जुम्ला । जुम्ला सदरमुकामको एक होटलबाट जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा विहिवार राति १० बजेपछि जुवा खालबाट उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जुवा खेल्नेहरुमा सरकारी कर्मचारी समेत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
सबै जुवाडेको नाम सार्वजनिक गरेपनि ति मध्य सरकारी कर्मचारी को को हुन् भन्ने बिवरण खुलाएको छैन । पक्राउ पर्नेहरुमा चन्दननाथ नगरपालिका वडा नम्बर ७ का धिरबहादुर महत, तिला गाउँपालिका वडा नम्बर ५ का रणबहादुर बुढा रहेका छन
यसैगरी चन्दननाथ नगरपालीका वडा नम्बर ४ का कालिबहादुर भण्डारी, तिला गाउँपालिका वडा नम्बर ९ का नरेन्द्र बुढा र चन्दननाथ नगरपालिका वडा नम्बर ४ का नवराज भारति रहेको प्रहरी सहायक निरिक्षक कलेन्द्र विक्रम शाहीले जानकारी दिनुभयो । ५ दिन भित्र घटनाको विषयमा थप अनुसन्धान गरेर उनिहरुलाई जिल्ला अदालतमा कारवार्हीको लागी पठाईने भएको छ ।
आशिफ सेख र शन्दिप शुनारको अर्धशतकको मद्दत्तमा नेपाल मलेसियामा जारी १९ वर्ष मुनि उमेर समूहको ए सी सी पूर्विय क्षेत्र क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।
किनरारामा आज भएको सेमिफाईनलमा नेपालले आयोजक मलेसियालाई १० विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो ।
मलेसियाले दिएको १ सय २२ रनको विजयी लक्ष्य नेपालले कुनै पनि विकेट खर्च नगरिकन २३.१ ओभमा पुरा गरेको थियो ।
नेपालका शुरुआती ब्याट्म्यान आशिफ सेखले ८ चौका १ छक्का प्रहरा गर्दै ६५ बलमा ५० रनको योगदान गरेका थिए ।
यसैगरि अर्का शुरुआती ब्याट्म्यान शन्दिप शुनारले ८ चौका प्रहरा गर्दै ७७ बलमा ५१ रनको योगदान गरेका थिए ।
पहिलो ब्याटिङ्ग गरेको मलेसियाले ४२ ओभरमा १ सय २१ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।
नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले राम्रो बलिङ्ग गर्दै सर्वाधिक ५ विकेट लिएर मलेसियालाई ४२ ओभरमा सिमित पारेका थिए ।
हंङकङ र सिंगापुरबिचको अर्को सेमिफाईनल अहिले ब्यूमासमा जारी छ ।
काठमाडौं ।
नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसिसी यू-१९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आयोजक टोलीको सामना गर्ने भएको छ । सेमिफाइनल शनिबार हुनेछ ।
समूह ‘ए’ को सबै खेल जितेको नेपाल विजेताका रुपमा अन्तिम चारमा पुगेको थियो । मलेसिया अर्को समूहको उपविजेताका रुपमा अघि बढेको थियो ।
अर्को सेमिफाइनलमा नेपालको समूहमा रहेको सिंगापुर र हङकङबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल जित्ने टोली यू १९ एसिया कपका लागि छनोट हुनेछन् ।
समूह चरणमा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले, दोश्रोमा भुटानलाई ९ विकेट र हिजो अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराएको थियो ।
काठमाडौं ।
नेपालमै उत्पादित धागो र कपडाको मेला काठमाडौँमा शुक्रबारबाट शुरु भएको छ ।
नेपाल धागो उद्योग संघले भुकुटीमण्डपमा आयोजना गरेको मेलामा नेपालमै उत्पादन भएका विभिन्न दैनिक प्रयोग हुने लुगा, तन्ना लगायतका उत्पादनहरु राखिएको छ ।
मेलाको उद्घाटन गर्दै उद्योग मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले कपडा उद्योग हरेक देशको मातृ उद्योग भएको बताउनुभयो । उहाँले नेपाली उद्योगको विकासका लागि मन्त्रालयले सबै खाले सहकार्य गर्ने बताउँदै पुराना उद्योगका कानून संशोधन गर्दै लैजाने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले देशमा सञ्चालित उद्योगलाई प्रवद्र्धन गर्नेभन्दा पनि राजश्व संकलन गर्नेतिर मात्र केन्द्रित रहेको उल्लेख गर्नुभयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्र प्रधान र समुद्रपार निर्यात पैठारी संघका अध्यक्ष हिमबहादुर रावलले नेपाली उत्पादन प्रयोग गर्न सरकारले नै जनतालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल धागो उत्पादन संघका अध्यक्ष पवन गोल्याणले तीन दशक अघिबाट नेपालमा आधुनिक कपडा उद्योग शुरु भएको उल्लेख गर्दै करिब १० अर्ब लगानी रहेका ६ वटा ठूला धागो उद्योगमा लगानी रहेको जानकारी दिनुभयो ।
अहिले ४ उद्योगमा मात्र ५० हजारभन्दा बढीले रोजगारी पाएको जनाइएको छ । मेलामा विभिन्न कपडा, सुर्टिङसर्टिङ, होजियारी, स्वेटरलगायत उत्पादन गर्ने विभिन्न उद्योगका ५५ कक्ष राखिएको छ ।
काठमाडौं ।
चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानी एवं किरण के.सी कार्यकारी निर्माता रहेको मह सञ्चारको प्रस्तुतिमा सत्रुगते नामक नेपाली फिल्म निर्माण हुने भएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच फिल्म सत्रुगते को औपचारिक निर्माण घोषणा गरिएको हो ।
हरिवंश आचार्यको कथा दिपकराज गिरी र प्रदीप भट्टराईको सम्वाद रहेको नेपाली फिल्म सत्रुगतेको निर्देशन प्रदीप भट्टराई रहने जानकारी गराइयो ।
धुलिखेल ।
स्वाइन फ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा आज एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. अर्जुन सापकोटाका अनुसार स्वाइन फ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको मृत्यु भएको हो ।
चितवन ।
बिरामीको चाप अत्यधिक बढेपछि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा दशैँअघि नै ८० श्यया थप गरिने भएको छ ।
अस्पतालमा हाल १९४ श्यया सञ्चालनमा छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार अस्पतालमा भर्ना गर्नुपर्ने आधा बिरामी श्ययाको अभावमा फर्कनुपरेको छ । चीन सरकारको सहयोगमा अस्पताल स्थापना भएको हो ।
हाल श्यया थपका लागि नेपाल सरकारको रु ६० करोडको लागतमा आधुनिक अस्पताल भवन बन्दैछ । सोही भवनमा थप २०० श्यया अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
बारा ।
निर्वाचन आयोगले आगामी असोज २ गते तेस्रो चरणमा प्रदेश नं. २ मा हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारको क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट बारा जिल्लाको कलैया उपमहानगरपालिकाको वडा नं। ८ का अध्यक्षका उम्मेदवार मनोजकुमार चौरसियासँग स्पष्टीकरण माग गरेको छ ।
अध्यक्षका उम्मेदवार चौरसियासहित राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरु कलैयामा निर्वाचन आचारसंहिताले तोकेभन्दा ठूलो साइजको माइकिङ र ब्यानर प्रयोग गरी निर्वाचन आचारसंहिता विपरीतका क्रियाकलापमा संलग्न भएकाले चौरसियासँग स्पष्टीकरण माग गरिएको आयोगद्धारा जारी गरेको प्रेस–विज्ञप्तिमा जनाइएको छ ।
स्थानीय तहको तेस्रो चरणको निर्वाचन नजिकिदै गर्दा प्रदेश नम्बर २ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्थानीय प्रशासनले प्रदेश नम्बर २ का जिल्लाहरुमा अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरी त्यस अनुरुप सुरक्षा व्यबस्था मिलाएको छ ।
स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै मतदाता र उम्मेद्धवार लगायत सम्पूर्णलाई निर्धक्क भएर निर्वाचनमा भाग लिन सरकारले आग्रह समेत गरेको छ ।
काठमाडौं ।
असोज २ गते प्रदेश नम्बर दुईमा हुने निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुँदैछ ।
निर्वाचनको मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी तथा स्वतन्त्र उम्मेदवारहरू र नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस।एम।एस।, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने र उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ ।
भयरहित निर्वाचन गराउन आयोग प्रतिबद्धः प्रमुख आयुक्त
प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ ।
निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग आज वीरगञ्जमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले आचार संहिता उलंघनका घटना भेटिएमा कडा कारवाही गरिने बताउनुभयो ।
आयुक्त यादवले नेपाल भारत खुला सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिदै निर्वाचनपछि मतगणनालाई ५ दिन भित्रै सकिने गरी कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह पनि गर्नुभयो ।
भोट नहाल्ने मन्त्री २ नम्वर प्रदेश नजाउ : आयोग
निर्वाचन आयोगले आगामी असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको प्रदेश नं। २ का जिल्लाहरूमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरूलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।
असोज २ गते हुने मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीहरू बाहेक अन्य मन्त्रीहरूको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने भएकाले मताधिकार प्रयोग गर्नुनपर्ने मन्त्रीहरूलाई निर्वाचन हुने जिल्लाहरूमा उपस्थित नभइदिन आग्रह गरेको आयोगका ंप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू हुने भएकाले मताधिकार प्रयोग गर्नुनपर्ने मन्त्रीहरूलाई जिल्लामा उपस्थिति नभइदिन आयोगले आग्रह गर्दै बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्रसमेत पठाएको निर्वाचन आयोगले जनाएको छ ।
महोत्तरी ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई मधेस विरोधी भनेर प्रचारप्रसार गर्नेले मधेशका लागि केही पनि काम नगरेको बताउनुभयो ।
महोत्तरीको बर्दिबासमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भ्रमको खेती गरेर राजनीति गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।
एमाले सामाजिक सद्भावको पक्षमा रहेको भन्दै गलत प्रचार प्रसार गर्नेहरुलाई झुक्याएर राजनीति नगर्न आग्रह गर्दै उहाँले आफ्नो पार्टीले कसैप्रति विभेद नभई सबैलाई समान व्यावहार गर्ने बताउनुभयो ।
The election Commission (EC) has said that ‘silence period’ for the third phase of local level elections to be held in Province 2 will start from midnight today.
Issuing a press statement, EC said today that political parties, their electoral candidates, office bearers, independent candidates, civil society, voters including the media should refrain from elections-related publicity until the voting comes to an end.
The parties should stay away from holding election campaigns and stop using SMS, Facebook and Vibor to ask for votes.
Chief commissioner
Chief election commissioner Ayodhi Prasad Yadab has said that commission is committed to conduct the third phase of local polls in free fair and fearless environment.
At an interactin program in the capital today, he said commission would take stringent action to the code of conduct violators.