Prime Minister KP Sharma Oli has urged the Lumbini Buddhist University (LBU) to disseminate the teachings of Lord Buddha in such a manner that it is delivered at the doorstep of each and every public.

Addressing the 7th University Senate of the LBU in Kathmandu today, PM Oli, spoke of the need for the University to introduce the scholarly programmes that prompt the mobilization of the useful teachings of Lord Buddha.

PM Oli, who is also the Chancellor of the LBU, underscored the production of competent and quality human resources from the University.

Meanwhile, in a meeting held at the PM's official residence at Baluwatar today itself, Minister for Education Giriraj Mani Pokharel pledged that the government will provide its support to the University for the Development of its physical infrastructure.

२ असार, टोकियो ।
जापानी प्रहरीले जापानी युवतीको उजुरीको आधारमा एक नेपाली पुरुषलाई यौन दुव्र्यवहार आरोपमा पक्राउ गरेको छ ।

राजधानी टोकियोको कोतोकुमा यौन दुव्यर्वहार गरेको भन्दै प्रहरीमा उजुरी दिएको आधारमा हरिकृष्ण नामका नेपाली पक्राउ परेका हुन् ।

४६ बर्षका भनिएका पक्राउ परेका नेपाली पुरुषले भने आरोप अस्विकार गरेका छन् । नेपाली खानाको रेष्टुरेण्टमा राती सबै ग्राहक गएपछि आफुलाई हातपात गरेको युवतीले आरोप लगाएपनि पक्राउ परेका पुरुषले आरोप अस्विकार गरेका छन् ।

आफुले कुरा गरेर जिस्कने क्रममा समातेको मात्र कुनै हातपात नगरेको प्रहरीलाई जवाफ दिएका छन् ।

घटनास्थल तथा प्रहरी नियन्त्रणमा समेत एकैखाले बयान दिएका उनलाई प्रहरीले पक्राउ गरेको छ भने युवतीलाई राखेर अनुसन्धान गरिरहेको र घटना पुष्टि नभइसकेको प्रहरीले बताएको छ ।

प्रहरीले रेष्टुरेण्टमा काम गर्ने अन्य कर्मचारीलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

एजेन्सी,असार २ । डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्द्वी वेल्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ । लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । जारी युरोको पहिलो खेलमा स्लोभाकियाविरुद्धको खेलमा पनि गोल गरेका बेलले यो सहित वेल्सका लागि गरेको गोलको संख्या २१ पुगेको छ । तर, दोस्रो हाफको सुरुमा नै इंग्ल्याण्डले दुई महत्वपूर्ण परिर्वतन गर्यो । हृयारी केनको स्थानमा जेमी भर्डी र स्टर्लिङको स्थानमा स्टरेज मैदान प्रवेश गरे ।

मैदान प्रवेश गरेको ११ औं मिनेटमा नै भर्डीले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा स्टरेजले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका छन् । अब ३ अंक भएको वेल्सले १ अंक भएको रसियासँग र ४ अंक भएको इंग्ल्याण्डले ३ अंक भएको स्लोभाकियासँग खेल्न बाँकी छ ।

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नजिता अनुसार

कुल परीक्षार्थी मध्ये गणितमा २३ हजार ३ सय ३४ जना परीक्षार्थीले ए प्लस ग्रेड ल्याउँदै गर्दै गर्दा विज्ञानमा भने ६ हजार ८ सय २७ जना परीक्षार्थीले मात्र ए ग्रेड प्राप्त गरेका छन्। त्यस्तै गणित विषयमा २३ हजार ७ सय १७ जना परीक्षार्थीको ए गे्रड आएको छ भने विज्ञनमा २० हजार ९ सय ७० जना परीक्षार्थीले मात्र ए ग्रेड प्राप्त गरेको छन्।

२४ हजार ५ सय ५३ जना परीक्षार्थीले गणितमा बी प्लस प्राप्त गर्दै गर्दा विज्ञानमा भने २३ हजार २ सय ८ जना परीक्षार्थीले बी प्लस प्राप्त गरेको छन् । गणितमा २९ हजार २ सय ५६ जनाले बी, ३३ हजार ३ सय १८ जना परीक्षार्थीले सी प्लस, ४४ हजार १ सय ५४ जनाले सी ग्रेड, ५३ हजार २ सय ६१ जनाले डी प्लस, ५८ हजार ६ सय २९ जनाले डी र १ लाख ४६ हजार ९ सय ३५ जनाले ई ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालले जनाएको छ।

त्यस्तै विज्ञान विषयमा ३२ हजार ८ सय ४९ जना परीक्षार्थीले बी ग्रेड, ३४ हजार ३ सय ५३ जनाले सी प्लस, ५५ हजार ८ सय ४२ जना परीक्षार्थीले सी गे्रड, ६७ हजार ८१ परीक्षार्थीले डी प्लस, ८५ हजार ६ सय २५ जना परीक्षार्थीले डी र १ लाख १० हजार २ सय ७४ जना परीक्षाथीले ई ग्रेड प्राप्त गरेको कार्यालयले जनाएको छ।

पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर हो । एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।

कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए। त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नजिता अनुसार अंग्रेजी विषयमा १२ हजार ५ सय ५२ जनाले एं प्लस ल्याएका छन्। यस्तै नेपाली विषयमा ६३ जनाले मात्र एं प्लस ल्याएका छन्। ४० हजार ८५ जनाले अंग्रेजीमा ए ल्याउँदा ७५८३ जना विद्यार्थीले नेपालीमा ए ल्याएका छन्। यस्तै ७१ हजार १ सय २४ जनाले अंग्रेजीमा इ ल्याउँदा २३ हजार ४५ जनाले नेपालीमा इ ल्याएका छन्।

पनिकाले यस वर्षदेखि पहिलोपटक एसएलसी परीक्षाको नतिजा ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको हो। ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांक अनुसार नौ तहमा वर्गीकरण गरेर हो । एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो । परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।

कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए। त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

जसमा १६ हजार ४ सय ५४ परीक्षार्थीले ३.६ देखि ४ ग्रेड सम्म प्राप्त गरेका छन्। त्यस्तै ३.२ देखि ३.६ ग्रेड प्राप्त गर्ने परीक्षार्थी ४१ हजार ५ सय ७७, २.८ देखि ३.२ ग्रेड प्राप्त गर्ने परीक्षार्थी ४८ हजार ६ सय ११, २.४ देखि २.८ ग्रेड प्राप्त गर्ने ६३ हजार १ सय ८१, २ देखि २.४ गे्रड प्राप्त गर्ने ९४ हजार ७ सय १६ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। साथै २.० देखि १.६ ग्रेड प्राप्त गर्ने परीक्षार्थी संख्या भने १ लाख ४ हजार २ सय ७८ रहेको छ। साथै ५७ हजार ७ सय ६३ परीक्षार्थीले १.६ देखि १.२ ग्रेड प्राप्त गरेका छन् भने १.२ देखि ०.८ ग्रेड प्राप्त गर्नेको संख्या ८ हजार रहेको नियन्त्रण कार्यालयले जनाएको छ।

त्यस्तै ०.८ देखि ० ग्रेड प्राप्त गर्ने ११ जना परीक्षार्थी रहेका छन्। त्यस्तै उमेर नपुगेका १६ जना, सैदान्तिक छुटेका १ हजार ७ सय ३३, प्रयोगात्मक नदिएका १ हजार ८ सय, परीक्षा रद्द गरिएको १ सय ८८ जना, परीक्षा बीचमै छाडने ६ हजार ८ सय ७८ र १ जना परीक्षार्थी का निशकासन भएको समेत कार्यालयले जनाएको छ।

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। यसपाली परिक्षामा पास फेलको अवस्था नरहे पनि ग्रेडिङको आधारमा ४ लाख २५ हजार उत्रिण भएका हुन् । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए। एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए । कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

एजेन्सी । बलिउड चलचित्र उड़ता पंजाव रिलिज हुनुभन्दा दुईदिन अगाडि नै पाईरेसीको शिकार भएको छ । सेन्सर बोर्डमा लामो बिवादको सामना गरेर हालै केहि सिन हटाएर पुकुवा भएको उक्त चलचित्रको भिडियो डाउनलोड वेभ पोर्टल टोरेन्टमा बुधबार साँझ सार्वजनिक भएको थियो । सेन्सरले नराख्न भनिएको सिनसहित सार्वजनिक भएपछि सेन्सर कपीबाट नै चलचित्र लिक भएको खुल्न आएको छ । सेन्सर कपी नै सार्वजनिक भएपछि चलचित्रनिर्माण युनिटले प्रहरीमा साईबर क्राईमको उजुरी दर्ता गराएका छन् । चलचित्र १७ जुन आगामी शुक्रबार रिलिज हुने तयारीमा छ । अभिषेक चौबेको निर्देशन रहेको चलचित्रमा शाहिद कपूर, आलिया भट्ट, करीना कपूर र दिलजीत दोसांझ मुख्य भूमिकामा रहेका छन् । ९

काठमाडौं । ६८ वर्षीय दुर्गा कामी नेपालमा पछिल्लो समय चर्चित छन् । उनी स्कुलकै सबैभन्दा बढी उमेरका विद्यार्थी हुन् । उनी हजुरबुबा बनिसकेका छन् । यद्यपी उनले बुढेसकालमा आएर भए पनि आफ्नो पढ्ने इच्छा पुरा गर्ने सुर कसेका छन् । गरिबीका कारण कामीले बाल्यकालमा आफ्नो पढाई पूरा गर्न असमर्थ रहे । यद्यपी अहिले आएर उनले आफ्नो शिक्षक बन्ने उदेश्य पुरा गर्नका लागी अध्ययन थालेका हुन् । बुढेसकालमा लौरोको सहायताले उनी स्कुल जाने आउने गरेको बिबिसी मिडियाले उल्लेख गरेको छ । अहिले उनी १४, १५ वर्षका छात्र छात्राहरुसँग कक्षा १० मा अध्ययनरत छन् । समाचार संस्था रोयर्टसका फोटो पत्रकारसँग कुराकानी गर्दै कामीले श्रीमतीको असमायिक निधनपछि उनको सम्झनामा तड्पिरहने पिडा भुल्नका लागी पनि पढाई सुरु गरेको बताएका छन् ।

काठमाडौं,असार २ । पूर्व मुमाबडामहारानी रत्न शाहलाई नर्भिक अस्पताल लगिएको छ । अस्वस्थ भएकी छन् । नारायणहिटीस्थित महिन्द्र मञ्जिलमा बस्दै आउनुभएको ८८ वर्षीया शाहको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिराज पाठकले जनाकारी दिएका छन् । गणतन्त्र घोषणापछि तात्कालीन राजपरिवारले नारायणहीटी दरवार छाडे पनि रत्न महिन्द्र मञ्जिलमै बस्दै आउनु भएको थियो ।

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षाको नतिजा अक्षराङ्क पद्धति अनुसार जिरो(शून्य) देखि ‘ए प्लस’ सम्म नौ तहमा विभाजन गरेर सार्वजनिक गर्ने भएको छ ।यो बर्ष फेल, पास र डिभिजन नभएका कारण नतिजा हेर्न केही कठिनाई पर्ने देखिन्छ । तर यस वर्षपनि विद्यार्थीले मोवाइलबाट एसएमएस गरि र वेबसाइटमा आफ्नो सिम्बल नम्बर टाइप गरि ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् । विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ । उच्च माध्यमिक शिक्षा परिषद्ले विभिन्न १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड प्वाइन्ट एभरेज९औसत० निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा पनि अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने बताएको छ ।

विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा ‘सी प्लस’ र अङ्ग्रेजीमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए । उक्त ग्रेड प्रयोगात्मक र सैद्धान्तिक दुवैमा हुनुपर्ने छ । ‘सी प्लस’ भन्नाले ५० देखि ६० प्रतिशत अङ्क बराबर हो । सो अनुसार अङ्गे्रजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनैपर्ने हुन्छ । अन्य विषयमा ‘डी प्लस’ भए हुन्छ । प्राविधिक विषयतर्फ भने १० वटै विषयमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।

माध्यमिक विद्यालयको व्यावसायिक धारमा पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ । व्यवस्थापन सङ्काय पढ्न चाहनेले गणितमा ‘सी’ अनिवार्य तर पर्यटन, आमसञ्चारमाध्यम र होटल व्यवस्थापन पढ्न चाहनेले अङ्ग्रेजीमा अनिवार्य‘‘सी ग्रेड’ ल्याउनुपर्ने व्यवस्था छ । कुनै पनि ऐच्छिक विषय लिएकाहरुले सोही विषयमा कम्तीमा पनि ‘सी’ ल्याउनैपर्ने व्यवस्था गरिएको छ । ‘डी प्लस’ भन्दा माथिका ग्रेड ल्याउने अर्थात् १ दशमलव ६ जिपिए ल्याउने विद्यार्थीले मात्रै कक्षा ११ मा भर्ना हुन पाउने परिषद्ले व्यवस्था गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भने ‘सी’ ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको छ । सिटिइभिटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ ग्रेड ल्याउनुपर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ । २०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

एसएलसीको नतिजा थााहा पाउन तलका विधिहरु प्रयोग गर्नुहोस् :

एजेन्सी । विश्वकै सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरवर्गको ट्वीटर अकाउन्ट ह्याक भएको बताइएको छ । आवर माइन नामक एक समूहले उनले प्रयोग गर्ने सामाजिक सञ्जाल ट्वीटर, लिंकलेड र प्रिन्ट्रेन्टमा छिरेको बताएको छ । यसको प्रमुख कारण ती सबैको पासवर्ड एउटै हुनु बताइएको छ । इनगाइगेटमा देखाइएको स्त्रिनग्रयाव्समा ह्वाकरहरुले अनैतिक रुपमा जुकरवर्गको ट्वीटर अकान्टमा छिरेको देखिन्छ आजको शुक्रबार साप्ताहिकमा खबर छ ।

उक्त ट्वीटरमा ‘हामी तिम्रो सेक्युरिटी जाँच गरिरहेका छौं’, भनिएको छ । लिंकलेडले सोमबार जारी गरेको एक विज्ञप्तिमा आफूहरुले जुकरवर्गको नाममा बनाइएको नक्कली प्रोफाइल फेला पारेको र सो प्रोफाइल हटाइसकेको बताएको छ । यद्यपि, कम्पनीले यो घटना सन् २०१२ मा ह्याक भएको एक सय मिलियन अकाउन्टकै नतिजा हो, होइन भन्नेमा केही बताएको छैन ।

२ असार, टोकियो ।
मुटुको भल्भको उपचारको लागि भिमाकुमारी श्रेष्ठलाई सहयोग गर्न थालिएको अभियान नेपाल विद्यार्थी समाज जापानले स्थगित गरेको छ ।

२०१४ मा जापान आएकी भिमाले मुटुको भल्भको उपचार गर्न खर्च अभाव भएको बताएपछि सुरु गरिएको अभियान अन्र्तगत नेसाजले १६१६६१ जापानी येन सहयोग गरेको जानकारी दिएको छ ।

श्रेष्ठको मुटुको भल्भको उपचारका लागि नेसाजले संस्थाको बचत कोषबाट २ मान र कार्यसमिति सदस्यबाट ५ मान उठाएको थियो ।

जुन १४ सम्म संकलन गरिएको १६१६६१ येन भिमाकुमारी श्रेष्ठको खातामा जम्मा गरिसकिएको नेसाजले जानकारी दिएको छ ।

जापानमा रहेका नेपाली विद्यार्थीहरुको हकहितका लागि भन्दै खोलिएको संस्थाका महासचिव तेज गुरुङले विज्ञप्ति निकालेर भीमाकुमारीको उपचारमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएर अभियान स्थगित गरिएको बताएका छन् ।