ओली पक्षीय नेताले भने-गुटबन्दीको हल्ला चलाउनेबाटै गुटबन्दी गरिँदैछ

बैशाख १७, २०७३ मा प्रकाशित | 1140 views

काठमाडौं,चैत २६ ।  एमाले पोलिटब्युरोमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि बिहीबार आठ सदस्यले धारणा राखेका छन्। बिहीबार बोल्ने संस्थापन पक्षका नेताहरूले गुटबन्दीको हल्ला चलाउने नै गुटबन्दी गरेको आरोप लगाएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।

बुधबार बोलेका माधव नेपाल पक्षका नेताले अध्यक्षले पार्टी होइन गुट चलाएको आरोप लगाएका थिए।

संस्थापननिकट सदस्यले अहिले नै दशौँ महाधिवेशन नजिकिए जसरी नीतिगत विषय उठाएर गुटबन्दी भयो भन्दै नेपाल पक्षले हल्लाखल्ला गरेको आरोप लगाएका थिए। उनीहरूले पार्टी विधि र प्रक्रियाभन्दा बाहिर गएर बहस अन्यत्र मोड्दै पार्टी एकता कमजोर तुल्याउन सक्रिय हुन खोजेकोसमेत आरोप लगाएका थिए। बिहीबार बोलेका आठमध्ये पाँच संस्थापन पक्षका सदस्य थिए।

पार्टी एकताबद्ध बनाएर चुनावी तयारी

बैठकमा बोल्ने सबै नेताले राष्ट्रिय संकटका वेला पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनको तयारीमा गतिशील ढंगले जुट्नुपर्ने धारणा राखेका छन्। ‘सबैजसो साथीहरूले पार्टीलाई एकताबद्ध बनाएर स्थानीय निर्वाचनमा जुट्नुपर्ने धारणा राख्नुभएको छ,’ सदस्य अरुण नेपालले भने, ‘वर्षाअगावै भूकम्पपीडितका लागि सुरक्षित आवासको व्यवस्था गर्न तथा आर्थिक समृद्धिको कार्ययोजनासहित पार्टीलाई अघि बढाउन ध्यानाकर्षण गराइएको छ ।’

प्रदेश कमिटी गठनमा दुई धार

बैठकमा बोल्ने संस्थापननिकट नेताहरूले पार्टीलाई गति दिन विधानको बाधा अड्काउ तत्काल फुकाएर प्रदेश संगठन कमिटी गर्नुपर्ने धारणा राखेका छन्। तर, नेपालनिकट नेताहरूले भने बाधा अड्काउमार्फत कमिटी गठन विधानविपरीत हुने भन्दै विधान अधिवेशनमार्फत बनाइनुपर्ने विषय उठाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web