घाइते खेलाडीले पाए उपचार बापत खर्चको दाबी भुक्तानी

चैत्र १६, २०८२ मा प्रकाशित | 196 views


नुवाकोट । ‘प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’मा घाइते भएका खेलाडी सुरज गिरीले उपचार बापतको दाबी भुक्तानी रकम पाउनुभएको छ ।

गत जेठ–असार महिनामा सञ्चालन गरिएको प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिता’मा प्रतिस्पर्धाको क्रममा घाइते भएका खलाडी विदुर नगरपालिका–४ बट्टारका सुरज गिरीले बीमा बापत उपचार खर्च प्राप्त गर्नुभएको हो ।

स्वास्थ्य उपचार बापत बीमा दाबी भुक्तानी रकम प्राप्त भएसगैँ विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले घाइते खेलाडीको आफन्तलाई भुक्तानी रकम बापतको चेक प्रदान गर्नुभयो ।

विदुर नगरपालिका मार्फत उक्त प्रयोगितामा सहभागी सम्पूर्ण खेलाडीको सामूहिक दुर्घटना बीमा गराइएको थियो ।

प्रतियोगितामा खेल्ने क्रममा घाइते भएका खेलाडी सुरज गिरीको उपचार बापत रु. ५२ हजार २८२ रुपैयाँ दाबी माग गरिएकोमा बीमा गर्ने हिमालयन एभरेष्ट इन्स्युरेन्स कम्पनी मार्फत उक्त बीमा योजना अन्तरगतको दाबी भुक्तानी घाइते खेलाडीले पाउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web