२ असार, टोकियो ।
मुटुको भल्भको उपचारको लागि भिमाकुमारी श्रेष्ठलाई सहयोग गर्न थालिएको अभियान नेपाल विद्यार्थी समाज जापानले स्थगित गरेको छ ।

२०१४ मा जापान आएकी भिमाले मुटुको भल्भको उपचार गर्न खर्च अभाव भएको बताएपछि सुरु गरिएको अभियान अन्र्तगत नेसाजले १६१६६१ जापानी येन सहयोग गरेको जानकारी दिएको छ ।

श्रेष्ठको मुटुको भल्भको उपचारका लागि नेसाजले संस्थाको बचत कोषबाट २ मान र कार्यसमिति सदस्यबाट ५ मान उठाएको थियो ।

जुन १४ सम्म संकलन गरिएको १६१६६१ येन भिमाकुमारी श्रेष्ठको खातामा जम्मा गरिसकिएको नेसाजले जानकारी दिएको छ ।

जापानमा रहेका नेपाली विद्यार्थीहरुको हकहितका लागि भन्दै खोलिएको संस्थाका महासचिव तेज गुरुङले विज्ञप्ति निकालेर भीमाकुमारीको उपचारमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएर अभियान स्थगित गरिएको बताएका छन् ।

19.12¡ÆC