शेरबहादुरले टोपबहादुरलाई भने, ‘चिरिप्प, अलिकति लागउनुपर्यो नि !’

बुडी र चोर औंलो घुमाएर शेरबहादुर देउवाले टोपबहादुर रायमाझीलाई भने, ‘चिरिप्प, अलिकति लागउनुपर्यो नि !’टोपबहादुर पनि किन पछि पर्थे र ! ‘सभापतिज्यूले नै भनिसकेपछि सकिग्गो नि !’ भन्दै हँस्याङफस्याङ गर्न थालिहाले ।

जेठ पहिलो साता बुद्वभूमि लुम्बिनीमा देशका ठूला तीन पार्टी प्रमुखसहित देश–विदेशका गन्यमान्य, भद्रभलाद्मी भेला भए, विश्व बौद्व सम्मेलनको निम्ति ।

त्यहाँ ग्रेटवाल बनाउनेदेखि गुरुत्तर लुम्बिनी योजना सम्पन्न गर्नेसम्मका मामिला एकातिर थिए, तर कांग्रेस सभापति देउवा र एमाओवादी नेता रायमाझीको ध्यान्न चाहिँ अन्तै गयो ।शेबहादुरले मुखै खोलेर प्रस्ताव राखेपछि त्यही क्षेत्रका टोपबहादुर नहौसिउनु पनि किन ?

देउवालाई लिएर नजिकेको ठीकैखाले होटलमा पुगे । ‘हामी त आइयो के रे ! खान पाइने के–के छ र ?’ टोपबहादुरले होटलवालालाई सोधेपछि भने, ‘रक्सीबाहेक सबथोक छ मन्त्रीज्यू !’ खोजेको चिज नभएपछि टोपबहादुले देउवातिर हेर्दै होटलवालालाई अनुरोध गरे, ‘सभापतिज्यू नै आएपछि केही न केही व्यवस्था त गर्ने पर्च केरे ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ ।

ओलीले प्रचण्डलाई भनेछन्, ‘भारतले तपाईलाई प्रधानमन्त्री बन्न दिँदैन, किन सरकार ढाल्ने खेलमा लाग्नुहुन्छ ?’

काठमाण्डु, २६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर सम्झाउन सम्म सम्झाए छन् ।

यो सरकार गिराउन कुनै शक्ति परिचालित छ, सरकार गिरिहाल्यो भने भने त्यसपछिको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने ओलीले प्रचण्डलाई सविस्तार बुझाएका थिए ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले दाहाललाई बोलाएर तपाईलाई भारतले कुनै पनि हालतमा प्रधानमन्त्री बन्न दिँदैन, तपाई किन सरकार परिवर्तनको खेलमा लागेको ? भन्दै निकैबेर सम्झाएका थिए । कुराकानी सकिएपछि दाहालले मैले कुरा बुझे  भन्दै उठेर हिँडेका थिए । त्यसयता दाहालको बोलीमा यूटर्न भएको छ । सोमबार पोखरा पुगेर उनले आफू बहुमतीय सरकारको प्रधानमन्त्री नबन्ने बताए ।
बुधबार साप्ताहिकबाट

राजदूत रे’लाई देश निकाला गरौं जस्तो लागेको थियो, तर छाडिदिएँ : प्रधानमन्त्री ओली

काठमाडौं,जेठ २६ । राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बारेमा प्रधानमन्त्री केपी ओलीले भने, ‘एकातिर मलाई हटाउन खोज्ने अनि अर्कातिर राष्ट्रपतिलाई दिल्ली पनि बोलाउने ? त्यो भ्रमण मैले रोकेकै हो । राजदूत रञ्जित रेलाई पनि अवाञ्छिक व्यक्ति घोषणा गरेर देशनिकाला गरौं जस्तो लागेको थियो तर भै’गो भनेर छाडिदिएँ ।

आजको जनआस्था साप्ताहिकमा खबर छ– उनले भने, ‘यसो गरेको भए अरु देशमा पाष्टिङ हुन पनि उनलाई गाह्रो पथ्र्यो । दिपकुमार चाहिँ सरकार फेरौं भनी राप्रपा नेपालाई फकाउँदै हिँडिरहका थिए ।’

तातोपानी नाका खुलाउने तयारी

काठमाडौं,जेठ २६ । महाभूकम्पले भौगोलिक र संरचनागत रुपमा क्षति पुर्‍याएपछि बन्द हुन पुगेको तातोपानी नाका ‘सीएफएस’ प्रणालीबाट संचालन गर्ने तयारी अघि बढेको छ । चीनबाट सामान आयात हुने यो प्रमुख नाका खुलाउन अनेक विकल्प र प्रयास भए पनि सफल हुन सकेको छैन । तातोपानी नाका खुलाउन चीनलाई विकल्प दिन बनेको समितिले पूर्ववत अवस्थामा सम्भव नभए सीएफएस प्रणालीबाट भए पनि नाका संचालन गर्ने सुझाव दिएपछि त्यसको तयारी अघि बढेको हो ।समितिले सोमबार परराष्ट्र मन्त्रालय र चिनियाँ दुतावासलाई बुझाएको प्रतिवेदनलाई चीनले सकारात्मक रुपमा लिएपछि खुल्ने संकेत देखिएको हो । प्रतिवेदनअघि नै चीनसँग समेत अनौपचारिक छलफल भएको थियो ।

पूर्ववत अवस्थामा संचालन ल्याउने तर तत्कालका लागि सीएफएस (कन्टेनर फ्रेड स्टेशन) मार्फत भए पनि काम अघि बढाउने भनिएको छ । सामान बोक्ने कन्टेर एकै स्थानमा जम्मा गरेर सामान राखेपछि सिल गरेर पठाइने विधिलाई सीएफएस भनिन्छ । –कान्तिपुर दैनिकबाट

पनामा पेपर्स प्रकरण : २८ नेपालीमाथि छानबिन

काठमाडौं,जेठ २६ । सरकारले पनामा पेपर्स र स्विस बैंक प्रकरणमा मुछिएका नेपाली र तिनका कम्पनीमाथि अनुसन्धान तीब्र पारेको छ । अर्थ मन्त्रालयको राष्ट्रिय समन्वय समिति अन्तर्गत गठित अनुसन्धान समितिले सार्वजनिक २८ व्यक्ति र कम्पनीमाथि छानबिन थालेको हो ।समितिले यस प्रकरणमा मुछिएका नाम तथा कम्पनीको अन्तर्राष्ट्रिय वित्तीय कारोबार तथा अपराधबारे दुई साता अघि इन्टरपोलसँग सूचना माग गरिसकेको छ ।

समिति सदस्य केन्द्रीय अनुसन्धान ब्युरोले इन्टरपोलको काठमाडौंस्थित संयन्त्र नेसनल सेन्ट्रल ब्युरो –एनसिबी)मार्फत मुछिएका नामबाहेक उनीहरुसँग जोडिएका परिवार र आफन्तको सूचनासमेत उपलब्ध गराउन आग्रह गरेको छ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक किशोरजंग कार्कीले अनुसन्धान समितिले विविध पक्षका सूचना र प्रमाण संकलन गरिरहेको जानकारी दिए । उनका अनुसार समितिमा रहेका सरोकारवाला निकायले आफ्नो क्षेत्रसँग जोडिएका नाम र कम्पनीका विषयमा सूचना उपलब्ध गराएका छन् ।

‘आवश्यक सूचना संकलन र प्रमाणीकरण भइरहेको छ, सरोकारवाला निकायको सहयोगमा अनुसन्धान अघि बढेको छ,’ कार्कीले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फबाट आयुक्त नवीनकुमार घिमिरेले सहयोग गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

नेपालले सीमास्तम्भ बनायो, भारतले बनाउन बाँकी

काठमाडौं,जेठ २६ । नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण ३ नम्बर नापी टोलीले रुपन्देहीदेखि दाङका तीन सय ११ वटा सीमास्तम्भ मर्मत एवं पुनर्निर्माण गरेको छ । १३ वटा जोर नम्बरका पिलर नयाँ बनाउनु पर्ने अवस्थामा छन् । उक्त पिलर निर्माण गर्नुपर्ने काम भारतीय पक्षको जिम्मामा परेको छ । नेपाल–भारतको अन्तर्राष्ट्रिय सीमा क्षेत्र दसगजामा रहेका भारतद्वारा अतिक्रमित एवं विवादित क्षेत्र सुस्तास्थित चार सय ९७ जंगी पिलर छोडेर टोलीले पश्चिमको दाङसम्म सीमास्तम्भ मर्मत, पुनर्निर्माण तथा सर्वेक्षणको कार्यलाई तीब्रताका साथ अगाडी बढाइएको छ । टोलीले हालै रुपन्देहीमा एक र कपिलवस्तुमा १२ वटा नयाँ पिलर निर्माण गरेको छ ।

टोलीप्रमुख निर्मल आचार्यले भने, ‘बिजोर अंकमा पर्ने पिलरको मर्मत पुनर्निर्माणको काम हामीले गरेका छौं भने जोर पिलरको काम भारतीय पक्षले गर्छन् ।’ भारतीय पक्षले यस क्षेत्रमा रहेका जंगी सीमास्तम्भ ५७६.१, ५८८.१३ लगायतका १३ वटा स्तम्भ मर्मत तथा पुनर्निर्माण गरेको छैन ।  आजको अन्नपूर्ण पोस्ट  दैनिकमा खबर छ ।

न्यायाधीश सिफारिसको सुनुवाइ फेरि रोकियो

काठमाडौं,जेठ २६ ।सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीश सिफारिसको निर्णय अवैध  रहेको दाबीसहित दायर  भएको रिट निवेदनमा मंगलबार पनि सुनुवाइ हुन सकेन । उक्त रिटमा सुनुवाइ गर्न सर्वोच्चले सोमबारनै रिट निवेदकलाई तारिख नतोकेपछि कानुन व्यवसायी आश्चर्यमा परेका छन् ।

दर्ता भएका रिटमा सुनुवाइ गर्न एकल इजलास नतोक्दा अरु सेवाग्राही पनि मर्कामा परेका छन् । सार्वजनिक सरोकारका त्यस्ता रिटमा सुनुवाइ हुँदा गैरसंवैधानिक निर्णय रोक्न अन्तरिम आदेशसमेत दिनुपर्ने अवस्था हुनसक्छ । न्यायको अर्को वैकल्पिक कानुनी मार्ग नभएका तत्काल कानुनी उपचार पाउन पीडित पक्ष रिट लिएर सर्वोच्चमा दिनमा ३० वटा रिटमा सुनुवाइका लागि पेसी तोक्नु कामु प्रधानन्यायधीशसमक्ष्य पठाइएको स्रोतले बतायो ।

सुनुवाइमा डाकेर पेसी नतोकिएपछि अन्य रिटका पक्षसमेत विलखबन्दमा परेका छन् । अधिवक्ता पूर्णचन्द्र पौडेलले रिट निवेदन सर्वोच्चका न्यायाधीश र प्रधानन्यायाधीश नियुक्ति अवरुद्ध गर्ने मनसायले रिट दायिर गरेको भन्दै खारेजीको माग सहित अधिवक्ता ज्योति बानियाँले सर्वोच्चमा अर्को निवेदन दिएका थिए । आजको अन्नपूर्णमा समाचार छ ।

किन आए बेलायती उच्च अधिकारी काठमाडौं ?

काठमाडौं,जेठ २६ । बेलायतका दुई जना अधिकारी नेपालको चारदिने औपचारिक भ्रमणमा मंगलबार काठमाडौं आएका छन् । बेलायती विदेश मन्त्रालयका पर्मानेन्ट अन्डर सेक्रेटरी सर साइमन म्याकडीनाल्ड र बेलायती अन्तार्राष्ट्रिय विकास मन्त्रालयका पर्मानेन्ट सेक्रेटरी मार्क लोकक काठमाडौं आएका हुन् । बेलायती अधिकारीले मंगलबारै अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारमा भेट गरेका छन् ।

बेलायतले डीएफआईडीमार्फत नेपाललाई २०१८ देखि २०२१ सम्म् उपलव्ध गराउने विकास सहयोगसम्बन्धी कार्ययोजनामा नेपालका प्राथमिकताका बारेमा बेलायती अधिकारीले मन्त्री पौडेलसँग जिज्ञासा राखेका अर्थ मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले बताए ।

लगानी बोर्डको सुदृढीकरणका लागि सहयोग गर्न बेलायत तयार रहेको बेलाती अधिकारीहरुले बताए । मन्त्री पौडेलले नयाँ संविधान जारी भएसँगै नेपाल आर्थिक विकासको मार्गमा अघि बढेको र बेलायतको सहयोग महत्वपूर्ण हुने बताए ।  आजको अन्नपूर्ण पोस्ट  दैनिकमा खबर छ ।

गाँउलेले प्रहरी भवन बनाउन थाले

पप्पु गुरुङ्, २६ जेठ, दोधारा चाँदनी । स्थानिय वासिन्दा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको २ कोठे भवन निमार्ण गर्न कस्सीएका छन् । गाँउमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको महिला प्रहरी अभावमा भाडामा वस्नु परेपछि स्थानिय वासिन्दाले पैसा संकलन समेत गरेर भवन बनाइदिन थालेका हुन् । भवन निर्माणका लागि स्थानियहरु र  युनडिपी तथा गृह मन्त्रालयको साझेदारीमा संचालित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले सहयोग गरेका छन् । स्थानिय वासिन्दाको आर्थिक सहयोग, स्थानिय र प्रहरी कर्मचारीहरुको श्रमदान गरी कुल १७ लाख ५५ हजार ६ सय ५ रुपियााको लागतमा निमार्ण हुन लागेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । नागरिकको सहयोग विना प्रहरीले आफ्नो काम अघि बढाउन नसक्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर बिश्वकर्माले बताउनुभयो । स्थानियको ठुलो सहयोगमा प्रहरी भवन बन्न लागेको प्रहरी निरिक्षक बिश्वकर्माको भनाई छ् । आज स्थानियहरुले २ कोठे प्रहरी भवनको फर्स / प्लष्टर गरेको सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाका सहजकर्ता अमिर तिरुवाले जानकारी दिएका छन् । उक्त भवन यहि असार मसान्त भित्र निमार्ण गरिसक्ने योजना रहेको प्रहरीले जनाएको छ् । नेकपा (एमाले) दोधारा चाँदनी नगरकमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले प्रहरी र जनता एक आपसमा मिलेर निमार्ण गरिन लागेको महिला प्रहरी भवनले समाज रुपान्तर भई एक आपसमा सहयोग गर्ने भावनाले समाजमा प्रहरी हाम्रो साथी हो भन्ने भावना जागेको बताएका छन् ।

मान्छेको टाउको काटेर ल्याउनेलाई १० दिने घोषणा गर्ने खोरमा

२६ जेठ, दोलखा ।
गौरीशङ्कर संरक्षण क्षेत्रका प्रमुख सत्यनारायण शाहको टाउको छिनाई ल्याउनेलाई १० लाख पुरस्कार दिने भन्दै फेसबुक स्टाटस लेख्ने दोलखा लादुक गाविस वडा नम्बर ७ का शान्त केसीलाई जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी विद्युतिय कारोबार ऐन (साईबर क्राईम) अनुसार कार्वाहि प्रकृया अगाडि बढाएको छ ।

लादुक गाविसमा रहेका सामुदायीक बनहरुबाट भुकम्प पीडितले काठ कटान गर्न खोज्दा गौरीशङ्कर संरक्षण क्षेत्रले अनुमति नदिएको आरोप सहित गत बैशाख १३ गते स्थानियले संरक्षण क्षेत्रको सिंगटी कार्यालयमा तोडफोड तथा आगजनि गरेका थिए ।

सो तोडफोड र आगजनि लगतै संरक्षण क्षेत्र प्रमुख शाहको जाहेरीको आधारमा प्रतिवादी शान्त केसी लगाएतको नाममा केहि सार्वजनिक अपराध मुद्धा दर्ता भएको थियो ।

सार्वजनिक अपराधमा मुद्धा दर्ता भएपछि फरार रहेका शान्त केसीले आफ्नो फेसबुट स्टाटसमा संरक्षण क्षेत्र प्रमुख शाहको टाउको छिनाई ल्याउनेलाई १० लाख पुरस्कार दिने कुरा लेखेपछि उनलाई पक्राउ गरी विद्युतिय कारोवार ऐन २०६३ अनुसार दोलखा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिनु भयो ।

४३ बर्षिय केसीले जेष्ठ ११ गते उक्त कुरा लेखि फेसबुक स्टाटस पोष्ट गरेका थिए । सरक्षण क्षेत्र तोडफोडको आरोपमा यस अघि प्रहंरीले स्थानिय कुमार खड्का, लोकराज पाठक लगाएतलाई पक्राउ गरी तारेखमा छोडेको छ ।

अम्बरलाई यसरी अस्ताइयो आर्यघाटमा

२६ जेठ, काठमाडौं ।
वरिष्ठ सङ्गीतकार स्वर्गीय अम्बर गुरुङको पार्थीव शरीरलाइ पशुपती आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

उहाँको पार्थिव शरीरमा सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री भीम रावलले राष्ट्रिय झण्डा ओडाउनु भएको थियो भने जेठा छोरा किशोर गुरूङले दागवत्ती दिनु भएको थियो ।

उहाँको अन्त्येष्टिमा सहित्यकश्ररजक , सङ्गितकार, गितकार, शुभेच्छुक तथा ठूलो सख्यामा सर्वसाधार मानिसहरुको सहभागिता रहेको थियो ।

वरिष्ठ सङ्गीतकार स्वर्गीय गुरुङले पुर्‍याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै सरकारले  राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ सङ्गीतकार स्वर्गीय गुरुङको ७९ बर्षको उमेरमा आज बिहान काठमाडौको ग्राण्डी अस्पतालमा निधन भएको थियो ।

अन्त्येष्टि अघि उहाँको शवलाई श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको थियो ।

वरिष्ठ सङ्गीतकार स्वर्गिय गुरुङको जन्म १९९४ फागुन १४ गते भारतको दार्जिलिङस्थित लालढिकीमा भएको थियो । ‘नौ लाख तारा उदाए’ गीत गाएपछी चर्चाको शिखरमा पुग्नुभएका उहाँ २०२४ सालमा नेपाल आउनुभएको थियो ।

वरिष्ठ सङ्गीतकार स्वर्गिय गुरुङले २०२६ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गर्नुभएको थियो । उहाँ २०२७ सालमा गोरखा दक्षिणबाहुले विभूषित हुनुभयो । ‘मेरो देश, ‘सपना कतिपय’,   ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उहाँले सङ्गीतबद्ध गर्नुभएको थियो ।

त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’ लगायतमा समेत उहाँले सङ्गीत भर्नुभएको छ ।

उहाँले करिब एक हजार गीतमा सङ्गीत भर्नुभएको थियो भने त्यसमध्ये छ–सात सय गीत उहाँकै स्वर र शव्दमा रहेका छन् । राष्ट्रगान ‘सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिक गान ‘रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो’का उहाँ सङ्गीतकार हुनुहुन्छ ।

प्रधानमन्त्री केपीशर्मा ओलीले स्वर्गीय अम्बर गुरुङको निधनमा दिनुभएको शोक सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांगीतिक आकाशका उज्ज्वल तारा एवं नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको निधनले आपूmलाइ स्तब्ध तुल्याएको उल्लेख गर्दै  उहाँको निधन प्रति गहिरो दुःख ब्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट जारी शोक सन्देशमा उहाँको निधनबाट नेपाली संगीत सिर्जनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख छ ।

‘नौलाखतारा उदाए’ गीत बाट स्वर्गीय अम्बर गुरुङ स्वदेशमा मात्रै होइन ,विदेशमा पनि चर्चाको केन्द्रमा पुग्नुभएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीले सो गीतबाट सुरु भएको उहाँको देशभक्तिपूर्ण उचाई नेपाली राष्ट्रगानको संगीतसम्म आइपुग्दा झनै माथि पुगेको बताउनुभएको छ ।

जति गह्रुंगा शब्दमा पनि कोमल संगीत भर्नसक्ने उहाँको खुवीले उहाँले संगीत भरेका गीतलाई नेपाली सांगीतिक क्षेत्रमा कालजयी बनाएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

नेपालीगीत संगीतको उन्नयनमा जीवन व्यतितगर्नु भएका स्वर्गीय अम्बर गुरुङ नेपालको सांगीतिक आकाशमा कहिल्यै ननिभ्ने ताराका रुपमा चम्किरहनु हुने उल्लेख गर्दै प्रधानमन्त्रीले  आफ्ना सिर्जनाहरुबाट स्वर्गीय गुरुङले नेपाल र नेपालीलाई लगाउनुभएको गुन मुलुकले सदा स्मरण गरिरहने बताउनुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबा –अम्बर गुरुङ प्रति श्रद्धान्जली

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले आजै बक्तव्य मार्पmत स्वर्गिय अम्बर गुरुङ प्रति श्रद्धान्जली व्यक्त गर्नु भएको छ ।

सभापति देउबाले जारी गर्नु भएको वक्तव्यमा स्वर्गिय गुरुङले नेपाली गित संगितका क्षेत्रमा पु¥याउनु भएको अतुलनिय योगदानको स्मरण गर्दे गुरुङको निधनबाट नेपाली संगित क्षेत्रले अभिभाबक गुमाएको बताउनु भएको छ ।

स्व. गुरुङप्रति एमालेद्वारा श्रद्धाञ्जलि

नेकपा 'एमाले'ले वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको दुःखद् निधनबाट आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको जनाएको छ ।

पाँच दशकभन्दा लामो सङ्गीत साधनाका क्रममा गुरुङले सङ्गीतबद्ध गर्नुभएका सयौँ गीतले नेपाली सङ्गीतको बेग्लै धार निर्माण गर्न, विशिष्ट नेपाली पहिचान स्थापित गर्न तथा नेपालको साङ्गीतिक क्षेत्रलाई नयाँ उचाइमा पु¥याउन अतुलनीय भूमिका खेलेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

'priceless diamond' Late Gurung Cremated with national Honours

इस्लामहरुको पवित्र
रमजान पर्ब सुरु

२६ जेठ, काठमाडौं ।
इस्लाम धर्मालम्बीहरुको पबित्र महिना रमजान शरीफ प्रारम्भ भएको छ ।

इस्लामी परम्परा अनुसार यस महिनाको प्रारम्भदेखि अन्त सम्म इस्लाम धर्मालम्बीहरु दिनभर अन्न जलका साथै सम्पूर्ण खाने र पिउने कुराहरु त्यागी उपबास गर्दछन् जसलाई रोजा भनिन्छ ।

मंगलबारबाट सुरु पर्व अन्र्तगत रोजाको समयमा बिशेष प्रार्थना एबं धर्मग्रन्थ कुराआनको पाठ गर्नुका साथै अनुचित र अनैतिक काम कुराहरुबाट टाढा रहनु पर्ने मान्यता छ ।

मुसलमानहरुले यो महिनालाई आत्मशुद्धी र संयमको साथै बर्ष भरीको लागी व्यवहारिक तालीमको महिना ठान्दछन् ।

यस महिनाको अन्तपछी भोलिपल्ट मुसलमानहरुको प्रसिद्ध चाड ईदूल फित्र मनाईन्छ ।

नेप्से १४ अंकले उकालो लाग्यो

२६ जेठ, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलवार  १४.६९ अंकले उकालो लागेको छ । नेप्से परिसूचक बढेर १५३१.४९ बिन्दुमा पुगेको छ ।

मंगलवार कुल ५५९८ कारोवारबाट १६ लाख ६० हजार ९६७ कित्ता शेयर किनबेच भई १ अर्ब १४ करोड ५५ लाख ७५ हजार ४१५ रुपैयाको कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आईतवार घटेको नेप्से सोमवार ३३.६६ अंकले उकालो लागेको थियो ।

स्टकमा होटल र जलविद्युत समूहका कम्पनीहरु बाहेक अरु सबै समूहहरुको कारोवारमा मंगलवार सुधार भएको छ भने उत्पादन समूहको कारेवार स्थीर रह्यो  ।

मंगलवार सबैभन्दा बढी बीमा कम्पनीहरुको कारोबार ८८.९३ विन्दुले उकालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web