विप्लब माओवादी निगरानीमा,कडा कारबाही गर्न निर्देशन

काठमाडौं,जेठ ३१ ।  एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजनको कार्यलयमा आगजनी गरेसँगै विप्लब माओवादीलाई निगरानीमा राखिने भएको छ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।गृहमन्त्रीले आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई मन्त्रालयमा बोलाएर अराजक गतिविधि गर्ने र कानुन हातमा लिनेमाथि कडा कारबाही गर्न निर्देशन दिएका हुन् । उनले एनसेलको बेस स्टेसन र वल्र्ड भिजनको कार्यलय जलाउनेलाई तत्काल पक्राउ गर्न पनि निर्देशन दिको आजको अन्नपूर्णमा समाचार छ ।

‘तोडफोड र आगजनी गरेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने जोकोही व्यक्ति वा समूह भए पनि उम्कन पाउने छैनन्। पक्राउ गरेर कानुनी दायरामा ल्याउनुहोस्,’सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीले दिएको निर्देशन उदृत गर्दै गृहका प्रवक्ता यादवराज कोइरालाले भने । प्रहरी प्रधान कार्यालयले शनिवार देशभरका प्रहरी कार्यालयलाई ‘विप्लव नेतृत्वको माओबादीका कार्यकर्ता र उनीहरुका गतिविधिलाई विशेष निगरानी गर्नु’ भन्दै परिपत्र पनि गरेको छ ।

विप्लव माओवादीका कार्यकर्ताले नुवाकोटमा रहेको वल्र्ड भिजनको कार्यालयका साथै सल्यान, दाङ, कास्की, झपा, धनकुटा, मोरङ गोरखा लगायतका १० वटा एनसेल बेस स्टेसन जलाएका थिए ।

विश्व च्याम्पियन जर्मनीको विजयी सुरुवात

एजेन्सी,जेठ ३१ ।  विश्व च्याम्पियन जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार विहान भएको आफ्नो पहिलो खेलमा जर्मनीले युक्रेनलाई २-० गोल अन्तरले हराएको हो । अहिले सम्म तीन पटक युरोकप जितेको जर्मनी कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जित्ने लक्ष्यमा रहेको छ । जर्मनीको जितमा खेलको १९ औं मिनेटमा  श्कोड्रान मुस्ताफीले हेडमार्फत गोल गरे । पहिलो हाफमा १-० ले अघि रहेका जर्मनीको लागि दोस्रो गोल भने  निर्धारित ९० मिनेटको अन्तिम बेलामा मारियो गोट्जेको स्थानमा मैदान प्रवेश गरेका वास्टियन स्वाइन्सटाइगरले अतिरिक्त समयमा  गरेका थिए । गोलरक्षक म्यानुएल नुएरले धेरै राम्रा बचाउ गरे । जर्मनीलाई २–० को जित दिलाए । जर्मनी युरोकपको सफल टिम मध्ये एक हो । उसले सन् १९७२, १९८० तथा १९९६ गरी तीन पटक उपाधि जितेको छ । त्यसयता २० वर्षको अवधिमा उपाधि जित्न सकेको छैन ।

नर्दन आयरल्यान्डलाई पराजित गर्दै पोल्याण्डको ऐतिहासिक जित

एजेन्सी,जेठ ३१ । नर्दन आयरल्यान्ड पराजित गर्दै पोल्यान्डले युरोकप  फुटबलमा विजयी सुरुवात गरेको छ । आईतवार राती भएको खेलमा तेस्रो पटक युरोकप खेलेको  पोल्याण्डले ३० वर्षपछि मुख्य प्रतियोगितामा छनोट भएको उत्तरी आयरल्याण्ड १-० ले हराँउदै पहिलो जित दर्ता गराएको हो ।

पोल्याण्डको लागि ५१ औँ मिनेटमा मिलिकले गरेको एक मात्र गोल नै खेलको लागि निर्णायक ठहरियो। पहिलो हाफ ०-० को बराबरीमा रहेको पोल्यान्डलाई सेकेन्ड हाफको सुरु भएको पाँच मिनेटमै अग्रता प्राप्त भएको थियो। यो जितसँगै समूह 'सी'मा पोल्यान्डले महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ। यही समूहमा जर्मनी र युक्रेन पनि रहेका छन्।

शेयर कारोबारले नयाँ रेकर्ड बनायो

२९ जेठ, काठमाडौं ।
शेयर बजारमा आईतवार भएको कारोवारको वृद्धिले परिसूचक १ हजार ६०० माथि पुगेर नयाँ रेकर्ड बनाएको छ ।

एन बी, स्ट्यान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको कारेवार चम्किँदा सेयर बजार ३१.२६ अंकले बढेर १ हजार ५ सय ९७ अंकमा पुगेको छ । बजारमा आइतवारको कारोवार  अवधिमा भने परिसूचक १ हजार ६०० अंक नाघेको थियो ।

एनबी बैंकले १० सेयर हुनेलाई ८ हकप्रद सेयर दिने घोषणा गरेसँगै ३५ करोड ५८ लाख रुपैयाँका चार लाख ६ हजार १११ कित्ता शेयरहरु किनबेच भएका छन् ।

बजारमा आईतवार जलविद्युत समूह बाहेकका सबै समूहको कारोवार बढेको छ । आईतवार  बजारमा एक अर्ब ९६ करोड ४७ लाख रुपैयाँबरावरको सेयर किनबेच भएको छ

लोडसेडिङ दैनिक चार घण्टामा सीमित

२९ जेठ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले अनौपचारिक रुपमा विद्युत कटौती 'लोडसेडिङ' को अवधि दैनिक नौ घण्टाबाट घटाएर पाँच घण्टामा सीमित गरेको छ ।

नदीहरुमा पानीको बहाव बढेको र भारतबाट आयात गरिएको विद्युतको व्यवस्थापनबाट अनौपचारिक रुपमा लोडसेडिङ घटाएर दैनिक पाँच घण्टा आसपासमा सीमित गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक काफ्लेले दैनिक पाँच घण्टा हुने लोडसेडिङ पनि विद्युतको अत्यधिक माग हुने विहान र बेलुकाको समयमा मात्र हुने र दिउँसोको समयमा भने प्रायः लोडसेडिङ नहुने बताउनुभयो ।

कार्यकारी निर्देशक काफ्ले आगामी हिउँदमा लोडसेडिङ हुन नदिनका लागि भारतबाट तीनसय मेगावाट विद्युत आयातका लागि प्रक्रिया अगाडि बढाइसकिएको स्पष्ट गर्नुभयो ।

उहाँले आन्तरिकतर्फ पनि ५० मेगावाट क्षमताको मस्र्याङ्दी ‘ए’ जलविद्युत आयोजनाबाट आगामी सेप्टेम्बरदेखि तथा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत आयोजनाबाट आगामी डिसेम्बरदेखि विद्युत उत्पादन शुरु हुने पनि जानकारी दिनुभयो ।

साइबर अपराध दोब्बर बढ्यो

२९ जेठ, काठमाडौं ।
साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा यो बर्ष दोब्बर बढेको प्रहरीले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिनुभयो ।

फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ ।

चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई  र  सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

बाबुराम भट्टराई नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा, के-के भयो रंगशालामा ?

२९ जेठ, काठमाडौं ।
नयाँ शक्ति पार्टी नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । अबको निकास आर्थिक विकास भन्ने नाराका साथ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाडौंमा पार्टीको घोषणा गर्नु भयो ।

नयाँ शक्ति नेपाल पार्टी घोषणा कार्यक्रममा सुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वार्ता र संवादका माध्यमबाट अहिलेको समस्या समाधा गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर समस्या समाधान गर्न सकिने भएकाले वार्ता र संवादमा आउन आन्दोलनरत दलहरुले फेरी एक पटक आव्हान गरेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले संविधानले सवै सवैलाई समान अधिकार दिएकाले अव देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउन आवश्यक रहेको र त्यसमा नयाँ शक्ति नेपाल पार्टीले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि सवै एक जुट हुनु आवश्यक रहेको बताउनु भयो ।

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालले रानीतिका विभिन्न चरण पार गर्दै आएको र अवको बाटो आर्थिक विकास भएकाले नयाँ शक्ति नेपाल सबृद्ध नेपालका लागि बैकल्पिक शक्तिका रुपमा आएको बताउनु भयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले आर्थिक विकास अहिलेको आवश्यकता भएकाले त्यसका लागि राजनीतिक स्थिरता र सन्तुलन हुनु आवश्यक रहेको बताउनु भयो ।

नयां शक्ति नेपालको पार्टी स्थापना तथा राष्टिय सभा घोषणा सभामा विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरु र विभिन्न मुलुकका राजनीतिक दलका नेताहरु सहभागि हुनुहुन्थ्यो ।

टर्कीलाई हराउँदै क्रोएसियाको विजयी सुरुवात

काठमाडौं,जेठ ३० । टर्कीलाई पराजित गर्दै क्रोएसियाले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा क्रोएसियाले टर्कीलाई १-० गोलले हराउँदै २००८ को युरोको क्वार्टरफाइनलमा व्यहोरेको हारको बदला लिएको छ । पेरिसमा भएको खेलमा लुका मोडरिचले ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।उनले करिव २५ यार्ड टाढाबाट भली गोल गरेका हुन् ।  चौथो पल्ट युरो कप खेलिरहेको र सन् २००८ मा सेमिफाइनलसम्म पुगेको टर्कीले भने गोल गर्ने खासै मौका बनाउन सकेन ।

टर्कीलाई हराउने क्रोएसिया भने सन् १९९६ र २००८ मा क्वाटरफाइनलसम्म पुगेको थियो । १ गोल गरेको क्रोएशियाले १८ पटक टर्कीको पोष्टमा आक्रमण गरेको थियो, जस मध्येका ६ प्रहार गोल लक्षित थिए । तर टर्कीले भने जम्मा ९ पटक मात्र क्रोएशियाको पोष्टसम्म बल लैजान सक्यो र २ पटक मात्र गोलका लागि लक्षित गरेर प्रहार गरेको थियो । यो समूहमा रहेका स्पेन र चेक गणतन्त्रबिचको खेल सोमबार हुने छ । आइतबारको विजेता क्रोएशियाले चेक गणतन्त्रसँग र टर्कीले स्पेनसँग आउँदो शुक्रबार खेल्ने छ ।

Child labour submits memo to PM Oli

18 child labours have submitted a 12-point memorandum to PM KP Sharma Oli today.

Amidst a programme organized at PM's residence Baluwatar to mark the World Day against Child Labour today, a child labour from Ramechhap district Samjhana Manandhar read out 12-point memorandum sharing the plights of the child labours. She said the house owners beat them accusing of not working properly, deprive of adequate meal and right to education, deduct wage if any pot was damaged.

In the memorandum, she said the child labours fear of possible sexual assaults from the house owners. She then reminded PM Oli to take initiative to implement the existing laws that protect rights of the children below 14 years as right to education and proper wage

On the occasion, PM Oli said it was quite disappointing to have the children meted out disrespectful behaviour as depriving them of proper schooling and upbringing. He informed that the government has arranged the facility of education up to masters' degree free of cost to the people from poor, Dalit and disadvantaged groups.

Similarly, Minister for Labour and Employment Dipak Bohara said the government had prepared a 10 year perspective plan against child labour.

Naya Shakti formally announces party establishment

The Naya Shakti Nepal has been formally announced as a political party.

Administrating oath to party members, Coordinator of Naya Shakti, Dr Baburam Bhattarai, announced the establishment of Naya Shakti amidst a function organised at Dasharath Stadium.

Addressing the party announcement gathering, PM K P Oli claimed that the new national statute does not discriminate any caste, community and sect.

Prime Minister KP Sharma Oli stated that the discontent with the new constitution could be addressed through talks and dialogue.

He said if there were any weakness in the constitution, it could be corrected.
Urging the disgruntled Madhesh-centric political parties to come on board, the PM said, the government is at loss for request.

He spoke of the need for one and all to be committed to usher our multilingual and geographically diverse country further in the path of development and prosperity as guided by the law.

On the occasion, PM Oli extended his best wishes to the newly formed political parties for its role in the commonweal.

Nepali Congress President Sher Bahadur Seuba stressed of unity among all parties for the country's economic prosperity and stability.

Coordinator of the Naya Shakti Nepal Dr. Baburam Bhattarai said the Naya Shakti Nepal has stood as the alternative force for the economic prosperity of the country adding that economic development should be the central agenda of the country.

He said Naya Shakti would bring reforms and establish the fact that politics is not a dirty game.

Dr. Bhattari further said politics is not a profession or means of making money rather it is to make pure and transparent.

Leader Bhattarai proposed the idea of an independent corruption watchdog—that will investigate into the corruption allegations leveled against the leaders including himself.

Leader Bhattarai said his new Part would try its best to bring prosperity, increased investment and capital formation to Nepal.

CPN (Maoist Centre) leader Krishna Bahadur Mahara said political stability is a must for economic prosperity is the agenda of the coutnry and added that political stability is a must for achieving this goal.

Leader Mahara expressed belief that the Naya Shakti would work for economic prosperity of the country.

Various leaders of different political parties of India as well as representatives of international organizations were also present in the programme.

माया र नासालाई उपाधि

काठमाडौं, जेठ ३० । टिम माया र नासा इन्टरनेसनल कलेजले थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । माया ब्वाइज र नासा गल्र्समा च्याम्पियन बने ।

चावहिलस्थित बाबा बोर्डिङ हाइ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा मायाले सीसीआरसीलाई १८–१६ को साँघुरो अन्तरले पराजित ग¥यो । मायाको जितमा सन्तोष दाहालले ८ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा नासाले टिम मायालाई ११–५ ले हरायो । नासाकी सुशीला तामाङले ६ स्कोर गरिन् । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सन्तोष र सुशीला ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

विजेतालाई बाबाका भाइस प्रिन्सिपल डिबी दाहाल, राष्ट्रिय रेफ्री राजन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगिताको ब्वाइजमा २३ तथा गल्र्समा ११ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक डिकेश प्रधानले जनाएका छन् ।

रितिज र सिक्कालाई स्वर्ण

काठमाडौं,जेठ ३० । आदर्श विद्या मन्दिर (एभीएम) का रितिज जोशी र सिक्का सुवालले प्रथम उपत्यकाव्यापी खुला टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा रितिज र गल्र्समा सिक्का पहिलो भएका हुन् । ब्वाइज फाइनलमा रितिजले शुभकामनाका निकेश महर्जनलाई ३–० ले पराजित ग¥यो । गल्र्स फाइनलमा सिक्काले एभीएमकी लश्ता महर्जनलाई ३–१ ले हराइन् ।

सिंगल्सको यु–१२ ब्वाइजमा प्रोक्सिमाका रेखन तामाङ र गल्र्समा स्वर्णिमकी आभा पन्त, यु–१४ ब्वाइजमा एभीएमका सन्योग कपाली र गल्र्समा एभीएमकै दीक्षा तामाङ तथा पुरुष खुलामा नेपाल आर्मी क्लबका कृष्ण थापा मगर र महिला खुलामा एपीएफकी सेलिशा खड्गी पहिलो भए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web