२३ असार, काठमाडौं ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी ले आगामी महिना ईङ्गल्याण्डको मार्लेबोन क्रिकेट क्लब संग हुने खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको नामावली सार्वजनिक गरे पछि मार्लेबोन क्रिकेट क्लबले पनि बुधबार नेपाल संग खेल्ने टिमको नामावली सार्वजनिक गरेको छ ।

मार्लेबोन क्रिकेट क्लबको कप्तानी किथ डचले गर्ने छन् ।

मार्लेबोन क्रिकेट क्लबमा फोक ११ बिरुद्धको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै दोहोरो सतक बनाउने खेलाडी ग्लेन फिलिप पनि समावेश गरिएको छ ।

आई सी सी ले सोमबार सार्वजनिक गरेको नेपाली क्रिकेट टिममा१५ जना खेलाडी समावेश गरिएको छ ।

नेपालले जुलाई महिनाको १९ तारिखमा ईङ्गल्याण्डको मार्लेबोर्न क्रिकेट क्लब संग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपाली टिमको कप्तानी पारस खड्काले गर्ने छन् ।

21.12¡ÆC