Three Reports Discussed in naya shakti’s Closed session

Discussion on the three reports  presented in the closed session of the Naya Shakti Party has been concluded today.

In the closed session held in the Nepal Academy hall, Kamaladi, party coordinator Dr Baburam Bhattarai had presented the report on' base component for Naya Shakti' secretariat member Devendra Poudel on 'principles of organization and statute' and another secretariat member Rameshwar Khanal on 'draft for development and prosperity', said the spokesperson Khimlal Devkota.

The reports would be finalized tomorrow after receiving the suggestions from the 12 different groups where were formed for the deliberation on the same.

Investigation on into insurgency cases : Minister Dhakal

Minister for Peace and Reconstruction Eknath Dhakal has said that an investigation would be carried out into the insurgency cases.

In a programme organized Solukhumbu today in honour of the families of insurgency victims and enforced disappeared today, Minister Dhakal clarified that judicial investigation would be made into such cases as the Truth and Reconciliation Committee has registered the complaints over it.

He added that the perpetrators will face the action.

मिस्टर काठमाडौं शारीरिक सुगठन भदौमा

काठमाडौं,जेठ ३१ ।  काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम महिला शारीरिक सुगठन प्रतियोगिता भदौमा हुने भएको छ ।

प्रतियोगिता भदौ २४ र २५ गते काठमाडौंमा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुरेश सुवेदीले जानकारी गराए ।

पुरुषमा ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीमाथि गरी जम्मा ६ तौलसमूहमा प्रतिस्पर्धा हुने छ । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । समग्रमा मिस्टर काठमाडौंको उपाधि विजेतालाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ ।

खुला फिट्नेस विधामा प्रतिस्पर्धा हुने महिला स्पर्धामा विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार हात पार्ने छन् । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ७ लाख खर्च हुने छ ।

अन्तरविद्यालय कराते: प्रकाश र सुजितालाई स्वर्ण

काठमाडौं, जेठ ३१ । नेपालका प्रकाश गुरुङ र सुजिता तामाङले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधानमा पारामाउन्ट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको सिनियर एकल काताको ब्वाइजमा प्रकाश र गल्र्समा सुजिताले स्वर्ण जितेका हुन् । प्रकाशले नेपालकै निर्मल पुन तथा सुजिताले भारतकी हर्लिन प्रित कौरलाई पछि पारे ।

एकल काताको यु–१० ब्वाइजमा नेपालका सचिन गुरुङ र गल्र्समा भारतकी विसार प्रित कौर, यु–१२ ब्वाइजमा नेपालका सन्तोष केसी, यु–१४ ब्वाइजमा भारतका जसकरण प्रित र गल्र्समा नेपालकी हृदय राई तथा यु–१६ ब्वाइजमा नेपालका सोनु थापाले स्वर्ण जिते ।

गोंगबुस्थित आयोजक पारामाउन्टको हातामा भएको प्रतियोगिताको ब्वाइज टिम कातामा नेपालका इन्टेन्सिभ स्कुल पहिलो र आयोजक पारामाउन्ट दोश्रो भए ।

प्रतियोगिताको पूर्व मन्त्री एवं सांसद अर्जुननरसिंह केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा डब्लुजीकेएफ रेफ्रीमा उत्तीर्ण हुन सफल केन्वाकाइ संघ तथा दक्षिण एसियाली गोजुरियो केन्वाकाइ संघका प्रमुख प्रशिक्षक विसनसिंह खड्का र नेपाल गोजुरियो कराते संघका महासचिव विआर मित्रलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपालको प्रतिनिधित्व गरी विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी पर्शुराम बाँस्तोला, सिमोन खत्री र सुमन तिमल्सिनालाई पनि सम्मान गरिएको थियो । कराते खेलको विकास र विस्तारमा योगदान पु¥याएकोमा प्रकाशमोहन धौभडेललगायत पनि सम्मानित भए । उनीहरुलाई सांसद् केसीले सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

दुईदिने प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको आयोजकले जनाएको छ ।

युरो कप : स्पेनको विजयी सुरुवात

एजेन्सी,जेठ ३१ ।  डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप २०१६ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तरगत सोमबार भएको खेलमा चेक रिपब्लिकलाई १–० गोल अन्तरले हराँउदै स्पेनले विजयी सुरुवात गरेको हो । स्पेनलाई जिताउन खेलको ८७ औँ मिनेटमा आन्द्रे इनिष्टाले गोल गरे । को क्रसमा पिकेले हेड मार्फत गोल गर्दै जित दिलाएका हुन् । माराटा, जोर्डी अल्बा र डेभिड सिल्भाले मौका पाए पनि गोल गर्न सकेनन् ।

स्पेन

गोलः जेरार्ड पिके ८७ मिनेट

बल पोजिसनः ७२

कर्नरः १४

चेक रिपब्लिक

बल पोजिसनः २८

कर्नरः ३

दशौं पटक युरोकप खेलिरहेको स्पेनले यसअघि नै तीन पटक उपाधि जितिसकेको छ । सन्  १९६४ मा पहिलो पटक युरो कप जितेको स्पेनले २००८ र २०१२ मा लगातार दुईपटक च्याम्पियनसिप उपाधि जित्ने कीर्तिमान समेत बनायो ।

लोकमानसिंह कार्कीको निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं,जेठ ३१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको निवेदन  सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  कार्कीले कामु प्रधानन्यायाधीशसँग आफ्नो सातपुस्ते नाता पर्ने भन्दै आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

कार्की नातेदार भएकाले आफूविरुद्धको मुद्दा हेर्न नमिल्ने’ जिकिर गर्दै दर्ता गरेको निवेदन खारेज गरिदिएको हो

लोकमानले अदालतको अवहेलना गरेको भन्दै साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितकी पत्नी शान्ताले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आइतबार प्रधानन्यायाधीश कार्कीको इजलासमा परेको थियो।

अमेरिकामा आइएस आक्रमण, कम्तिमा ५० को हत्यापछि संकटकाल घोषणा (फोटो फिचर)

३१ जेठ, एजेन्सी ।
अतिवादी चरमपन्थी समुह आइएस आवद्ध एक बन्दुकधारीले अमेरिका आक्रमण गरि कम्तिमा ५० जनाको हत्या गरेका छन् ।

अमेरिकाको फ्लोरिडा राज्यको ओर्ल्याण्डो शहरमा एक रात्रिक्लबमा गएराती आक्रमण गरि ति बन्दुकधारीले ताकेर गोली हान्दै ५० जनाको हत्या गरेका हुन् ।

गोलावारीमा परि अन्य ५३ जना घाइते भएको र घटनापछि ओल्याण्डो सहरका मेयर बुढ्डी डायरले आपतकालको घोषणा गरेका छन् ।

अमेरिकी समाचार संस्था सिएननले घटनामा संलग्न युवा आइएस लडाकुसँग सम्वद्ध भएको पाइएको उल्लेख गरेको छ ।

घटनापछि सम्वोधन गर्दै अमेरिकी राष्टपति बाराक ओबामाले घटना विभत्स र आतंकवादी कार्य भएको भन्दै यस्ता घटना गराउनेलाई कहिँ गएपनि नछाड्ने प्रतिवद्धता जनाएका छन् ।

समचार अनुसार समलिंगीहरूले सञ्चालन गरेको रात्रिक्लब ‘पल्स’मा भएको भीषण गोलाबारी सेप्टेम्वर ११ को ट्विन टावर आक्रमणपछिको सबैभन्दा ठुलो हत्या काण्ड हो ।

ओर्ल्याण्डो प्रहरीले पल्स क्लबलाई तीन घन्टा नियन्त्रणमा लिएर बन्दुकधारीले सर्वसाधारणको हत्या गरेको जनाएको छ । आक्रमणकारी ओमार मातिन नामका एक मुश्लिम युवक पनि सोही क्लबमा मारिएका छन् ।

आक्रमणमा घाइते भएकाहरूलाई उपचारका लागि भर्ना गरिएको छ । अस्पतालबाहिर घाइतेहरूका आफन्तहरूको भीड लागेको छ ।

ओर्ल्याण्डो प्रहरी प्रमुख जोन मिनाले २ बजे आक्रमण सुरु भएको र त्यसअघि आक्रमणकारीले ड्युटीमा रहेका प्रहरीको बन्दुक लिएको जानकारी गराएका छन् ।

आक्रमण गरिएको पल्स क्लब फ्लोरिडाको सबैभन्दा ठूलो समलैंगिक क्लब भएको बताइएको छ ।

सिएननले उल्लेख गरेको समाचारमा गत वर्ष अमेरिकामा भएका यस्तै खाले साना बन्दुक आक्रमणमा परि ४ सय ७५ जनाको मृत्यु हुएमने उल्लेख छ ।

पर्याप्त आम्दानी गर्ने राष्ट्रिय बायुसेवा निगमको सपना चिनियाँ जहाजले उडायो

काठमाडौं,जेठ ३१ । चिनियाँ जहाज उडाएर बजार हिस्सा ओगट्दै पर्याप्त आम्दानी गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमको सपना सपनामात्रै हुने भएको छ।  गत बैशाखमा दुई साताभन्दा बढी थन्किएर बल्लबल्ल मर्मतपछि उडेको मोर्डन अर्क–६० (एमए–६०) सिरिजको चिनियाँ जहाज फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको छ। यो  जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि ग्राउन्डेड भएको हो।

‘एमए–६० को दायाँ इन्जिनको इसिएस प्यानल चर्किएपछि जहाजलाई ग्राउन्डेड गरिएको छ,’सम्बद्ध स्रोतले भन्यो,‘त्यसमाथि दुई दिनपछि यो जहाजको दुई वर्षे मर्मतको तालिका पनि परेको छ र बढीमा एक महिना थन्किने छ।’

स्रोतका अनुसार जेठ २६ गते काठमाडौंबाट विराटनगर उडान गरेर फर्केपछि जहाजमा समस्या देखिएको थियो। त्रिभुवन विमानस्थलमा अवतरण भएपछि निगमका इन्जिनियरहरुले जहाज वरिपरि घुमेर हेर्दा दायाँ इन्जिनको इसिएस प्यानलमा क्र्याक देखेका थिए। त्यसपछि जहाज ग्राउन्डेड गरिएको थियो। नागरिक दैनिकमा समाचार छ।

पूरै गाउँमा दस कक्षा पास गरेका एक जोडी मात्र

काठमाडौं,जेठ ३१ । आछामका सुगम गाविसमध्ये पर्ने जनाकीकोट गाविस ८ मा एसएलसी उत्तीर्ण गरेका एक जना पनि छैनन् । वडामा ४२ घर दलित बस्ती रहेको छ । एउटै गाविसका एउटै जातिको बसोबार रहेको दुई फरक गाउँमा शैक्षिकस्तरको ठूलो खाडल छ । वडा नं ६ मा स्नातकोत्तर उत्तीर्णको गर्ने स्थानीय पनि छन् । यो वडामा ३२ दलित परिवारको वसोबास छ । सिंगो गाउँमा एसएलसी उत्तीर्ण एकजना पनि नभएपछि जागिरे हुने त कुरै भएन । गाउँका सबैले पुर्खादेखिको लुगा सिलाउने दसैंतिहार जस्ता चाढपर्वमा बाजा बजाउने काम गर्दै आए । अाजको अन्नपूर्णमा समाचार छ ।

गाउँमै निमावि तहसम्मको पढाइ हुने विद्यालय छ भने छिमेकी तिमल्सेना गाउँमा माविसम्को पढाइ हुने विद्यालय छ । यति मात्र नभएर जिल्लाकै जेठो महेन्द्र उच्च मावि बयलपाटा र जनता क्यासपनि पनि करिब डेढ घण्टाको दुरीमा छ । यो गाँउमा सवैभन्दा धेरै पढेका गणेश आउजी हुन् । उनले कक्षा १० उत्तीर्ण भएपछि पढाइ छोडेका थिए । उनी दुई पटक एसएसलीमा अनुत्तीर्ण भएका थिए । उनले विवाह पनि गरेका छन् । उनकी श्रीमती पनि दश कक्षा उत्तीर्ण छिन् ।  आर्थिक अवस्था कमजोर भएका कारण दलित वस्तीका युवाहरु पाँच छ कक्षा पढेपछि भारत जाने प्रचलन छ ।

यसरी भईरहेको छ पश्चिमी नाका गड्डाचौकी वाट मानव तस्करी

पप्पु गुरुङ्, ३१ जेठ, कञ्चनपुर ।  मानव बेचविखनमा सक्रिय दलालहरुले मानव तस्करका नयाँ नयाँ ट्रिकहरु प्रयोग गर्दै नेपाली चेलीहरुलाई बैदेशिक रोजगारीको बहानामा भारत तथा खाडि मुलुकमा तस्करी गर्ने रहस्य खुलेको छ । पछिल्लो समय सिमानाका चेक जाँचमा कडाई हुन थाले पछि तस्करहरुले स्थानिय ब्यक्तिलाई नै प्रयोग गरी मानव तस्करी गर्न लागेको पाईएको छ । उनीहरुले स्थानिय केहि होटेल ब्यवसायी तथा मुन्द्रे यातायातका नाममा संचालित मोटरसाईकल मा यात्रु वोक्ने व्यक्तिलाई प्रयोग गर्दै सहजै नाका कटाउने गरेका छन । विगत लामो समय देखी तस्करहरुले नेपालका अन्य क्षेत्रवाट विभिन्न प्रलोभनमा पारी भारत तथा तेस्रो मुलुकमा युवतीहरुलाई लैजानका निमित्त कञ्चनपुरका विभिन्न खुल्ला सिमानाका तथा पश्चिमी नाका गड्डा चौकी लाई प्रयोग गर्दे आईरहेका छन । काठमाडौं, पोखरा, सिन्धुपाल्चोक, लगायतका जिल्लाहरुवाट दलालहरुको सेटिङमा तस्करहरुले बसमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर सम्म पुर्‍्याउने र २/३ दिन यहाँकै होटेलहरुमा युवतीहरुलाई बसाउने गरेका छन । २/३ दिन बास बसेपछि महेन्द्रनगर बाट गड्डाचौकी हुदै भारतिय शहर बनवासा सम्म मुन्द्रे यातायातका नाममा संचालन भएका मोटरसाईकल मार्फत उनीहरुलाई भारतिय सिमा वजार बनवासा सम्म पुगाउने र त्यहावाट सिधै दिल्ली लगीने गरेको पाईएको छ । गत सुक्रवार मात्रै काठमाडौं बाट महेन्द्रनगर सम्म आएकी महोत्तरी माईस्थान गाविस १ की २५ वर्षिय युवती लाई भारतीय प्रहरीको सहयोगमा सुक्रवार माईती नेपाल कञ्चनपुरले भारतिय शारदा व्यारेज बाट उद्धार गरेको हो । काठमाडौं बस्ने तामाङ थरकी महिलाले दलालहरु संग सेटिङ गर्दै ३ दिन अघि काठमाडौ बाट महेन्द्रनगर जाने बसमा ति युवतीलाई बसाएको र महेन्द्रनगर पुगेपछि बसपार्क क्षेत्रकै १ होटलमा बास बस्न लगाएर दोसा्रे दिन एक जना भारतिय को मोटरसाईकलमा पश्चिमी सिमा गड्डाचौकी हुदै भारत तिर जादै गर्दा मानव बेचविखन विरुद्ध कार्य गर्ने भारतीय प्रहरीको एन्टी ह्युमन ट्रेफिकिङ सेल को सहयोगमा उद्धार गरीएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताउनुभएको छ । पछिल्लो समयमा मानव बेचविखन गर्ने दलालले सिमा क्षेत्रकै स्थानिय व्यक्तिहरुसंग मिलेर नयाँ नयाँ जुक्ति लगाएर मानव तस्कर भैरहेकाले मानव बेचविखन विरुद्ध कार्य गर्ने संस्थाहरुलाई ठुलो चुनौती भईरहेकोले संयोजक भट्ट ले चिन्ता ब्यक्त गर्नु भएको छ । पछिल्लो केही समय काठमाडौ दिल्ली , पोखरा —दिल्ली तथा महेन्द्रनगर—दिल्ली जाने बसहरुलाई सिमानाका मा कडाईका साथ चेकजाँच गर्न थालिए पछि दलालहरुले स्थानिय ब्यक्तिहरुलाई नै प्रयोग गर्न थालिएको उहाँको भनाई छ । माईती नेपाल कञ्चनपुरले मात्रै भुकम्प पछिको अवधिमा पश्चिमी नाका गड्डाचौकी बाट २ सय ४८ जना महिलाको रोकथाम गरी परिवारजन लाई बुझाएको र १८ जना को जोखिममा परिसकेपछि उद्धार गरीसकेको छ । जस मध्ये भारत का विभिन्न सहरबाट १६ जना महिला तथा कञ्चनपुर बाट २ जना महिलाको उद्धार गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ । मानव बेचविखनका लागी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर एउटा ट्रान्जीट पोईन्ट तथा सेल्टर एरियाको रुपमा विकसित भईरहेको र यसलाई सदरमुकाम का केहि होटेल ब्यवसायीको समेत प्रत्यक्ष अप्रत्यक्षरुपमा सहयोग भईरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव निरिक्षक केदाल खनाल ले जानकारी दिनुभएको छ । नेपाल बाट भारत जाने बस हरुमा प्रहरी तथा मानव बेचविखन विरुद्ध काम गर्ने सहयोगी संस्थाहरुले कडा निगरानी थालेपछि दलालहरुले स्थानिय मुन्द्रे यातायातका नामले सवारी बोक्ने ब्यक्तिहरुलाई प्रयोग गरीरहेको समेत प्रवक्ता खनाल ले खुलासा गर्नुभएको छ । महेन्द्रनगर वाट भारत पुर्‍्याए वाफत प्रती ब्यक्ति १५ हजार सम्म सवारी बोक्नेलाई दिने गरैको समेत अनुसन्धानका क्रममा पाईएको उहाँले बताउनुभयो । तस्करहरुले नेपाल बाट भारत सम्म आफ्नै लगानीमा युवतीहरुलाई दलाल हरु सम्म पुऱ्याउने र भारत बाट घरेलु कामदारको रुपमा भन्दै गैरकानुनी रुपमा खाडिमुलुकमा लैजाने र त्यहा पुगे अधिकांश नेपाली युवतीलाई यौन शोषण तथा बेश्याबृतीमा लगाउने गरेको प्रवक्ता खनाल बताउनुहुन्छ । स्थानियले नै केहि रकमको लागी नेपाली चेलीहरुलाई नारकिय जिवनमा धकेल्न सहयोग गरीरहेकाले यस्ता ब्यक्तिको पहिचान गर्नु पर्ने जरुरी देखिएको छ । यसरी कञ्चनपुर जिल्ला पछिल्लो समयमा मानव तस्करको अखाडा बन्दै गएकाले यहाँका सम्वन्धित सरोकार वाला पक्ष तथा राजनितिक संयत्रले बेलैमा सचेत भई यस्ता कार्यलाई निरुत्साहित पार्न नितान्त जरुरी देखिन्छ ।

एसएलसीमा ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा ११ मा भर्ना हुन पाउने

काठमाडौं,जेठ ३१ ।  एसएलसी परीक्षामा स्तरीकृत अङ्क (ग्रेड प्वाइन्ट) कम्तीमा १.६ ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना पाउने भएका छन् । सो स्तरीकृत अङ्क ‘डी प्लस’ मसमान हुन्छ ।

सरकारले एसएलसी परीक्षामा कसैलाई पनि अनुत्तीर्णको प्रमाणपत्र नदिने भने पनि डी र ई ग्रेड ल्याउनेले भर्न नपाउने नीतिबाट अघोषित रुपमा त्यस्ता विद्यार्थी अनुत्तीर्ण भएको विश्लेषणा शिक्षाविदहरुको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

अक्षराङ्कन पद्धति लागू भएपति उच्च माध्यामिक तहको भर्ना सम्बन्धमा सुझव दिन गठित समितिले आइतबार उच्च माध्यामिक शिक्षा परिषदसमइा यस्तो सिफारिस गरेको छ । परिषद्का सहसचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझव समितिले दिएको सिफारिसका आधारमा सोमबार शिक्षा मन्त्रालयले कार्यान्वयनको निर्णय गर्ने भएको छ । सुझाव समितिले विज्ञान र प्राविधिक विषय बाहेकमा कक्षा ११ मा भर्ना हुन एसएलसी परीक्षामा प्त्येक विषयमा कम्तीमा डी प्लस ल्याउनैपर्ने सिफरि गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र निर्माणको जिम्मा फ्रान्सेली कम्पनीलाई

काठमाडौं,जेठ ३१ ।   गृहमन्त्रालयले प्रक्रिया अघि बढाएको आठ वर्षपछि राष्ट्रिय परिचयपत्र  बन्ने भएको छ । जसको जिम्मा फ्रान्सेली कम्पनी मोर्फोलाई दिइएको छ । गृहका अनुसार ग्लोबल टेन्डरमा सहभागी ६ कम्पनीमध्ये सबैभन्दा कम बोलकबोल गर्ने मोर्फोलाई प्रक्रिया थाल्न राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले स्विकृति दिएको आजको कारोबार दैनिकमा समाचार छ ।

पाँच वर्षभित्र सबै नेपालीका हातमा स्मार्ट कार्ड पुर्‍याउने योजनासहित करिब ८५ करोड रुपैयाँबराबरको ठेक्का मोर्फोलाई दिइएको जनाइएको छ । गृहले आइतबार स्मार्ट कार्ड मोर्फो कम्पनीलाई दिने अन्तिम निर्णय गरेको हो । गृहका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार एसियाली विकास बैंकको अनुदानमा जारी गर्न लागिएको स्मार्ट कार्ड पूर्ण कार्यान्वयनमा आएसँगै २०७८ सालपछि नेपाली नागरिकता विस्थापन हुनेछ । टेन्डर पाएको कम्पनीले पहिलो चरणमा १ लाख १७ हजार थान स्मार्ट कार्ड उपलव्ध गराउने जनाइएको छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web