‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङले संसार छाडे (भिडियो सहित)

भदौ ९, २०७३ मा प्रकाशित | 2558 views

९ भदौ, काठमाडौं ।
एउटै गित अर्थात् ‘वारि जमुना पारि जमुना’ बाटै लोकप्रिय बनेका गायक खेमराज गुरुङको केही बेरअघि निधन भएको छ ।

चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ अस्पतालमै मृत्यु भएको हो ।
गुरुङ जण्डिस बिग्रिएपछि १० दिनदेखि गम्भिर अवस्थामा उपचार गराइरहेका थिए ।

वारि जमुना पारि जमुना, आलुतामाले जस्ता लोकगितलाई रसिलो पाराले गाउन खप्पिस गायक गुरुङ पछिल्लो समय त्यति चर्चामा थिएनन् ।

परिवारले थप उपचारको लागि भारत लैजाने तयारीगरेपछि अस्पतालले अवस्था गम्भिर भन्दै भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो ।

गायक गुरुङको निधनको खबर लगत्तै अस्पताल परिसरमा उनका आफन्त तथा नेपाली गित संगितका क्षेत्रमा आवद्ध कलाकारहरुको बाक्लो भिड लाग्न थालेको छ ।

गुरुङको पार्थिव शरीरलाई टिचिङ अस्पताल परिसरमा लगिन लागिएको छ भने उनको आजै दाह संस्कार गरिने परिवारका सदस्यहरुले बताएका छन् ।

लोक आधुनि, लोकगित, लोकपपका जिवन, आलुतामा, ढांक्रे, धरान पोखरा, सोल्टी लगायत आठवटा लोक गितहरुका पुस्तक समेत प्रकाशित गरेका गुरुङले प्रबल गोरखा दक्षिण बाहु, इमेज अवार्ड लगायत दर्जन बढी राष्टिय पुरस्कार र सम्मान पाउनुभएको छ ।

२०३३ साल माघ १ गते आमा तुलसी बुवा अमृत बहादुर गुरुङ र माया गुरुङको कोखबाट जन्मिएका खेम राज गुरुङको जन्म संखुवासभा खाँदबारीमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web