‘बाँदरबिरुद्ध कारवाही गरिपाउँ’ भन्दै प्रशासनमा उजुरी

भदौ ७, २०७३ मा प्रकाशित | 1178 views

ओखलढुंगा ।
कुन्तादेवी ३ का गंगाराम तामाङ केही दिनअघि मकै भाँचेर डोकामा राखी बारीबाट घर फर्कदै थिए। उनलाई बाँदरले बाटैमा लडायो र चिथोर्न र टोक्न खोज्यो। बल्ल बल्ल छिमेकी भाइले देखेपछि लखेटे।

कुन्तादेवि ४ की मनकुमारी तामाङले ५ पाथी मकैको बिउ छरेकी थिइन्। समयमै पानी परेर लहलहाउँदै आएको मकैबाट यसपाली निकै आशा गरेकी थिइन् ।

पाक्न लागेको मकै बारीमा एक दिन बाँदरको हुलै पसेछ। बजारबाट फर्किएर बारीमा पुग्दा एक घोगा पनि देखिएनन्। उनी बारीको बिचैमा बसेर ग्वा ग्वा रोइन्।

बाँदरका सास्तीबाट हैरान भएका कुन्तादेविका दर्जनबढी किसान आइतबार  जिल्ला प्रशासनमा डेलिगेशन आए ।

‘कि त भोकले मान्छे मर्नुपर्‍यो, कि त बाँदर मर्नुपर्‍यो। दुई मा एक त हुनै पर्ने भो’, डेलिगेशन लिएर आएकी हेमकुमारी तामाङले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीलाई भनिन्,‘दुबैलाई बचाउने हो भने राज्यले किसानको क्षतिपूर्ति दिनुपर्‍यो।’ आजको कान्तिपुरमा खबर छापिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web