२८ जेठ, विराटनगर ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेडियो नेपालका संस्थापकको सम्मानमा स्थापना गर्न लागिएको तारिणीप्रसाद कोइराला स्मृति संचारग्रामको आज विराटनगरको खाजीमा शिलान्यास गर्नुभयो ।

शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले ओलीले मुलुकलाई संचार विहिन अवस्थाबाट संचारको युगमा लैजाने र आधुनिक नेपाल निर्माण गर्नुपर्छ भन्ने सोच भएका स्वर्गिय तारिणी प्रसाद कोइरालाको योगदानको कदर गर्दै सरकारले संञ्चारग्राम निर्माण गर्न लागेको बताउनुभयो ।

गन्तब्य र स्पष्ट नभएको अमूर्त कुरा गरेर र सबैलाई चित्त बुझाउनु प¥र्यो, सम्बोधन हुनुप¥र्यो भनेर पपुलिष्ट कुरा गरेर अब देश नबन्ने भन्दै प्रधानमन्त्री ओलीले मुर्त कुरा कहाँ के हुनुपर्छ ? के मा चित्त बुझेन र के अन्याय भयो ? स्पष्ट संग ल्याए वर्तमान सरकार सबैलाई चित्त बुझाउन, न्याय दिन दृढ संकल्पीत रहेको दावी गर्नुभयो ।

सरकारले जनताको जायज माग पुरा गर्ने भन्दै प्रधानमन्त्री ओलीले समस्या के छ त्यो ल्याउन आन्दोलनरत मधेशवादी दलहरुलाई आग्रह गर्नुभयो ।

मुलुकको अग्रगमन, विकास र समृद्धिको गतिलाई अवरोध पु¥याउने र देशलाई विखण्डन गर्ने सोच कुनैपनि हालतमा पुरा हुन नदिने प्रधानमन्त्रीले दृढता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राईले संञ्चारग्राम अत्याधुनिक, सुविधा सम्पन्न, सूचना प्रविधि यूक्त हुनाको साथै संञ्चार र प्रेस जगतमा काम गर्नेहरुको लागी तालिम दिने, अनुसन्धान गर्ने थलोको रुपमा स्थापित हुने जानकारी दिनुभयो ।

सूचना तथा संचार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संस्थापकको सम्झनामा रेडियो नेपालको संचारग्राम निर्माण गर्न लागेको र चांडै सञ्चालनमा ल्याइने बताउनुभयो ।

विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीले १८ महिनामा रेडियो नेपालले तयार पारेको योजना र नक्सा अनुसार संचारग्राम निर्माण गरि हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले ८ करोड रूपैयाँको लागतमा निर्माण हुने संचारग्राममा करिब ३ सय जना अट्ने हल र अर्को मिट द प्रेश हल, रेडियो नेपालको प्रशारण स्टुडियो, गित रेकर्डिङ, क्षेत्रिय संग्रालय तथा गित संगितका कार्यक्रमहरु संचालन गर्ने कक्ष हुने जानकारी दिनुभो ।

कार्यकारी निर्देशक कार्कीले यसको लागी रेडियो नेपालले पहिलो चरणमा यस अघि नै विराटनगर उपमहानगरपालीकालाई ३ करोडको चेक हस्तान्तरण गरिसकेको जानकारी समेत दिनुभयो ।

शिलान्यास समारोहमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, पूर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रीय नेतृ तथा पूर्व मन्त्री पम्फा भुषाल पनि उपस्थित हुनुहुन्थ्यो ।

20.12¡ÆC