काठमाडौं ।

चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको लगानी एवं किरण के.सी कार्यकारी निर्माता रहेको मह सञ्चारको प्रस्तुतिमा सत्रुगते नामक नेपाली फिल्म निर्माण हुने भएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच फिल्म सत्रुगते को औपचारिक निर्माण घोषणा गरिएको हो ।

हरिवंश आचार्यको कथा दिपकराज गिरी र प्रदीप भट्टराईको सम्वाद रहेको नेपाली फिल्म सत्रुगतेको निर्देशन प्रदीप भट्टराई रहने जानकारी गराइयो ।

20.71¡ÆC