गोसाइँकुण्ड–३ का १४२ तामाङ परिवारलाई नगद राहत सहयोग

मंसिर ५, २०८३ मा प्रकाशित | 24 views

गोसाइँकुण्ड–३ का १४२ तामाङ परिवारलाई नगद राहत सहयोग

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुकाको गोसाइँकुण्ड गाउँपालिका–३ का तामाङ समुदायका परिवारलाई नगद राहत सहयोग प्रदान गरिएको छ।

बाढीका कारण आफन्त गुमाएका तथा बेपत्ता भएका परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराइएको हो।

अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूले ‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानमार्फत रकम संकलन गरेका थिए। अभियानका संयोजक दावा तामाङको पहलमा संकलित उक्त रकम काठमाडौंको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको टोलीले प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो।

गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृद्धिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्ज्याङका गरी १४२ तामाङ परिवारलाई प्रतिपरिवार दुई हजार रुपैयाँका दरले नगद राहत प्रदान गरिएको वडाध्यक्ष मिङमर छिरिङ तामाङले जानकारी दिनुभयो।

बाढीका कारण आफन्त गुमाएका र दैनिक उपभोग्य सामग्रीसमेत खरिद गर्न कठिन अवस्थामा पुगेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको जनाइएको छ।

विपद्का बेला देश तथा विदेशमा रहेका नेपाली समुदायबाट प्राप्त यस्तो सहयोगले पीडामा रहेका प्रभावित परिवारलाई केही भए पनि राहत र आत्मीयताको अनुभूति गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web