मलाई चुमेका ती ओठ, कसैलाई नि चुम्न दिन्न -प्रतीक बस्नेत

भदौ १७, २०७३ मा प्रकाशित | 3390 views

धेरै पछि केहि लेखुँ , केहि गरूँ झैं लाग्यो
तिम्रै घरको पल्ला पट्टि डेरा सरूँ झैं लाग्यो
कत्ति बस्नु तिमी बिना यो ठण्डी यो लेकमा
झट्टै, यो लेक छाडी, बेसी झरूँ झैं लाग्यो

छौं संगै हामी, यो साँझ पनि आत्तिएको छ
सामिप्यमा हाम्रो जुनेली रात मात्तिएको छ
कामुक तिम्रो संदेशले प्रिय
चिस्सो बिहानी झन् धेरै तात्तिएको छ

मेरो हुन्नस भने, तँलाई कसैको नि हुन दिन्न
मलाई छुन दिन्नस भने, कसैलाई नि छुन दिन्न
सासु आमा पो परिछ क्यारे, थर्काईदिए फोनमा
मलाई चुमेका ती ओठ, कसैलाई नि चुम्न दिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web