नेपालभित्रका सबै जाति आदिवासी हुन् ः उपप्रम मैनाली

जेष्ठ २९, २०७३ मा प्रकाशित | 1033 views

२९ जेठ, काठमाडौं ।
उपप्रधानमन्त्री सिपी मैनालीले नेपालभित्रका सबै जाति आदिवासी भएको बताउनुभएको छ ।

संयुक्त खस क्षेत्री नेपालको स्थापना दिवसका उपलक्ष्यमा आज काठमाडौँ आयोजित विचार गोष्ठीमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले नेपालको नागरिकता लिएका सबै जातजाति लामो समयदेखि मुलुकमा बस्दै आएकाले आदिवासी भएको बताउनुभयो ।

संयुक्त खस क्षेत्री नेपालका प्रमुख संरक्षक हिमालयशम्शेर राणाले मुलुकको निर्माणमा खसक्षेत्रीको ठूलो योगदान भएकाले सरकारले खस क्षेत्रीलाई विशेष चासोका साथ हेर्नुपर्ने बताउनुभयो ।

संयुक्त खस क्षेत्री नेपालका अध्यक्ष मानबहादुर थापाले आफ्नो स्पष्ट पहिचान भएकाले राज्यका सबै निकायमा जातीय आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web