नुवाकोट–२ मा रास्वपाका डा.अुचतम लामिछाने बिजयी

फाल्गुन २३, २०८२ मा प्रकाशित | 1118 views


नुवाकोट, २३ फागुन । नुवाकोट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.अचुतम लामिछाने बिजयी हुनुभएको छ ।
आज सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका लामिछानेले ३२ हजार ५४ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । उहाँको अनुसार नेपाली काँग्रेसका उम्मेदवार जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत ल्याउनुभयो ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले आठ हजार २८५ मत, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्र प्रकाश घलेले दुई हजार ७५० मत ल्याउनुभयो ।

नुवाकोट–२ मा बाह्र जना उम्मेदवार रहेका मध्ये बाँकी सबैले एक हजार भन्दाकम मत ल्याएका छन् । राप्रपाका झनक प्याकुरेले ७७५ मत, मंगोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६, श्रम सँस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नवराज ढुङ्गानाले ९० मत, नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)का किरण तिम्सेनाले ५२ मत, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ मत र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत ल्याउनुभयो ।

यही फागुन २१ मा भएको निर्वाचनमा नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेका मध्ये ७० हजार ४५२ मत खसेको थियो । त्यो मध्ये तीन हजार ३६२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web