
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको यात्रीवाहक बस विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरुमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया रहेका छन् ।
अर्का एक जना पुरुषको पहिचान खुलेको छैन । बसमा १८ जना थिए । दुई जनाको अवस्था भने सामान्य छ । घाइतेलाई मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएको छ ।
27.12¡ÆC