पटक बलात्कारको सिकार बनाए । दासको धम्कीका कारण घटनाबारे मौन बस्दाबस्दै उनको गर्भमा बच्चा हुर्किएको २२ साता बितिसकेको थियो। छोरीको अस्वाभाविक बानीबेहोरा र निराशापन अनुभव भएपछि बल्ल बाबुआमाले घटनाबारे जानकारी पाए । त्यसपछि न्याय माग् उनीहरु प्रहरीमा पुगे । प्रहरी अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा जबर्जस्ती करणी अभियोगमा दासविरुद्ध मुद्दा दायर भयो । उनलाई १५ वर्षको कैद सजाय सुनाइएको छ ।

ठूला बाँधयुक्त जलविद्युत् रोक्न अमेरिकी लबिङ !

काठमाडौं,असार २३ । जलविद्युत आयोजनाहरुमा बाँधको खतराको साथै यसले परिस्थितिकीय (इको) प्रणलीमा पार्ने  असर बुझाउन अमेरिकी सरकारले नेपालको नीति निर्माणमा प्रत्यक्ष प्रभाव पर्ने विषय व्यक्तित्वहरुलाई अमेरिका लैजान लागेको छ । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जस्ता उच्च बाँध बनाइने ५ हजार मेगावाटभन्दा बढी जलाशययुक्त आयोजना अघि बढाउन लागिरहेको बेला बाँधको प्रभाव, असर र खतरा देखाउन अमेरिकी सहयोग नियोगले उनीहरुलाई अमेरिका लैजान लागेको हो ।

९२ मेगावाट मात्र जलाशायुक्त आयोजना निर्माण भएको तथा जलाशययुक्त आयोजनाकै अभावमा उर्जा संकट चुलिरहेका बेला विश्वभर बाँधविरुद्ध (एन्टी ड्याम) अभियान सञ्चालन गरिरहेको अमेरिकाले जलविद्युत क्षेत्रमा हेभिवेटका रुपमा चिनिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सांसद नेपाल सरकारका सचिवदेखि निज् क्षेत्रका विशेष व्यक्तिलाई समेत बाँधको असर देखाउन लैजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सन् १९८० सम्ममा अधिकांश सडक, बिजुली एयरपोर्टलगायतका ठूला पूर्वाधार निर्माण गरिसकेका अमेरिका लगायतका पश्चिमा मूलुहरुले वातावरण र इको सिस्टमको कुरा उठाउादै एन्टी ड्याम, श्रमजस्ता कुरा उठाउादै विश्वभर अभियान चलाइरहेका छन् ।

-अनलाइनखबर

सरकार परिवर्तनबारे माओवादी केन्द्रमा चार धार

काठमाडौं,असार २३ । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि औपचारिक निर्णय गरेको नेकपा माओवादी केन्द्र वर्तमान सरकार छाड्ने नछाड्ने विषयमा भने आन्योलमा परेको छ । यो सरकार ढाल्ने कि नढाल्ने विषयमा पार्टीभित्र चार धार उत्पन्न भएपछि माओवादी केन्द्रले तत्काल कुनै निर्णय लिन नसकेको हो ।भर्खरै मात्र पार्टी एकताबाट आउने नेताहरुले सरकार परिवर्तनको विषयलाई खासै चासो नदिएका आजको राजधानी दैनिकमा समाचार छ । आफूहरु भर्खर एकता प्रक्रियामा आएकाले यो विषयमा धेरै नबुझेकेको प्रतिक्रिया दिएर सरकार फेर्ने, नफेर्ने विषयको बहसमा उनीहरु सामेल हुन नचाहेको देखिएको छ ।

पार्टी संगठन निर्माणमा निक्कै चिन्तित देखिएका उनीहरुले राष्ट्रिय सहमति कायम गरेर संविधानका राम्रा पक्ष, शान्ति प्रक्रियाको बाँकी काम तथा मधेश आन्दोलनलगायत हल हुनुपर्ने पक्षमा बढी जोड दिएका छन् । सरकारकार परिवर्तन गर्न हुन्न भनेर कडा रुपमा यसअघि प्रस्तुत भएका नारायणकाजी समूहले भने अहिले कुनै निष्कर्ष निकालिसकेको छैन ।

वेल्सलाई हराँउदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा

एजेन्सी,असार २३ । वेल्सलाई हराँउदै  पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा पुगेको हो ।   पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो र नानीले तीन मिनेटको अन्तरमा २ गोल गरे । पहिलो हाफामा गोल रहित बराबरी भएको खेलमा दोस्रो आफको सुरुवातमै रोनाल्डोको सुन्दर हेड गोल मार्फत पोर्चुगलले अग्रता लियो । ५० औं मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् ।

त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बलमा नियन्त्रण पोर्चुगलको भन्दा वेल्सको केही बढी रहेपछि वेल्सका खेलाडीले गोल गर्ने अवसर सृजना गर्न सकेनन् र पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनन् । वेल्सको भने ऐतिहासिक यात्रामा पूर्णबिराम लागेको छ ।  पोर्चुगल १२ बर्षको अन्तरमा दोस्रो पटक युरोको फाइनलमा पुगेको हो । सन् २००४ मा घरैमा भएको प्रतियोगिताको फाइनलमा पोर्चुगलले ग्रिससँग पराजय ब्यहोरेको थियो । पोर्चुगलले आज हुने जर्मनी र आयोजक फ्रान्सबिरुद्धको बिजेतासँग उपाधिका लागि आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web