काठमाडौं,जेठ २९ । प्रदेश नं. ३ ले सातौं राष्ट्रिय वादोकाइ कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । प्रदेश नं. ३ १० स्वर्ण, १३ रजत र ७ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।

दोश्रो भएको प्रदेश नं. ७ ले ६ स्वर्ण, ८ रजत र ३ कांस्य जित्यो । ५ स्वर्ण, ४ रजत र ५ कांस्यसहित प्रदेश नं. ५ ले तेश्रो स्थानमा चित्त बुझायो ।

पुरुषमा आयोजक नेपाल वादोकाइ कराते संघका निरज भण्डारी तथा महिलामा प्रदेश नं. ३ की रुपा महर्जन उत्कृष्ट खेलाडी घोषित भए । निरजले २ तथा रुपाले ३ स्वर्ण जिते । पुरुषमा सजन थापा तथा महिलामा निरुता केसी उदीयमान खेलाडी चुनिए । दुवै आयोजकका हुन् । एपीएफ स्कुलले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई सांसद् मोहनबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न ९ टिमका २ सय ५५ खेलाडीले ३१ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजक संघका महासचिव नारायणबहादुर मगरले जनाएका छन् ।

काठमाडौं, जेठ २९ । हिमरश्मीका अश्बिन अधिकारी, फेयरल्यान्डकी मेलिना प्रधान र न्युटनका साकार मैनालीले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । अश्बिन सिनियर ब्वाइज, मेलिनाले सिनियर गल्र्स तथा साकार जुनियर ब्वाइज सिंगल्समा पहिलो भए ।

सामाखुशीस्थित पुष्पकुञ्ज स्कुलको संयोजनमा अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा अश्बिनले नव बुद्धका कमल श्रेष्ठलाई ११–७, ११–९, ११–४ र १२–१० ले पराजित गरे । राजन मेमोरियलका समिर ढुंगाना र फेयरल्यान्डका प्रवेश चौलागाईं तेश्रो भए ।

सोही स्पर्धाको गल्र्स फाइनलमा मेलिनाले राजन मेमोरियलकी अन्जिता घर्ती मगरलाई ११–९, ११–८, १०–१२, ११–१३, ११–८ र ११–९ ले हराइन् । ज्ञान मन्दिरकी रविना खत्री र मन्जरीकी सोनी शेर्पा संयुक्त रुपमा तेश्रो भए ।

जुनियर ब्वाइज उपाधि भिडन्तमा साकारले ज्ञान मन्दिरका अन्जिल बलामीको चुनौती ८–११, ११–६, ११–३, ११–६ र ११–९ ले समाप्त पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, ओप्सका अध्यक्ष लोकेन्द्र खड्का, ओप्सका उपाध्यक्ष एवं पुष्पकुञ्जका प्रिन्सिपल एकबहादुर आले, प्रा.डाद्वय रामकृष्ण महर्जन र होमबहादुर बरुवाल, काठमाडौं प्याब्सनका अध्यक्ष थकिन गुरुङलगायतले पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा विभिन्न १७ विद्यालयका ५१ खेलाडीले ३ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

२९ जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थल वरपरको पवित्र क्षेत्रको संरक्षण र विकास गरी लुम्बिनीलाई अन्तर्राष्ट्रिय रुपमै शान्ति नगरीका रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा राष्ट्रपतिले उहाँलाइ बधाइ तथा शुभकामना दनुहुँदै बुद्धको सन्देश विश्वभर फैलाउनु पर्ने बताउनु भयो ।

बौद्ध दर्शनमा विद्यावारिधि लिने पहिलो नेपाली भिक्षुणी डा अनोजालाई म्यानमा सरकारले बौद्धधर्मको गहिरो अनुसन्धान र प्रचारप्रसारमा उल्लेखनीय योगदान पुरयाएबापत सर्वोत्कृष्ट सम्मान प्रदान गरेको हो ।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले “तिलौराकोट, रामग्राम र देवदह क्षेत्रको विकास र विस्तार गरेर संसारभरका विभिन्न धर्मालम्बीलाई लुम्बिनी पुरयाउने काम गर्नु पर्ने बताउनु भयो ।

२९ जेठ, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार ऐन–२०२१ विपरीत हदबन्दीभन्दा बढी जग्गा लुकाई छिपाई राखेको तथ्य फेला परेको भन्दै हदबन्दी भन्दा बढी जग्गा नेपाल सरकारको नाममा ल्याउन भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले जग्गा खोजी गरी सत्यतथ्य पत्ता लगाउन गठित छानविन समितिले भूमिसुधार ऐन २०२१ विपरीत हदबन्दीभन्दा बढीको तराईमा पाँच हजार २ सय २३ विघा र पहाडमा छ हजार २ सय ६५ रोपनी जग्गा लुकाएको तथ्य फेला पारेको जनाएको छ ।

२९ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री सिपी मैनालीले नेपालभित्रका सबै जाति आदिवासी भएको बताउनुभएको छ ।

संयुक्त खस क्षेत्री नेपालको स्थापना दिवसका उपलक्ष्यमा आज काठमाडौँ आयोजित विचार गोष्ठीमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालको नागरिकता लिएका सबै जातजाति लामो समयदेखि मुलुकमा बस्दै आएकाले आदिवासी भएको बताउनुभयो ।

संयुक्त खस क्षेत्री नेपालका प्रमुख संरक्षक हिमालयशम्शेर राणाले मुलुकको निर्माणमा खसक्षेत्रीको ठूलो योगदान भएकाले सरकारले खस क्षेत्रीलाई विशेष चासोका साथ हेर्नुपर्ने बताउनुभयो ।

संयुक्त खस क्षेत्री नेपालका अध्यक्ष मानबहादुर थापाले आफ्नो स्पष्ट पहिचान भएकाले राज्यका सबै निकायमा जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्नुपर्ने माग गर्नुभयो ।

२९ जेठ, रुपन्देही ।
स्वास्थयमन्त्री रामजनम चौधरीले स्वास्थ्य संस्था र अस्पतालहरुको समयानुकुल स्तरबृद्धि गरिने बताउनु भएको छ ।

रुपन्देहीको बगहा स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्नु हुँदै मन्त्री चौधरीले जनसंख्या बृद्धि र भौगोलिक विकटतालाई केन्द्रविन्दुमा राखेर सरकारले स्वास्थ्य संस्था स्तरबृद्धिको कार्यक्रम ल्याउन थालेको बताउनुभयो ।

उहाँले बजेटले स्वास्थय क्षेत्रमा विभिन्न सकारात्मक सेवाको सुरुवात गरेको बताउनु भयो ।

२९ जेठ, धनगढी ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ब्यवस्थापिक संसदबाट बजेट पारित भएलगत्तै राष्टिय सहमतिको सरकार गठन हुने बताउनु भएको छ ।

पब्लिक मिडिया क्लवद्धारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले संबिधानको कार्यान्वयन, पूनर्निर्माण, मधेशतराइको माग सम्बोधनका लागि दलहरुका बिच राष्ट्रिय सहमति र एकता आबश्यक रहेको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा उहाँले अहिले बहुमतीय सरकार बनाउने र गिराउने समय नभएको तर सहमतिय सरकारको नेतृत्व लिने जिम्मेवारी आए त्यसका लागि माओवादी केन्द्र तयार रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले आगामी संसदको बैठकबाट संसदीय बिशेष सुनुवाई समिति गठन लगायत बिषय टुगो लाग्ने र त्यसपछि राजदूत नियुक्ति जस्ता काम अघि बढ्ने जानकारी दिनुभयो ।

२८ जेठ, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो नेपालका संस्थापकको सम्मानमा स्थापना गर्न लागिएको तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको आज विराटनगरको खाजीमा शिलान्यास गर्नुभयो ।

शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले ओलीले मुलुकलाई संचार विहिन अवस्थाबाट संचारको युगमा लैजाने र आधुनिक नेपाल निर्माण गर्नुपर्छ भन्ने सोच भएका स्वर्गिय तारिणी प्रसाद कोइरालाको योगदानको कदर गर्दै सरकारले संञ्चारग्राम निर्माण गर्न लागेको बताउनुभयो ।

गन्तब्य र स्पष्ट नभएको अमूर्त कुरा गरेर र सबैलाई चित्त बुझाउनु प¥र्यो, सम्बोधन हुनुप¥र्यो भनेर पपुलिष्ट कुरा गरेर अब देश नबन्ने भन्दै प्रधानमन्त्री ओलीले मुर्त कुरा कहाँ के हुनुपर्छ ? के मा चित्त बुझेन र के अन्याय भयो ? स्पष्ट संग ल्याए वर्तमान सरकार सबैलाई चित्त बुझाउन, न्याय दिन दृढ संकल्पीत रहेको दावी गर्नुभयो ।

सरकारले जनताको जायज माग पुरा गर्ने भन्दै प्रधानमन्त्री ओलीले समस्या के छ त्यो ल्याउन आन्दोलनरत मधेशवादी दलहरुलाई आग्रह गर्नुभयो ।

मुलुकको अग्रगमन, विकास र समृद्धिको गतिलाई अवरोध पु¥याउने र देशलाई विखण्डन गर्ने सोच कुनैपनि हालतमा पुरा हुन नदिने प्रधानमन्त्रीले दृढता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले संञ्चारग्राम अत्याधुनिक, सुविधा सम्पन्न, सूचना प्रविधि यूक्त हुनाको साथै संञ्चार र प्रेस जगतमा काम गर्नेहरुको लागी तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित हुने जानकारी दिनुभयो ।

सूचना तथा संचार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संस्थापकको सम्झनामा रेडियो नेपालको संचारग्राम निर्माण गर्न लागेको र चांडै सञ्चालनमा ल्याइने बताउनुभयो ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले १८ महिनामा रेडियो नेपालले तयार पारेको योजना र नक्सा अनुसार संचारग्राम निर्माण गरि हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ८ करोड रूपैयाँको लागतमा निर्माण हुने संचारग्राममा करिब ३ सय जना अट्ने हल र अर्को मिट द प्रेश हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गित रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गित संगितका कार्यक्रमहरु संचालन गर्ने कक्ष हुने जानकारी दिनुभो ।

कार्यकारी निर्देशक कार्कीले यसको लागी रेडियो नेपालले पहिलो चरणमा यस अघि नै विराटनगर उपमहानगरपालीकालाई ३ करोडको चेक हस्तान्तरण गरिसकेको जानकारी समेत दिनुभयो ।

शिलान्यास समारोहमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, पूर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रीय नेतृ तथा पूर्व मन्त्री पम्फा भुषाल पनि उपस्थित हुनुहुन्थ्यो ।

Finance Minister Bishnu Prasad Poudel has said the present budget has set the target of propelling the economic growth rate from the current 0.77 percent to 6.5 percent in the next fiscal year.

Speaking in an interaction programme organised today, he said the economic growth has shrunk at present due to the earthquake, the border blockade and the difficulty it led to as well as the administrative shortcoming.

He argued that the budget has laid special emphasis on the implementation of the constitution and the reconstruction, pointing out the need for all forces to join hands towards implementing the budget as it has been brought for the national development.

The Netra Bikram Chand-led CPN-Maoist torched an Ncell tower installed at Arshang, Thamdanda in Gorkha district this morning.

A group of three cadres of the party put the tower on fire by sprinkling petroleum product in the generator of the tower as a reprimand to the Ncell for not paying tax. Krishna Wagle, the In-charge of CPN-Maoist claimed the responsibility for the incident. "If the Ncell goes on refraining from paying tax like this, we will gradually torch other towers in other places and districts too," he warned.

The fire in the tower was doused by the police with the support from locals. Details of the loss incurred in the incident are awaited. Police are looking out for the culprits, shared Birendra Thapa, Deputy Superintendent of Police (DSP) at the District Police Office, Gorkha.

Minister for Education Giriraj Mani Pokharel has said the Education Bill recently enacted by the parliament will help enhance quality education in the country.

Speaking at a silver jubilee function of Saraswoti Secondary School in Suryabinayak municipality-11 of Bhaktapur today, Minister Pokharel expressed his confidence that the Bill will contribute to bring comprehensive changes in the education sector.

On the occasion, acting District Education Officer of Bhaktapur Govinda Raj Sedai said the government target will be met only after the quality of education in public schools is enhanced.

Deputy Prime Minister and Minister for Woman, Children and Social Welfare, CP Mainali, has said that all the people living within Nepal are indigenous nationalities.

Speaking at a program organized by the United Khas Chhetri Nepal, Minister Mainali said that all the castes bearing Nepali citizenship and living in the country since long are indigenous nationalities.

On the occasion, Khas Chhetri Nepal demanded enlistment into the indigenous index with independent identity and rights, formation of Indigenous Chhetri National Commission, multi-cultural ancient Hindu state among others.