युरोकपमा इंग्ल्याण्डको पहिलो जित,वेल्स पराजित

असार २, २०७३ मा प्रकाशित | 1016 views

<p><span style="line-height: 1.42857143;">एजेन्सी,असार २ । डेनियल स्टुरेजले इन्जुरी समयमा गरेको गोलको मद्दतमा इंग्ल्याण्डले युरो कपको आफ्नो दोश्रो खेलमा महत्वपूर्ण जित हात पारेको छ । बिहीबार भएको आफ्नो दोस्रो खेलमा इंग्ल्याण्डले बलियो प्रतिद्वन्द्वी वेल्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै &nbsp;इंग्ल्याण्डले युरो कपको नक आउट चरणमा पुग्ने संभावना बलियो बनाएको छ ।&nbsp;</span><span style="line-height: 1.42857143;">लेन्समा भएको खेलमा वेल्सले ४२ औं मिनेटमा ग्यारेथ बेलको गोलबाट अग्रता लिएको थियो । जारी युरोको पहिलो खेलमा स्लोभाकियाविरुद्धको खेलमा पनि गोल गरेका बेलले यो सहित वेल्सका लागि गरेको गोलको संख्या २१ पुगेको छ । &nbsp;तर, दोस्रो हाफको सुरुमा नै इंग्ल्याण्डले दुई महत्वपूर्ण परिर्वतन गर्‍यो । हृयारी केनको स्थानमा जेमी भर्डी र स्टर्लिङको स्थानमा स्टरेज मैदान प्रवेश गरे ।</span></p><p>मैदान प्रवेश गरेको ११ औं मिनेटमा नै भर्डीले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ उन्मुख भएको थियो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा स्टरेजले गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाएका छन् । अब ३ अंक भएको वेल्सले १ अंक भएको रसियासँग र ४ अंक भएको इंग्ल्याण्डले ३ अंक भएको स्लोभाकियासँग खेल्न बाँकी छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web