माओवादीको महाधिवेशन स्थगित

भदौ ३, २०७३ मा प्रकाशित | 742 views

३ भदौ, काठमाडौं ।
नेकपा 'माओवादी केन्द्र' केन्द्रीय कार्यालय बैठकले आगामी पौष २८ गतेदेखि गर्ने तय भएको पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज लाजिम्पाटमा बसेको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारको कामलाई प्रभावकारी बनाउनु पर्ने र  सरकारकै काममा मूख्य ध्यान दिनुपर्ने भएकोले महाधिवेशन स्थगित गर्ने निर्णय गरिएको बताउनु भयो ।

बैठकले  आज ११ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक पनि स्थगित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web