एसएलसीको नतिजा सार्वजनिक,यसरी हेर्नुहोस् नतिजा

असार २, २०७३ मा प्रकाशित | 766 views

काठमाडौं,असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको नतिजा सार्वजनिक गरेको छ । बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो।  यसपाली परिक्षामा पास फेलको अवस्था नरहे पनि ग्रेडिङको आधारमा ४ लाख २५ हजार उत्रिण भएका हुन् । ग्रेडिङ प्रणालीमा कुल चार ग्रेड प्वाइन्ट एभरेज (जीपीए) मध्ये विद्यार्थीको प्राप्तांकअनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक कृष्ण काप्रीले जानकारी दिए।  एसएलसी परीक्षा गत चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। अघिल्लो वर्षको तुलनामा १३ दिन ढिलो गरी परीक्षा सञ्चालन गरिएको भए पनि नतिजा भने छिटो सार्वजनिक भएको हो ।

परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्रा र छात्र गरेर गरेर कुल ६ लाख १५ हजार ५ सय ५३ जना सहभागी भएका थिए । पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्रका तुलनामा ३६ हजार १ सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी थिए ।  कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना थिए। तीमध्ये दुई लाख २७ हजार ५ सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार ३ सय ४६ जना छात्र थिए।

त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार ३ सय ८१ जना छात्र गरेर १ लाख ५९ हजार ४ सय १७ जना सहभागी थिए। प्राविधिक धारका ३ हजार दुई सयजना परीक्षार्थी थिए। त्यसमा १ हजार २ सय ७३ जना छात्रा तथा १ हजार ९ सय ८२ जना छात्र थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web